Author: महेन्द्रनगर पोष्ट

काठमाडौं : सुदूरपश्‍चिम सरकारले प्रदेशमा पर्यटनका प्रचुर सम्भावना भएकोले लगानी गर्न आह्वान गरेको छ। काठमाडौंमा सोमबार सुदूरपश्‍चिम लगानी तथा विकास सम्मेलन र पर्यटन व्यवसायीको भूमिका विषयमा भएको अन्तर्क्रिया कार्यक्रममा प्रदेश सरकारले लगानीको वातावरण निर्माण गर्ने प्रतिबद्धता व्यक्त गरेको हो। कार्यक्रममा बोल्दै नेपाली कांग्रेसकी नेतृ तथा प्रतिनिधि सभा कृषि, सहकारी तथा प्राकृतिक स्रोत समिति समभापति डा. आरजु राणा देउवाले सुदूरपश्‍चिम प्राकृतिक स्रोत, संस्कृति तथा भेषभुषामा सम्पन्‍न भएको उल्लेख गर्दै भौतिक पूर्वाधारको विकास भइरहेको बताइन्। उनले थपिन्, ‘सुदूरपश्‍चिममा प्रचुर सम्भावना छ र अब लगानीकर्तालाई सुरक्षित महसुस गराउने गरी वातावरण बनाउन प्रदेश सरकारले पहल गर्नुपर्छ।’ उनले सुदूरपश्‍चिमको पर्यटन विकासमा नेपाल पर्यटन बोर्डले पनि…

Read More

बाजुरा : गत असार महिनादेखि अवरुद्ध बुढिगंगा नगरपालिकाका ग्रामीण सडक अझै खुल्न सकेका छैन । वर्षात्को समयमा अवरुद्ध सडक वर्षात सकिएको ४ महिना बढी भइसक्दा पनि सुचारु हुन सकेका छैनन। नगरपालिकाले सडक खुलाउन चासो नदिएपछि स्थानीयलाई आवतजावतमा समस्य भएको हो। साफे मार्तडी सडकखण्डबाट ग्रामणी क्षेत्रमा जोडिएका अधिकांश सडक नखुल्दा सामान ढुवानीदेखि बिरामीलाई समस्य भएको छ। डाव खप्तड, त्रिशक्ति भण्डारगाउँहुदै बदेडा जोड्ने सडक गैरीकाँध किमगाउँ देउलसैन स्वाथ्य चौकीहुँदै त्रिशक्ति वडा कार्यालय जोड्ने सठक भमक बजार सिमल कोटहुँदै सारदा मावि जोड्ने सडक लगायतका थुप्रै ग्रामीण सडक नखुल्दा त्यस क्षेत्रका स्थानीय समस्यमा परेका छन्। नगरपालिकासँग सडक खुलाउन बराम्बर अनुरोध गर्दा कहिले जेसीवी बिग्रिएको…

Read More

काठमाडौं : रुसी सेनामा भर्ना हुन पठाएको आरोपमा ४ जनाविरुद्ध मुद्दा दर्ता भएको छ। जिल्ला प्रहरी परिसर काठमाडौंले अनुसन्धान सकेर सरकारी वकिल कार्यालयमा पठाएको फाइलअनुसार काठमाडौं जिल्ला अदालतमा चार जनाविरुद्ध मुद्दा दायर गरिएको हो। ओखलढुंगाको मानेभन्ज्याङ गाउँपालिका–६ घर भई काठमाडौं गोकर्णेश्वर बस्दै आएकी २५ वर्षीया सुजता दाहाल, सुजताका श्रीमान् तथा एप्पल एजुकेशन कन्सल्टेन्सी र युजिन मल्टिपर्पोज कन्सल्टेन्सीका सञ्चालक सुमनकुमार लिम्बू, कन्सल्टेन्सीका कर्मचारी तथा बाराको जितपुर सिमरा उपमहानगरपालिका–२ सिमरा घर भएका २४ वर्षीय सन्तोष नेपाल र अर्का कर्मचारी नवलपरासीको बर्दघाट नगरपालिका–१० का २१ वर्षीय दीपेश अधिकारीविरुद्ध मुद्दा दर्ता भएको छ। उनीहरूविरुद्ध २ वटा फरक–फरक ठगीका मुद्दा दायर भएका छन्। यो समूहले नेपालीहरुलाई भिजिट…

Read More

विनाेद सिंह विष्टबैतडी : बैतडीमा जारी प्रधानमन्त्री कप पुरूष एकदिवसीय राष्ट्रिय क्रिकेट प्रतियोगिताकाे सुदूरपश्चिम प्रदेशस्तरीय छनाैटमा डाेटीले सुखद शुरूवात गरेकाे छ। सुखद शुरूवात गर्ने क्रममा डाेटीले दार्चुलालाई ८ विकेटले हरायाे। जितका लागि पाएकाे ८२ रनकाे सामान्य लक्ष्य डाेटीले १७ ओभरमा २ विकेटको क्षतिमा पूरा गर्याे। जसमा हृदय विठारीले अविजित २७ र अनुराग सिंहले २० रनकाे याेगदान गरे। हृदय म्यान अफ द म्याच चुनिएका स्काेरर नरेन्द्र चन्दले बताए। दार्चुलाका विरेन बमले २ विकेट हात पारे। यसअघि दशरथचन्द क्रिकेट मैदान,सुन्दरखालीमा टस जितेर ब्याटिङ गरेकाे दार्चुला ३०.४ ओभरमा ८१ रनमा समेटियाे। उसका विपिन धामीले सर्वाधिक १६ रन बनाए। डाेटीका सुर्य श्रेष्ठ र आयुस…

Read More

बैतडी: भारतमा कोरोनाको नयाँ भेरियन्ट भारतसँग सीमा जोडिएको बैतडीको झुलाघाट नाका उच्च सतर्कता अपनाइएको छ। सीमा नाकामा रहेको हेल्थ डेस्कबाट नियमित रुपमा कोरोना परीक्षण भइरहेको स्वास्थ्य कार्यालय बैतडीका प्रमुख योगेशप्रसाद भट्टले बताए । भारतबाट फर्कने लक्षण देखिएका नागरिकको एन्टीजेन विधिबाट नियमित कोरोना परीक्षण भइरहेको उनले बताए। रुघाखोकी लागेका तथा अन्य लक्षण देखिएकाहरुको नियमित रुपमा कोरोना परीक्षण गर्ने गरिएको स्वास्थ्य प्रमुख भट्टले बताए।

Read More

काठमाडौं : प्रधानमन्त्री प्रचण्डले मंगलबार दिउँसो ३ बजे राष्ट्रका नाममा सम्बोधन गर्ने भएका छन्। प्रधानमन्त्रीका प्रेस सल्लाहकार गोविन्द आचार्यले प्रधानमन्त्रीले राष्ट्रको नाममा सम्बोधन गर्ने तय भएको जानकारी दिए। सम्बोधनका क्रममा प्रधानमन्त्रीले आफ्नो आगामी योजनाहरूबारे प्रस्तुत गर्दै एक वर्षका अवधिमा भएका कामकारबाहीबारे पनि देशवासीलाई जानकारी दिनेछन्। प्रधानमन्त्री प्रचण्ड २०७९ पुस १० गते प्रधानमन्त्रीमा नियुक्त भएका थिए।

Read More

जनकपुरधाम : आरती साह मृत्यु प्रकरणमा उनका पति मोतीबाबु साह पक्राउ परेका छन्। उनलाई जनकपुरधामको सीताचोकस्थित सगुन  होटेलबाट पक्राउ गरिएको धनुषा प्रहरीले जनाएको छ। उनलाई आवश्यक प्रक्रिया पुर्‍याएर कारागार चलान गरिने धनुषाका प्रहरी उपरीक्षक (एसपी) मित्रबन्धु शर्माले बताए। गत मंसिर २० गते सर्वोच्च अदालतले मोतीबाबुलाई पुर्पक्षको लागि थुनामा पठाउने आदेश दिएको थियो। यसअघि १८ असोजमा उच्च अदालत जनकपुरले उनीसहित उनका बुबा मदनमोहनलाई समेत साधारण तारेखमा रिहा गर्ने फैसला गरेको थियो। जिल्ला अदालत धनुषाको फैसला बदर गर्दै उच्च अदालत जनकपुरले पुर्पक्षका लागि थुनामा रहेका आरतीका पति मोतीबाबु र ससुरा मदन मोहन ब्याहुत सुँडीलाई साधारण तारेखमा रिहा गर्न आदेश दिएको थियो। सो आदेशविरुद्धको रिटमा सर्वोच्च अदालतले उच्च अदालतको आदेश आंशिक उल्टाउँदै मोतीबाबुलाई पुर्पक्षका लागि थुनामा पठाउन आदेश दिएको थियो।…

Read More

काठमाडौं : नेपाली बजारमा सोमबार सुनको भाउ स्थिर रहेको छ। नेपाल सुन चाँदी व्यवसायी महासंघका अनुसार सोमबार छापावाल सुन प्रतितोला एक लाख १९ हजार ९०० रुपैयाँ र तेजाबी सुन एक लाख १९ हजार ३५० रुपैयाँमा कारोबार भइरहेको छ। महासंघका अनुसार आइतबार पनि सोही मूल्यमा कारोबार भएको थियो। यस्तै, चाँदीको मूल्य पनि स्थिर रहेको छ। आज चाँदी तोलाको १४ सय ७५ रुपैयाँमा कारोबार भइरहेको महासङ्घले जनाएको छ।

Read More

धनगढी : कैलालीको गोदावरी नगरपालिका अत्तरियास्थित मालाखेती इलाका प्रहरी कार्यालयको थुनुवा कक्षमा पुस्तकालय स्थापना गरिएको छ। थुनुवाहरुका लागि इलाका प्रहरी कार्यालयले हिरासत कक्षमा पुस्तकालय स्थापना गरेको हो। थुनुवाहरुको जीवनमा सकारात्मक परिवर्तन ल्याउने उद्देश्यका साथ पुस्तकालय स्थापना गरिएको मालाखेती इलाका प्रहरी कार्यालयका प्रमुख एवम् प्रहरी नायब उपरीक्षक गणेश बरालले बताए। पुस्तक पढेर थुनुवाहरुको सोंच, आचरण, व्यवहारमा सकारात्मक परिवर्तन आउने विश्वास गरिएको छ। पुस्तकालयमा नेपालका विभिन्न लेखकद्वारा लिखित पुस्तकदेखि लिएर धार्मिक ग्रन्थ, लोकसेवा तयारीको पुस्तकसमेत राखिएको छ।

Read More

काठमाडौं : ज्यान मुद्दामा सर्वोच्च अदालतबाट सफाइ पाएर सांसद पदको निलम्बनबाट फुकुवा पाएका एमाले सांसद लक्ष्मी महतो कोइरीले पार्टी अध्यक्ष केपी शर्मा ओलीको हातबाट सगुन लिएका छन्। अध्यक्ष ओली भेट्न बालकाेट पुगेका उनले ओलीको हातबाट सगुन लिएका हुन्। मधेश आन्दोलनमा सशस्त्र प्रहरी बलका असई थमन विकको हत्या आरोपमा मुद्दा चल्दै गर्दा महोत्तरी–१ बाट निर्वाचित कोइरीको सांसद पद निलम्बन गरिएको थियो। मंसिर २८ गते सर्वोच्चले उनलाई सफाइ दिएको थियो।

Read More