Author: महेन्द्रनगर पोष्ट

डडेल्धुराः भागेश्वोर गाउपालिका वडा न ४ बगरकोट देखि चौड जोड्ने सडक सञ्चालनमा आएको छ। आईतबारबाट सडक सञ्चालनमा आएको हो । यो सडक सञ्चालनमा आए सङ्गै अब वडा न। ४ का सबै गाउँमा सडक पुगेको भागेश्वोर गाउँपालिका वडा न।४ का अध्यक्ष बसन्त राज चटौतले बताए । ५ लाख लागतमा सडक निमार्ण कार्य सम्पन्न भएको पनि उनले बताए । सडक सञ्चालनमा आएपछि वडा तथा गाउँपालिकाको सरकारी कामकाज गर्न सजह हुने हुँदा निकै सुखी लागेको स्थानीय दान सिंह बोहराले बताए। डडेल्धुरा सदरमुकाम देखि चिरकिटे हुदै चौड जोड्ने सडक पहिले नै सञ्चालनमा रहेको छ । तर यता गाउँपालिकाको केन्द्र बगरकोटबाट चौड जोड्ने सडक नहुदाँ…

Read More

डडेल्धुरा : डडेल्धुरामा इसाई धर्म प्रचार गरिरहेको पाइएपछि प्रहरीले विदेशी नागरिकलाई नियन्त्रणमा लिएर प्रचार सामग्रीसहितका किताब बरामद गरेको छ । जिल्लाको भागेश्वर गाउँपालिकामा धर्म प्रचार गरिरहेको अवस्थामा पर्यटन भिषामा नेपाल आएका स्विटजरल्याण्डकी Simon Lea Merz, नेदरल्याण्डकी Hannah Dorothe Vink, Adriana Johanna Matia van de Weerd को साथबाट प्रहरीले किताब बरामद गरेको हो किताब मात्रै नियन्त्रणमा लिएर उनीहरुलाई सम्झाइबुझाई गरेर छाडिएको प्रहरीले जनाएको छ । उनीहरुले विपन्न वर्ग तथा अशक्त, असहायहरुलाई आर्थिक सहयोग गर्ने, विभिन्न प्रलोभन देखाएर इसाई धर्म अवलम्बन गर्न लगाउने गर्दै आएका थिए । इसाई धर्म अवलम्बन गरेमा पाप मोक्ष हुने, दीर्घरोग निको हुने जस्ता आश्वासनमार्फत धर्मान्तरणका लागि उत्प्रेरित…

Read More

काठमाडौं : जिपको गेयरबक्समा सुन राखेर ओसार्दै गरेको अवस्थामा पक्राउ परेका तीन जना नेपालीपछि एक जना चिनियाँ समातिएका छन् । रसुवाको केरुङ नाका हुँदै भन्सार छलेर सुन तस्करी गर्दै काठमाडौं ल्याउने क्रममा गत बिहीबार थानकोटमा दुई केजी सुन फेला परेको थियो । प्रहरीले काठमाडौंतर्फ आउँदै गरेको बागमती प्रदेश ०१–०२८ च २६९७ नम्बरको जिपको गेयर बक्समा दुई किलो सुन भेट्टाएको थियो । लगत्तै तीन जना नेपालीलाई पक्राउ गरे पनि चिनियाँ नागरिक भागेका थिए । भोलिपल्ट पक्राउ परेका चिनियाँ नागरिक २७ वर्षे चेन चिवीलाई प्रहरी परिसर टेकू पुर्याइएको छ । उनी काठमाडौंको सोह्रखुट्टेमा बस्दै आएको प्रहरीको भनाई छ ।

Read More

धनगढी : धनगढीको ऐश्वर्य बहुमुखी क्याम्पसका तीन जना प्राध्यापकको राजीनामा माग गरेका छन् । आइतवार स्वतन्त्र विद्यार्थी युनियनका उपाध्यक्ष कमल न्यौपानेलाई भौतिक आक्रमण, गालीगलौज र धम्की दिएको भन्दै तीनै जना प्राध्यापकको राजीनामा माग गरेका हुन् । मंसिर २२ गते क्याम्पसमा पठनपाठन अवरुद्ध गरेर क्याम्पसकै एक जना प्राध्यापकको विहेको भोज खान सम्पूर्ण प्राध्यापकहरू क्याम्पसको बस प्रयोग गरेर गएको भन्दै सामाजिक सञ्जालमा लेखेको भन्दै तीन जना प्राध्यापकले न्यौपानेलाई दुर्व्यवहार गरिएको स्ववियु अध्यक्ष कुबेर खड्काले जारी गरेको विज्ञप्तिमा उल्लेख गरिएको छ । यस्तै, अखिल नेपाल राष्ट्रिय स्वतन्त्र विद्यार्थी युनियन ऐश्वर्य क्याम्पस इकाइ कमिटीले निकालेको विज्ञप्तिमा सहायक क्याम्पस प्रमुख नरेश पन्त, विभागीय प्रमुख खेमराज…

Read More

बझाङ : डोटी र बझाङमा दुई जना मृत अवस्थामा फेला परेका छन् । बझाङको केदारस्युँ गाउँपालिका–१ बिलैका २५ वर्षीय रामकुमार भण्डारी मृत अवस्थामा फेला परेका हुन् । शनिबार आफ्नै खेतमा सिँचाई गर्न गएका उनी सोही स्थानको चौडाम बगरको कान्द्वाल भन्ने भिरमा मृत अवस्थामा फेला परेको जिल्ला प्रहरी कार्यालय बझाङले जनाएको छ । यस्तै डोटीको जोरायल गाउँपालिका–१ स्थित सिद्धबाबा मन्दिर नजिकैको खोलामा पुरुषको शव फेला परेको हो। शनिबार साँझ पहिचान नखुलेको अवस्थामा पुरुषको शव फेला परेको वडा अध्यक्ष जगतबहादुर मल्लले बताए । जङ्गलमा घाँस काट्न गएका महिलाहरुले शव देखेपछि खबर गरेका थिए ।

Read More

धनगढीः कैलालीको धनगढी उपमहानगरपालिकाका विभिन्न ठाउँबाट अवैध सामान बरामद गरिएको छ। आइतवार धनगढी उपमहानगरपालिका–३ ट्राफिक चोकबाट भन्सार छली ल्याएका अन्दाजी करिब ४२ हजार १३० मुल्य बराबरको चिनी, मिश्री,नरिवल, खुर्सानी, ललिपप,मटर लगायतका सामान प्रहरीले बरामद गरेको हो। यस्तै धनगढी उपमहानगरपालिका–२ कटानबाट करिब १६ हजार चार सय मुल्य बराबरको चनी, बिडी, सुर्ती, मिठाई, नरिवल, बिष्कुट लगायतका सामान बरामद गरेको जिल्ला प्रहरी कार्यालय कैलालीले जानकारी दिएको छ।

Read More

कञ्चनपुरः शिवशिखर वहुउद्देश्यीय सहकारीमा कार्यरत चार जना कर्मचारलाई प्रहरीले पक्राउ गरेको छ। शिवशिखरको शाखा कार्यालय महेन्द्रनगरमा कार्यरत ४ जना कर्मचारीलाई ठगी गरेको आरोपमा प्रहरीले पक्राउ गरेको हो। पक्राउ पर्नेमा सहकारीमा कार्यरत गीता शर्मा, केदारनाथ शर्मा, पुस्कर मल्ल र अमिसराज भण्डारी रहेका छन्। पक्राउ परेका ४ जनालाई नियन्त्रणमा लिएर थप अनुसन्धान अगाडी बढाएको जिल्ला प्रहरी कार्यालय कञ्चनपुरले जनाएको छ। महेन्द्रनगर, त्रिभुवनबस्ती र बेलौरीका वचत कर्ताहरुले आफुले जम्मा गरेको रकम सहकारीका कर्मचारीले हिनामिना गरेको भन्दै जिल्ला प्रहरी कार्यालय कञ्चनपुरमा मुद्दा दर्ता गरेका थिए। सहकारी विरुद्ध कञ्चनपुरका तीन हजार ६ सय ७१ जना बचतकर्ताले मुद्दा दर्ता गराएका छन्। उक्त सहकारीका सञ्चालक समितिका पदाधिकारी…

Read More

चितवन : चितवन राष्ट्रिय निकुञ्जले जङ्गली हात्ती ध्रुवेलाई रेडियो कलर जडान गर्ने भएको छ । वन क्षेत्रबाट बस्ती प्रवेश गर्न थालेपछि निकुञ्जले हात्तीलाई रेडियोकलर जडान गरेर निगरानी गर्न लागेको हो । विगत केही वर्षयता शान्त रहेको ध्रुवे तिहारअघिबाट बस्तीमा पस्न थालेको निकुञ्जका सूचना अधिकारी गणेशप्रसाद तिवारीले जानकारी दिए। उनका अनुसार रेडियो कलर जडानका लागि निकुञ्जका वरिष्ठ पशु चिकित्सक डा विजयकुमार श्रेष्ठको नेतृत्वमा प्राविधिक टोली परिचालन गरिएको छ । हात्तीलाई रेडियोकलर जडान गर्नका आवश्यकताअनुसार जनशक्ति परिचालन गर्ने गरी टोली खटाइएको छ । उनले भने “हात्ती देखिएमा खबर गर्न निकुञ्ज आसपास बसोबास गर्दै आएका समुदाय र निकुञ्ज सुरक्षार्थ रहेका सेनाको पोष्टमा सूचना…

Read More

काठमाडौँ : प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’का प्रमुख राजनीतिक सल्लाहकार हरिबोल गजुरेलले राजीनामा दिएका छन् । उनले आफूले २० गते नै राजीनामा बझाएको बताए । तर, उनको राजीनामा स्वीकृत भएको छैन । उनलाई प्रधानमन्त्री प्रचण्डले ०७९ माघ ९ गते नियुक्त गरेका थिए ।

Read More

काठमाडौं : एक जना जनप्रतिनिधि परस्त्रीसँग आपत्तिजनक (शारीरिक सम्बन्ध राखिरहेको) अवस्थामा पक्राउ परेका छन्। सुनसरीको रामधुनी नगरपालिका–७ का वडाध्यक्ष केशव गौतम अर्की महिलासँग सम्बन्ध राखिरहँदा रंगेहात पक्राउ परेका हुन्। नेकपा एमालेका स्थानीय नेतासमेत रहेका गौतमलाई एक विवाहित महिलासँग अनैतिक सम्बन्ध राखिरहेको अवस्थामा रंगेहात पक्राउ गरिएको बताइएको छ। उनलाई धरान उप–महानगरपालिका–१२ स्थित शुभकामना होटलबाट हिजो दिउँसो पक्राउ गरिएको इलाका प्रहरी कार्यालय, धरानका प्रहरी नायव उपरीक्षक (डिएसपी) नवराज मल्लले बताए। उनका अनुसार वडाध्यक्ष गौतमसँग सोधपुछ भइरहेको छ। ती महिलाको श्रीमानले दिएको सूचनाकै आधारमा उनी पक्राउ परेका हुन्। एमाले सुनसरी जिल्ला कमिटी सदस्यसमेत रहेका गौतम २०७४ को स्थानीय तहको निर्वाचनमा समेत निर्वाचित भएका…

Read More