Author: महेन्द्रनगर पोष्ट

काठमाडौँ : प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले विश्वव्यापी उत्सर्जनमा नेपालको भूमिका शून्य प्रायः भए पनि जलवायु परिवर्तनको प्रत्यक्ष एवम् हानिकारक असर भोगिरहेको बताएका छन् । संयुक्त अरब इमिरेट्स (युएई)मा जारी जलवायु परिवर्तनसम्बन्धी संयुक्त राष्ट्रसङ्घीय सम्मेलन (कोप–२८)को कन्फ्रेन्स अफ पार्टिजलाई सम्बोधन गर्दै उनले भने, “हामीमाथि भएको डरलाग्दो अन्यायका कारण हाम्रा नागरिक बाढी पहिरो, डढेलो, हिमनदी विस्फोट, खडेरीजस्ता जलवायुजन्य सङ्कटबाट नराम्ररी प्रभावित भएका छन् ।” आफू तीन करोड नेपालीको सन्देश लिएर यस सम्मेलनमा सहभागी भएको उल्लेख गर्दै उनले विश्वव्यापी रुपमा बढ्दो तापक्रमले हाम्रा हिमाललाई यातना दिइएको बताए । उनले भने, “तिनीहरुलाई पहिले बचाउनुहोस् ।” जलवायु परिवर्तनसम्बन्धी अन्तरसरकारी संयन्त्र (आइपिसिसी)ले दिएको प्रतिवेदनबाट आफूलाई सबैभन्दा…

Read More

बझाङ : धनगढी : बझाङमा जीप दुर्घटना भएको छ। जिल्लाको छबिस पाथिभेरा गाउँपालिका वडा नम्बर १ को गुरेल्थुमा से १ ज ५९३ नम्बरको जीप दुर्घटना भएको हो। जिल्ला प्रहरी कार्यालय, बझाङका अनुसार चैनपुरबाट विद्युतका सामाग्री बोकेर गुरेल्थुमा जाँदै गरेको जीप शनिवार कोल्ढुङ्गा नजिकै दुर्घटना भएको छ। जीपका यात्रु सकुशल रहेका छन्। चालक दिनेश धामीलाई चोट लागेको छ। उनको चैनपुरमा रहेको जिल्ला अस्पतालमा उपचार हुँदैछ।

Read More

धनगढी : सुदूरपश्चिममा एक वर्षमा २५२ नयाँ एचआइभी सङ्क्रमित थपिएका छन्। प्रदेश स्वास्थ्य निर्देशनालय राजपुरको तथ्याङ्क अनुसार एक वर्षमा साढे दुई सय नयाँ एचआइभी सङ्क्रमित सुदूरपश्चिममा फेला परेका हुन्। निर्देशनालयका अनुसार सबैभन्दा बढी कैलालीमा एक सय पाँच, कञ्चनपुरमा ५३, अछाममा २८ र डोटीमा २४ जनामा संक्रमण देखिएको छ । बैतडीमा आठ, बाजुरा, बझाङ र डडेल्धुरामा ६–६ र दार्चुलामा एकजनामा एचआइभी पजिटिभ देखिएको निर्देशनालयको तथ्यांक छ । प्रदेशभरि हालसम्म चार हजार ७१७ जनामा एचआइभी संक्रमण पत्ता लागेकोमा अहिले तीन हजार ६२३ जना उपचारमा छन् । गत आर्थिक वर्षभरि प्रदेशमा एचआइभी सङ्क्रमित २४ महिला, ४३ पुरुष र एक जना यौनिक अल्पसंख्यकको मृत्यु भएको बताइएको छ।

Read More

काठमाडौं : नेपाल प्रहरी २ हजार ९ सय ७८ जना हवल्दारहरुको सरुवा भएको छ । प्रहरी प्रधान कार्यालयले मंसिर महिनादेखिको तलब खाने गरी ती हवल्दारहरुको सरुवा गरेको हो । सूची हेर्न डाउनलोड गर्नुस् : 00hc_saruwaDownload

Read More

काठमाडौँ : हाल देशमा पश्चिमी वायुको आंशिक प्रभाव रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । जसको प्रभावले कोशी र गण्डकी प्रदेशको पहाडी भूभागमा आंशिक बदली रही बाँकी भूभागमा मौसम सामान्यतया सफा रहेको छ। आज दिउँसो कोशी र गण्डकी प्रदेशका पहाडी भूभागमा  आंशिक बदली रही बाँकी भूभागमा मौसम सामान्यतया सफा रहनेछ। कोशी र गण्डकी प्रदेशको  उच्च पहाडी तथा हिमाली भूभागका एक–दुई स्थानमा हल्का हिमपातको सम्भावना रहेको छ। राति  गण्डकी, लुम्बिनी र कर्णाली लगायत बाग्मती, सुदूरपश्चिम र कोशी प्रदेशका पहाडी भूभागमा आंशिक देखि सामान्य बदली रहनेछ। लुम्बिनी प्रदेश लगायत गण्डकी र कर्णाली प्रदेशका पहाडी भूभागका एक–दुई स्थानमा हल्का वर्षाको सम्भावना रहेको छ।…

Read More

कञ्चनपुरः कञ्चनपुरको पुनर्वास नगरपालिकाको नवनिर्मित प्रशासकीय भवनको उद्घाटन गरिएको छ। परराष्ट्र मन्त्री एनपी साउदले शनिवार अपराह्न पुनर्वास नगरपालिकाको नवनिर्मित प्रशासकीय भवनको उद्घाटन गरेका हुन्। १ करोड ६९ लाख २२ हजार ४८० लागतमा भवन निमार्ण गरिएको भवन उद्घाटन गर्दै परराष्ट्र मन्त्री एनपी साउदले तीन वटै तहका सरकारले समन्वय गरेर कार्य गरेमा नागरिकले सहज सेवा पाउने बताए। नगरपालिका र सङ्घीय सरकारको संयुक्त लगानीमा भवन निर्माण गरिएको नगर उपप्रमुख भुलियाकुमारी रानाले बतााइन्। भवन निर्माणसँगै थप प्रशासनिक कामकाज तथा कार्य सम्पादनमा सहजता हुने पुनर्वास नगरपालिकाका नगर प्रमुख तोयप्रसाद शर्माले बताए। भवन अपाङ्गतामैत्री, सुविधायुक्त मिनी सभा हल सहित सम्पूर्ण शाखा एकै भवनमा रहने गरी निर्माण…

Read More

धनगढीः धनगढी उपमहानगरपालिका वडा नम्बर १ पार्कमोडमा रहेको अवैध संरचनामाथि डोजर चलाइएको छ। शनिवार उपमहानगरले स्थानीय दुष्यन्त बस्नेत र प्रदिपकुमार अग्रवालको नाममा दर्ता रहेको जग्गामा अमित प्लाजा रहेको घरमा बनेको अवैध संरचना नगर प्रहरी र डोजरको सहयोगमा भत्काइएको हो। घरधनी बस्नेत र अग्रवालले धनगढी उपमहानगरपालिकाबाट नक्सा पास नगरी घरमा तला थप गरेका थिए । अवैध संरचना हटाएर सडक क्षेत्राधिकार र नाला निकासको अवरोध हटाउन उपमहानगरपालिकाले घरधनीका नाममा मंसिर १४ गते अन्तिम पत्र काटेको छ। सडक चौडा बनाउन र नालीको निकास व्यवस्थित बनाउन अवैध संरचना हटाउनु परेको नगर प्रमुखको सचिवालयले जनाएको छ।

Read More

बुटवल : नेपाली कांग्रेसका वरिष्ठ नेता शेखर कोइरालाले पार्टीको महाअधिवेशन समयमा गर्न आग्रह गरेका छन् । लुम्बिनी प्रदेश नेपाली काँग्रेसको उद्घाटन सत्रमा बोल्दै नेता कोइराला पार्टीको महाधिवेशन समयमा सम्पन्न गरे पार्टीले आगामी चुनाव जित्ने ठोकुवा गरेका हुन् । उनले भने, ‘त्यो पार्टीको अधिवेशन हामीले गर्न सक्यौँ भने २०८४ निर्वाचन हामी जित्ने छौँ । आगामी चुनावमा नेपाली का‌ंग्रेस एक्लै लड्न तयारी अवस्था रहनुपर्छ ।’ कांग्रेस वार्ड, गाउँ, नगर, प्रदेश हुँदै सङ्घसम्म चुनाव जित्नको लागि पार्टी एक ढिक्का भएर जानु पर्ने उनले बताए । उनले भने, ‘हामी एक ढिक्का भयो भने हामीले कसैको सहारा लिनुपर्दैन।’ त्यस्तै नेपाली कांग्रेसलाई संघीयता विरोधी भएको आरोप…

Read More

दार्चुला : दार्चुलाको गोकुलेश्वर विमानस्थलमा माटो भर्ने सिल्याब कल्भर्ट र ग्याभिन जाली राख्ने काम सकिएको छ । डेढ वर्ष अघि देखि केएस कन्सट्रक्सन प्राली धनगढीले विमानस्थल पुनः निर्माण गरेपछि अहिले धावनमार्गमा सिल्याब कल्भर्ट र ग्याभिन जाली राख्ने काम सकिएको कम्पनीका साइट इन्चार्ज राजेन्द्र सिह ऐरले जानकारी दिए । तीन करोड ५८ लाख बजेटमा ठेक्का सम्झौता भएर विमानस्थल पुनःनिर्माण गरिएको उनले बताए । ठेक्का सम्झौताको काम सम्पन्न भएपछि अब विमानस्थलमा ग्राभील र पिच गर्ने काम बाकी रहेको बताइएको छ । विमानस्थलमा माटो भर्ने सिल्याब कल्भर्ट र ग्याभिन जाली राख्ने काम सकिएपछि अब कालोपत्रेको काम सुरु हुने आयोजनाले जनाएको छ । यसका…

Read More

कञ्चनपुर : जिल्लाको बेलौरी नगरपालिकाका १० का कृषि सडक मर्मत नभएको वर्षौं हुदा बाली भित्र्याउन किसान सकस हुन थालेको छ । बेलौरी नगरपालिका -१० भुडाका किसानका खेतसम्म जाने बाटोमा १ फिटभन्दा बढी खाल्डा पर्दा किसानलाई बाली भित्याउन सकस परेको हो । गर्मीयाममा किसानका खेतसम्म जाने बाटो पानी भरिएर नदि बन्न पुगेको थियो । अहिले भने उक्त बाटोमा किसानले खेतमा लगाएको लाही गहुँमा चार्न लगाएको पानी पसेको छ । स्थानीयहरुले पटकपटक जनप्रतिनिधिलाई बाटो मर्मतको लागी पहल गर्दा वेवास्ता गर्ने गरेको बताउछ्न । अहिले उक्त सडकबाट किसानहरुले उखु मिलसम्म पुर्याउन सकस भएकोले जनप्रतिनिधिहरुलाइ पुन : बाटो मर्मतको लागी गुहार गर्न थालेका छन…

Read More