Author: महेन्द्रनगर पोष्ट

काठमाडौं : अख्तियार दुरुपयोग अनुसन्धान आयोगले आन्तरिक राजस्व विभागका तत्कालीन निलम्बित महानिर्देशक चुडामणि शर्मा लगायतविरुद्धको मुद्दा सर्वोच्च अदालतमा पुनरावेदन गरेको छ। विशेष अदालतले गरेको फैसला चित्त नबुझेपछि आयोगले सर्वोच्च अदातलमा आइतबार पुनरावेदनको निवेदन दिएको आयोगका प्रवक्ता नरहरि घिमिरेले जनाएका छन्। प्रवक्ता घिमिरेका अनुसार चुडामणि शर्मा र उनकी श्रीमती कल्पना उप्रेती शर्माका बारेमा विशेष अदालतले गत जेठ १८ गते गैर कानुनी रुपमा सम्पत्ति आर्जन गरी भ्रष्टाचार गरेको भन्ने आयोगको दाबीमा ‘दाबी नपुग्ने’ ठहर गरेको थियो। तर, आयोगले विशेष अदालतको सो फैसलामा चित्त नबुझेको भन्दै विभिन्न जिकिर लिँदै सर्वोच्चमा पुनरावेदन गरेको छ। आयोगका अनुसार चुडामणि शर्माको जाँच अवधिको समग्र व्यय ७ करोड…

Read More

काठमाडौं : काठमाडौं नछोड्ने घोषणा गरेको भोलिपल्टै प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ गोरखा पुगेका छन्। प्रधानमन्त्री भएको एक वर्ष पुगेको दिन मंगलवार मात्रै प्रचण्डले काठमाडौं बाहिर नगइ यसै साताबाट सन्देश दिने गरी काम गर्ने प्रतिबद्धता जनाएका थिए। तर त्यो प्रतिबद्धतालाई उनले भोलिपल्टै लत्याएका हुन्। नेपाल कम्युनिस्ट पार्टी (माओवादी केन्द्र) बारपाक सुलिकोट गाउँपालिका समितिले आयोजना गरेको जनतासँग माओवादी विशेष रुपान्तरण अभियानमा सहभागी हुन प्रधानमन्त्री गोरखा पुगेका उनको सचिवालयले जनाएको छ।

Read More

काठमाडौं : नेकपाका महासचिव नेत्रविक्रम चन्द (विप्लव)ले सरकारले आफूहरुसँग सहमति पनि गर्ने र घेराबन्दी पनि गर्ने गरेर दोहोरो चरित्र देखाएको गुनासो गरेका छन्। प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा बुधवार बिहान बसेको समाजवादी मोर्चाको बैठकबाट बाहिरिने क्रममा सञ्चारकर्मीसँग कुरा गर्दै उनले सो कुरा बताएका हुन्। हालै विप्लव लगायतका नेकपाका नेताहरुविरुद्ध अदालतको पक्राउ पुर्जी जारी भएको थियो। आजै साँझ ६ बजे फेरि प्रधानमन्त्री निवास बालुवाटारमा मोर्चाको बैठक बस्ने र त्यसबारे विस्तृतमा छलफल गर्ने विप्लवले बताए।

Read More

बैतडी: सुदूरपश्चिम प्रदेशमा भारतबाट फर्किनेमा फेरि कोरोना सङ्क्रमण देखिन थालेको छ। पढाई तथा रोजगारीको खोजीमा भारतका विभिन्न ठाउँ पुगेर स्वदेश फर्किनेहरूमा फेरि कोरोना भाइरस देखिन थालेको हो। पछिल्लो डेढ सातायता नियमित रूपमा एकदेखि तीन जनासम्ममा दैनिक रूपमा कोरोना भाइरस पुष्टि हुन थालेको स्वास्थ्य कार्यालय बैतडीका प्रमुख योगेशप्रसाद भट्टले जानकारी दिए। भारतका विभिन्न ठाउँहरूबाट सुदूरपश्चिम प्रवेश गर्नेहरूमध्ये केहीमा कोभिड सङ्क्रमण देखा पर्न थालेको उनले बताए । कोभिड–१९ सङ्क्रमण सुरु भएयता सुदूरपश्चिममा ६ लाख ७१ हजार पाँच सय १० जनाको परीक्षण गरिएकोमा ६२ हजार चार सय ८४ व्यक्तिमा सङ्क्रमण देखा परेको थियो। अहिलेसम्म सुदूरपश्चिममा कोभिडबाट ६ सय ३७ जनाको मृत्यु भइसकेको छ।…

Read More

धनगढी : कैलालीमा एक इन्सिच्युटले ठगी गरेको छ। धनगढीको इन्सिच्युट अफ हस्पिटालिटी एण्ड इनफर्मेसन टेक्नोलोजी प्रालिले विद्यार्थीलाई नक्कली शैक्षिक प्रमाणपत्र थमाएर भिजिट भिसामा विदेश पठाइदिने भन्दै ठगी गरेको हो। प्राविधिक शिक्षा तथा व्यावसायिक तालिम परिषद् (सीटीईभीटी)बाट ३९० घण्टाको छोटो अवधीका तालिम सञ्चालन गर्ने अनुमति लिएको भए पनि सीटीईभीटीको लोगो प्रयोग गरेर तीन वर्षे डिप्लोमा तहका सिप विकास तालिम उत्तीण गरेको नक्कली शैक्षिक प्रमाणपत्र दिँदै ठगी गरेको हो। नक्कली शैक्षिक प्रमाणपत्र थमाएर भिजिट भिसामा इनटर्नसीप गराउने दुबई पठाउने भन्दै रकम असुली गरेको धनगढी उपमहानगरपालिका–३ बिशालनगरका महेन्द्र चन्दले गुनासो गरे। ‘मलाई दुबै पठाउँछु भनेर २ लाख ५० हजार प्रन्सिपल सविन रोकाया सरले…

Read More

चितवन: चेपाङ समुदायको उत्थानका लागि बागमती प्रदेश सरकारले चिउरी र चमेरो संरक्षण गर्ने भएको छ । यसका लागि सामाजिक विकास मन्त्रालयले कार्यविधि तयार गर्न लागेको छ। प्रदेश सरकारले चितवन, मकवानपुर र धादिङका छ पालिकामा यो कार्यक्रम लागू गर्ने तयारी गरेको छ। चेपाङ समुदायको बसोबास रहेको चितवनको राप्ती र कालिका नगरपालिका, चितवनको इच्छाकामना, मकवानपुरको राक्सिराङ तथा धादिङको गजुरी र बेनिघाट रोराङ गाउँपालिकामा कार्यक्रम लागू गर्न लागिएको सामाजिक विकास मन्त्रालयको सामाजिक विकास महाशाखा प्रमुख गोपालप्रसाद कँडेलले जानकारी दिए। उनका अनुसार मन्त्रालयले कार्यविधि निर्माण गरेर अर्थ मन्त्रालयमा पठाएको छ। मन्त्रिपरिषद्बाट कार्यविधि पारित भएपछि कार्यान्वयनका लागि स्थानीय तहमा बजेट पठाइने उनले बताए। प्रदेश सरकारले…

Read More

काठमाडौं : गत आइतबारबाट अन्तिम बहस सुरु भएको सन्दीप लामिछानेको मुद्दा काठमाडौं जिल्ला अदालतमा बुधबारदेखि पुन: निरन्तर सुरु हुँदैछ। सोमबार र मंगलबार बिदा भएका कारण ‌आज बिहान १०:३० देखि बहस निरन्तर सुरु हुन लागेको हो। क्रिकेटर सन्दीप लामिछानेविरुद्धको मुद्दा न्यायाधीश शिशिरराज ढकालले हेर्दाहेर्दैमा राखेका थिए। सन्दीपको मुद्दा पहिलो पटक अन्तिम बहस हेर्दाहेर्दैमा गएसँगै अब मुद्दाले बहस सकिएसँगै किनारा पाउने छ।अन्तिम बहस आज ढकालको इजलासमा सुरु हुनेछ। काठमाडौं जिल्ला अदालतमा अन्तिम बहसका लागि पेशी चढेको मुद्दामा आइतबार सरकारी वकिलका तर्फबाट सुविर परियार र सिताराम अर्यालले बहस गरेका थिए। त्यस्तै, पीडितको पक्षबाट अर्का अधिवक्ता आत्म आचार्यले बहस गरेकी थिइन्। मुद्दामाथिको बहस नसकिएपछि…

Read More

काठमाडौं: नेपाली बजारमा बुधबार सुनको मूल्य बढेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सुन तोलामा २०० रुपैयाँले बढेको छ । महासंघका अनुसार बुधबार छापावाल सुन प्रतितोला एक लाख २० हजार ७०० रुपैयाँ र तेजाबी सुन एक लाख २० हजार १०० रुपैयाँमा कारोबार भइरहेको छ । मंगलबार छापावाल सुन प्रतितोला एक लाख २० हजार ५०० रुपैयाँ र तेजाबी सुन एक लाख १९ हजार ९०० रुपैयाँमा कारोबार भएको थियो । यस्तै, चाँदीको मूल्य भने तोलामा १० रुपैयाँले घटेको छ । आज चाँदी तोलाको १४ सय ७५ रुपैयाँमा कारोबार भइरहेको महासङ्घले जनाएको छ ।

Read More

काठमाडौँ : शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयले देशभरका सामुदायिक विद्यालयमा ज्येष्ठ नागरिक सम्बन्धी पाठ पढाउन निर्देशन दिएको छ। मन्त्रालयले शिक्षा तथा मानव स्रोत विकास केन्द्रलाई आज सम्पूर्ण विद्यालयमा सामाजिक अध्ययन विषयको एक पिरियड ज्येष्ठ नागरिक सम्बन्धी पढाउने व्यवस्था मिलाउन आदेश जारी गरेको हो। महिला, बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्रालयले ज्येष्ठ नागरिक सम्बन्धी कक्षा सञ्चालन गरिदिन अनुरोध गर्दै शिक्षा मन्त्रालयलाई पत्र पठाएको थियो। सोही आधारमा शिक्षा मन्त्रालयले सम्पूर्ण विद्यालयमा सामाजिक अध्ययन विषयको एक पिरियडमा ज्येष्ठ नागरिक सम्बन्धी कक्षा सञ्चालन गर्न आदेश जारी गरेको हो। आज देशभर राष्ट्रिय ज्येष्ठ नागरिक दिवस मनाइँदैछ। सोही अवसरमा महिला, बालबालिका तथा ज्येष्ठ मन्त्रालयले विभिन्न कार्यक्रमहरू आयोजना…

Read More

काठमाडौं : प्रधानमन्त्री निवास बालुवाटारमा समाजवादी मोर्चाको बैठक जारी रहेको छ। अदालतको पक्राउ पूर्जी जारी भएका नेत्र विक्रम चन्द विप्लव पनि बैठकमा सहभागी छन्। बैठकमा नेकपाबाट खड्गबहादुर विश्वकर्मा प्रकाण्ड पनि सहभागी छन्। बैठकमा सरकारको समीक्षा, राष्ट्रियसभा निर्वाचन लगायत विषयमा छलफल भइरहेको छ।

Read More