Author: महेन्द्रनगर पोष्ट

काठमाडौं : जिल्ला अदालत, काठमाडौं परिसरबाट एक जना थुनुवा फरार भएका छन्। जिल्ला प्रहरी परिसर, काठमाडौंका एसपी कुमोध ढुंगेलका अनुसार, ठगी मुद्दाका थुनुवा विमल खड्का हत्कडीसहित फरार भएका हुन्। उनलाई डलर देखाएर लुटपाट गरेको आरोपमा प्रहरी वृत्त, स्वयम्भुले पक्राउ गरेको उनले बताए। उनले भने, ‘फरार खड्काको खोजी गरिरहेका छौं।’

Read More

काठमाडौं : उच्च अदालतमा ३९ जना न्यायाधीश नियुक्त भएका छन्। २६ जना जिल्ला न्यायाधीश, दुई सह–न्यायाधिवक्ता, सह–रजिष्ट्रार, कानुन मन्त्रालयका सहसचिव एक-एक र नौं जना अधिवक्ता गरी ३९ जना न्यायाधीश नियुक्त भएका हुन्।  आज बसेको न्याय परिषद्को बैठकले जिल्ला न्यायाधीशहरु राजेन्द्र अधिकारी, वसन्तराज पौडेल, पूर्णेश्वरप्रसाद उपाध्याय, केशवप्रसाद बास्तोला, जयानन्द पनेरु, खड्कबहादुर केसी,सूर्यनाथप्रकाश अधिकारी, कैलाशप्रसाद सुवेदी, मातृकाप्रसाद मरासैनी, ओमप्रसाद अर्याल, भरत लम्साल र कृपासुर कार्कीलाई उच्चमा लागेको हो। त्यस्तै, जिल्ला न्यायाधीशहरु हेमन्त रावल, विष्णुप्रसाद अर्याल, ध्रुवकुमार पिया, सूर्यप्रसाद पराजुली, कृष्णप्रसाद सुवेदी, दुर्गाप्रसाद ढुङ्गेल, तेजेन्द्रप्रसाद शर्मा, डिल्लीरत्न श्रेष्ठ, डण्डपाणि शर्मा, टीकाराम आचार्य, उमेश कोइराला, कृष्णमुरारी सिवाकोटी, विदुर कोइराला र नारायणप्रसाद सुवेदी पनि उच्चमा…

Read More

बैतडी : बैतडीमा जीप दुर्घटना भएको छ। जिल्लाकाे पञ्चेश्वर गाउँपालिका–४ को आम्चौराबाट मेलौलीतर्फ आउदै गरेको ना २ च ४५५१ नम्बरको जीप गाउँपालिकाको कार्यालय नजिक दुर्घटना भएको हो। दुर्घटनामा परी ३ जना घाइते भएका छन्। उनिहरुको उद्धार भइरहेको स्थानीय एवं पञ्चेश्वर गाउँपालिकाका पोषण स्वयंसेवक नारायणराम सार्कीले जानकारी दिए। उकालोसहितको मोडमा टर्निङ नपुगेर दुर्घटना हुन पुगको बताइएको छ । जीप माथिल्लो मोडबाट तल्लो सडकमा खस्न पुगेको हो। प्रहरीको टोली घटनासथलतर्फ गइरहेको जिल्ला प्रहरी कार्यालय बैतडीले जनाएको छ।

Read More

डडेल्धुरा : डडेल्धुरामा एक पुरुष मृत फेला परेका छन्। जिल्लाको अमरगढी नगरपालिका- ८ मा एकजना पुरुष मृत अवस्थामा फेला परेका हुन्। मृत फेला पर्नेमा बैतडीको दशरथचन्द नगरपालिका-३ का ३५ वर्षीय नरेश नाथ रहेको जिल्ला प्रहरी कार्यालय डडेल्धुराका प्रवक्ता प्रहरी निरीक्षक कुसुम नायकले जानकारी दिए। नायकका अनुसार बुधबार बिहान ८ बजे प्रहरी घटनास्थलमा पुगेको र अहिले सोधपुछका लागि मृतक नाथकी श्रीमतीलाई नियन्त्रणमा लिइएको छ। नाथ लामो समयदेखि श्रीमतीसँग डडेल्धुरा बस्दै आएका थिए। उनकी श्रीमती मानसिक सन्तुलन ठिक नभएको बताइएको छ। मृतक नाथको शव डडेल्धुरा अस्पतालको शव ग्रहमा राखिएको छ। 

Read More

काठमाडौं : सशस्त्र प्रहरी बलको एपिएफ क्लबले प्रधानमन्त्री कप महिला टी-२० राष्ट्रिय क्रिकेट प्रतियोगिताको उपाधि जितेको छ। बुधबार कीर्तिपरस्थित त्रिवि मैदानमा कोशी प्रदेशलाई ११ रनले पराजित गर्दै एपिएफ च्याम्पियन बनेको हो। एपिएफले दिएको ११५ रनको लक्ष्य पछ्याएको कोशीले २० ओभरमा ४ विकेटको क्षतिमा १०३ रन जोड्न सक्यो। कोशीका लागि कप्तान रुबिना क्षेत्रीले ६२ रन जोडिन्। अन्तिम ओभरमा जितका लागि १६ रन चाहिएको स्थितिमा रुबिना पहिलो बलमै आउट भएकी थिइन्। उनले ५८ बलमा ७ चौका र १ छक्का प्रहार गरिन्। यस्तै काजल श्रेष्ठले २२ रन जोड्दा कोशीका अरु ब्याटर चल्न सकेनन्। बलिङमा एपिएफका करुणा भण्डारी र कप्तान सीता रानामगरले एक एक…

Read More

धनगढी : शिवशिखर बहुउद्देश्यीय सहकारी संस्थाका बचतकर्तालाई अनलाइनबाट आफ्नो बचत रकम मागदावी गर्न आह्वान गरिएको छ। भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्रालयअन्तर्गत समस्याग्रस्त सहकारी व्यवस्थापन समितिको कार्यालयले शिवशिखरका बचतकर्तालाई अनलाइन मागदाबी आवेदन पेश गर्न आह्वान गरेको हो। बचतकर्ताहरुले आगामी ३५ दिनभित्र अनलाइन मागदाबी आवेदनमार्फत सप्रमाण दाबी गर्नुपर्ने कार्यालयले जनाएको छ। मन्त्रालयले गत भद्रौ २५ गते सहकारी ऐन, २०७४ को दफा १०४ बमोजिम शिवशिखरलाई समस्याग्रस्त घोषणा गरेको थियो। बचतकर्ताको करोडौं रकम हिनामिनाको आरोप लागेपछि फरार भक्तपुरको उक्त सहकारी संस्थाका अध्यक्ष केदारनाथ शर्मालाई प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सीआइबी)ले गत असारमा भारतबाट पक्राउ गरेर ल्याएको थियो। शिव शिखरसहित मोरङमा गएर उनले तुलसी…

Read More

धनगढी : बाजुरामा एक गर्भवती महिलामाथि बलात्कार भएको छ। जिल्लाको हिमाली गाउँपालिकाकी ३५ वर्षीया एक महिलामाथि बलात्कार भएको हो। दलित समुदायकी ती महिलालाई बलात्कार गरेको आरोपमा जंगसिंह बुढा नामका व्यक्तिलाई पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय बाजुराका डीएसपी कविन्द्र बोहराले बताए। डीएसपी बोहराका अनुसार प्रहरीले पीडित महिलाका श्रीमान् रुपचन्द्र सुनार र देवर अम्मर सुनारलाई समेत पक्राउ गरेको छ। बलात्कारमा संलग्न आरोप लागेका बुढालाई उनीहरूले कुटपिट गरेका थिए। सुनार पक्षले जवरजस्तीकरणीको मुद्दा प्रहरीमा दर्ता गरेको छ भने बुढा पक्षले कुटपिटको मुद्दा दर्ता गराएको छ। दुई पक्षलाई थुनामा राखी अदालतबाट म्याद थप गरेर अनुसन्धान भइरहेको उनले बताए। पीडित महिलाका आफन्तले भने मुद्दा लिएर…

Read More

काठमाडौं: भारतीय विदेशमन्त्री एस जयशंकर नेपाल भ्रमणका लागि बिहीबार काठमाडौं आउने भएका छन् । उनको नेपाल भ्रमणका क्रममा क्रममा १३२ केभीएका तीनवटा प्रसारण लाइन उद्घाटन गर्ने कार्यक्रम रहेको छ । दुवै देशका परराष्ट्र मन्त्रीले संयुक्त रूपमा उद्घाटन गर्ने कार्यक्रम रहेको छ। भारतको बिहार प्रदेशसँग जोडिने रक्सौल– परवानीपुर प्रसारण लाइन, कुशाहा–कटैया प्रसारण लाइन र भारतको उत्तर प्रदेशसँग जोडिने नौतनवा–मैनाहिया प्रसारण लाइनको उद्घाटन हुनेछ ।

Read More

काठमाडौं : सर्वोच्च अदालतको मुख्य रजिस्ट्रारमा देवेन्द्र ढकाल सिफारिश भएका छन्। न्याय सेवा आयोगको आज बसेको बैठकले मुख्य रजिष्ट्रारमा ढकाललाई नियुक्तिका लागि सिफारिश गरेको हो। प्रधानन्यायाधीश विश्वम्भरप्रसाद श्रेष्ठले न्याय परिषद्‌को सचिव रहेका ढकाललाई मुख्य रजिष्ट्रारमा नियुक्तिका लागि सिफारिश गरेका हुन्।​ यसैगरी सर्वोच्च अदालतको रजिष्ट्रारमा विमल पौडेललाई सिफारिश गरिएको छ। मुख्य रजिष्ट्रार लालबहादुर कुँवर र रजिष्ट्रार निर्मला पौडेल उच्च अदालतको न्यायाधीशमा नियुक्त भएपछि दुवै पद रिक्त थिए।

Read More

काठमाडौं : महानगरपालिकाका मेयर बालेन शाहले आफ्नो सचिवालय प्रमुखसहित तीन जना कर्मचारीलाई निलम्बन गरेका छन्। महानगरको कार्यपालिकाको निर्णय प्रमाणीकरण र कार्यान्वयनमा अनियमितता गरेको आरोपसहित मेयर शाहले सचिवालय प्रमुख नुरनिधि न्यौपाने, स्वास्थ्य विभाग प्रमुख रामप्रसाद पौडेल र वरिष्ठ शाखा अधिकृत भगवती बिडारीलाई निलम्बन गरेका हुन्। कर्मचारी विवादपछि महानगरको प्रमुख प्रशासकीय अधिकृत बसन्त अधिकारी बिदामा बस्नुभएको छ। छानबिन अघि बढ्ने भएपछि प्रमुख प्रशासकीय अधिकृतलाई बिदामा बस्न भनिएको महानगरपालिकाले जनाएको छ। कार्यपालिका बैठकले १९ नम्बर वडाको स्वास्थ्य प्रवर्द्धन केन्द्रमा ५ जना कर्मचारीलाई निरन्तरता दिने गरी निर्णय गरेको थियो। तर, निर्णय प्रमाणीकरण गर्दा ६ जना उल्लेख गरेको पाइएपछि छानबिन थालिएको छ।

Read More