Author: महेन्द्रनगर पोष्ट

डडेल्धुरा : डडेल्धुराको एलिसा हार्डवेयर एण्ड सप्लायर्स सम्मानित भएको छ। राष्ट्रिय कर दिवसको अवसरमा जिल्लामै सबैभन्दा बढी आयकर तिर्ने करदाता भएको भन्दै एलिसा हार्डवेयरलाई सम्मानित गरिएको हो। डडेल्धुरा कार्यक्षेत्र अन्तर्गत दर्ता रहेका करदाताहरुमध्ये आर्थिक वर्ष २०७८/०७९ मा एलिसाले सबैभन्दा बढी कर दाखिला गरेको थियो। हार्डवेयरका सञ्चालक मनोजकुमार पाण्डेयलाई प्रमाणपत्रसहित सम्मानित गरिएको आन्तरिक राजस्व कार्यालयले जनाएको छ।

Read More

काठमाडौं : भक्तपुरमा उधोगतर्फ धेरै कर बुझाउने सान्दर्भिक निर्माण सेवा प्रालि पुरस्कृत भएको छ। कर दिवसका अवसरमा भक्तपुरको सूर्यविनायक–८ मा सञ्चालित उक्त उद्योग भक्तपुर कार्यक्षेत्र रही उद्योग क्षेत्रबाट सबैभन्दा आयकर दाखिला गरेबापत आन्तरिक राजस्व कार्यालय भक्तपुरबाट पुरस्कृत भएको हो। कम्पनीले आर्थिक वर्ष २०७९/८० मा ६७ करोड ३१ लाख ८३ हजार ७ सय १८ रुपैयाँको कारोबार गरेको छ। ७ करोड २७ लाख ३६ हजार ५ सय १५ कर योग्य आय गरेको कम्पनीले १ करोड ४८ लाख ३३ हजार ६ सय ५ रुपैयाँ कर दाखिला गरेको थियो। कम्पनीका सञ्चालक नविन बस्नेतलाई प्रमाणपत्रसहित सम्मानित गरिएको आन्तरिक राजस्व कार्यालय भक्तपुरका प्रमुख दिलीप कुमार गौतमले…

Read More

धनगढी : काठमाडौंको बल्खुमा प्रदर्शनरत दुर्गा प्रसाईंको समूह र प्रहरीबीच झडप भएको छ। बल्खु चक्रपथमा प्रदर्शन गरिरहेकाहरु प्रहरी घेरा तोडेर कालीमाटीतर्फ जान खोजेपछि प्रहरीले बल प्रयोग गरेर अश्रुग्यास र पानीको फोहोरा हानेको छ। झडपमा बैतडीका तीनसहित १० जना प्रदर्शनकारी घाइते भएका छन्। उनीहरूको बल्खुस्थित बयोधा अस्पतालमा उपचार भइरहेको छ। झडपमा परी घाइते हुनेमा बैतडी घर भएका चट्टान थापा, कमल शाही र लोकराज जोशी रहेको प्रहरीले जनाएको छ। त्यस्तै धादिङका शम्भु थापा, प्रकाश थापा, प्रभु शर्मा, विश्व हमाल, उर्मिला तामाङ, विक्रम क्षत्री र भरतप्रसाद पाठक घाइते भएका छन्। पाठकलाई सबैभन्दा बढी चोट लागेको छ। झडपका क्रममा एक जना प्रहरी पनि घाइते…

Read More

काठमाडौं : काठमाडौँको बल्खुमा प्रहरी र दुर्गा प्रसाईंको ‘राष्ट्र, राष्ट्रियता, धर्म, संस्कृति र नागरिक बचाउँ महाअभियान’का प्रदर्शनकारीबिच झडप भएको छ। झडपपछि प्रहरीले प्रदर्शनकारीमाथि अश्रुग्यास प्रहार गरेको छ। प्रसाईंलाई प्रदर्शन गर्नका लागि बल्खु तोकिए पनि उनीहरू कालिमाटीतर्फ लाग्न खोजेपछि प्रहरीले उनीहरूलाई रोकेको थियो। प्रहरीले रोकेपछि त्यहाँ झडप सुरु भएको थियो। प्रहरीले आन्दोलनकारीमाथि पानीको फोहरा समेत प्रहार गरेको छ। प्रदर्शनकारीलाई प्रहरीले बल्खुमा नै रोकेको छ कालिमाटीतर्फ अघि बढेको आन्दोलनकारीको गाडीको साँचो पनि प्रहरीले खोसेको छ। यता प्रदर्शनकारीले प्रहरीमाथि ढुंगा प्रहार गरिरहेका छन्।

Read More

धनगढी : गरिमा विकास बैंकको १७औं वार्षिक उत्सवको अवसरमा बिरामीलाई फलफूल वितरण गरिएको छ। बिहीबार धनगढीको सेती प्रादेशिक अस्पतालमा बिरामीहरुलाई फलफुल वितरण गरिएको ब्रान्च म्यानेजर हर्कबहादुर धामीले बताए। बैंकले देशैभर सामाजिक कार्य गर्दै बार्षिक उत्स्व मनाएको छ। सोही क्रममा धनगढी शाखाले पनि सेती अस्पतालमा फलफूल वितरण गरेको हो।

Read More

कञ्चनपुरः कञ्चनपुरको शुक्लाफाँटा नगरपालिका–७ शान्तिपुर बस्ने ६५ वर्षीया नारुदेवी जोशीको हत्यामा संलग्न व्यक्तिको पहिचान खुलेको छ। घर नजिकै रहेको जंगलमा घाँस काट्न गएकी जोशीकोे १९ कार्तिकमा हत्या भएको थियो। हत्यामा सोही ठाउँका महेश डगौरा संलग्न रहेको जिल्ला प्रहरी कार्यालय कञ्चनपुरका प्रमुख एसपी कमल थापाले जानकारी दिए। विभिन्न कोणबाट अनुसन्धान गर्दै जाँदा डगौराले नै जोशीको हत्या गरेको स्वीकार गरेको एसपी थापाले बताए। लागुऔषधका प्रयोगकर्ता समेत रहेका डगौरा अपराधिक क्रियाकलापमा संलग्न थिए। उनले १४ कार्तिकमा झलारीका महेश भट्टको साइकल समेत चोरेका थिए। उनी भारतीय नागरिकलाई लुटपाट गर्ने कार्यमा संलग्न थिए। एसपी थापाका अनुसार जोशी एक्लै घाँस काट्न जंगल जाने क्रममा उनले पिछा…

Read More

डडेल्धुरा : डडेल्धुराको अजयमेरु गाउँपालिकाले एमबीबीएस अध्ययन गर्ने विद्यार्थीलाई छात्रवृत्ति दिने भएको छ। गाउँपालिकाले आर्थिक वर्ष २०८०/०८१ को स्वीकृत कार्यक्रमअन्तर्गत एमबीबीएस अध्ययन गर्ने एकजना विद्यार्थीलाई छात्रवृत्ति प्रदान गर्न लागेका हो। गाउँपालिकाले बिहीबार एक सूचना जारी गर्दै छात्रवृत्तिका लागि १५ दिनभित्र आवेदन दिन आग्रह गरेको छ। चिकित्सा शिक्षा आयोगबाट सञ्चालित एमबीबीएस प्रवेश परीक्षा उत्तिर्ण भई एमबीबीएस अध्ययनरत अजयमेरु गाउँपालिकाका स्थायी बासिन्दालाई छात्रवृत्ति प्रदान गर्न लागिएको गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत जितेन्द्र ओझाद्धारा हस्ताक्षरित सूचनामा भनिएको छ।

Read More

काठमाडौं : बल्खुमा युवा संघ र दुर्गा प्रसाईं समर्थकबीच झडप भएको छ। कालिमाटीबाट युवा संघका कार्यकर्ता बल्खुमा आएपछि बल्खुमा रहेका दुर्गा प्रसाईं समर्थक र युवासंघका कार्यकर्ताबीच झडप भएको हो। दुर्गा प्रसाईं नेतृत्वको राष्ट्र, राष्ट्रियता, धर्म, संस्कृति र नागरिक बचाउ अभियानले बल्खुमा प्रदर्शनको तयारी गरिरहेको छ। त्यही बेला युवासंघको र्‍याली बल्खुमा पुगेको थियो। युवा संघले भने तीनकुनेमा प्रदर्शन गर्दै छ। झडपपछि प्रहरीले माइकिङ गरेर आआफ्ना कार्यक्रम स्थलमा जान भनेको छ।

Read More

दार्चुला : दार्चुलाको दल्लेख सडकखण्डको काटै खोलामा जीप दुर्घटना भएको छ। आज बिहान काटै खोलामा जीप दुर्घटना भएको हो। जिल्ला सदरमुकाम खलंगाबाट काटैतर्फ गइरहेको ना १ ज ३१०४ नम्बरको जीप महाकाली नगरपालिका–३ काटैस्थित खोलामा दुर्घटना भएको जिल्ला प्रहरी कार्यालय दार्चुलाले जनाएको छ। जीप दुर्घटना हुँदा जीपमा सवार ६ जना सामान्य घाइते भएको जिल्ला प्रहरी कार्यालय दार्चुलाका सूचना अधिकारी ज्ञानेन्द्रबहादुर सिंहले जानकारी दिए। घाइते हुनेमा महाकाली नगरपालिका- ५ मोहती बस्ने वर्ष ३३ कि रमिता भट्ट, महाकाली नगरपालिका काटै बस्ने वर्ष ७२ कि विरादेबी भट्ट, महाकाली नगरपालिका बुडिचौरा बस्ने वर्ष ६८ कि मानमतिदेवी बडू सामान्य घाइते भएको उनको भनाइ छ। त्यस्तै, महाकाली…

Read More

काठमाडौं : नेपाली सेनाका उपरथी ताराध्वज पाण्डेले राजीनामा स्वीकृत भएको छ। आज बिहान बसेको क्याविनेट बैठकले पाण्डेको राजीनामा स्विकृत गरेको हो। नागरिकता र शैक्षिक प्रमाणपत्र किर्ते गरेको आरोप लागेका पाण्डेले विवाद चर्किएपछि राजीनामा दिएका थिए। व्यक्तिगत कारण देखाएर उनले बुझाएको राजीनामालाई कात्तिक २४ गतेबाट लागू हुने गरी स्वीकृत गरिएको सञ्चारमन्त्री रेखा शर्माले जानकारी दिइन्। क्याविनेट बैठकले उर्जा सचिव दिनेश घिमिरेको राजीनामा पनि स्वीकृत गरेको छ।

Read More