Author: महेन्द्रनगर पोष्ट

काठमाडौं : प्रधानमन्त्री निवास बालुवाटारमा समाजवादी मोर्चाको बैठक जारी रहेको छ। अदालतको पक्राउ पूर्जी जारी भएका नेत्र विक्रम चन्द विप्लव पनि बैठकमा सहभागी छन्। बैठकमा नेकपाबाट खड्गबहादुर विश्वकर्मा प्रकाण्ड पनि सहभागी छन्। बैठकमा सरकारको समीक्षा, राष्ट्रियसभा निर्वाचन लगायत विषयमा छलफल भइरहेको छ।

Read More

डोटी : नेपाल प्रहरीका महानिरीक्षक वसन्त बहादुर कुँवरले सुरक्षा सुनिश्चितता विना राष्ट्रमा विकासले गति लिन नसक्ने बताएका छन्। डोटी जिल्ला सदरमुकाम सिलगढीमा जिल्ला प्रहरी कार्यालय डोटीका नवनिर्मित भवनहरूको उद्घाटनका क्रममा महानिरीक्षक कुँवरले भयरहित वातावरणको सृजना पश्चात् मात्र राज्यले लक्ष्य लिएको विकास सन्दर्भमा विभिन्न कार्यहरू बढाउन सकिने हुँदा सुरक्षा सुनिश्चितताका लागि नेपाल प्रहरीको भूमिका महत्त्वपूर्ण रहेको विषयमा जोड दिए। महानिरीक्षक कुँवरले भने,–‘‘स्थानीय सरकार, सरकारी तथा गैरसरकारी क्षेत्र लगायत सरोकारवालाहरूले शान्ति सुरक्षाका सम्बन्धमा एक भएर अगाडि बढ्न आवश्यक छ। नेपाल प्रहरीले आन्तरिक सुद्धिकरणलाई अभियानका रूपमा नै अगाडि बढाएर नागरिक मैत्री प्रहरी हुनु पर्दछ भन्ने मान्यता लिएको छ।” कार्यक्रममा सुदूरपश्चिम प्रदेश प्रहरी प्रमुख…

Read More

कञ्चनपुर: कञ्चनपुरको दोधाराचादँनी नगरपालिका–१० सीमा बस्ती कुतियाकवरमा तटबन्ध निर्माणमा ढिलाइ भएको छ। तटबन्ध निर्माण गर्न ठेक्का लिएको निर्माण कम्पनीले बेवास्ता गर्दै आएको छ।  महाकाली र जोगबुढा नदीको दोसाधमा रहेको कुतियाकवर बस्ती दुवै तर्फबाट जोखिममा छ। बस्ती जोगाउन दुई सय मिटर तटबन्ध निर्माणको योजना अघि बढाइएको थियो। सो कार्यको जिम्मा लिएको महेन्द्रनगरस्थित जोशी निर्माणले काम गर्न ढिलाइ गरेको छ। कुतियाकबरका स्थानीयवासीले हिउँदमा जसरी पनि तटबन्ध निर्माण गर्न आग्रह गर्दै आएका छन्। ‘अहिले नदीमा पानी घटेकाले निर्माण गर्न सहज हुन्छ, बर्खामा काम गर्न सकिन्न’, स्थानीय बहादुरसिंह सुनारले भने,“नदीले बर्सेनी बर्खामा खेतीयोग्य जमिन कटान गर्दै आएको छ।’ विसं २०२० मा बसेको सीमा बस्ती बाढीको निरन्तर…

Read More

कैलाली : कैलालीको गोदावरीबाट पासोमा परेको चितुवाको उद्धार गरिएको छ। मंगलबार साँझ गोदावरी नगरपालिका– १२ मा रहेको रातोपानी सामुदायिक वनमा पासोमा परेको चितुवाको उद्धार गरिएको हो।  कम्बरमा पासो परेर सामान्य घाइते चितुवाको उद्धार गरी वनमै छोडिएको सव डिभिजन वन कार्यालय अत्तरियामा प्रमुख निरञ्जन कडालले बताए।चितुवाको उद्धारका लागि शुक्लाफाँटा राष्ट्रिय निकुञ्जबाट प्राविधिक टोली आएको थियो। उनले पासोबाट उद्धार गरि ३ घण्टा निगरानीमा राखेर चितुवा वनमै छोडिएको बताए।

Read More

कञ्चनपुर : कञ्चनपुरको क्यासिनोमा काम गर्ने एक महिला मृत फेला परेकी छिन्। जिल्लाको भीमदत्त–५ वनखेतस्थित डायमण्ड क्यासिनोमा कार्यरत प्रिंयका राजवंशी आफ्नो डेराको कोठामा मृत फेला परेकी हुन्। झापाको मेची नगरपालिका– ६ की मृतक राजवंशी मंगलवार आफ्नो कोठामा मृत फेला परेको कञ्चनपुर प्रहरीले जनाएको छ। उनको शवलाई पोस्टमार्टमका लागि महाकाली अस्पतालमा राखिएको छ। मृत्युको कारण खुल्न नसकेको प्रहरीले बताएको छ। उक्त घटनामा थप अनुसन्धान जारी रहेको जिल्ला प्रहरी कार्यालय कञ्चनपुरका प्रवक्ता प्रहरी नायब उपरीक्षक प्रकाश डाँगीले बताए।

Read More

कञ्चनपुरः कञ्चनपुरमा लागुऔषधसहित दुई युवक पक्राउ परेका छन्। जिल्लाको भीमदत्त नगरपालिका-४ फ्लोरिडा स्कुल नजिकबाट ०.०९ ग्राम लागूऔषधसहित भीमदत्त नगरपालिका-६ बनगाँउका २८ वर्षीय बिनोद भुजेलसहित समेत दुई जना मंगलबार साँझ पक्राउ परेका हुन्। लागुऔषध नियन्त्रण ब्यूरो शाखा कार्यालय महेन्द्रनगर र जिल्ला प्रहरी कार्यालय कञ्चनपुरबाट खटिएको संयुक्त प्रहरी टोलीले उनीहरुको साथबाट लागूऔषध फेला पारी पक्राउ गरेको बताएको छ। यस सम्बन्धमा जिल्ला प्रहरी कार्यालय कञ्चनपुरले थप अनुसन्धान गरिरहेको जनाएको छ।

Read More

कञ्चनपुरः कञ्चनपुरको लालझाडी गाउँपालिकाका बासिन्दालाई दोदा नदी तर्न काठको फड्के प्रयोगबापत शुल्क तिर्नुपर्ने बाध्य रहेको छ। सो नदी वारपार गर्न पक्की पुल नहुँदा स्थानीय काठको अस्थायी पुलबाट शुल्क तिरेर ओहोरदोहोर गर्ने गरेका छन्। शुक्लाफाँटा नगरपालिका–११ देखतभुलीकी प्रेमा राना लालझाडी गाउँपालिका–२ स्थित सिद्धबैजनाथ माध्यमिक विद्यालयको शिक्षण गर्छिन्। दैनिक दोदा नदी तर्न काठे पुल प्रयोग गर्ने उनले त्यसबापत शुल्क तिर्ने गरेको बताइन्। ‘वर्षौँदेखि नदी तर्न काठे पुलकै प्रयोग गर्दै आएका छौँ। यो पुल पनि अब जीर्ण बन्दै गएको छ’, उनले भनिन्, ‘बर्खामा ओहोरदोहोर गर्न झनै समस्या हुन्छ।’ वर्षौँदेखि काठे पुलको भरमा रहेका लालझाडीवासी बर्खामा ट्युबमार्फत जोखिमपूर्ण यात्रा गर्न बाध्य छन्। ‘पक्की पुल निर्माण…

Read More

बारा : भारतीय ‘सार्प सुटर’ सुजित सिंहलाई बारा प्रहरीले मंगलबार राति ९:३० बजे नियन्त्रणमा लिएको छ। सुजित सिंह भारतको मोतिहारी जिल्लास्थित दर्पा थाना–१, सुक्लहियाका हुन्। सिंहलाई बारा प्रहरीले एक थान पेस्तोल र ५ थान गोली सहित पक्राउ गरेको हो। जिल्लाको बिश्रामपुर गाँउपालिका-३ मा देखिएका उनलाई प्रहरीले पक्राउ गर्न खोजेपछि भागेकोमा खुट्टामा गोली प्रहार गरी पक्राउ गरिएको एसपी सुरेशकाफलेले बताए। सिहको दुवै खुट्टामा गोली लागेको छ। गत असोजको दोश्रो हप्ता बाराको सदरमुकाम कलैयामा दुई मोटरसाईकलमा आएका चार जनाको अज्ञात समुहले बाल एकता बोर्डिङका प्रधानाध्यापक रुपेश स्वर्णकारलाई दिन दहाडै गोली प्रहार गरी हत्या गरेका थिए। सुजित सिंहसहित अन्य ३ जना मिलेर स्वर्णकारको…

Read More

धनगढी: सुदूरपश्चिम प्रदेश सरकारका आन्तरिक मामिला तथा कानुनमन्त्री शिवराज भट्टले द्वन्द्व प्रभावितहरुको उत्थानमा सबै तहका सरकारले काम गर्नुपर्ने बताएका छन्। हिजो धनगढीमा सम्पन्न गैरसरकारी संस्था महासंघको समन्वयमा थारु महिला उत्थान केन्द्र बर्दियाद्वारा आयोजित “लैङ्गिक न्याय प्रति जवाफदेहिता” सम्बन्धी प्रदेश सरकार, स्थानीय सरकार, नागरिक समाज र द्वन्द्व प्रभावित समुदायका प्रतिनिधिहरुबिच प्रदेश स्तरीय शान्ति संवाद कार्यक्रममा उनले यस्तो बताएका हुन्। यस्तै उनले लैङ्गिक हिंसाका सवालहरुमा पनि प्रदेश सरकार काम गरिरहेको र द्वन्द्व पीडितलाई न्याय दिलाउने कुरामा सकारात्मक रहेको बताए। यस्तै अर्का कृषि मन्त्री रामेश्वर चौधरीले पनि आवश्यक कानुन र अधिकारहरु नबन्दा द्वन्द प्रभावितका समस्या समाधानमा सकस भएको बताए। उनले सरकारले समन्वय गरेर…

Read More

काठमाडौं* नेपाल प्रहरीले आफूखुसी कार्यालयको सम्पर्कमा नरहेका २१ प्रहरी कर्मचारीलाई सात दिनभित्र सम्पर्कमा आउन आग्रह गरेको छ। जसमा डोटी घर भएका लक्ष्मणबहादुर थापा पनि रहेछन् ।  प्रहरी प्रधान कार्यालय नक्शालले गैरहाजिरी रहेका आफूखुसी कार्यालयमा गैरहाजिर रहेको र खोजतलास गर्दा/गराउँदा समेत उपस्थित नहुने २१ प्रहरीलाई सात दिनभित्र हाजिर हुन निर्देशन दिएको हो। हेर्नुहोस् सूचना

Read More