Author: महेन्द्रनगर पोष्ट

बैतडी : बैतडीमा १७ वर्षीया किशोरीलाई जबरजस्ती करणी गरेको अभियोगमा एक युवक पक्राउ परेका छन् । पाटन नगरपालिका-३ गुजौड बस्ने २१ वर्षीय राजेश लुहारलाई शुक्रबार दिउँसो प्रहरीले पक्राउ गरेको हो । लुहारले ती किशोरीलाई मङ्सिर १० गते राति जबरजस्ती करणी गरेको भन्ने उजुरीको आधारमा इलाका प्रहरी कार्यालय पाटनबाट खटिएको प्रहरीले उनलाई पक्राउ गरेको जानकारी दिइएको छ । यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।

Read More

काठमाडौं : खानेपानीमन्त्री महिन्द्रराय यादव खानेपानी आयोजना निरीक्षणका लागि मेलम्ची पुगेका छन् । बाढीका कारण क्षति पुगेको मेलम्ची आयोजनाको मुहानलगायत क्षेत्रमा अनुगमनका लागि उनी त्यहाँ पुगेका हुन् । खोला तर्दै गर्दा मन्त्री यादव भने काठमाडौँवासीलाई चाँडो पानी पुर्‍याउनुपर्छ है भन्दै निर्देशनसमेत दिन थालेका थिए । मन्त्री यादवले काठमाडौँवासीलाई चाँडो पानी पुर्‍याउन आयोजनाका कर्मचारीलाई निर्देशन दिनुभए पनि बाढीले मुहानलगायत क्षेत्रमा निकै ठूलो क्षति गरेकाले कहिले काठमाडौँमा पानी आउँछ भन्ने यकिन समय भन्न नसकिने अवस्थामा रहेको छ । मन्त्री यादव पानी काठमाडौँ चाँडो पठाउने विषयमा छलफल गर्न भन्दै आज पनि त्यतै बसेका छन् । जस्तोसुकै परिस्थितिको सामना गरेर भए पनि पानी काठमाडौँ…

Read More

चितवन : उपप्रधानमन्त्री तथा गृहमन्त्री नारायणकाजी श्रेष्ठले जोताहा भूमिहिन किसानका समस्या समाधान गर्न सरकार प्रतिवद्धत रहेको बताएका छन् । शनिबार चितवनको नारायणगढमा भएको राष्ट्रिय भूमि अधिकार मञ्च नेपालको छैटौँ राष्ट्रिय सम्मेलनलाई सम्बोधन गर्दै श्रेष्ठले समृद्ध र सामाजिक न्यायलाई मूल कार्यभार बनाएर सरकार अघि बढिरहेको भन्दै जोताहा भूमिहिन किसान, कमलरी, हरुवाचरुवा, गुठी जग्गाको समस्या लगाएतका समस्या समाधान गर्न सरकार प्रतिवद्ध रहेको बताएका हुन् । उनले अहिले नै सरकारले गुणात्मक फड्को मार्न नसकेपनि कार्यभारलाई पुरा गर्न सम्पूर्ण ध्यान केन्द्रीत गरिरहेको जिकिर गरे । सरकारले सुशासनको क्षेत्रमा भ्रष्टाचारबिरुद्ध ठूला–ठूला अभियान सञ्चालन गरेको उनले बताए । गृहमन्त्री श्रेष्ठले मिटरव्याज पिडितहरुलाई न्यायदिने गरि प्रक्रिया अघि…

Read More

बैतडी : स्थानीय सरकारले क्रिकेट खेललाई प्राथमिकता दिनुपर्ने नेपाल क्रिकेट संघ क्यानका अध्यक्ष चतुरबहादुर चन्दले बताएका छन्। बैतडीको दशरथचन्द क्रिकेट मैदान,सुन्दरखालीमा २०औँ संस्करणको बिडिसिए कप एकदिवसीय क्रिकेट प्रतियोगिताको उद्घाटन समारोहमा बोल्दै स्थानीय सरकारले क्रिकेट खेललाई प्राथमिकतामा नराखेको बताएका हुन्। देशको नम्बर १ खेल क्रिकेट बनिसकेको अवस्थामा पनि स्थानीय सरकारले अझै यो खेलको विकासका लागि स्थानीय तह सक्रिय नरहेका चन्दको भनाइ छ। उनले भने, ‘स्थानीय तहहरूले क्रिकेट  खेलमा लगानी गरिरहेका छैनन्। यसले खेल र खेलाडीप्रति अपमानको महसुस भएको छ।  युवाहरूको चाहना क्रिकेटमा छ। तर यो खेलप्रति लगानी छैन।’ देशका उच्चस्तरका नेता क्रिकेट जित्दा बधाई  मात्रै दिने गरेका भए पनि यसको विकासमा ध्यान…

Read More

काठमाडौं :  चालु आर्थिक वर्ष २०८०/८१ को पहिलो चौमासिक अवधिमा रू ५७ अर्ब ७१ करोडभन्दा बढी सार्वजनिक ऋण थपिएको छ । सार्वजनिक ऋण व्यवस्थापन कार्यालयका अनुसार गत असार मसान्तसम्ममा रू २२ खर्ब ९९ अर्ब ३५ करोड २४ लाख बराबर रहेको सार्वजनिक ऋण कात्तिक मसान्तसम्म पुग्दा रू २३ खर्ब ५७ अर्ब छ करोड नाघेको हो । कार्यालयको गत कात्तिक मसान्तसम्मको तथ्याङ्कअनुसार हालसम्म नेपालले तिर्न बाँकी आन्तरिक ऋण रू ११ खर्ब ८३ अर्ब ५७ करोड २१ लाख र बाह्य ऋण रू ११ खर्ब ७३ अर्ब ७९ करोड ६६ लाख रहेको छ । चालु आवको चार महिनामा सरकारले आन्तरिक ऋणको साँवाब्याज भुक्तानीमा रू…

Read More

काठमाडौं : यूएईमा जारी राष्ट्र संघीय जलवायु परिवर्तनसम्बन्धी सम्मेलन (कोप २८) लाई सम्बोधन गर्दै प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले हिमालयलाई बचाउन आग्रह गरेका छन् । सम्बोधनको सुरुमै प्रचण्डले आफू ३० मिलियन नेपालीको सन्देश बोकेर आएको उल्लेख गर्दै तापक्रम वृद्धिले हिमालय सताइएकाले यसलाई बचाउन आफूहरूको स्पष्ट सन्देश रहेकाे बताए ।  प्रचण्डले नेपालको जलवायु परिवर्तनमा शून्य भूमिका भए पनि असर भने सबैभन्दा धेरै भोग्नुपरेको भन्दै अन्तर्राष्ट्रिय जगतलाई सचेत गराएका छन् । उनले भने, ‘म हालैको आईपीसीसी प्रतिवेदनका निष्कर्षहरूप्रति गहिरो रुपमा चिन्तित छु, जसमा जलवायु प्रेरित प्रकोपहरूले हिमालयमा कीर्तिमान तोडिरहेका छन् । विश्वव्यापी उत्सर्जनमा लगभग शून्य योगदान भए पनि नेपालले जलवायु परिवर्तनको प्रत्यक्ष, असमान…

Read More

काठमाडौं : दोलखाको बिगु गाउँपालिका-१ बाट बरामद भएको ११ किलो सुन तस्करी प्रकरणमा पक्राउ परेका १४ जनामध्ये ९ जनालाई पुर्पक्षका लागि थुनामा पठाउन आदेश भएको छ। शुक्रबार जिल्ला न्यायाधीश डिल्लीरत्न श्रेष्ठको इजलासले सुन प्रकरणमा दावा भन्ने आकार लामा, टासी भन्ने ग्याङ रू, नुर्बु छिरिङ शेर्पा, पेम्बा तामाङ, च्याङ्बा भन्ने चस्मान तामाङ, सनद प्रधान, लाल बहादुर तामाङ, केशर तामाङ र माधवकुमार मगर गरी ९ जनालाई थुनामा पठाउन आदेश गरेको हो। सोही प्रकरणमा पक्राउ परेका तिलक विकलाई ८८ लाख, दिपेन्द्रराज शाक्यलाई ९३ लाख ५० हजार र महिमा माझीलाई १ करोड ७९ लाख ४० हजार धरौटीमा रिहा गर्न आदेश गरेको छ। उनीहरूले तस्करी…

Read More

डडेल्धुरा : डडेल्धुराका ओमप्रकाश पन्त करातेको अन्तराष्ट्रिय प्रशिक्षक बन्न सफल भएका छन्। एसियन कराते महासंघले लिएको अन्तराष्ट्रिय प्रशिक्षकको परिक्षामा उनी पास भएका हुन्। जिल्लाको अमजमेरु गाउँपालिका–६ कानाकोटमा जन्मेका ३४ वर्षीय पन्त २०६२ सालबाट खेलकुद क्षेत्रमा सक्रिय छन्। उनी योभन्दा अगाडि अजयमेरु गाउँपालिकाको मुख्य खेलकुद प्रशिक्षक थिए। सानैदेखिको अन्तराष्ट्रिय कोच बन्ने सपना पूरा भएपछि उनले खुसी व्यक्त गरे।

Read More

जाजरकोट: जाजरकोटको नलगाड नगरपालिकाकी भूकम्पपीडित एक किशोरीमाथि कुटपिटपछि बलात्कार भएको छ। ठूली आमाको परिवारसँगै बसेकी उनी २६ कात्तिक राति नजिकैको चौरमा बलात्कृत भएकी हुन्।बलात्कार अभियोगमा २१ वर्षीय गोपाल वादी पक्राउ परेका छन्। घटनाको अनुसन्धान गरेर प्रहरीले बुझाएको प्रतिवेदनका आधारमा सरकारी वकिल कार्यालय जाजरकोटले जिल्ला अदालतमा शुक्रबार गोपालविरुद्ध अभियोगपत्र दायर गरेको छ। अभियोग पत्रमा उल्लेख भएअनुसार २६ कात्तिकको अन्दाजी ८ः३० बजे पीडित किशोरी केही पर रहेको शौचालय पुुगेर फर्किँदै थिइन्। पछाडिबाट मुख छोपी रुन कराउन नदिएर गोपालले उक्त स्थानदेखि करिब ६० मिटर पर रहेको कृषि विद्यालयनजिकैको बाँझो जग्गामा लगी लडाए र प्रतिकार गर्दा उल्टै कुटपिटपछि बलात्कार गरे। बलात्कारपछि किशोरी हिँड्न नसक्ने…

Read More

कैलाली : नेपाल इङ्लिस ल्याङ्गवेज टिचर्स एसोसियन (नेल्टा) कैलालीको अध्यक्षमा धर्मदेव नौन्याल निर्वाचित भएका छन्। नवगठित कार्यसमितिको उपाध्यक्षमा भिम केसी, सचिवमा सुमन श्रेष्ठ , कोषाध्यक्षमा रमेश प्रसाद जोशी, सदस्यहरुमा मोहन सिंह साउँद, सुभाष चन्द्र भण्डारी , निर्मला जोशी, पार्वती जोशी, कुञ्जा भट्ट, र चुडामणि गजुरेल रहेका छन्। एघारौं वार्षिक साधारण सभा एक कार्यक्रमका बिच नेल्टा कैलालीको कार्यसमिति चयन गरिएको हो। अध्यक्ष लक्ष्मण दत्त भट्टको सभापतित्वमा सम्पन्न कार्यक्रमको प्रमुख अतिथि सुदूरपश्चिम प्रदेश नेल्टाका अध्यक्ष रामजी हमाल थिए। कार्यक्रममा नेल्टा कैलालीको स्थापना कालदेखी संस्थाको बिकासमा महत्वपूर्ण योगदान पुगाएको भन्दै पुर्व अध्यक्ष तथा सल्लाहाकार केशव दत्त भट्टलाइ सम्मान गरिएको थियो।

Read More