Author: महेन्द्रनगर पोष्ट

काठमाडौँ : जर्मनी सरकारले करिब रु पाँच अर्ब नौ करोड अनुदान सहायता प्रदान गर्ने भएको छ । उक्त सहायता सम्झौतामा हस्ताक्षर गर्न सरकारले अर्थ मन्त्रालयलाई अख्तियारी दिएको छ । मन्त्रिपरिषद्को बिहीबारको निर्णयबारे जानकारी दिन आज आयोजित पत्रकार सम्मेलनमा सञ्चार तथा सूचना प्रविधिमन्त्री रेखा शर्माले उक्त जानकारी दिएकी हुन् । बैठकले विश्व बैंकबाट प्राप्त हुने करिब रु १३ अर्ब ऋणसम्बन्धी सम्झौताको दस्तावेजलाई अन्मित रूप दिन र बैंकसँग वार्ता गर्न अर्थ मन्त्रालयका सहसचिवको नेतृत्वमा वार्ता टोली गठन गर्ने निर्णय गरेको छ । सरकारका प्रवक्तासमेत रहेकी मन्त्री शर्माले पोलिटेक्निक इन्स्टिच्युट स्थापना र रासायनिक मल खरिदका लागि साउदी अरबबाट प्राप्त हुने २० लाख अमेरिकी…

Read More

कञ्चनपुरः कञ्चनपुरमा मोटरसाइकल ट्याक्टरसँग ठोक्किदा एक जनाको मृत्यु भएको छ। रोकीराखेको ट्याक्टरसँग मोटरसाइकल ठोक्किँदा बिहीवार राति दुर्घटना भएको हो। दुर्घटनामा परेर एक जनाको मृत्यु भएको छ, भने दुई जना घाइते भएका छन्। दुर्घटनामा मोटरसाइकल चालक पुनर्वास–५ का २१ वर्षीय अभिषेक रानाको उपचारका क्रममा मृत्यु भएको छ। त्यस्तै १९ वर्षीय अनुप राना र १८ वर्षीया रञ्जिता राना घाइते भएका छन्। अनुपको टाउको, मुख तथा रञ्तिाको दाहिने खुट्टा र दुबै हातमा चोट लागेको इलाका प्रहरी कार्यालय त्रिभुवनबस्तीले जनाएको छ। घाइते दुबै जनाको धनगढीस्थित माया मेट्रो अस्पतालमा उपचार भइरहेको छ। पुनर्वास नगरपालिका–३ रामबस्तीका बमबहादुर तामाङले माइली बजारमा रोकेर राखेको ट्याक्टरमा मोटरसाइकलले ठक्कर दिदा…

Read More

कञ्चनपुरः कञ्चनपुरबाट चोरी मुद्दाका फरार एक जना पक्राउ परेका छन्। जिल्ला अदालत कञ्चनपुरले २०८० अषाढ २७ गते चोरी मुद्दामा पाँच महिना ७ दिन कैद भुक्तान गर्न बाँकी हुँदै फरार रहेका प्रतिवादीलाई प्रहरीले पक्राउ गरेको हो। भीमदत्त नगरपालिका–८ का बसन्त सुनारलाई कञ्चनपुर प्रहरीले घर ठेगानाको आधारमा लुकिछिपी बसिरहेको अवस्थामा पक्राउ गरेको हो। पक्राउ परेका सुनारलाई तोकिएको कैद सजाय भुक्तान गर्न कारागार चलान गरिएको छ।

Read More

काठमाडौँ : त्रिभुवन विमानस्थलबाट बरामद भएको सुन परीक्षण गर्दा विसुद्ध सुन रहेको पुष्टि भएको छ । भन्सार कार्यालयले बिहीबार राति त्रिभुवन विमानस्थलबाट बरामद गरेको १४ किलो सुन विसुद्ध सुन रहेको पुष्टि भएको भन्सार कार्यालयको प्रयोगशाखा शाखाले जनाएको हो । भन्सार कार्यालयले उक्त सुनसहित बिहीबार राति दुई जनालाई पक्राउ गरेको थियो । शुक्रबार भन्सार विभागमा गरिएको परीक्षणमा ९९.९९९ विसुद्ध सुन रहेको पुष्टि भएको छ त्रिभुवन अन्तराष्ट्रिय बिमानस्थल भन्सार कार्यालयका प्रमुख डा.टोकराज पाण्डले बताए ।

Read More

डडेल्धुरा : हिजो(बिहिवार) महेन्द्रनगर पोष्टमा ‘वनमा अवैध टहरा बनाएर मौरडाका ‘हेडसर’ले मदिरा व्यापार गरेपछि…’ भन्ने शिर्षकको समाचार प्रकाशित भएको समाचारप्रति नेपाल शिक्षक महासंघ डडेल्धुराले आपत्ति जनाएको छ। शुक्रबार शिक्षक महासंघ जिल्ला कार्य समितिले एक विज्ञप्ति जारी गर्दै बैजनाथ माध्यमिक विद्यालय अमरगढी नगरपालिका -२ र सोही  विद्यालयका प्रधानाध्यापक मोहनसिंह धामीको नाम जोडी प्रकाशित  समाचारको शीर्षक र सामाचारप्रति आपत्ति जनाउँदै ध्यानाकर्षण भएको जनाएको हो। अध्यक्ष हेमराज ओझा र सचिव ताराप्रसाद अवस्थीद्वारा हस्ताक्षरित विज्ञप्तिमा भनिएको छ,  ‘कुनै पनि व्यक्तिको पारिवारका सदस्यहरुको पेसा व्यवसायको विषयलाई शिक्षक, प्रअ तथा विद्यालयको नाम जोडी प्रकाशन गरिएको भ्रामक समाचारप्रति नेपाल शिक्षक महासंघ, डडेल्धुरा खेद प्रकट गर्दै घोर आपत्ति प्रकट…

Read More

काठमाडौं : सरकारले राजपत्र अनंकित प्रथम श्रेणी अर्थात नायब सुब्बा वा सोसरहका कर्मचारीको सरुवा माघ १५ गते सम्मका लागि स्थगन गरेको छ । संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले सबै मन्त्रालय, आयोग, सचिवालय, कार्यालय तथा सबै निकायलाई परिपत्र गर्दै आगामी माघ १५ गते सम्मको लागि नायब सुब्बाको सरुवा स्थगित गरिएको जानकारी गराउँदै कार्यान्वयन गर्न निर्देशन दिएको हो । लोक सेवा आयोगको वार्षिक कार्यतालिकाअनुसार राजपत्र अनंकित प्रथम श्रेणी, नायब सुब्बा वा सोसरहको पदमा विज्ञापन प्रकाशित हुने ९खुला प्रतिस्पर्धा तथा बढुवा० समयको तत्काल अगाडि कामकाज गरिरहेका कर्मचारी सरुवा भई जादाँ लोक सेवा आयोगले माग गर्ने संख्यामा घटबढ हुदाँ बढुवा प्रयोजनका लागि मात्र…

Read More

काठमाडौं : आन्तरिक राजश्व विभागले आन्तरिक उत्पादनको आलु र प्याजको बिक्रीमा मूल्य अभिवृद्धि कर (भ्याट) नलाग्ने प्रष्ट पारेको छ । आलु र प्याजको बिक्रीमा भ्याट लगाइएको भन्दै थोक व्यवसायीले चार दिनदेखि हड्ताल गर्दै आएका छन् । आज विभागले एक विज्ञप्ति निकालेर आलु र प्याजको आन्तरिक उत्पादन बिक्रीमा भ्याट नलाग्ने भन्दै आपूर्ति असहज बनाएको विषयमा ध्यानाकर्षण भएको जनाएको छ । चालु आर्थिक वर्षको बजेट वक्तव्यमार्फत् अर्थमन्त्री डा। प्रकाशशरण महतले आयात हुने आलु र प्याजमा १३ प्रतिशत भ्याट लाग्ने घोषणा गर्नुभएको थियो । आलु र प्याजको भ्याट विवादले आयात र बिक्री बन्द हुँदा उपभोक्ता मर्कामा परेका छन् । व्यवसायीले सरकारले स्वदेशी उत्पादनमा…

Read More

धनगढीः कैलालीको घोडाघोडी नगरपालिकाको नौँ नम्बर वडामा तालाबन्दी गरिएको छ। शुक्रवार उक्त वडाका युवाहरुले वडामा तालाबन्दी गरेका हुन्। वडामा के कति कारणले तालाबन्दी गरेका हुन, आफुलाई केहि थाह नभएको वडा अध्यक्ष हरिचन्द्र शाहले बताए।

Read More

धनगढीः कैलालीको धनगढीमा प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डलाईलाई १० किलोको माला लगाइएको छ। कैलाली उद्योग वाणिज्य संघको आयोजनामा धनगढी उपमहानगरपालिका–१ मा शुरु भएको सुदूरपश्चिम महोत्सवको उद्घाटना समारोहमा माओवादी पार्टीका अध्यक्ष तथा प्रधानमन्त्री प्रचण्डलाई १० किलोको माला लगाइएको हो। महोत्सवको प्रधानमन्त्री दाहालले उदघाटन गरेका हुन्। सो अवसरमा उद्योग वाणिज्य संघका अध्यक्ष पुष्पराज कुँवरले १० बुँदे मागसहित प्रधानमन्त्रीलाई १० किलोको माला लगाएका छन्। कैलाली उद्योग वाणिज्य संघले २०६३ सालदेखि धनगढीमा सुदूरपश्चिम महोत्सव आयोजना गर्दै आएको छ। शुक्रबार महोत्सवको १७ औं संस्करणको अवसरमा प्रधानमन्त्री दाहाललाई १० बुँदे मागपत्र बुझाइएको छ। संघले गौरिफण्टा नाकाको स्तरोन्नित गरिनुपर्ने, दशरथ चन्द स्वास्थ्य विज्ञान प्रतिष्ठान, खप्तड, शुक्लाफाँटा, घोडाघाडी जस्ता…

Read More

म्याग्दी : मुस्ताङबाट यस वर्ष रु. ४९ करोडभन्दा बढी मूल्यको स्याउ निकासी भएको छ । स्याउ मुस्ताङबाट निकासी हुने प्रमुख कृषि उपज हो । प्रधानमन्त्री कृषि आधुनिकीकरण परियोजनाको मुस्ताङस्थित स्याउ जोन कार्यालयले यस वर्ष उत्पादन भएको ९० प्रतिशत स्याउ बजारमा निकासी भइसकेको जनाएको छ । स्याउ जोन मुस्ताङका प्रमुख नेत्रप्रसाद भट्टले जिल्लाभर चार हजार नौ सय ७५ मेट्रिक टन स्याउ उत्पादन भएको मध्ये चार हजार चार सय ७७ दशमलव पाँच मेट्रिक टन स्याउ देशका विभिन्न ठाउँमा निकासी भएको बताए । “मुस्ताङमा फलेको मध्ये ९० प्रतिशत स्याउ बजारमा निकासी भइसकेको छ”, उनले भने, “करिब पाँच सय मेट्रिक टन स्याउ बेमौसममा बिक्री…

Read More