Author: महेन्द्रनगर पोष्ट

धनगढी: सशस्त्र प्रहरी बल नेपालले कैलालीस्थित त्रिनगर भन्सार क्षेत्रमा कडाई गरेको छ। चाडपर्वमा नेपाल भारत सीमानाका गौरिफन्टा हुँदै सुदूरपश्चिमेलीहरु निरन्तर स्वदेश फर्किरहेका छन्। सोही क्रममा नेपालीहरुलाई ठगिन नदिन सीमामा नेपाल प्रहरी र सशस्त्र प्रहरी बलले कडाई गरिएको जनाएको छ। जसमा त्रिनगर प्रहरी, सशस्त्र प्रहरी बल नेपालका इन्सपेक्टर ध्वज विक्रम शाहीसहितको टोली खटिएको छ। जसमा टोलीले भारतीय क्षेत्रमा हुने लुट, नेपालमा लिइने अचाक्ली भाडा तथा अवैध लेनदेन गर्ने अटो चालकलाई नियन्त्रणमा लिने कार्य गरिरहेको छ। यस्तै सशस्त्रले भन्सार छली पनि रोक्न सक्रियता बढाएको जनाएको छ।

Read More

काठमाडौं: दरबारमार्गस्थित याक एण्ड यती होटललाई तीन लाख रुपैयाँ जरिवाना तिराइएको छ।  बजार अनुगमनको क्रममा होटलले गुणस्तर, परिमाण, मूल्य र नापतौलमा हेरफेर गरेको भेटिएपछि वाणिज्य आपूर्ति तथा उपभोक्ता संरक्षण विभागले कारबाहीस्वरुप जरिवाना गरेको हो।  विभागका अनुसार होटलले तोकिएकोभन्दा बढी मूल्यमा पानी बेच्नुका साथै म्याद गुज्रिएको सामानसमेत बिक्री गरेको पाइएको छ।  त्यस्तै, काठमाडौं महानगरपालिका–१७, मा रहेको रन्जीता ब्युटी होम एण्ड सक्रिन केयरलाई पनि ७५ हजार रुपैयाँ जरिवानाको कारवाही भएको छ। मूल्यसूची तथा दर्ता प्रमाणपत्र नराखेवापत विभागले कारवाही गरेको हो।

Read More

बिर्तामोड: दुर्गा प्रसाईं पक्राउको विरोध गर्दै उनका समर्थकद्वारा आगजनी गरिएको भारतीय ट्रक चालकको मृत्यु भएको छ। बिर्तामोड नगरपालिका–६ गिरीबन्धु टी–स्टेट नजिक प्रसाईं समर्थकले चालकलाई बाहिर निस्किन नदिई डब्ल्यु बी ७३ इ ३०५६ नम्बरको ट्रकमा आगजनी गरेका थिए। सुनसरीको दुहबीमा जुट (पाटा) पुर्‍याएर पूर्वतर्फ आउँदै गरेको ट्रकमा १०/१२ जनाको समूहले आगजनी गरी फरार भएको थियो। ट्रकमा लागेको आगो बिर्तामोड नगरपालिकाको दमकलको सहयोगमा ईलाका प्रहरी कार्यालय अनारमनी झापाबाट खटिएको प्रहरी टोलीले नियन्त्रणमा लिइएको थियो। आगलागीबाट ट्रर्कको अगाडिको भाग पूर्ण रुपमा जलेर नष्ट भएको थियो। आगलागीबाट ट्रर्कका चालक भारत इस्लामपुर बस्ने वर्ष ४० को प्याड रोयको दाहिने हातको पाखुरा र ढाड जलेर घाइते…

Read More

विराटनगर: मोरङमा सवारी दुर्घटनामा परी दुई प्रहरी जवानको मृत्यु भएको छ। आइतबार कोशी राजमार्ग र पूर्वपश्चिम राजमार्गमा भएको सवारी दुर्घटनामा परी नेपाल प्रहरी र सशस्त्र प्रहरीका एक–एक जवानको मृत्यु भएको हो । एक जना घाइते भएका छन्। प्रहरीका अनुसार पूर्व–पश्चिम राजमार्गअन्तर्गत बेलबारी नगरपालिका–८ चिसाङ पुल नजिक साँझ ६ः४० बजेतिर कार र मोटरसाइकल एकआपसमा ठोक्किएर दुर्घटना हुँदा अस्थायी प्रहरी चौकी नडाहा सुनसरीमा कार्यरत प्रहरी जवान ३२ वर्षीय चित्रसागर राईको मृत्यु भएको छ। पश्चिमबाट पूर्वतर्फ जाँदै गरेको प्रदेश ३–०१–०२४ च ०७३४ नम्बरको कार र पूर्वबाट पश्चिमतर्फ आउँदै गरेको प्रदेश १–०२–०४४ प ४९९६ नम्बरको मोटरसाइकल दुर्घटना भएको थियो। दुर्घटनालगत्तै प्रहरीले कार र चालक…

Read More

काठमाडौं: सरकारले नेपाल प्रहरीसम्बन्धी कानुनलाई संशोधन तथा एकीकरण गर्न बनेको विधेयक र सशस्त्र प्रहरी बल, नेपालसम्बन्धी कानुनलाई संशोधन तथा एकीकरण गर्न बनेको विधेयक उपर लोक सेवा आयोगको परामर्श लिन स्वीकृति दिएको छ। गृह, अर्थ र कानुन मन्त्रालयबाट प्रधानमन्त्री कार्यालयमा पुगेको सो विधेयकको मस्यौदालाई परामर्श र स्वीकृति लिनका लागि लोकसेवा पठाउन लागिएको हो। विधेयकमा सशस्त्र प्रहरीको एसपीको सेवा अवधि गायव भएकोमा कानुन मन्त्रालयले फिर्ता गरेको छ। अब एसपीको सेवा अवधि ८ वर्ष कायम गरिएको छ। साथै एसएसपीको सेवाअवधि ६ वर्ष कायम गरिएको स्रोतले जनाएको छ। यसअघि एसएसपीको सेवा अवधि ८ वर्ष बनाइएको थियो। स्रोतका अनुसार नेपाल प्रहरीतर्फ भने ३० वर्षे सेवा…

Read More

काठमाडाैं: नेपाल प्रहरीका प्रहरी महानिरीक्षक (आइजिपी) वसन्तबहादुर कुँवरविरुद्ध अख्तियार दुरूपयोग अनुसन्धान आयोगमा उजुरी परेको छ। उनीविरुद्ध  केदार भण्डारीले अख्तियारसहित प्रधानमन्त्री कार्यालय, प्रतिनिधिसभा, राज्यव्यवस्था तथा सुशासन समिति र गृह मन्त्रालयमा पनि उजुरी दिएका हुन्। कुँवरले प्रहरी सरुवा तथा बढुवामा आर्थिक लेनदेन गरेको, व्यापारीसँग असुली गरेकाे, तस्करबाट पैसा उठाएकाे लगायतका विभिन्न आराेपसहित उजुरी परेकाे स्राेतले जानकारी दिएकाे छ। उजुरीपछि अख्तियारले  छानबिन प्रक्रिया सुरू गरिसकेकाे स्राेतले बताएकाे छ। स्राेतका अनुसार कुँवरले गत १० साउनमा मानवस्रोत विकास विभाग, कर्मचारी प्रशासन शाखाले २८९ जना लेखापाल सरुवा गर्दा प्रतिव्यक्ति २ देखि ७ लाखसम्म असुलेकाे उजुरीमा उल्लेख छ। यस्तै कुँवर मधेश प्रदेशमा (डिआइजी) भएको बेला हुन्डी कारोबारी…

Read More

काठमाडौं: कञ्चनपुरको भीमदत्त नगरपालिका–३ का विपिन जोशी इजरायलमा हमास समूहको आक्रमणका क्रममा बेपत्ता भएको एक वर्ष पुरा भएको छ। सुदूरपश्चिम विश्वविद्यालयमा कृषि विज्ञान सङ्कायअन्तर्गत स्नातक तह आठौँ सेमेस्टरमा अध्ययनरत विपिन सिक्दै कमाउने कार्यक्रमअन्तर्गत इजरायल पुगेका बेला हमास समूहको बन्धनमा परेका हुन्। एक वर्ष पूरा हुँदा पनि उनको अवस्था भने अझै अज्ञात छ । गत वर्ष असोज २० गते हमास समूहको आक्रमणमा परी सुदूरपश्चिम विश्वविद्यालयका १० जना विद्यार्थीको ज्यान गएको थियो भने जोशी सम्पर्कविहीन भएका थिए। उनको खोजीका लागि इजरायलमा रहेको नेपाली दूतावास र नेपाल सरकारले पहल गरे पनि जोशीको अवस्थाबारे पत्ता लाग्न सकेको छैन। गत वर्ष ७ अक्टुबरकै दिन हमासले…

Read More

डडेल्धुराः नेपाल प्रिमियर लिग (एनपीएल) को अक्सन आइतबार काठमाडौंमा सम्पन्न भएको छ। सहभागी सबै ८ फ्रेन्चाइज टोलीले ग्रेड ए मा तीन, बी मा चार र सी मा तीन खेलाडी किनेका छन्। कुल एक सय ६४ खेलाडी अक्सनमा सहभागी हँदा ८० खेलाडी बिक्री भएका छन्। ८० खेलाडीमध्ये सुदूरपश्चिम घर भएका २३ जना अटाएका छन्। कुशल मल्ल मार्की खेलाडी रहेको चितवन राइनोजले अक्सनमार्फत १० खेलाडी खरिद गरेको छ। उसले रिजन ढकाल १० लाख, कमलसिंह ऐरी १० लाख, शरद भेषवाकर १० लाख, विपिन रावल ८ लाख, सन्तोष कार्की ५ लाख, दीपेश श्रेष्ठ ५ लाख, अमरसिंह राउटेला ५ लाख, दीपक बोहरा ५ लाख, रञ्जित…

Read More

दोधारा चाँदनी । कञ्चनपुरको दोधारा चाँदनी नगरपालिकास्थित प्रस्तावित दोधारा चाँदनी सुक्खा बन्दरगाह निर्माणका लागि बाटो खुलेको छ। सरकारको यही असोज २ गतेको मन्त्रिपरिषद् बैठकले शुक्लाफाँटा राष्ट्रिय निकुञ्जको मध्यवर्ती क्षेत्रमा पर्ने मायापुरी सामुदायिक वनको ४२ दशमलव ३६ हेक्टर जमिन सुक्खा बन्दरगाहका लागि प्रयोग गर्न दिने निर्णय गरेसँगै चर्चाको डेढ दशकपछि सुक्खा बन्दरगाह निर्माण प्रक्रिया सुरु भएको हो।  नेपाल इन्टरमोडल यातायात विकास समितिका इञ्जिनियर अनिश केसीले मन्त्रिपरिषद्को निर्णपछि सुक्खा बन्दरगाह निर्माणका लागि बाटो खुलको जानकारी दिए। “सुक्खा बन्दरगाह निर्माणका लागि शुक्लाफाँटा राष्ट्रिय निकुञ्जको जमिन प्रयोग गर्न दिने निर्णय भएको छ”, उनले भने, “अब सुक्खा बन्दरगाह निर्माण प्रक्रिया छिट्टै अघि बढ्छ।”  इञ्जिनियर केसीका अनुसार…

Read More

काठमाडौँः नागरिक उन्मुक्ति पार्टी अध्यक्ष रञ्जिता श्रेष्ठले पार्टीलाई आघात पुग्ने कुनै पनि क्रियाकलाप गर्ने–गराउनेलाई साधारण सदस्य समेत नरहने गरी कारबाही गर्ने चेतावनी दिएकी छन्। अध्यक्ष श्रेष्ठले पार्टीका केही सदस्यले आफ्नो पदीय मर्यादा समेतलाई ख्याल नराखी पार्टी नेतृत्वलाई जथाभाबी गालीगलौज गर्ने, अपुष्ट र नभएको कुरा लेखेर सामाजिक सञ्जालमा पोस्ट गर्ने प्रवृत्ति देखिएको उल्लेख गरेकी छन्। त्यस्ता क्रियाकलाप गर्ने जो कोही पार्टीको इमानदार सदस्य नहुने स्पष्ट गर्दै अध्यक्ष श्रेष्ठले अनुशासन आयोगमार्फत त्यस्तामाथि कारबाही हुने चेतावनी दिएकी छन्। अब उप्रान्त त्यस्ता गतिविधि सह्य नहुने चेतावनी दिँदै उनले पार्टीका सदस्यहरूलाई आ–आफ्नो विचार पार्टीको बैठकमा राख्ने पूर्ण स्वतन्त्रता भएको र पार्टीको शुद्धीकरण प्रक्रिया अगाडि बढिसकेको…

Read More