काठमाडौं : कोलोराडो सर्वोच्च अदालतले पूर्व राष्ट्रपति डोनाल्ड ट्रम्पलाई सन् २०२४ को राष्ट्रपति चुनावबाट हटाएको छ। आगामी चुनावमा राष्ट्रपतिको प्रमुख दाबेदार मानिएका ट्रम्पलाई अमेरिकी संविधानको विद्रोह खण्डलाई उद्धृत गर्दै चुनावबाटै हटाएको हो। ट्रम्प अमेरिकी संविधानको १४ औँ संशोधनको धारा ३ का कारण योग्य उम्मेदवार नभएको अदालतको भनाइ छ। तर, यो निर्णयमा ट्रम्पले अपिल गर्न पाउनेछन्। यसअघि अरु राज्यहरुमा ट्रम्पलाई चुनावी दौडबाट निकाल्ने प्रयासहरु असफल भएका थिए।सन् २०२१ मा अमेरिकी संसदमा भएको आक्रमणमा जिम्मेवार भएका कारण उनी चुनावमा भाग लिन नपाउने कोलोराडोको सर्वोच्च अदालतको निर्णयमा भनिएको छ। अमेरिकामा यसै हप्ता भएका सर्वेक्षणहरुले आउँदो वर्ष हुने राष्ट्रपति चुनावमा वर्तमान राष्ट्रपति जो वाइडेनभन्दा…
Author: महेन्द्रनगर पोष्ट
धनगढीः कैलालीमा लागुऔषधसहित एक युवक पक्राउ परेका छन्। जिल्लाको भजनी नगरपालिका–३ ठेकीपुल नजिक भित्री सडक खण्डबाट ६ ग्राम ७५ मिलिग्राम खैरो हेरोइनसहित भजनी नगरपालिका–१ बस्ने २९ वर्षीय कुमाल मंगलवार पक्राउ परेका हुन्। सुदूरपश्चिम प्रदेश प्रहरी कार्यालय धनगढीबाट खटिएको प्रहरी टोलीले चेकजाँच गर्दा कुमालको साथबाट लागुऔषध फेला पारी पक्राउ गरेको जनाएको छ। उनले प्रयोग गरेको मोटरसाइकल एक थानसहित पक्राउ गरी यस सम्बन्धमा थप अनुसन्धान गरिरहेको सुदूरपश्चिम प्रदेश प्रहरी कार्यालय धनगढीले जनाएको छ।
धनगढीः कैलालीको सामुदायिक वनमा एक पुरुष मृत अवस्थामा फेला परेका छन्। जिल्लाको घोडाघोडी नगरपालिका-१ लक्ष्मीपुर बस्ने ७३ वर्षीय गंगाधर गौतम मृत फेला परेका हुन्। सोही ठाँउस्थित शिवशक्ति सामुदायिक वनमा मंगलवार दिउँसो गौतम मृत अवस्थामा फेला परेको इलाका प्रहरी कार्यालय सुखडले जनाएको छ। यस सम्बन्धमा इलाका प्रहरी कार्यालय सुखडबाट आवश्यक अनुसन्धान भइरहेको बताएको छ।
डडेल्धुराः युवा समाजसेवी विनयप्रकाश मल्लले विद्यालयलाई आर्थिक सहयोग गरेका छन्। उनले जिल्लाको भागेश्वर गाउँपालिका–२ पालमा रहेको रुपाल बहुमुखी क्याम्पस स्थापनाका लागि ५० हजार सहयोग गरेका हुन्। डडेल्धुरा घर भई जापानमा रहेका समाजसेवी मल्ल डडेल्धुराका दुखी, पीडित, गरिव, विपन्न वर्ग साथै विद्यालयलाई सहयोग गर्दै आएका छन्। उनले हालसम्म १ करोड भन्दा बढिको सेवा गरिसकेका छन्। उनले डडेल्धुराका विद्यालयमा छात्रवृद्धिका लागि अक्षयकोष समेत स्थापना समेत गरेका छन्। युवालाई सीप सिकाएर जापानमा रोजगारीको अवसर समेत दिंदै आएका छन्।
धनगढी : आफ्नै छोरीमाथि जबर्जस्ती करणीको प्रयास गर्ने धनगढीका एक पूर्व प्रहरी अर्थात् रिटायर्ड सईलाई पक्राउ कारागार चलान गरिएको छ। गत असोजमा जिल्ला प्रहरी कार्यालय कैलालीमा धनगढीकै पन्त थरका ती अन्दाजी ५० वर्षीय रिटायर्ड सईले करणी प्रयास गरेको भन्दै अन्दाजी २२ वर्षीय छोरीले उजुरी दिएकी थिइन्। त्यसपछि फरार रहेका उनलाई पक्राउ गरि जिल्ला अदालत कैलालीमा मुद्दा दर्ता गरिएको थियो। अस्ति अदालतमा जबर्जस्ती करणी उद्योग शिर्षकमा मुद्दा दर्ता भएकोमा हिजो मंगलबार अदालतले उनलाई पुर्पक्षका कारागार चलान गर्ने आदेश दिएको सरकार वकिलको कार्यालयले जनाएको छ। काठमाडौंमा पढ्दै जागिर गर्ने ती युवती धनगढी (घर) आएकी थिइन्। घर आएकी छोरीलाई पन्तले करणी प्रयास गरेका…
काठमाडौ: लोक सेवा आयोगले परीक्षामा अमर्यादित क्रियाकलाप गरेको भन्दै तीन जना परीक्षार्थीलाई कारबाही गरेको छ। आयोगले विभिन्न पदका लागि लिएको लिखित परीक्षामा अमर्यादित क्रियाकलाप गरेको भन्दै तीन जनाको परीक्षा रद्द गरेको हो। महेन्द्रनगरमा लिइएको परीक्षामा दिवाकर सापकोटालाई सहायक केन्द्राध्यक्ष र निरीक्षकले खाली पाना कलमले काट्नु भनेकोमा उत्तर पुस्तिकाको खाली पाना च्यातेको भन्दै परीक्षा रद्द गरेको आयोगले जनाएको छ। त्यस्तै जलेश्वरबाट खरिदार पदका उम्मेदवार विनोद बाबु शर्माको समेत परीक्षा रद्ध गरेको छ। उनले उत्तर पुस्तिकामा सहयोगी लेखक र उम्मेदवार दुवैले उत्तर लेखेको भन्दै आयोगले परीक्षा रद्द गरेको हो। काठमाडौँमा लिइएको अमिनको परीक्षामा दाहिने कानमा इयरफोन लगाई मोबाइलबाट सम्पर्क गरी उत्तर लेखेको…
धनगढी : सुदुरपश्चिमको पर्यटन प्रवर्द्धन गर्न पुनः पोखरा-धनगढी सिधा हवाई सेवा सञ्चालन गर्नुपर्ने व्यावसायीहरूले माग गरेका छन्। पोखराबाट सुरु भएको जाउँ है पोखरा अभियानअन्तर्गत सोमबार पोखरा र धनगढीका पर्यटन व्यवसायीसहित विभिन्न संघ संस्थाका प्रतिनिधिबिच भएको छलफलमा सहभागीहरूले सो कुरा बताएका हुन्। सुदूरपश्चिमबाट भारतीयसहितका अन्य पर्यटकलाई लक्षित गरी धनगढी–पोखरा सिधा हवाई उडान पुनः नियमित सञ्चालन गर्न सके दुवैतर्फ पर्यटक भित्र्याउन सकिने व्यवसायीहरूले बताएका छन्। केही समयअघि धनगढी–पोखरा बुद्ध एयरलाइन्सले सिधा हवाइ उडान सुरु गरे पनि कोभिडपछि उक्त सेवा हाल स्थगित भएकोले पोखरा धनगढीको पर्यटन प्रवर्द्धन प्रभावित भएको व्यवसायीहरूको गुनासो छ। हवाई सेवा भएमा भारतको सीमावर्ती क्षेत्र उत्तराखण्डलगायतका क्षेत्रबाट आउने पर्यटकलाई सुदूरपश्चिम…
धनगढी : कैलालीमा माेटरसाइकल दुर्घटना हुँदा एक जनाकाे मृत्युु भएको छ । पूर्वपश्चिम राजमार्ग अन्तरगत घाेडाघाेडी नगरपालिका-१ स्थित जंगल रिसाेर्ट नजिकै सुपप्र ०१०१० प ५०७० नम्बरको माेटरसाइकल दुर्घटना भएकाे प्रदेश ट्राफिक प्रहरी कार्यालय अत्तरियाले जनाएको छ । दुर्घटनामा माेटरसाइकल चालक घाेडाघाेडी नगरपालिका-२ बिशाल चाेक बस्ने अन्दाजी ३० वर्षीय भाेजबहादुर शाहीकाे मृत्युु भएकाे हाे । गम्भीर घाइते भएका शाहीकाे उपचारका क्रममा धनगढीकाे निसर्ग अस्पतालमा मृत्यु भएकाे प्रहरीले जनाएको छ । माेटरसाइकल आफै अनियन्त्रित भएर दुर्घटना भएकाे प्रहरीकाे भनाइ छ ।
धनगढी: नेपाल प्रहरीका एक हवल्दारलाई भारतमा अभद्र व्यवहार गरिएको छ। मंगलबार कञ्चनपुर पारी नेपाल-भारत सीमाको बजार गौरिफन्टामा हवल्दारलाई अभद्र व्यवहार गरिएको हो। सुरक्षा स्रोतका अनुसार प्रहरी चौकी डोकेबजारमा कार्यरत प्रहरी हवल्दार विवेक कोलीलाई भारतीय क्षेत्रमा त्यहाँका स्थानीयले अभद्र व्यवहार गरेका हुन्। एक गुप्ता थरका तस्करले आफूलाई नेपालमा ती हवल्दारले चेकजाँच गर्ने गरेको निहुँमा भारतीय बजारमा अभद्र व्यवहार गरेको बताइएको छ। नेपाल प्रहरीको ड्रेसमै पारी छिरेका हवल्दारलाई अभद्र व्यवहार भएको हो। उनी आफन्तलाई बससम्म छोड्न गौरीफन्टाको बसपार्कसम्म पुगेका थिए। उनलाई त्यहीँबेला यस्तो भएको बताइन्छ। तर पछि त्यहाँको प्रहरीले निज अभद्र व्यवहार गर्नेलाई माफी मगाएर घटना मिलाएको बुझिएको छ।
काठमाडौँ : हाल नेपालमा पश्चिमी वायुको आंशिक प्रभाव रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ। जसको प्रभावले हाल देशका पहाडी भूभागमा आंशिक बदली रही बाँकी भूभागमा मौसम सामान्यतया सफा रहेको छ। दिउँसो देशभर आंशिक बदली देखि सामान्यतया सफा रहनेछ। राति पनि देशभर आंशिक बदली देखि सामान्यतया सफा रहने महाशाखाले जनाएको छ।