Author: महेन्द्रनगर पोष्ट

काठमाडौँ : बल्खु र तीनकुनेमा बुधबार हुने प्रदर्शनको सुरक्षाका लागि उपत्यका प्रहरी कार्यालयले करिब ७ हजार सुरक्षाकर्मी परिचालन गर्ने भएको छ। बल्खुमा मेडिकल व्यवसायी दुर्गा प्रसाईं नेतृत्वको ‘राष्ट्र, राष्ट्रियता, धर्म, संस्कृति र नागरिक बचाऊ महाअभियान’ले प्रदर्शन आयोजना गरेको छ। नेकपा एमाले निकट युवा संघले काठमाडौँको तीनकुनेमा प्रदर्शन आयोजना गरेको छ। प्रदर्शन स्थल र जुलुस आउने बाटोमा १ हजार ५८८ सशस्त्र प्रहरी परिचालित हुने उपत्यका प्रहरी कार्यालयले जनाएको छ। काठमाडौँमा २ हजार ६३७ प्रहरी, ललितपुरमा ५६४ प्रहरी र भक्तपुरमा ४०४ जना प्रहरी परिचालन गर्ने गरी सुरक्षा योजना लागु गरिएको छ। ट्राफिक व्यवस्थापनका लागि उपत्यकामा ९७८ जना ट्राफिक प्रहरी परिचालित हुनेछन्। प्रहरी…

Read More

डडेल्धुरा : डडेल्धुराको परशुराम नगरपालिकाका योजना अधिकृत कृष्णदेव जोशीलाई प्रमुख प्रशासकीय अधिकृतको जिम्मेवारी दिइएको छ। संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले आर्थिक र प्रशासनिक अधिकारसहित उनलाई निमित्त प्रमुख प्रशासकीय अधिकृतको जिम्मेवारी दिएको हो। जिम्मेवारी पाएपछि बुधबार उनलाई नगरप्रमुख भरत वडायरले बधाई ज्ञापन गरेका छन्। परशुराममा कोही पनि आउन नमानेपछि जोशीलाई नै प्रमुख प्रशासकीय अधिकृतको जिम्मेवारी दिइएको बताइन्छ।

Read More

काठमाडौं : काठमाडौं उपत्यका ट्राफिक प्रहरी कार्यालयले मङ्सिर ७ गते भोलि बिहीवार अत्यावश्यक काममा मात्र गाडी लिएर निस्कन अनुरोध गरेको छ। विभिन्न समूहको भेला तथा जुलुस हुने पूर्वनिर्धारित कार्यक्रमका कारण ठाउँठाउँमा मानिस र गाडीको चाप बढेर ट्राफिक व्यवस्थापनमा समस्या हुन सक्ने भन्दै ट्राफिक प्रहरीले अत्यावश्यक कामबाहेक गाडी ननिकाल्न नागरिकलाई अनुरोध गरेको हो। कार्यालयले आज बुधवार एक सूचना निकालेर घरबाट निस्कन परेमा नेपाल प्रहरीको हटलाइन १००, ट्राफिक प्रहरीको हटलाइन १०३ मा फोन गरेर वा ट्राफिक एफएम (रेडियो) ९५.५ मेगाहर्ज सुनी निस्कन आग्रह गरेको छ। यस्तै सडकको अवस्था बझेर यात्रा गर्न पनि सूचनामार्फत ट्राफिक प्रहरीले आग्रह गरेको छ ।

Read More

धनगढी : धनगढी उपमहानगरपालिकाले निजी स्रोतमा कार्यरत शिक्षकलाई नगर शिक्षक बनाउने निर्णय गरेको छ। नगर कार्यपालिकाको बैठकले नगर क्षेत्रमा रहेका विद्यालयमा निजी स्रोतमा कार्यरत शिक्षकलाई नगर शिक्षक बनाएर उनीहरुको सेवा, सुविधा उपमहानगरपालिकाबाटै व्यहोर्ने निर्णय गरेको हो। उपमहानगरपालिकाको शिक्षा, युवा तथा खेलकुल महाशाखाका प्रमुख नरेन्द्र बहादुर खातीले विद्यालयले निजी स्रोतमा राखेका शिक्षकलाई आवश्यकताका आधारमा नगर शिक्षक बनाउने निर्णय भएको जानकारी दिए। खातीकाअनुसार निजी स्रोतमा कार्यरत सबै शिक्षक नगर शिक्षक भने हन सक्ने छैनन्। स्रोत, साधन भएका विद्यालयको हकमा सम्बन्धित विद्यालयले नै शिक्षकको सेवासुविधा व्यहोर्ने र अवस्था कमजोर भएका विद्यालयमा कार्यरत शिक्षकलाई भने नगरपालिकाले सेवासुविधा उपलब्ध गराउने उनको भनाइ छ। खातीका अनुसार…

Read More

धनगढी : प्यालेस्टिनी लडाकु समूह हमासले ७ अक्टोबरमा आक्रमण गरेपछि सुरु भएको इजरायलसँगको युद्ध चार दिनका लागि रोक्ने सहमति भएको छ। युद्धबिराम सुरु भएसँगै हमास समूहले इजरायली क्षेत्रबाट कब्जामा लिएर बन्धक बनाएका करिब २०० मध्ये ५० जनालाई रिहा गर्ने सहमति भएको छ। यस्तै इजरायलले पनि बन्धक बनाएका १५० जना प्यालेस्टिनी नागरिकलाई रिहा गर्ने छ। इजरायली र अन्य विदेशी नागरिकसँगै हमासले कब्जामा लिएर बन्धक बनाएको भनिएका नेपाली विद्यार्थी विपिन जोशी पनि रिहा हुने अपेक्षा गरिएको छ। तर इजरायलस्थित नेपाली राजदूत कान्ता रिजालले अहिलेसम्म पनि इजरायल सरकारबाट विपिनको रिहाबारे स्पष्ट जानकारी नआएको बताइन्। यसैबीच, कञ्चनपुरको भीमदत्त नगरपालिका–३ मा रहेको विपिनको परिवारमा भने…

Read More

डोटी : डोटीमा एक किशोरीमाथि सामूहिक करणी गरेको आरोपमा तीन जना पक्राउ परेका छन्। जिल्लाको बडिकेदार गाउँपालिका-२ का तीन युवक सामूहिक करणीको आरोपमा पक्राउ परेका हुन्। पक्राउ पर्नेमा बडीकेदार गाउँपालिका- २ का १८ वर्षीय गोपाल साउँद, १९ वर्षीय करन साउँद र २६ वर्षीय प्रेम धामी रहेको डोटी प्रहरीले जनाएको छ। उनीहरूले मंसिर १ गते साँझ साढे ६ बजे १७ वर्षीय किशोरीलाई सामूहिक जबरजस्ती करणी गरेको आरोप छ। घटना १ गतेको भएपनि प्रहरीलाई २ गते सूचना प्राप्त भएपछि आरोपित तीनै जनालाई सोही दिन प्रहरीले नियन्त्रणमा हो।

Read More

कञ्चनपुर : कञ्चनपुरको भीमदत्त नगरपालिका घेराउ गरिएको छ। असोज १ गतेसम्म नदीजन्य पदार्थको उत्खननका लागि ठेका लगाउनु पर्ने भएपनि तीन महिनासम्म नलगाएको भन्दै स्थानीयले नगरपालिका घेराउ गरेका हुन्। असोज १ गते सम्म नदीजन्य पदार्थको उत्खननका लागि ठेका लगाउनु पर्ने भए पनि भीमदत्तले विभिन्न कारण देखाएर समयमै ठेका सम्झौता गर्न नसक्दा भीमदत्त नगरपालिका ११, १२ र १३ का स्थानीय तथा निर्माण व्यवसायी आन्दोलनमा उत्रिएका छन्। यस वर्ष समयमै महाकालीका नगरपालिकाको वेवास्ताका कारण काम गर्न नपाउँदा दैनिक छाक टार्न समस्या भएको आन्दोलित स्थानीय बताउँछन्। ढुवानी व्यवसायी राजु विष्टले नगरपालिकाका जनप्रतिनिधिको चरम लापरबाही, ढिलासुस्ती र क्रसर व्यवसायीको मिलेमतोमा व्यवसायीहरुलाई मारमा पारेको र अविलम्ब…

Read More

कास्की : कास्कीको पोखराको एउटा होटलमा एक जना युवती मृत भेटिएकी छन्। पोखरा–८, नागढुंगास्थित होटलको कोठामा तनहुँ भीमाद घर भएकी ३८ वर्षीय सुकु विक मृत भेटिएकी हुन्। यो घटना मंगलबार दिउँसोको भएको कास्की प्रहरीले जनाएको छ। सुकुसँगै एक जना युवक मंगलबार दिउँसो ३ बजे उक्त होटल पुगेका थिए। तर, एक घण्टापछि ‘एटीएमबाट पैसा झिक्छु’ भन्दै ती युवक होटलबाट निस्केको होटल सञ्चालकले प्रहरीलाई प्रारम्भिक जानकारी दिएका छन्। युवक फर्केर नआएपछि साँझ सञ्चालक उनीहरू बसेको कोठामा पुगेका थिए। त्यहाँ अचेत देखेपछि प्रहरीलाई खबर प्राप्त भएको र अस्पतालले मृत घोषणा गरेको कास्की प्रहरी प्रमुख एसपी मोहन थापाले जानकारी दिए। सुकुलाई चरक मेमोरियल अस्पताल लगिएको…

Read More

काठमाडौं : प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले शितल निवास पुगेर राष्ट्रपति रामचन्द्र पौडेलसँग भेटवार्ता गरेका छन्। बुधबार बिहान राष्ट्रपति र प्रधानमन्त्रीबीच भेटवार्ता भएको हो। भेटवार्तामा राष्ट्रपति पौडेलले भूकम्प प्रभावितका समस्या समाधान गर्न प्रधानमन्त्री दाहाललाई आग्रह गरेका थिए। राष्ट्रपति पौडेल र प्रधानमन्त्री दाहालबीच मुलुकको समसामयिक राजनीतिक घटनाक्रमका विषयमा पनि छलफल भएको राष्ट्रपतिका प्रेस सल्लाहकार किरण पोखरेलले जानकारी दिए।

Read More

काठमाडौं : नेपाली बजारमा बुधबार पनि सुनको भाउ बढेको छ। सोमबारदेखि बढ्ने क्रममा रहेको सुनको भाउले बुधबार पनि निरन्तरता पाएको हो। नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज छापावाल सुन प्रतितोला एक लाख १६ हजार पाँच सय रूपैयाँ र तेजाबी सुन प्रतितोला एक लाख १५ हजार नौ सय ५० रूपैयाँमा कारोबार भइरहेको छ। यो मूल्य अघिल्लो दिनको तुलनामा प्रतितोला तीन सय रूपैयाँ बढेको हो। मंगलबार छापावाल सुन प्रतितोला एक लाख १६ हजार दुई सय रूपैयाँ र तेजाबी सुन प्रतितोला एक लाख १५ हजार छ सय ५० रूपैयाँमा कारोबार भएको थियो। त्यसैगरी, बुधबार चाँदीको मूल्य भने स्थिर रहेको छ।

Read More