Author: महेन्द्रनगर पोष्ट

काठमाडौँ : शिक्षक सेवा आयोगले निमावि तह लाइसेन्स परीक्षाको नतिजा प्रकाशित गरेको छ । कात्तिक १८ गते लिइएको परीक्षाको नतिजा सार्वजनिक गरेको हो । सार्वजनिक गरिएको नतिजा आयोगको वेबसाइटसँगै एसएमएसबाट समेत हेर्न सकिने आयोगले जनाएको छ । निमावि तह लाइसेन्सका लागि देशभरबाट १ लाख ५१ हजार १२ परीक्षार्थीले परीक्षा दिएका थिए । जसमा १३ हजार ७ जनाले परीक्षा त्तीर्ण गरेका छन् । कोशी प्रदेशबाट २४ हजार ३९ परीक्षा सहभागी भएका थिए । जसमा २ हजार १३० जना उत्तीर्ण भएका छन् । त्यस्तै मधेस प्रदेशबाट २२ हजार ८५५ परीक्षार्थीले परीक्षा दिएका थिए । जसमा १ हजार ६१४ जना उत्तीर्ण भएका छन्…

Read More

काठमाडौँ – नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले भर्खरै पुनर्निर्माण सकिएर सञ्चालनमा आएको सिंहदरवारको पश्चिमतर्फको भवन अवलोकन गरेका छन् । २०७२ को भूकम्पपछि क्षति पुगेको यो भवन प्रबलीकरण (रेट्रोफिटिङ) गरी केही दिनअघिबाट सञ्चालन गरिएको थियो । सिंहदरवार प्रधानमन्त्री कार्यालयभित्रको आर्ट ग्यालरी प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ र ओलीले संयुक्त अवलोकन गरेका थिए । आफ्नो पालामा नयाँ डिजाइनसहित पुनः निर्माण गरे पनि बस्न नपाएको कार्यालय उनले ‘प्रचण्ड’सँगै अवलोकन गरेका हुन् । मध्यपहाडी यात्रामा निस्कनुअघि प्रधानमन्त्रीसँग भेट गर्न सिंहदरवार पुगेका ओलीलाई ‘प्रचण्ड’ले नयाँ कार्यकक्ष र कार्यालय भवनको अवलोकन गराए । ओलीको पालामा निर्मित अत्याधुनिक कार्यालयको उद्घाटन भने ‘प्रचण्ड’ले गरेका थिए । अहिले प्रधानमन्त्री…

Read More

काठमाडौँ : सतै प्रदेशका गृहमन्त्रीहरुले गृहमन्त्री नारायणकाजी श्रेष्ठसँग भेट गरेका छन्। उनीहरूले मंगलबार अपराह्न गृहमन्त्री श्रेष्ठलाई भेटेर प्रहरी समायोजन गर्न माग गर्दै ज्ञापनपत्रसमेत बुझाएका छन्। प्रहरी समायोजनको विषयमा दबाब दिन सातै प्रदेशका गृहमन्त्रीहरू यतिबेला काठमाडौँमा छन्। भेटवार्ता जारी छ। प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ र गृहमन्त्री नारायणकाजी श्रेष्ठलाई भेटेर प्रहरी समायोजनको विषयमा दबाब दिन उनीहरू काठमाडौँ आएका हुन्। उनीहरूले प्रधानमन्त्रीलाई मंगलबार दिउँसो २ बजे भेट्ने कार्यक्रम रहेको थियो तर भेट्न पाएनन्। प्रधानमन्त्री दाहालले बागमती प्रदेशका गृहमन्त्री गङ्गानारायण श्रेष्ठसँग मात्रै भेटेका थिए। प्रधानमन्त्रीले श्रेष्ठलाई भेटेर प्रदेशका गृहमन्त्रीहरूको मागबारे जानकारी लिएका थिए। प्रधानमन्त्री दाहालले मंगलबार साँझ ५ बजे उनीहरूसँग सामूहिक रूपमा भेट गर्नेछन्।

Read More

काठमाडौँ : नक्कली भुटानी शरणार्थी प्रकरणमा २२ प्रतिवादीको बहस सकिएको छ । काठमाडौँ जिल्ला अदालतले दिएको थुनछेक आदेशविरुद्धको पुनरावलोकन निवेदनमाथिको सुनुवाइ उच्च अदालत पाटनमा गत सातादेखि जारी छ । मङ्गलवारसम्म नक्कली भुटानी शरणार्थी प्रकरणका २२ प्रतिवादीको बहस सकिएको छ भने अब सरकारी वकिलले बहस गर्ने छन् । उच्च अदालत पाटनका अनुसार शुक्रवार मात्र फैसला आउने सम्भावना छ ।

Read More

डडेल्धुरा: सुदूरपश्चिम प्रदेशकै प्रसिद्ध शक्तिपीठ उग्रतारा भगवती मन्दिरमा हरेक वर्ष लाग्ने मेला ‘देहिजाँत’ आज सम्पन्न भएको छ। हरेक वर्ष कार्तिक शुक्ल पूर्णिमाको रात (रतेडी) र दोस्रो दिन (दिउसेडी) मेला लाग्छ। हिजो रतेडी र आज दिउसेडी लागेको उग्रतारा क्षेत्र विकास समितिले जनाएको छ। २५ सय वर्ष पहिला हालको अमरगढी नगरपालिका लटाउली बस्ने साँकी जातिका स्थानीयले हलो जोत्दा हलोको फाली लागेर रगत बगेपछि देवी उत्पन्न भएर दर्शन दिएपछि त्यस दिनदेखि दुर्गा र कालीको स्वरुपमा उग्रतारा भगवतीको पूजा गरिँदै आएको जनविश्वास छ। उक्त अवसरमा जिल्लाको अमरगढी नगरपालिकाले आज स्थानीय बिदा दिएको थियो। छचोडा, खनमडा, दुमडा र जिलोडा भ्राण (भण्डार) रहेको उग्रतारा भगवती मन्दिरमा…

Read More

बर्दिया: बर्दियामा प्रहरी नायव निरीक्षक (सई) घूस रकमसहित पक्राउ परेका छन्। बढैयाताल गाउँपालिका ६, मैनापोखरस्थित इलाका प्रहरी कार्यालयमा कार्यरत प्रहरी नायव निरीक्षक पवन साउदलाई अख्तियार दुरुपयोग अनुसन्धान आयोगको टोलीले नियन्त्रणमा लिएको बताइएको छ। आयोगका प्रवक्ता भोला दाहालका अनुसार साउदले लागू औषधको मुद्दा मिलाइदिने प्रलोभनमा सेवाग्राहीसँग ३० हजार रुपैयाँ घुस लिएका हुन्। आयोगको नेपालगञ्ज कार्यालयबाट खटिएको टोलीले नियन्त्रणमा लिएर आवश्यक अनुसन्धान थालेको बताइएको छ।

Read More

पिथौरागढ: भारतको उत्तराखण्डस्थित पिथौरागढमा एक वृद्धा महिलाको हत्या आरोपमा नेपाली युवक पक्राउ परेका छन्। सुवाकोटको वड्डाकी ६५ वर्षीया माधवी चिलकोटीको हत्या आरोपमा मजदुरी गर्न भारत गएका मुगुका २६ वर्षीय युवक रिपेन्द्र नाथ पक्राउ परेका हुन। कोठाबाट निकालेको रिसमा नाथले भारतीय महिलाको हत्या गरेको स्वीकार गरेको भारतीय सञ्चार माध्यमले जनाएको छ। माधवी आइतबार बिहान आफ्नै कोठामा मृत भेटिएकी थिइन्। मृतक माधवी दिल्लीबाट केहीदिन पहिले सुवाकोट फर्किएकी थिइन्। नेपाली युवक नाथलाई रक्सी पिउने र कोठामा फोहोर गर्ने हुनाले माधवीले कोठा छाड्न भनेकी थिइन्। त्यतिबेला नाथ अर्को ठाउँमा बस्न थालेका थिए।

Read More

काठमाडौं : प्रधानसेनापति बन्ने रोलक्रममा रहेका नेपाली सेनाका उपरथी अशोक सिग्देलको पनि जन्ममिति विवादमा परेको छ। उपरथी सिग्देलको नागरिकता र शैक्षिक प्रमाणपत्रमा फरक–फरक मिति देखिएपछि उनी विवादमा तानिएका हुन्। सिग्देलले जन्ममिति सच्याई वास्तविक सेवावधिभन्दा बढी समय काम गरेको आरोप लगाउँदै यही मंसिर ४ गते अख्तियार दुरुपयोग अनुसन्धान आयोगमासमेत उजुरी परेको छ। नेपाली सेनाले गत शुक्रबार उपरथी सिग्देललाई रथीमा बढुवा गर्न सिफारिस गरिएको र उनकाविरुद्ध उजुरी भए एक साताभित्र दर्ता आव्हान गरेको छ। ‘शैक्षिक प्रमाणपत्रमा सिग्देलको जन्ममिति १९ माघ २०२१ छ । तर, नागरिकतामा १९ माघ २०२३ राखेर जागिर लम्ब्याउँदै गएका मात्रै छैनन् उनी भविष्यमा सैनिक प्रमुख बन्ने लाइनमा छन्,’ अख्तियारमा…

Read More

डोटी: डोटीमा एक जनाको शव फेला परेको छ। मंगलबार दिपायल सिलगढी नगरपालिका –५ पुन्नास्थित सोही ठाउँका ३० वर्षीय समीर भट्ट मृत फेला परेका हुन्। अहिले प्रहरी घटनास्थलमा रहेको र घटनाबारे अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय डोटीका प्रहरी निरीक्षक राजेन्द्र बहादुर चन्दले बताए। मृतका आफन्तले समीरको हत्या भएको आशंका गरेका छन्। स्थानीय रोशन कोलीले सडकको नालीमा समीरको शव हत्या गरि फालिएको अवस्थामा फेला परेको बताए। उनले घटनाको छानविन गरि दोषीलाई कानुनी कारबाहीको दायरामा ल्याउन माग गरेका छन्।

Read More

काठमाडौँ: अहिले सामाजिक सञ्जालमा नेपाल प्रहरीका एक इन्स्पेक्टरले सर्वसाधारणलाई थप्पड हानेको एउटा भिडियो भाइरल भएको छ। मेडिकल व्यवसायी दुर्गा प्रसाईं नेतृत्वको ‘राष्ट्र, राष्ट्रियता, धर्म, संस्कृति र नागरिक बचाउ महाअभियान’को प्रदर्शन स्थलमा ती सर्वसाधारणलाई प्रहरी निरीक्षकले थप्पड हान्दै ‘अपशब्द’ बोलेका छन्। इन्स्पेक्टर तिलकबहादुर बमले प्रदर्शनमा सहभागी नभएको तथा घर हिँडेको बताउँदा पनि सर्वसाधारणलाई थप्पड हानेको भिडियोमा देखिन्छ। प्रहरी कार्यालय भृकुटीमण्डपमा कार्यरत बमले थप्पड हान्दै ती सर्वसाधारणलाई भन्छन्–‘चुप, बढ्ता नबोल’ भनेका छन्। थप्पड खाँदा पनि ती सर्वसाधारणले सोधेका छन्–‘हात किन छाड्नु भो सर ?’ इन्स्पेक्टर बम रोकिँदैनन् । भन्छन्–‘किन बोल्या रु’ इन्स्पेक्टरले सर्वसाधारणलाई प्रश्न गर्न बन्देज लगाउँदै थप्पड हानेको भिडियो फेसबुक र…

Read More