Author: महेन्द्रनगर पोष्ट

काठमाडौँ : संसदीय सुनुवाइ समितिले क्यानडाका लागि नेपाली राजदूतमा सिफारिस भरतराज पौडेलको नाम अनुमोदन गरेको छ । आइतबार बसेको समितिको बैठकले पौडेलसँगको सुनुवाइपछि नाम अनुमोदन गरेको हो । अब उनलाई राष्ट्रपतिले राजदूतमा नियुक्त गर्न सक्नेछन् ।

Read More

कञ्चनपुर : सशस्त्र प्रहरीले कञ्चनपुरको सीमावर्ती क्षेत्रबाट झण्डै चार लाख बराबरको अवैध समान बरामद गरेको छ। सशस्त्र प्रहरी बल प्रस्तावित सीमा सुरक्षा गुल्म गड्डाचौकीको टोलीले भीमदत्त नगरपालिका–१० चौकीसाता सीमावर्ती क्षेत्रबाट भन्सार चोरीछलीका अवैध समान बरामद गरेको हो। सशस्त्र प्रहरी बल ३५ नम्बर शैलेश्वरी गण मातहत रहेको प्रस्तावित सीमा सुरक्षा गुल्म गड्डाचौकी इन्चार्ज सशस्त्र प्रहरी नायव उपरीक्षक सुदन आचार्य नेतृत्वको टोलीले चौकीसाता क्षेत्रबाट भन्सार छलीको अवैध समान बरामद गरेको सशस्त्र प्रहरीले जनाएको छ। शसस्त्र प्रहरी बल ३५ नम्बर शैलेश्वरी गणका गणपति प्रेम बहादुर रावलले भारतबाट चोरी तस्करी गरेर भन्सार छलेर समान नेपाल भित्र्राउँदै गरेको अवस्थामा सशस्त्र प्रहरीका डिएसपी आचार्य नेतृत्वको टोलीले…

Read More

रसुवा : मानिस बेपत्ता बनाएको आरोपमा पक्राउ परेका दुई प्रहरीलाई कारागार चलान गरिएको छ। जिल्ला प्रहरी कार्यालय रसुवामा कार्यरत प्रहरी सहायक निरीक्षक रामविद्या शाह र प्रहरी वरिष्ठ हवल्दार जगतनारायण वछाड थारू कारागार चलान भएका हुन्। पक्राउ गरिएको व्यक्ति जिल्लास्तरमा ल्याउने क्रममा थुमनका एक नागरिक बीचबाटोमै गायव गराएको आरोप उनीहरू माथि लागेको छ। मानिस कुटपिट गर्ने गोसाइँकुण्ड गाउँपालिका–१ थुमनका करिव ४२ वर्षीय काले भन्ने छिरिङ तामाङलाई थुमनबाट प्रहरी नियन्त्रणमा लिइ जिल्ला प्रहरी धुञ्चे ल्याउँदै गर्दा रोङ्गा दोभानको नजिक उत्तरतर्फको भिरबाट बेपत्ता बनाएको आरोपमा सुरक्षाकर्मीद्वय पक्राउ परेका हुन्। सुरक्षा संयन्त्र नअपनाई पक्राउ गरिएका नागरिक बाटोमा बेपत्ता पारेको अभियोगमा जिल्ला सरकारी वकिल कार्यालयमार्फत…

Read More

काठमाडौं : राजतन्त्र पुनःस्थापनाको अभियानमा रहेका व्यवसायी दुर्गा प्रसाईंको बन्दीप्रत्यक्षीकरणको रिट फिर्ता भएको छ। गत शुक्रबार दोस्रो दिनको आन्दोलन गर्न लाग्दा प्रसाईं घरमै नजरबन्दमा परेको भन्दै वरिष्ठ अधिवक्ता सुरेन्द्र भण्डारीले रिट दायर गरेका थिए। उक्त रिट न्यायाधीश कुमार चुडालको इजलासमा बहस हुँदै गर्दा प्रसाईं खुल्ला रुपमा भाषण गरिरहेको प्रसंग उठेपछि वरिष्ठ अधिवक्ता भण्डारीले रिट फिर्ता लिएका हुन्।

Read More

काठमाडौं : पोखरामा शनिबार राति एक सुन पसलको ताला काट्दाकाट्दै बालक पक्राउ परेका छन्। पक्राउ पर्नेमा रुपा गाउँपालिकाका १८ वर्षीय एक बालक छन्। राति करिब १२ बजेको समयमा पोखरा ९ न्युरोडमा रहेको स्याङ्जा ज्वयलर्स तथा सुनचाँदी पसलको सटरको ताला काट्दै गर्दा ती बालक पक्राउ परेका थिए। उनलाई सिभिआर चिप्लेढुंगा वडा प्रहरी कार्यालय बैदामबाट खटिएको टोलीले नियन्त्रणमा लिएको थियो। ती बालकबाट २ थान हेक्सा ब्लेड र एक थान काटिसकेको तालासहित नियन्त्रणमा लिइएको जिल्ला प्रहरी कार्यालय कास्कीका सूचना अधिकारी श्रवणकुमार विकले जानकारी दिए। चोरी उद्योग मुद्दामा उनलाई अनुसन्धान गरिरहेको प्रहरीको भनाइ छ।

Read More

काठमाडौं : पोखरा भइरहेको केपी ओली कप टी–२० क्रिकेट प्रतियोगितामा नेपाल पुलिस क्लबका ओपनर कुशल भुर्तेलको शतकको मदतमा पुलिस क्लबले मधेश प्रदेशलाई दियो १७६ रनको लक्ष्य दिएको छ। मधेश प्रदेशविरूद्ध टस जितेर पहिले ब्याटिङ गरेको पुलिसका लागि कुशलले १०२ रन जोडेका हुन्। उनले ५७ बलमा ८ चौका र ७ चौका प्रहार गरे। कुशलको शतकसँगै पुलिसले ५ विकेटको क्षतिमा १७५ रन जोड्यो। पुलिसका लागि अर्का ओपनिङ ब्याट्सम्यान सुनिल धमलाले ४५ रन बनाए। उनले ४७ बलमा ४ चौका प्रहार गरे। धमला र कुशलबीच पहिलो विकेटका लागि १६ ओभरमा १३८ रनको साझेदारी भयो। समूह सी को यो खेलमा पुलिसका लागि करण केसीले ५…

Read More

काठमाडौं : नेपाल प्रहरीले तीन जना प्रहरी उपरीक्षक (एसपी)हरूको काज सरुवा गरेको छ। प्रहरी प्रधान कार्यालय नक्सालको मानव स्रोत विभागले रञ्जु सिग्देल, अनुपम शम्शेर जबरा र राजेन्द्रप्रसाद धमलाको काज सरुवा गरेको हो। सिग्देल प्रदेश प्रहरी कार्यालय अपराध अनुसन्धान शाखा महेन्द्रनगरबाट प्रहरी शिक्षालय महाराजगञ्ज काठमाडौंमा खटाइएका छन्। प्रहरी प्रधान कार्यालयको इन्टरपोल शाखामा रहेका जबरालाई नेपाल प्रहरी–सशस्त्र प्रहरी गण नं. १ नक्साल र धमलालाई प्रहरी प्रधान कार्यालय कानून शाखाबाट काठमाडौं उपत्यका सशस्त्र प्रहरी गण नं. २ महाराजगञ्जमा काज सरुवा गरिएको छ।

Read More

काठमाडौं : नेपाली सिनियर क्रिकेट टिमका अलराउन्डर गुल्सन झाले यू–१९ एसिया कप खेल्ने भएका छन्। यू–१९ टिमका प्रशिक्षक जगत टमटाले सिनियर टिमबाट अनुभव बटुलिसकेका गुल्सनको आगमनले टिम सन्तुलित हुने बताए। सिनियर टिमबाट समेत एसिया कप खेलिसकेका गुल्सनले एकै वर्ष दुई वटा एसिया कप खेल्ने भएका हुन्। ‘टेष्ट राष्ट्रहरुसँग खेल्ने भएकाले उसको आगमनले टिम थप बलियो हुन्छ। उसको लागि पनि यो खेल खेल्दा अनुभव बढ्दै जान्छ’ प्रशिक्षक टमाटाले भने। सिनियर टिमबाट खेल्नका लागि पनि गुल्सनलाई यू–१९ एसिया कपको अनुभवले सहयोग पुग्ने टमाटाको भनाइ छ। यू–१९ क्रिकेट टिम ६ मंसिरदेखि एसिया कपको तयारीका लागि बन्द प्रशिक्षणमा छ। गुल्सन सहभागी भए पनि टिमको…

Read More

काठमाडौं : डा. गोविन्द केसीले स्वास्थ्य तथा जनसंख्या मन्त्री मोहनबहादुर बस्नेतलाई पदमुक्त गर्न माग गरेका छन्। स्वास्थ्य मन्त्री बस्नेतले डा. केसी मेडिकल गिरोहबाट सञ्चालित रहेको आरोप लगाएका थिए। आफूमाथि स्वास्थ्य मन्त्रीले ‘घोर आपत्तिजनक अभिव्यक्ति’ दिएको डा. केसीले आइतबार जारी गरेको विज्ञप्तिमा उल्लेख छ। ‘शेरबहादुर देउवा र पुष्पकमल दाहाल ‘प्रचण्ड’ जीका स्वास्थ्य मन्त्री माफीयाहरूका नाइके हुन् र उनी मन्त्री पदमा रहिरहनु लोकतान्त्रिक मूल्यमान्यताको बरखिलाप हो, निजलाई तत्काल पदमुक्त गरियोस्,’ डा. केसीले निकालेको विज्ञप्तिमा उल्लेख छ।

Read More

काठमाडौं : भारत र अस्ट्रेलियाबीचको दोस्रो टी–२० खेल आज हुँदैछ। यो खेल तिरुवनन्तपुरममा नेपाली समय अनुसार बेलुका सवा ७ बजे शुरु हुनेछ। भारतले बिहीवार भएको पहिलो खेलमा अस्ट्रेलियालाई २ विकेटले हराउँदै पाँच खेलको शृङ्खलामा १–० को अग्रता बनाएको छ। दुई देशबीचको तेस्रो खेल पर्सि मङ्गलवार, चौथो खेल शुक्रवार र पाँचौँ तथा अन्तिम खेल आइतवार हुनेछ। गएको आइतवार अस्ट्रेलियाले भारतलाई हराउँदै कीर्तिमानी छैटाैँ पटक एकदिवसीय विश्व कप क्रिकेटको उपाधि जितेको थियो।

Read More