Author: महेन्द्रनगर पोष्ट

काठमाडौं : नेपाल प्रहरीले आफ्ना ७ जना नायब उपरीक्षक (डीएसपी) हरूको काज सरूवा गरेको छ। प्रहरी प्रधान कार्यालयले आवश्यकताअनुसार उनीहरूलाई काजमा खटाएको हो। डीएसपीहरू गंगाबहादुर थापा इलाका प्रहरी कार्यालय बरथहवा सर्लाही, हरि वली जिल्ला प्रहरी कार्यालय कपिलवस्तु, लिलाराज लामिछाने सुर्खेत गण, एलिजा गिरी जिल्ला प्रहरी कार्यालय रौतहटमा काज सरूवा भएका छन्। यस्तै गौरव महतको इलाका प्रहरी कार्यालय चपुर रौतहट, एकनारायण कोइरालाको प्रहरी प्रधान कार्यालयअन्तर्गतको कार्य विभाग र दामोदर केसीको लुम्बिनी प्रदेश प्रहरी कार्यालयमा काज सरूवा भएको छ।

Read More

काठमाडौँ : अख्तियार दुरुपयोग अनुसन्धान आयोगका प्रमुख आयुक्त प्रेम कुमार राईले नेपालले भ्रष्टाचार विरुद्धको लडाइँमा धेरै संरचनात्मक चुनौतीहरूको सामना गरिरहेको बताएका छन्। भ्रष्टाचारविरुद्धको संयुक्त राष्ट्रसङ्घीय महासन्धिका पक्ष राष्ट्रहरूको दशौँ सम्मेलनलाई सम्बोधन गर्दै राईले भ्रष्टाचार नियन्त्रणको क्षेत्रमा हालैका वर्षहरूमा सुधार भएता पनि नेपालले चुनौतीहरूको सामना गरिरहेको बताएका हुन् । भ्रष्टाचार सामाजिक, राजनीतिक र कानुनी संरचनामा गहिरोसँग जरा गाडिएकोले यसको दिगो सफलताको लागि यी अन्तर्निहित कारकहरूलाई सम्बोधन गर्न महत्त्वपूर्ण रहेको उनले बताए । प्रमुख आयुक्त राईले चुनौतीका बाबजुद अख्तियार दुरुपयोग अनुसन्धान आयोग संवैधानिक दायित्व र कार्यादेशलाई जिम्मेवार र पारदर्शी रूपमा कार्यान्वयन गर्न प्रतिबद्ध रहेको बताए । कार्यक्रममा राईले भ्रष्टाचार गम्भीर अपराध भएको…

Read More

काठमाडौँ : पूर्वगृहमन्त्री बालकृष्ण खाँण छुटेका छन् । सम्पत्ति शुद्धीकरण विभागपछि अख्तियार दुरुपयोग अनुसन्धान कार्यालय पुर्‍याइएका खाँणलाई साधारण तारेखमा छाड्ने आदेश भएको हो । खाँण छुटिसकेको अख्तियारले जनाएको छ । यसअघि नक्कली भुटानी शरणार्थी प्रकरणमा थुनामा रहेका खाँणलाई उच्च अदालत पाटनले बिहीबार ३० लाख रुपैयाँ धरौटीमा छाड्ने आदेश गरेको थियो । काठमाडौँ जिल्ला अदालतमा धरौटीबापतको रकम बुझाएका खाँणलाई त्यसपछि सम्पत्ति शुद्धीकरण विभाग र अख्तियार पुर्‍याइएको थियो ।

Read More

काठमाडौँ : थाइल्याण्डमा विपक्षी दल मुभ फर्वार्ड पार्टीकी सांसद रक्छनोक श्रीनोकलाई ६ वर्षको जेल सजाय सुनाइएको छ। राजतन्त्रको विरोध गरेको अभियोगमा २९ वर्षीया श्रीनोकलाई त्यहाँको फौजदारी अदालतले बुधबार जेल सजाय सुनाएको हो। थाइल्याण्डको फौजदारी अदालतले श्रीनोकले कम्प्युटर अपराध ऐन उल्लङ्घन गरेको ठहर गरेको छ। सिएनएनका अनुसार सन् २०२० मा श्रीनोकले सामाजिक सञ्जालमा लेखेको विषयलाई आधार बनाएर अपराध संहिताको धारा ११२ अनुसार सजाय सुनाएको हो। यद्यपि श्रीनोकले आफूलाई जमानतमा छोड्न गरेको अपिललाई अदालतले स्वीकार गरेको छ। उनले फेसबुकमा लेख्दै आफू काममा फर्किएको बताएकी छन्। थाइल्याण्डमा राजा, रानी र उनीहरूका उत्तराधिकारीको विरोध गर्दा १५ वर्षसम्म जेल सजाय हुने व्यवस्था छ। मानवअधिकारवादी थाइ…

Read More

काठमाडौँ : नेपाल धितोपत्र बोर्डका अध्यक्ष रमेश हमालले १० कित्ते नीति परिवर्तन नहुने बताएका छन् । नबिल स्टक डिलर लिमिटेडको शुक्रबार भएको उद्घाटनमा उनले १० कित्ते नीति परिवर्तन नहुने बताएका हुन् । अहिले अध्ययनको लागि समिति बनेको र उक्त समितिले दिएको प्रतिवेदनअनुसार हुने अध्यक्ष हमालले बताए । ‘अध्ययनको लागि समिति बनेको हो । तर, १० कित्ता शेयर भर्ने व्यवस्था नै रोक्न लागेको भनेर हल्ला भएछ’, उनले भने, ‘हमालले कार्यकालको अन्तिम समयमा आएर बोर्डमा महत्त्वपूर्ण काम गरेको भन्ने गरेका छन् । राज्यको तलब खाएपछि काम गर्नुपर्छ । बोर्डमा काम गर्छु भनेर नै आएको हो । म तलब खाएर काम नगरी बस्न…

Read More

काठमाडौँ : विशेष अदालतले शुक्रबार घुस लिएको सम्बन्धी तीनवटा फरक मुद्दामा प्रतिवादीलाई दोषी ठहर गरेको छ । २ लाख रुपैयाँ घुससहित पक्राउ परेका नेपाल प्रहरीका लेखापाल विनोद विष्ट, २० हजार रुपैयाँ घुससहित पक्राउ परेका सशस्त्र प्रहरीका सहायक हवल्दार नगेन्द्र सेन र २ लाख रुपैयाँ घुससहित पक्राउ परेका जलस्रोत तथा सिचाई विकास डिभिजन कार्यालय बसुन्धराका सब-इन्जिनियर दीपेन्द्रकुमार केसी दोषी ठहर भएका हुन् । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले विष्टलाई गत असार २० गते काठमाडौँबाट पक्राउ गरेको थियो । जिल्ला प्रहरी कार्यालय महोत्तरीका लेखापाल रहेका नायब निरीक्षक-सई विष्टले भवन निर्माणको म्याद थप तथा सहजीकरणका लागि घुस लिएको आरोप लागेको थियो । यस्तै, सुरक्षा…

Read More

काठमाडौं : चिकित्सा शिक्षा सुधारका अभियन्ता प्रा.डा. गोविन्द केसी गेटा मेडिकल कलेज, धनगढीमा आमरण अनसन बस्ने भएका छन् । सरकारले विगतमा पटक–पटक भएको सहमतिलाई कार्यान्वयन नगरेको भन्दै डा. केसीले शुक्रबार बेलुकी ५ बजेदेखि तीनदिन अनसनमा बस्ने घोषणा गरेका थिए ।अनसनस्थल भने खुलाएका थिएनन् । उनले गेटा मेडिकल कलेज, धनगढीमा रोजेका छन् । यी हुन् डा. केसीको माग ?डा. केसीले विगतमा भएका सम्झौता, सरकारी अस्पतालहरुमा मागअनुसार दरबन्दी थप गर्दै क्षमता बढाउने र सबै निःशुल्क औषधिहरु पाइने सुनिश्चित गर्ने माग राखेका छन्। गेटामा शीघ्र स्वास्थ्य विज्ञान प्रतिष्ठान सञ्चालनमा ल्याउनुपर्ने, चिकित्सा शिक्षा ऐनमा उल्लेख भए अनुसार सबै प्रदेशमा कम्तीमा एउटा सरकारी मेडिकल कलेज…

Read More

काठमाडाैं :  भक्तपुरबाट अवैध हतियार र लागूऔषध खैरो हेरोइनसहित दुई जना पक्राउ परेका छन्। बिहीबार सुर्यविनायक- १० नलिन्चोक एरियामा अवैध हतियार तथा लागूऔषधको ओसारपसार तथा कारोबार हुँदै छ भन्ने गोप्य सूचनाका आधारमा प्राप्त भए पश्चात् काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयबाट खटिएको टोलीले चिरन्जीवी सिन्चुरी र लेख बहादुर कार्कीलाई संका लागि सोधपुछ गर्ने क्रममा उनीहरूको साथमा केएफ ७.६५ लेखिएको ५ राउण्ड गोली लोड भएको म्याग्जीन सहितको पेस्तोल थान १- ऐ पेस्तोलमा लाग्ने खाली म्याग्जीन थान १ र लागूऔषध खैरो हेरोइन जस्तो देखिने लेसिलो पदार्थ ५ ग्राम फेला पारी पक्राउ पक्राउ गरिएको हो। शुक्रबार उनीहरूलाई लागूऔषध तथा हातहतियार खरखजाना सम्बन्धी कसुरमा आवश्यक…

Read More

काठमाडौं : नवनियुक्त परराष्ट्र सचिव सेवा लम्सालले प्यालेस्टिनी आतङ्कवादी समूह हमासको नियन्त्रणमा रहेका भनिएका विपिन जोशीको सकुशल रिहाइका निम्ति कुटनीतिक प्रयासलाई दोब्बर बनाउने बताएकी छन्। परराष्ट्र मन्त्रालयमा आज शुक्रवार पदबहाली गरेपछि सञ्चारकर्मीसँग कुरा गर्दै परराष्ट्र सचिव लम्सालले यस्ताे बताएकी हुन्। नेपालसँग श्रम सम्झौता नभएका देशमा गैरकानुनी बाटोबाट वैदेशिक रोजगारीमा नजान सम्बद्ध सबैलाई आग्रह गर्दै उनले सरकारले रोजगारीमा विदेश जान चाहनेलाई ‘रोजगार अनुमतिपत्र’ प्रदान गर्ने बताइन्। रुसी सेनामा नेपाली युवा भर्ती भएका समाचार सार्वजनिक भएका सन्दर्भ कोट्याउँदै उनले अनुमतिपत्र प्रदान गरिने बताइन्। ज्यानलाई जोखिममा पारेर अनौपचारिक माध्यमबाट वैदेशिक रोजगारीमा नजान उनले सुझाव दिइन्।

Read More

काठमाडौं : नेपाली कांग्रेसले राष्ट्रिय सभा चुनावका लागि कम्तीमा १० सिट दाबी गर्ने भएको छ।  शुक्रबार बसेको केन्द्रीय कार्यसम्पादन समितिको बैठकले कम्तीमा पनि १० सिट दाबी गर्ने निर्णय गरेको एक नेताले बताए। माघ ११ गते राष्ट्रिय सभाको निर्वाचन हुँदैछ। सरकारको सिफारिसमा राष्ट्रपतिबाट मनोनीत भएका एक र १९ जना निर्वाचित सदस्यको फागुन २० गते पदावधि सकिँदैछ। त्यसका लागि कांग्रेसले सातै प्रदेश कार्यसमितिलाई आकांक्षीहरू सिफारिस गर्न आग्रह गरेको समिति सदस्य आनन्द ढुंगानाले बताए। एक प्रदेशले तीन जना आकांक्षीहरूको नाम सिफारिस गर्न आग्रह गरेको छ।

Read More