Author: महेन्द्रनगर पोष्ट

काठमाडौँ : नेपाली वायुसेवाहरुलाई युरोपियन युनियन (ईयू) ले आफ्ना सदस्य मुलुकहरुमा १० वर्षदेखि लगाएको उडान निषेधलाई निरन्तरता दिने भएको छ । नेपाल वायुसेवा निगमलाई युरोप उडानमा जान सक्नेगरी थुप्रै संस्थागत कमजोरीहरु औंल्याउँदै १० वर्षदेखि लगाएको उडान निषेधलाई निरन्तरता दिने जनाएको छ । युरोपियन युनियनका तर्फबाट डीभीमुमका निर्देशक फिलिप कोरनेलीसले बुधबार नेपालको नागरिक उड्डयन प्राधिकरणका महानिर्देशक प्रदीप अधिकारीलाई हालै नेपालमा भएको स्थलगत अवलोकन तथा मूल्यांकन तथा यसकै आधारमा २८ कात्तिकमा बेल्जियमको राजधानी ब्रसेल्समा भएको सुनुवाइका आधारमा तयार पारिएको प्रतिवेदनमा नेपाललाई लगाउँदै आएको सुरक्षा सूची (कालोसूची) लाई निरन्तरता दिने जनाएको छ । ईयूका प्रतिनिधिमण्डलले भदौ २५ देखि २९ गतेसम्म नेपालमा आई नेपाल…

Read More

काठमाडौँ : इन्धनको मूल्य घटेको छ । नेपाल आयल निगमले इन्धनको मूल्य घटाएको हो । पेट्रोलमा प्रति लिटर २ रुपैयाँ तथा डिजेल र मट्टीतेलमा प्रति लिटर ४ रुपैयाँ घटेको छ।

Read More

काठमाडौं : अभिनेता विराज भट्टले आफ्नै निर्माण तथा निर्देशन हुने नयाँ फिल्मको घोषणा गरेका छन् । उनले केही महिनाअघि नै चलचित्र विकास बोर्डमा ‘१२ गाउँ’ शीर्षकमा फिल्म दर्ता गरेका थिए । बिहीबार बिहान सामाजिक सञ्जालमार्फत उनले यही फिल्मको घोषणा गरे । फिल्मको टाइटल लोगो सार्वजनिक गर्दै उनले विराट भट्ट प्रोडक्सनको ब्यानरमा बन्ने यो फिल्म एक्सन-थ्रिलर हुने उल्लेख गरेका छन् । २०७६ सालमा रिलिज भएको फिल्म ‘साङ्लो’ उनले निर्माण तथा निर्देशन गरेको पहिलो फिल्म थियो । नेपाली र भोजपुरी भाषाका फिल्ममा एक्सन शैलीका फिल्ममा देखिंदै आएका विराजले सोही जनरामा यो फिल्म बनाउन लागेका हुन् ।

Read More

काठमाडौं : अफ्रिकाबाट आईसीसी टी-२० छनोटमा युगान्डाले टेस्ट राष्ट्र जिम्बावेलाई पछि पार्दै विश्वकपमा पुगेको छ। नामिबियामा भइरहेको आईसीसी टी-२० विश्वकप अफ्रिका छनोटमा युगान्डाले रवान्डालाई ९ विकेटले हराउँदै शीर्ष दुईमा स्थान बनाउँदै विश्वकपको यात्रा तय गरेको हो। युगान्डाले ६ खेलमा ५ वटा जित्दै १० अंक जोड्यो। छनोटमा युगान्डाभन्दा अघि नै नामिबियाले एक खेल खेल्न बाँकी रहँदै शीर्ष स्थानमा रहेर विश्वकपका लागि छानिइसकेको छ। युगान्डाको यो जितले जिम्बावेको विश्वकपमा छनोट हुने सम्भावना सकिएको छ। युगान्डाको सिनियर टोली पहिलो पटक विश्वकपमा छानिएको हो। यू-१९ टोलीले भने ३ पटक विश्वकप खेलिसकेको छ। वान्डरेस क्रिकेट मैदानमा रवान्डाले जितका लागि दिएको ६६ रनको लक्ष्य युगान्डाले ८ ओभर…

Read More

काठमाडौं : संस्कृति पर्यटन तथा नागरिक उड्डयनमन्त्री सुदन किरातीले नेपाल एयरलाइन्सले उडानको समय परिवर्तन गरेकाले ३१ यात्रु छुटेको प्रष्टीकरण दिएका छन्। बिहीबार काठमाडौंमा आयोजित एक कार्यक्रममा मन्त्री किरातीले परराष्ट्र मन्त्रालयको पत्रअनुसार प्रधानमन्त्रीको भ्रमणका कारण निर्धारित समयभन्दा दुई घण्टा अघि सारिएकाले ३१ यात्रु छुटेको प्रष्टीकरण दिएका हुन्। समय परिवर्तन गरेको विषयमा सबै यात्रुलाई जानकारी दिएको तर, जानकारी पाउन नसकेका यात्रुहरुमात्रै छुटेको उनको भनाइ छ। मन्त्री किरातीले छुटेका यात्रुहरुलाई होटलमा राख्ने व्यवस्था गरेको र अहिले गन्तव्यतर्फ पठाइसकेको जानकारी दिए। जलवायु परिवर्तनसम्बन्धी संयुक्त राष्ट्रसंघीय सम्मेलन कोप–२८ मा सहभागी हुन नेपाली प्रतिनिधिमण्डलको नेतृत्व गर्दै बुधबार राति ९ः३० मा प्रधानमन्त्री दुबई गएका थिए।

Read More

महेन्द्रनगर : दुईतिर भारतीय सिमाना जोडिएको कञ्चनपुरमा केही वर्षयता सशस्त्र प्रहरीले उपस्थिती बढाएर सीमा सुरक्षा अब्बल बनाएको छ। कोरोना महामारी अघिसम्म सीमा इलाका पोष्ट पाँचवटा मात्रै रहेपनि हाल त्यो सङ्ख्या २३ वटा पुगेको छ। सीमा क्षेत्रमा सशस्त्र प्रहरीको बिओपी पोष्ट थपिएसँगै सीमामा सुरक्षा मजबुद ढङ्गले अघि बढेको सशस्त्र प्रहरी बल ३५ नम्बर गण शैलेश्वरीले जनाएको छ। सशस्त्र प्रहरीले सीमा क्षेत्रमा दैनिक पेट्रोल, भारतीय सीमा सुरक्षा बल (एसएसबी) सँग संयुक्त गस्ती, सीमा स्तम्भ रेखदेख तथा सीमा क्षेत्रमा हुने आपाराधिक गितिवधि नियन्त्रणमा दिनहुँ परिचालन भइरहेको सशस्त्र प्रहरी बल नं ३५ का गणपति सशस्त्र प्रहरी उपरीक्षक प्रेम रावलले जानकारी दिए। पछिल्लो समय सीमासँग…

Read More

मकवानपुर : मकवानपुरमा मोटरसाइकल दुर्घटना हुँदा घाइते भएका चालकको पनि मृत्यु भएको छ।  बिहीबार दिउँसो १ बजे मकवानपुरगढी गाउँपालिका-२ धवाडीपुलस्थित भित्री सडकमा मोटरसाइकल दुर्घटना हुँदा आमा-छोरीसँगै बुवाको पनि मृत्यु भएको जिल्ला प्रहरी कार्यालयका डिएसपी लक्ष्मी भण्डारीले जानकारी दिए। सुकौराबाट कान्तिलोकपथतर्फ जाँदै गरेको प्रदेश ३-०२-०१२ प ६९११ नं.को मोटरसाइकल आफैं अनियन्त्रित भएर पुलछेउबाट अन्दाजी १० मिटर तल खसेको थियो। दुर्घटनामा चालक मकवानपुरगढी-२ कुर्लेपाखा बस्ने अन्दाजी ३५ वर्षीय भीमबहादुर स्याङतानको टाउकोमा चोट लागेको छ। गम्भीर घाइते भएका उनको हेटौंडा अस्पतालमा प्रारम्भिक उपचारपछि चितवन मेडिकल कलेज पठाइएको थियो। त्यहाँ लग्नेक्रममा बाटोमै मृत्यु भएको डिएसपी भण्डारीले बताए। मोटरसाइकलमा सवार उनकी श्रीमती ३४ वर्षीया रूपा र…

Read More

काठमाडौं : नेपाल प्रहरीका पूर्व एआईजी रणबहादुर चन्दले चर्चित सामाजिक अभियन्ता तारा बरालले भ्रम फैलाएर हनी–ट्रयापमा पार्न खोजेको आशंका व्यक्त गरेका छन्। काठमाडौंमा पत्रकार सम्मेलन गर्दै उनले सो कुरा बताएका हुन्। बरालसँग आफ्नो विगतमा पनि विवाह गर्ने समझदारी नबनेको, अहिले पनि नरहेको र भविष्यमा पनि नहुने उनको भनाइ छ। तारा बरालले आफूसँग विभिन्न रेकर्ड छ, भनेर भ्रम फैलाउने काम गरेको उनको भनाइ छ। आफू फकिरजस्तै भएको दाबी गर्दै उनले आफ्नो काठमाडौंमा कुनै घर, जग्गा, सम्पत्ति नरहेको बताए। तारा बरालले भुँइमा भ्यागुतो उफ्रँदा पनि रेकर्ड गर्ने गरेको टिप्पणी गर्दै उनले दुराशय राखेर गरिएको कुनै काम बारे भ्रममा नपर्न आग्रह गरे। उनले…

Read More

धनगढी: बैतडीमा नेपाली काँग्रेसमा आवद्ध पति–पत्नी नै एमालेमा प्रवेश गरेका छन्। बिहीबारदेखि नेकपा एमालेले सुरु गरेको झुलाघाट–चिवाभञ्ज्याङ संकल्प यात्राको क्रममा उनीहरु एमाले प्रवेश गरेका हुन्। बैतडी सदरमुकाम गोठलापानीमा आयोजना गरिएको आमसभाको क्रममा पाटन नगरपालिकाकी पूर्व उपमेयर समेत रहेकी सरस्वती कोली र उनका पति रमेश कोलीलाई पार्टीमा स्वागत गरेका थिए। सरस्वती २०७४ सालको स्थानीय तहको निर्वाचनमा नेपाली कांग्रेसबाट पाटन नगरपालिकाको उपप्रमुखमा निर्वाचित काग्रेंसकी महाधिवेशन प्रतिनिधि हुन् भने उनका पति नेपाल दलित संघको अध्यक्ष हुन्।

Read More

कञ्चनपुर : कञ्चनपुरको महेन्द्रनगरमा स्वर्गीय राजा महेन्द्रको शालिक पुन :स्थापना गरिने भएको छ। यहि मंसिर २८ गते राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा )कञ्चनपुरले श्री ५ महाराजधिराज महेन्द्र बिरबिक्रम शाहदेब सालिक पुन : राख्ने भएको हो। राप्रपा कञ्चनपुरले बिशाल जनसभा गरि शालिक स्थापना गर्ने पार्टीका जिल्ला अध्यक्ष गजेन्द्र चन्दले बताए। इतिहासलाई जगेर्नाका लागी पुरानै शालिक भएको महेन्द्रनगर बजारमा शालिक पुन: स्थापना गरिने कार्यक्रम रहेको अध्यक्ष चन्दले बताए। २०६२/०६३ को जन आन्दोलन पछि महेन्द्रनगर बजारमा राजा महेन्द्रको शालिक तोडिएको थियो।

Read More