Author: महेन्द्रनगर पोष्ट

धनगढी : साल्ट ट्रेडिङ कर्पोरेसन लिमिटेडको प्रदेश कार्यालय धनगढीको व्यापारिक कम्प्लेक्समा आगो लागेको छ। धनगढी बसपार्कस्थित मेन रोडमा रहेको कम्प्लेक्सको पाथीभरा इम्पोरियममा मध्यान्हको समयमा आगलागी भएको बताइएको छ। उक्त इम्पोरियममा जुत्ता पसल थियो। आगलागीबाट उक्त पसलका जुता चप्पल सबै जलेका छन् भने वरपरका पसलसमेत आगलागीबाट जलेका छन्।  कम्प्लेक्सको भुईंतलामा पसलहरु र पहिलो तलामा कार्यालय छ।

Read More

काठमाडौं : उपप्रधान तथा गृहमन्त्री नारायणकाजी श्रेष्ठले शक्ति केन्द्रको मान्छे पक्राउ परेमा अनावश्यक दबाब आउने गरेको गरेको गुनासो गरेका छन्। पोखरामा आजदेखि शुरु भएको गण्डकी प्रदेशस्तरीय सुरक्षा गोष्ठीलाई सम्बोधन गर्दै उनले यस्तो गुनासो गरेका हुन्। ‘कोही राजनीतिक पृष्ठभूमिको पर्यो भने हाम्रो पार्टीको हो, गठबन्धनको हो, प्रतिपक्षको हो भनेर कराउन थाल्छन्। कर्मचारी पक्राउ परे भने कर्मचारी उफ्रिन्छन्’, उनले भने, ‘उद्योगीलाई पक्र्यो भने व्यापारीहरू उफ्रिन्छन्। तर, कसैलाई पनि राज्यलाई लुट्ने छुट छैन। जालसाजी गर्ने ठग्ने छुट दिन सकिँदैन।’ यसैबीच, गृहमन्त्री श्रेष्ठले अपराधमा संलग्नलाई पक्राउ गर्दा अप्ठेरो पार्न खोजे सरकार छोड्ने संकेत गरेका छन्। ‘यस प्रकारको हामीलाई दबाब भइरह्यो भने हामी हाम्रो दिशा…

Read More

काठमाडौं : नेपालले आईसीसी यू-१९ विश्वकप सुपर सिक्स खेलमा भारतविरुद्ध तीन विकेट हात पारेको छ। तीव्र गतिका बलर आकाश चन्दको १४ औं ओभरको अन्तिम बलमा ओपनर आर्शिन कुलकर्णी आउट साइड एज लागेर विकेटकिपर उत्तम थापामगरबाट क्याच आउट गराएका हुन्। उनले ३० बलमा २ चौका प्रहार गरे। त्यसअघि वाइड हुनु अघि नेपालले १४ औं ओभरको पाँचौं बलमा रन आउटको रुपमा विकेट प्राप्त गरेको थियो। प्रियान्शु मोलियालाई १६ रनमा रन आउट गरेको थियो। दीपक डुम्रेले उत्कृष्ट फिल्डिङ गदैै चौका रोक्दै आकाश चन्दलाई बल थ्रो गरेका थिए। उक्तक्रममा उनी रन आउट भए। चौथो रन लिनेक्रममा आर्शिनसँग तालमेल गर्न नसकेपछि रन आउट हुन पुगेका…

Read More

डडेल्धुरा : पूर्व जलस्रोत मन्त्री लालबहादुर खडायतको निधन भएको छ। डडेल्धुराको अमरगढी नगरपालिका–२ सोल्परी घर भएका खडायतको आज (शुक्रबार) निधन भएको हो। पारिवारिक स्रोतका अनुसार उनी गत असोजदेखि अस्वस्थ रहेका थिए। उनको काठमाडौंकै एक अस्पतालमा शुक्रबार निधन भएको बताइएको छ। डडेल्धुरा घर भएका खडायत पछिल्लो समयमा काठमाडौं बस्दै आएका थिए। राष्ट्रिय पञ्चायत कालमा डडेल्धुराबाट पटकपटक संसद सदस्यमा प्रतिनिधित्व गर्दै आएका थिए। उनी २०२५ भूमि सुधार मन्त्री, २०३० मा कानुन तथा न्यायमन्त्री, २०३० खाद्य कृषि तथा भूमि सुधार मन्त्री र २०३८ मा सूर्यबहादुर थापा प्रधानमन्त्री हुँदा जलस्रोत मन्त्री बनेका थिए।

Read More

काठमाडौं : आईसीसी यू–१९ विश्वकप सुपर सिक्समा अलराउण्डर गुल्शन झाले भारतीय युवा टोलीका ओपनर आर्दश सिंहलाई पेभेलियको बाटो देखाएका छन्। पाचौँ ओभरको पाचौँ बलमा गुल्सनले सिंहलाई विकेट किपर उत्तम मगरको हातबाट क्याच आउट गराए। १८ बलमा ४ चौका बनाएका आर्दश २१ रनमा आउट भए। अर्का अ‍ोपनर अर्शिन कुलकर्नी ५ रनमा नटआउट छन्। दक्षिण अफ्रिकाको ब्लुमफोन्टिनस्थित मनगाउङग ओभलमा टस जितेर पहिले ब्याटिङ गरेको भारत पाचौँ ओभरको खेल जारी हरँदा १ विकेट गुमाएर २६ रन बनाएर खेलिरहेको छ।

Read More

डडेल्धुराः यहि माघ १० देखि १३ गतेसम्म डडेल्धुरामा सञ्चालन भएको जिल्लास्तरिय खुल्ला टि–२० रोशन मेमोरियल कप क्रिकेट प्रतियोगिताको खर्च विवरण सार्वजनिक गरिएको छ । आयोजक किङ्गस् युथ क्लबल सबै खर्च विवरण जिल्ला क्रिकेट संघलाई बुझाउँदै सार्वजनिक गरेको हो । सार्वजनिक भएको विवरण अनुसार विभिन्न सहयोगी दाताहरुबाट १ लाख २६ हजार ४०५ संकलन भएको छ । यस्तै टीम दर्ता शुल्कबाट ६३ हजार गरी कूल १ लाख ८९ हजार ४०५ संकलन भएको विवरणले देखाएको छ । प्रतियोगिता अवधिभर विभिन्न शिर्षकमा गरी कूल १ लाख ९१ हजार खर्च भएको छ । यसरी प्रतियोगिता सम्पन्न गरेर सम्भवत जिल्लामै पहिलोपटक क्लबले खर्च विवरण सार्वजनिक गरेर…

Read More

काठमाडौं : नेपाली बजारमा शुक्रबार सुनको मूल्य बढेको छ। नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार आज सुन तोलामा ३००० रुपैयाँले बढेको हो। महासंघका अनुसार शुक्रबार छापावाल सुन एक लाख १९ हजार ५०० रुपैयाँ र तेजाबी सुन एक लाख १८ हजार ९५० रुपैयाँमा कारोबार भइरहेको छ। बिहीबार छापावाल सुन एक लाख १९ हजार २०० रुपैयाँ र तेजाबी सुन एक लाख १८ हजार ६५० रुपैयाँमा कारोबार भएको थियो। त्यस्तै आज चाँदीको मूल्य पनि बढेकाे छ। बिहीबार चाँदी तोलामा ५ रुपैयाँले बढेर तोलाको १४१५ रुपैयाँमा कारोबार भइरहेको महासंघले जनाएको छ। बिहीबार चाँदी तोलाको १४१० रुपैयाँ कारोबार भएको थियो।

Read More

काठमाडौं : बिहीबार दिउँसो आफ्नो कार्यकक्षमै रहेका बेला भरतपुर महानगरका प्रमुख रेनु दाहाललाई काठमाडौंबाट फोन गयो। फोनको सन्देशमा नेपाल सरकारले चितवनको भरतपुर विमानस्थल विस्तारको निर्णय गरेको कुरा रहेछ। रेनु आफ्नो कुर्सीबाटै जुरुक्क उठिन् र हर्षित हुँदै धन्यवाद व्यक्त गरिन्। काठमाडौंबाट फोनमा थिए प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’। सम्वाद बाबुछोरीको थियो। रेनुले फोनबाट धन्यवाद पनि आफ्ना पिता प्रचण्डलाई नै दिएकी थिइन्। तर यो संवादले भरतपुर विमानस्थललाई ठूलो जहाज बस्नेगरी विस्तार गर्ने सरकारको निर्णयको खुसीको खबर बोकेको थियो। जुन काम रेनुको अघिल्लो कार्यकालदेखिकै सपना थियो। कार्यकक्षमा पुगेका सञ्चारकर्मीसँग रेनुले भनिन्, ‘मैले पहिलो कार्यकालको सुरुआतमै राखेको ‘एजेन्डा’ थियो यो। आज सरकारले निर्णय गरेपछि आफ्नो…

Read More

काठमाडौं: बाँसबारी छालाजुत्ता कारखानाको जग्गा घोटाला आरोपमा पक्राउ परेका अरुण चौधरीलाई धापासी स्थित ग्राण्डी अस्पतालमा सारिएको छ। गएराति महाराजगञ्ज स्थित चिरायु अस्पतालमा भर्ना गरिएका चौधरीलाई अस्पतालले रिफर गरेपछि ग्रान्डीमा सारिएको केन्द्रीय अनुसन्धान ब्युरोका एकजना अधिकृतले बताए। उनीसँगै पक्राउ परेका अजितनारायण सिंहलाई पनि ग्राण्डीमा रिफर गरिएको छ। अरुण चौधरीको मुटुमा समस्या देखिएको चिकित्सकहरुले बताएका छन्। बाँसबारी छालाजुत्ता कारखानाका तत्कालीन अध्यक्ष अजितनारायण सिंहको निर्णय र प्रतिवेदनको आधारमा १० रोपनी जग्गा निजीकरण भएको केन्द्रीय अनुसन्धान ब्युरोको अनुसन्धान निष्कर्ष छ।

Read More

डडेल्धुरा : अमरगढी नगरपालिकाकि उपप्रमुख पार्वती झुकालले काठमाडौं बस्ने बुहारीलाई भान्से नियुक्ति गरेको पाइएको छ। उपप्रमुख झुकालले काठमाडौं बस्दै आएकी बुहारी कल्पना बुढाऐर झुकाललाई भान्से नियुक्ति गरेको खुलेको हो। तर, यता उपप्रमुख झुकालले भने उक्त कुरा अस्विकार गरिन्। उनले आफूलाई भान्से आवश्यकता नभएको बताइन्। ‘मलाई भान्से के चाहियो ? पत्रकारहरू गलत गलत लेख्छन्। को पत्रकार सहि लेख्छ र ? कोही एक दुई होलान्,’ उनले भनिन्। उपमेयर झुकालले भान्से राखेको कार्यालय स्रोतले जनाएको छ। स्रोत भन्यो, ‘उहाँले परिवारकै मान्छे राख्नुभएको छ। तर, उहाँ कहाँ हुनुहुन्छ भन्ने जानकारी हामीलाई थाहा छैन।’ स्रोतका अनुसार उनको नाममा मासिक २६ हजार रुपैँयाका दरले नगरपालिकाले तलब…

Read More