Author: महेन्द्रनगर पोष्ट

डडेल्धुरा : ‘राजनीतिक पावर’ लगाएर डडेल्धुराबाट सरुवा गराइएपछि दुई हाकिमले मन दुखाएका छन्। मन दुखाउनेमा भेटेनरी अस्पताल तथा पशु सेवा विज्ञ केन्द्र डडेल्धुराका हाकिम देवराज भट्ट र कृषि ज्ञान केन्द्र डडेल्धुराका तत्कालीन हाकिम रामचन्द्र भट्ट रहेका छन्। सामाजिक सञ्जाल फेसबुकमा स्टाटस लेख्दै देवराजले ३ वर्ष २ महिनाको बसाइँमा साथ सहयोग दिने प्रति आभार गर्दै आफ्नो सरुवा भएको प्रति चित्त दुखाएका छन्। भेटेनरी अस्पतालबाट बिदाइ गरिएको फोटो राख्दै उनले लेखेका छन्, ´मेरो पारिवारिक सदस्यहरूको पृष्ठभूमिसँग जोडेर रगत सम्बन्धको पटक्कै ख्याल नगरी म प्रति निर्मम असहिष्णु भएकाहरूलाई सिर्फ सहानुभूति व्यक्त गर्दछु।` देवराजको पोष्टमा कमेन्ट् गर्दै रामचन्द्रले लेखेका छन्, ´ असहिष्णु प्रति मेरो…

Read More

काठमाडौं : एमाले अध्यक्ष केपि शर्मा ओलीमाथि आक्रमण भएकोबारे धनकुटाका प्रमुख जिल्ला अधिकारी पुण्यविक्रम पौडेलले आक्रमणकारीले रक्सी खाएको देखिएको र बाहिर आएजस्तो नभएको बताएका छन्। बिहीबार धनकुटाको महालक्ष्मी नगरपालिका- ५, लेगुवामा ओलीको स्वागतमा उभिएका स्थानीय महेश राईले थप्पड हानेका थिए। ‘बाहिर मिडियामा आएजस्तो अलि देखिएको छैन। पूर्वप्रधानमन्त्रीज्यूलाई स्वागत (आक्रमण गर्ने) गर्न आएकै देखिन्छ,’ पौडेलले भने, ‘रक्सी खाएकोले अलि मिसअन्डरस्ट्यान्डिङ भएको जस्तो देखिन्छ प्रारम्भिक रूपमा। तैपनि हामी सोधपुछकै क्रममा छौँ।’ तर, प्रहरीले उनलाई रोकेको थियो। ओलीलाई आक्रमण गर्ने राईलाई प्रहरीले नियन्त्रण लिएको छ।

Read More

काठमाडौं : धनगढी एफसी नेपाल सुपर लिग (एनएसएल)को शीर्ष स्थानमा उक्लेको छ। बिहीबार भएको खेलमा चितवनलाई १–० गोल अन्तरले हराउँदै धनगढी शीर्ष स्थानमा उक्लेको हो। त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा भएको खेलमा धनगढीलाई जित दिलाउन ओलावाले अफिजले निर्णायक गोल गरे। ओलावालले खेलको दोस्रो मिनेटमा गोल गर्दै धनगढीलाई जित दिलाएका हुन्। पहिलो हाफको इन्जुरी समयमा चितवनले बराबरी गर्ने अवसर पाएको थियो। तर, चितवनका विमल धर्तीमगरले पेनाल्टी मिस गर्न पुगे। दोस्रो हाफमा दुबै टोलीले गोल गर्न नसक्दा धनगढीले जित निकालेको हो। आजको जितसँगै धनगढी शीर्ष स्थानमा उक्लेको छ। धनगढीको ५ खेलबाट ११ अंक छ। दोस्रो स्थानमा रहेको ललितपुर सिटीको ५ खेलबाटै ९ अंक छ ।…

Read More

धनगढी : धनगढीको सौभाग्य अस्पतालको अध्यक्षमा युवराज कुँवर मनोनीत भएका छन्। आज बसेको बैठकले कुँवरलाई अध्यक्षमा मनोनीत गरेको हो। यस अगाडि अध्यक्ष रहेका दिनेश जोशी टिमबाट बाहिरिएपछि उनी अध्यक्षमा मनोनीत भएका हुन्। यस्तै सदस्यमा सुधिर भट्ट, एकेन्द्र मल्ल, डन्डीराज खनाल र पुष्कर जैशी र विवेक जोशी मनोनीत भएका छन्।

Read More

काठमाडौं : परराष्ट्रमन्त्रालको सचिवमा सहसचिव सेवा लम्साल बढुवा भएकी छन्। आज बसेको मन्त्रिपरिषद् बैठकले लम्साललाई सहसचिवबाट विशिष्ठ श्रेणीको रिक्त सचिव पदमा बढुवा गर्ने निर्णय गरेको हो। मन्त्रिपरिषद्को यस निर्णयसँगै लम्साल परराष्ट्र मन्त्रालयको सचिव पदमा पुग्ने पहिलो महिला कर्मचारी पनि भएकी छन्।

Read More

काठमाडौं : नक्कली भुटानी शरणार्थी प्रकरणमा थुनामा रहेका पूर्वगृहमन्त्री तथा कांग्रेसका नेता बालकृष्ण खाणलाई धरौटीमा छोड्न उच्च अदालत पाटनले आदेश दिएको छ।  उच्च अदालत पाटनका न्यायाधीश कृष्णराम कोइरालाको इजलासले यस्तो आदेश दिएको हो। जिल्ला अदालतको आदेशबमोजिम थुनामा रहेका खाणलाई छाड्ने विषयमा मंसिर १५ गतेको सुनुवाइको क्रममा न्यायाधीशबीच राय बाझिएको थियो। १५ गते भएको आदेशमा न्यायाधीश जनक पाण्डे र प्रकाश खरेलबीच राय बाझिएपछि तेस्रो न्यायाधीशको इजलासमा सुनुवाइ भएको हो।

Read More

प्युठान : प्युठानको ऐरावती गाउँपालिका -२, बरौलामा जन्ती बोकेको जीप दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ। बरौलाबाट बेहुली लिन सदरमुकाम खलंगातर्फ जाँदै गरेको लु ३ च ६८४७ नम्बरको जीप बिहीबार बिहान दुर्घटनामा परेको हो। दुर्घटनामा मल्लरानी गाउँपालिका -३ का वडा सदस्य ५२ वर्षका दामोदर नेपालीको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय प्युठानका सूचना अधिकारी हुमानन्द खनालले जानकारी दिए। उनका अनुसार नाच्दै गाउँदै हिंडिरहेका जन्तीलाई जीपले ठक्कर दिएको थियो। एक्कासी टायर पन्चर भएर अनियन्त्रित हुँदा जीपले ठक्कर दिंदा ५ जना घाइते भएका र उनीहरुको जिल्ला अस्पताल बिजुवारमा सामान्य अवस्थामा उपचार भइरहेको प्रहरीले जनाएको हो। प्रहरीले घटनास्थल पुगेर घटनाबारे अनुसन्धान गरिरहेको बताएको…

Read More

काठमाडौं : सरकारले स्वास्थ्य बीमा कार्यक्रममार्फत प्रदान गर्दै आएको चार प्रकारका औषधी ‘सुविधा थैली’ बाट हटाएको छ। स्वास्थ्य बीमा बोर्डले सम्पूर्ण सेवा प्रदायक स्वास्थ्य संस्थालाई परिपत्र गर्दै ती चार प्रकारका औषधी सुविधा थैलीबाट हटाइएकोले सिफारिस नगर्न अनुरोध गरेको हो। बोर्डका अनुसार एम्पिसिलनि/क्लोक्जासिलिन, सेफोपेराजोन/सल्बेक्टम, सेफोटेक्सिम/सल्बेक्टम र सेफोडक्सिम प्रोक्सिटिल एसिड औषधी सुविधा थैलीबाट हटाइएको छ। यी चार वटै एन्टिबायोटिक औषधी हुन्। औषधी व्यवस्था विभागको सिफारिस नगरिएका सूचीमा रहेका औषधीको प्रयोग नगर्ने निर्णयानुसार सुविधाबाट हटाएको बोर्डले जनाएको छ।

Read More

कञ्चनपुर: कञ्चनपुरको महेन्द्रनगरमा निषेधाज्ञा जारी गरिएको छ । जिल्ला प्रशासन कार्यालय कञ्चनपुरले एक साताको लागि भन्दै महेन्द्रनगर बजारमा बिहीबारदेखि निषेधाज्ञा जारी गरेको हो । कञ्चनपुरका प्रमुख जिल्ला अधिकारी गोकुलकुमार अधिकारीद्वारा जारी आदेशमा भनिएको छ, ‘भीमदत्त नगरपालिका ४ मा रहेको संविधान चोक आसपासको क्षेत्रमा शालिक स्थापना गर्न दिने नदिने सम्बन्धमा विभिन्न राजनीतिक दलहरुबिच मतभिन्नता भइ आएको सन्दर्भमा सार्वजनिक शान्ति सुव्यवस्थालाई कायम राख्न तथा अत्यावश्यक सेवालाई निर्वाध सञ्चालन गर्नका निम्ति जिल्ला सुरक्षा समिति कञ्चनपुरको सिफारिसका आधारमा स्थानीय प्रशासन ऐन २०२८ को दफा ६, ३ ९क० बमोजिम देहायको क्षेत्रमा मिति २०८०र८र२८ गतेदेखि ७ दिनसम्मको लागि ५ जनाभन्दा बढी मानिस जम्मा भइ जुलुस, प्रदर्शन,…

Read More

डडेल्धुरा : राष्ट्रिय सभा निर्वाचनको टिकट पाउन सुदूरपश्चिमका कांग्रेस नेताले दौडधुप सुरु गरेका छन्। फागुन २० मा (एक जना मनोनीतसहित) २० सांसद ६ वर्षे कार्यकाल पूरा गरी बिदा हुँदैछन्। यसरी रिक्त हुने १९ पदका लागि निर्वाचन आयोगको परामर्शमा सरकारले माघ ११ गतेका लागि निर्वाचनको मिति तय गरिसकेको छ। गत वर्ष मंसिरमा सम्पन्न आम निर्वाचनमा टिकट नपाएर र पराजित भएकाका नेताहरु राष्ट्रियसभा उम्मेदवारका लागि मुख्य दौडमा देखिएका छन्। कांग्रेसले राष्ट्रपतिबाट मनोनीत एक सदस्यबाहेक १९ सिटमध्ये कम्तीमा ९ स्थान पाउने सम्भावना छ। कांग्रेसले सुदूरपश्चिममा एक सिट पाउने सम्भावना छ। तर, उम्मेदवार कसलाई बनाउने भन्नेबारे कसैले मुख खोलेका छैनन्। काँग्रेस सभापति शेरबहादुर देउवाको…

Read More