Author: महेन्द्रनगर पोष्ट

धनगढी: बैतडीको सुर्नया गाउँपालिका-३ मा एक महिलाको हत्या गरिएको छ। सुर्नया गाउँपालिका-३ को बिजुल भन्ने ठाउँका अन्दाजी २९ वर्षीय तेजबहादुर चन्दले सोही ठाउँकी ५६ वर्षीया हरिना बिष्टको बीभत्स हत्या गरेका हुन्। प्रहरीका अनुसार मानसिक सन्तुलन ठीक नभएका चन्दले बिष्टको घरमै गएर मंगलबार दिउँसो धारिलो हतियार प्रयोग बीभत्स हत्या गरेका हुन्। घरमा महिला एक्लै भएको मौका छोपेका चन्दले ती महिलालाई लखेटेका थिए। त्यसपछि ती महिला घरभित्र पसेकी थिइन्। चन्दले सब्बलको प्रयोग गरी ढोका फोडेर भित्रै गई सब्बल र हसिया प्रयोग गरी हत्या गरको स्थानीय भुवन भट्टले जानकारी दिए। चन्दले २ बाख्रा पनि काटिदिएको उनले बताए।आरोपित चन्द अहिले पक्राउ परेको जिल्ला प्रहरी…

Read More

धनगढी : कैलालीको धनगढीमा जारि लिटल फ्लावर प्रिमियर लिग (एलपिएल) को मंगलबार सम्पन्न दुई खेलमा शुक्लाफाँटा ब्ल्याकबक्स फाउन्डेसन र धनगढी क्रिकेट एकेडेमी विजयी भएका छन् । शुक्लाफाँटाले कैलाली जिल्ला क्रिकेट क्लबलाई तथा धनगढीले शारदा सेकेण्डरी स्कुललाई पराजित गर्यो । आज सम्पन्न पहिलो खेलमा शुक्लाफांटा ब्ल्याकबक्स फाउन्डेसनले कैलाली जिल्ला क्रिकेट क्लबलाई ९० रनले पराजित गर्यो । समुह चरणमा सबै ३ खेल खेल्दा २ जित र १ हार बेहोरेको शुक्लाफांटाले समुह एु बाट सेमीफाइनल सम्भावना जिवितै राखेको छ । दुवै खेल जितेको धनगढी स्पोर्ट्स क्लब अन्तिम खेलमा खप्तड इन्डोरसंग पराजित भएको खण्डमा शुक्लाफांटा र धनगढी मध्ये नेट रन रेटमा अघि हुने टिम…

Read More

काठमाडौँ: विशेष अदालत काठमाडौँले नेपाल बैंक लिमिटेड डिल्लीबजार शाखाका तत्कालीन शाखा प्रबन्धक भुपराज कोइरालालाई भ्रष्टाचार मुद्दामा दोषी ठहर गरेको छ। न्यायाधीशहरू खुशीप्रसाद थारु, रामबहादुर थापा, मुरारीबाबु श्रेष्ठको इजलासले बिहीबार कसुर ठहर गरेको हो। कोइरालाको मुद्दामा कसुर ठहर भएको र सजाय निर्धारणका लागि पुस ११ मा इजलासमा पेश गर्ने आदेश भएको विशेष अदालते जनाएको छ । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले बैंकमा कार्यरत कोइरालालाई बैङ्कको सिस्टम ह्याक गर्ने, बैंकमा जम्मा गर्नुपर्ने व्याज आफ्नो निजी खातामा जम्मा गरी भ्रष्टाचार गरेको आरोप लगाउँदै २०७७ असार ३१ मा मुद्दा दर्ता गरेको थियो। नेपाल बैंक लिमिटेडको काठमाडौँको बैङ्किङ अफिस र डिल्लीबजार शाखामा कार्यरत रहेका कोइरालाले बैङ्किङ…

Read More

धनगढी : इजरायलमा मारिएका विद्यार्थीका परिवारलाई सुदूरपश्चिम प्रदेश सरकारले दुई लाखका दरले आर्थिक सहयोग गरेको छ । प्रदेश सरकारले मृतकका परिवारलाई प्रदान गर्ने भनि घोषणा गरेको रकम मंगलबार हस्तान्तरण गरेको हो । कैलालीको टिकापुरमा आयोजना गरिएको कार्यक्रममा प्रदेश सरकारका आन्तरिक मामिला मन्त्री शिवराज भट्टले मृतकका परिवारलाई सहयोग रकम हस्तान्तरण गरेका हुन् । प्रदेशका मुख्यमन्त्री कमलबहादुर शाह र नेपालका लागि इजरायलका राजदुत हनन गोडेर गोल्डवेरगरको उपस्थितीमा मन्त्री भट्टले ७ जना मृतकका परिवारलाई सहयोग वापतको चेक हस्तान्तरण गरेका हुन् । ७ अक्टोबरमा इजरायलमा हमासले गरेको आक्रमणमा लर्न एण्ड अर्न कार्यक्रम अन्तरगत सुदुरपश्चिम विश्वविद्यालयबाट गएका १० जना विद्यार्थीको मृत्यु भएको थियो । उनीहरु…

Read More

धनगढी : रुपेश विष्ट नेपाल पुलिस क्लबको महिला टोलीका प्रमुख प्रशिक्षक हुन । अहिले उनकै प्रशिक्षणमा नेपाल पुलिस क्लबले नेपालको घरेलु मैदानमा हुने धेरैजसो खेलमा आफ्नो पक्कड जमाउँदै उपाधि रक्षा गर्ने गरेको छ। अन्य टोलीले समेत पुलिस लाई आफ्नो प्रमुख दाबेदारको रूपमा लिन थालेका छन् ।केही वर्ष अघि सम्म नयाँ खेलाडी नहुँदा उपाधि जित्न सकस भइरहेको बेला रुपेशले अहिले दिन प्रतिदिन सफलता हात पार्दै गइरहेका छन् । टोलीमा भएका सिनियर खेलाडीहरू खेलबाट बिदा लिने अवस्था र नयाँ खेलाडी उत्पादन गरी टोली लाई अगाडि बढाउनु पर्ने जिम्मेवारी प्रशिक्षक बिस्टको काँधमा थियो,र त्यो जिम्मेवारी पूरा गर्न उनलाई समय लाग्यो । तर असम्भव…

Read More

बैतडी : बैतडीको सुर्नया गाउँपालिका–३ मा एक महिलिाको बीभत्स हत्या गरिएको छ । सुर्नया गाउँपालिका वडा नं ३ को बिजुल भन्ने ठाउँका अन्ताजी ३२ वर्षीया तेज बहादुर चन्दले सोही ठाउँकी ६१ वर्षीया हरिना बिष्टलाई आज दिउँसो धारिलो हतियार प्रयोग गरी विभत्स हत्या गरेका हुन् । बिष्टको शव क्षतबिक्षत अवस्थामा घरको ढोकामा रहेको छ । घटनापछि स्थानीयहरु त्रसित बनेका छन् । घटनास्थलमा प्रहरी गइरहेको छ । चन्द भने फरार छन् । मानसिक सन्तुलन ठिक नभएका चन्दले बिष्टको घरमै गएर सब्बल, हसिया लगायतका धारिलो हतियार प्रयोग गरेर विभत्स हत्या गरेका हुन् । घरमा कोही नभएको मौका छोपेर गएका च्नदले बिष्टको हत्या गरेपछि…

Read More

काठमाडौं : अबैध रूपमा प्राकृतिक दोहन गर्ने ५६ सवारीसाधन प्रहरीले नियन्त्रणमा लिएको छ। जिल्ला प्रहरी कार्यालय, कास्कीले जिल्लाका विभिन्न स्थानबाट मंगलबार ५६ सवारीसाधन नियन्त्रणमा लिएको हो। प्राकृतिक नदिजन्य पदार्थ ढुङ्गा, गिट्टी, बालुवा उत्खनन गरी फर्जी बिल समेत बनाई चोरी निकासी भई रहेको भन्ने स्थानीय जनगुनासो तथा सूचनाको आधारमा नियन्त्रणमा लिएको कास्की प्रहरीले जनाएको छ। अवैध रुपमा नदिजन्य पदार्थ ढुङगा, गिट्टी, बालुवा, ओसारपसार गर्ने, भ्याट्बिल नभएका, कागजपत्र नभएका, फर्जिबिल बनाएका बिभिन्न ५६ वटा सवारी साधन (ट्रक, टिप्पर, ट्याक्टर) नियन्त्रणमा लिई कास्की प्रहरीले आवश्यक कारवाहीको लागि पोखरा महानगरपालिकामा पठाएको छ

Read More

पाकिस्तान : पाकिस्तानी सेनाको आधार शिविरमा मङ्गलबार भएको आत्मघाती बम आक्रमणमा परी कम्तीमा २३ जनाको मृत्यु भएको छ । आक्रमणको जिम्मेवारी पाकिस्तानी तालीवानले लिएको छ । परिचय नखुलाउने शर्तमा एकजना स्थानीय अधिकारीले अफगानिस्तानको सीमा नजिकै खैबर पख्तुन्ख्या प्रान्तको डेरा स्माइल खान जिल्लास्थित शिविरलाई लक्षित गर्दे बिहानको समयमा आक्रमण भएको बताएका छन् । उनका अनुसार सेनाहरू सुतिरहेको अवस्थामा आक्रमण भएकाले सेनाहरु सिभिल पोसाकमै थिए । अधिकांश मृतक सैन्य कर्मचारी भएको अनुमान गरिएको भए तापनि, मृतृककहरूको पहिचान खुल्ने क्रम जारी रहेको छ । विस्फोटक पदार्थले भरिएको गाडीले अस्थायी सैन्य आधारमा आक्रमण गराउदा अन्य २७ जना घाइते भएको समेत बताइएको छ । विस्फोटको…

Read More

काठमाडौं :नेपाल आयल निगमका कार्यकारी निर्देशक उमेश प्रसाद थानीले पदबाट राजिनामा दिएका छन्। थामीले आफ्नो पदबाट राजीनामा दिएको पत्र उद्योग वाणिज्य तथा आपूर्तिमन्त्री रमेश रिजालसमक्ष पेस गरेका हुन्। मन्त्री निकट स्रोतका अनुसार थानीले पत्रमा कुनै कारण खुलाएका छैनन्। सरकारले २०७८ फागुन २६ गतेको निगमको कार्यकारी निर्देशकमा थानीलाई तीन वर्षका लागि नियुक्त गरेको थियो। उनले १५ महिना कार्यकाल बाँकी छँदै राजीनामा दिएका हुन्।

Read More

काठमाडौं : फर्जी कागजात बनाएर भिजिट भिसामा विदेश पठाउने गिरोहसँग ‘मिलेमतो’ गरेको आरोपमा प्रहरीले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा कार्यरत एकजना अधिकृतलाई पक्राउ गरेको छ। नेपाल वायुसेवा निगममा कार्यरत अधिकृत होमनाथ पोखरेललाई पक्राउ गरिएको उपत्यका अपराध अनुसन्धान कार्यालयका एकजना अधिकृतले बताए । झापाको कमल गाउँपालिका–२ घर भएका पोखरेल हाल काठमाडौँ महानगरपालिका–१० मा बस्छन्। भिजिट भिसामा विदेश जानेहरुसँग फेला परेका शंकास्पद कागजात अनुसन्धान गर्दै जाँदा प्रहरी फर्जी कागजात बनाउने गिरोहको कारखानासम्म पुगेको हो। एक हजार ३२ थान शंकास्पद पर्यटक प्रवेशाज्ञा माथि उपत्यका अपराध अनुसन्धान कार्यालयले अनुसन्धान गरिरहेको छ। सो कागजातबारे अनुसन्धान गर्दा गिरोहले फर्जी कागजात बनाएर पर्यटक भिसा लगाएर सर्वसाधारणलाई विदेश पठाउने गरेको…

Read More