Author: महेन्द्रनगर पोष्ट

धरान: धरानका विभिन्न पसलबाट ब्रान्डेड मदिरा चोर्दै हिँड्ने गरेको आरोपमा एक युवक पक्राउ परेका छन्। पक्राउ पर्नेमा धरानमै बस्दै आएका विकास साह रहेका छन्। साहले कारमा सवार भएर धरानका फरकफरक मदिरा पसलमा मदिरा चोर्दै हिँड्ने गरेका थिए। उनले आफूलाई पर्यटन मन्त्रालयको शाखा अधिकृत र बीपी प्रतिष्ठानको डाक्टर हुँ भन्ने गरेका पाइएको ईलाका प्रहरी कार्यालय धरानले जनाएको छ। कारमा सवार हुने उनले दर्जनौं व्यवसायीलाई ठग्नुका साथै ब्रान्डेड मदिरा चोरेर हैरान पारेका अनुसन्धानबाट खुलेको प्रहरीले जनाएको छ। साह मंगलबार मदिरा व्यवसायीकै फन्दामा परेका हुन्। उनलाई मदिरा चोर्दाचोर्दै नियन्त्रणमा लिएर इलाका प्रहरी कार्यालय धरानमा बुझाएको धरानस्थित मनकामना कोल्ड स्टोरका सञ्चालक रमेश हतुवालीले बताए।…

Read More

काठमाडौं : सरकारले सैनिक विशेष अदालतको अध्यक्ष पदमा उच्च अदालत पाटनका न्यायाधीश लेखनाथ पौडेललाई तोक्ने निर्णय गरेको छ। सैनिक विशेष अदालतको अध्यक्ष पदमा अदालतको कामकाजसमेत गर्ने गरी उच्च अदालत पाटनका न्यायाधीश लेखनाथ पौडेललाई तोक्ने निर्णय गरिएको हो। सरकारका प्रवक्ता रेखा शर्माका अनुसार सैनिक विशेष अदालतको अध्यक्ष न्यायपरिषदको सिफारिसमा सरकारले तोक्ने व्यवस्था छ। सैनिक विशेष अदालतको सदस्यमा नेपाली सेनाको प्राड विवाक प्रमुख र रक्षा मन्त्रालयका सचिव हुन्छन्।

Read More

धनगढी: धनगढीमा मोटरसाइकल दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ। धनगढी उपमहानगरपालिका-११ बेलास्थित सडकमा से २ प २६० नम्बरको मोटरसाइकल अनियन्त्रित भई मंगलबार राति दुर्घटना हुँदा चालक सोही उपमहानगरपालिका-५ बस्ने ३८ वर्षीय खेम चौधरीको मृत्यु भएको भएको जिल्ला प्रहरी कार्यालय कैलालीले जनाएको छ। दुर्घटनामा गम्भीर घाइते भएका उनलाई उपचारका लागि निसर्ग अस्पताल धनगढी पुर्‍याइएको थियो। अस्पताल पुर्‍याइएको केहीबेरमा उनको मृत्यु भएको हो। दुर्घटनाबारे अनुसन्धान भइरहेको कैलाली प्रहरीले जनाएको छ।

Read More

धनगढीः कैलालीस्थित ईलाका प्रहरी कार्यालय चिसापानीमा कार्यरत एक प्रहरी जवानको अवैध धन्दा फस्टाएको छ। ईलाका प्रहरी कार्यालय चिसापानीमा कार्यरत प्रहरी जवान मदन भुत्यालले असुली धन्दा गर्ने गरेको आरोप लागेको हो। स्रोतका अनुसार भुत्यालले चिसापानी क्षेत्रमा निर्माण व्यवसायी र भैंसी व्यापारीबाट अबैध असुली गर्ने गरेका छन्। केही दिन अघि मात्रै उनले एक जना भैंसी व्यापारीबाट ५ सय रूपैयाँ लिएका थिए। प्रहरी जवान भुत्यालले प्रयोग गर्ने सुपप्र ०१–००७ प ५०२८ नम्बरको बाइक पनि चोरुवा रहेको छ। ईलाका प्रहरी कार्यालय चिसापानीका प्रमुख, प्रहरी निरीक्षक हरीराम डागीँले प्रहरी जवानका बारेमा आफूकोमा पनि कुरा आएको बताए। ‘उनको बारेमा कुरा आएको छ। मैले बुझिरहेको छु,’ उनले…

Read More

धनगढी : कैलालीमा निर्घात कुटपिटपछि एक युवकको ज्यान गएको छ। जिल्लाको घोडाघोडी नगरपालिका–२ बस्ने शिवलाल अधिकारीका २५ वर्षीया छोरा मोहन अधिकारीमाथि गएराति अज्ञात समूहले कुटपिट गर्दा उनको ज्यान गएको हो। अधिकारी लम्किचुहा नगरपालिका–९ घोराघाट बस्ने डिल्ली कोइरालाको विवाहमा गएका थिए। त्यहाँ उनलाई अपरिचित व्यक्तिले कुटपिट गरेको कैलाली प्रहरीले जनाएको छ। कैलाली प्रहरीका अनुसार कुटपिटबाट घाइते भएका उनको टाउको र खुट्टामा चोट लागेको थियो भने गएराति उनको अवस्था अचेत रहेको थियो। वेहोस अवस्थामा रहेका उनलाई उपचारको लागि लालरत्न अस्पताल लगिएकोमा त्यहाँ उपचार हुन नसकेपछि थप उपचारको लागि मेडिकल कलेज कोहलपुर रिफर गरिएको थियो। तर, मेडिकल कलेज अस्पताल कोहलपुरले उनलाई टिकापुर अस्पताल…

Read More

काठमाडौं : टिकटकमाथि प्रतिबन्ध लगाएको सरकारले बिगो लाइभ, लाइकी, टिन्डर, स्न्यापच्याट, टेलिग्राम लगायतका एपमाथि समेत प्रतिबन्ध लगाउने तयारी गरको छ। टिकटकमा जस्तै प्रयोगकर्ता लाइभ बस्न मिल्ने अन्य सामाजिक सञ्जालमाथि समेत प्रतिबन्ध लगाउने आशयका साथ निगरानी बढाइएको बीबीसी नेपाली सेवाले जनाएको छ। बीबीसी नेपाली सेवासँगको कुराकानीमा प्रधानमन्त्रीका सूचना प्रविधि विज्ञ प्रकाश रायमाझीले त्यस्ता एपलाई सोसल मिडिया नभई एन्टी सोसल मिडिया भएको बताएका छन्। ‘तिनीहरूले नकारात्मक सामग्री प्रवाह गर्ने र बेथिति फैलाउने बाहेक केही पनि गरेका छैनन्,’ उनले भनेका छन्, ‘हामी यसको प्राविधिक पक्षक र समाजमा पारेका सकारात्मक र नकारात्मक प्रभावहरू बारे अध्ययन गरिरहेका छौं।’ रायमाझीका अनुसार प्रधानमन्त्री कार्यालयले विज्ञहरू सहितको एउटा…

Read More

सन्तोष पन्त, कञ्चनपुर: सरकारले दिएको जिम्मेवारी एक ठेकेदारले पुरा होईन चरम लार्पबाही गर्दा कञ्चनपुरमा हुलाकी सडक अलपत्र पारिएको छ। मुख्य गरेर बेलडाँडी–दैजी खण्डमा ठेकेदारले सडक निर्माणमा चरम लार्पबाही गरेपछि यात्रुले बिना कारण अकालमै ज्यान गुमाउनुपर्ने बाध्यता छ। सडकको दायाँबाया जंगल छ। विचमा रहेको सडक केही खण्ड मात्रै कालोपत्रे गरेर ठेकेदारले छाडेको छ, भने केही खण्ड अलपत्र नै छाडेको छ। बर्सातमा हिलाम्मे, हिउँदेमा धुलाम्मे सडकले दुर्घटनाका साथै धुवाधुलोका कारण यात्रु(जनता)को स्वास्थ्यमा गम्भिर असर पारेको छ । ६२ किलोमिटर सडक कालोपत्रेका लागि पहिलो पटक ३० महिनाका लागि सम्झौता गरिएको थियो। पहिलो पटकको म्याद सकिएर चौथो पटक समेत म्याद थप गर्दा पनि निर्माण…

Read More

कैलाली: चुरे गाउँपालिका–४ खैरालामा रहेको गर्भा दरबार संरक्षण अभावमा जीर्ण बन्दै गएको छ। विसं १९८४ मा खड्कशमशेर जङ्गबहादुर राणाले निर्माण गरेको ऐतिहासिक राणाकालीन दरबारको संरक्षण अभावमा जीर्ण बन्दै गएको हो। सरोकारवाला निकायको बेवास्ताका कारण ऐतिहासिक महत्व र पर्यटकीय सम्भावना बोकेको राणाकालीन ऐतिहासिक दरबार खण्डहरमा परिणत हुँदै गएकोमा स्थानीयले चिन्ता प्रकट गरेका छन्। स्थानीय कृष्णबहादुर मल्लले दरबार संरक्षणमा कसैबाट पहल भएको देखिँदैन। स्थानीयबाट दरबारको संरक्षणमा ध्यान दिन सरोकारवाला निकायसँग आग्रह गर्दै आए पनि सुनुवाइ नभएको उनको भनाइ छ। दरबार जीर्ण हुँदै जाँदा भवनमा पानी चुहिएर पर्खाल भत्किसकेको छ। दरबारका कलाकृति जडित भित्ता २०५५ सालदेखि भत्किन सुरू भएको उनको भनाइ छ। राणाकालमा…

Read More

कञ्चनपुर : राष्ट्रिय खेलकुद परिषदबाट कहिल्यै क्रिकेट प्रशिक्षक नपाएको कञ्चनपुर राष्ट्रियस्तरमा भने यहाँका क्रिकेट खेलाडीले बनाएको छविले परिचित छ। यहाँ क्रिकेटको खेल इतिहासमै पुराना र सिनियर राष्ट्रिय खेलाडीले स्वयंसेवक प्रशिक्षकका रूपमा काम गर्दै आएका भरमा प्रतिभावान् खेलाडी उत्पादन निरन्तर हुँदै आएको छ। पछिल्लो समय कञ्चनपुर घर भएका राष्ट्रियस्तरका खेलाडीले गरिरहेको उत्कृष्ट प्रदर्शनले गृहजिल्लामा क्रिकेटप्रतिको माहोल थप उत्साही छ। जिल्ला खेलकुद समितिअन्तर्गत १७ विभिन्न खेलका प्रशिक्षक हाल कार्यरत रहे पनि क्रिकेटले भने यहाँ प्रशिक्षक देख्नसमेत पाएको छैन। कञ्चनपुर क्रिकेट संघका अध्यक्ष वीरेद्रबहादुर चन्दले पछिल्लो समय जिल्लाभर क्रिकेट खेलको गतिविधिले तीव्रता पाउँदै गएको बताए । कीर्तिमानी खेलाडी दीपेन्द्रसिंह ऐरी, सन्दीप जोरा, भीम…

Read More

धनगढी : आफ्नै छोरीमाथि जबर्जस्ती करणीको प्रयास गर्ने धनगढीका एक पूर्व प्रहरी अर्थात् रिटायर्ड सई पक्राउ परेका छन्। गत असोजमा जिल्ला प्रहरी कार्यालय कैलालीमा धनगढीकै पन्त थरका ती अन्दाजी ५० वर्षीय रिटायर्ड सईले करणी प्रयास गरेको भन्दै अन्दाजी २२ वर्षीय छोरीले उजुरी दिएकी थिइन्। त्यसपछि फरार रहेका उनलाई केही दिनअघि पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय कैलालीले जनाएको छ। उनीमाथि अदालतबाट म्याद थप गरेर अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ। तर, सरकारी वकिल र प्रहरीसँग मुद्दा मिलाउन ‘सेटिङ’ भइहेको स्रोतले दाबी गरेको छ। स्रोतका अनुसार अनुुसन्धानपछि मुद्धा परिवर्तत गरेर जबरजस्ती करणी उद्योगमा नभएर यौन दुव्र्यवहार मुद्दा चलाउन सेटिङ भइरहेको छ। काठमाडौंमा पढ्दै…

Read More