Author: महेन्द्रनगर पोष्ट

धनगढी: कैलालीको कैलारी गाउँपालिकाको एक वडा कार्यालयमा स्थानीयले तालाबन्दी गरेका छन्। वडा कार्यालयमा अनियमितता बढेको र वडाध्यक्षले गलत विधि प्रक्रिया अनुसार काम बढाएको भन्दै स्थानीयले वडा नं. ९ को कार्यालयमा तालाबन्दी गरेका हुन्। वडाध्यक्ष खेमराज चौधरीले तालतलैयाको ठेक्का, खानेपानी, सिँचाइ कुलो, उपभोक्ता समिति निर्माण, खानेपानी, विद्युत् विस्तारलगायत गतिविधिमा मनलाग्दी गर्दै आएको स्थानीयको आरोप छ। उता, गाउँपालिका अध्यक्ष राजसमझ चौधरीले आफूले पनि तालाबन्दी भएको खबर सुनेको बताए। वार्ताको माध्यमबाट समस्या निकास निकाल्ने उनले बताए।

Read More

कैलारी : कैलाली कैलारी गाउँपालिकाको ९ नम्बर वडा कार्यालयमा तालाबन्दी गरिएको छ। वडाध्यक्षले गलत विधि प्रक्रिया अनुसार काम बढाएको र वडा कार्यालयको हरेक काममा अनियमितता बढेको भन्दै स्थानीयले नाराबाजीसहित कार्यालयमा तालाबन्दी गरेका हुन्। स्थानीय कमलसिंह रानाले वडाध्यक्ष खेमराज चौधरीले तालतलैयाको ठेक्का, खानेपानी, सिँचाइ कुलो, उपभोक्ता समिति निर्माण, खानेपानी, विद्युत् विस्तारलगायत गतिविधिमा मनलाग्दी गर्दै आएको बताए। वडाध्यक्ष खेमराज चौधरी हाल सम्पर्कविहीन छन्। गाउँपालिका अध्यक्ष राजसमझ चौधरीले वार्ताको माध्यमबाट समस्या निकास निकाल्ने बताएका छन्।

Read More

कञ्चनपुर: व्यावसायिक तरकारी खेतीमा संलग्न किसानलाई शुक्लाफाँटा नगरपालिकाले ५० प्रतिशत अनुदानमा उन्नतजातको आलुको बीउ वितरण गरेको छ। आलुखेतीलाई प्रवर्द्धन गर्ने उद्देश्यले नगरपालिकाको कृषि विकास शाखाले एक सय २० किसानलाई एक सय क्विन्टल आलुको बीउ वितरण गरेको हो। वडा कार्यालयले तीन वर्षदेखि निरन्तररूपमा व्यावसायिक तरकारी खेतीमा संलग्न किसानको नाम छनोट गरी पठाएपछि सोही आधारमा आलुको बीउ वितरण गरिएको कृषि विकास शाखका प्रमुख करनसिंह बुढा ऐरले बताए। “छनोटमा परेका नगरपालिकाको १२ वटै वडाका आठ किसानलाई एक क्विनटलका दरले आलुको बीउ वितरण गरेका छौँ”, उनले भने, “वडाका दुई जना किसानलाई आलुको मूल बीउ एक सय ५० दानाका दरले वितरण गरिएको छ।” शिलबन्दी दरभाउ…

Read More

कैलाली: कैलालीमा चोरी मुद्धाका फरार प्रतिवादी १३ वर्षपछि पक्राउ परेका छन्। गोदावरी नगरपालिका–२ तेघरीका ३६ वर्षीय रक्कील मगरलाई इलाका प्रहरी कार्यालय मालाखेतीबाट खटिएको प्रहरी टोलीले सोमवार घरको ठेगानाबाट फेला पारी पक्राउ गरेको बताएको छ। जिल्ला अदालत कैलालीले चोरी मुद्धामा २०६७ असार ३१ गते ११ हजार २ सय ५० रुपैँया जरिवाना र १ महिना कैद सजाय तोकेपछि उनी फरार रहेका थिए। उनलाई आवश्यक कारबाहीको लागि अदालतमा पेश गरिएको प्रहरीले जनाएको छ।

Read More

काठमाडौं: केही दिनयता कैलालीको जोशीपुर गाउँपालिका अध्यक्ष चित्रबहादुर थारुले नाचेको भिडियो सामाजिक सञ्जालमा भाइरल भएको छ। उक्त भिडियोमा उनी हातमा रक्सीको बोतल समातेकी एक युवतीलाई ‘ग्वाम्मै’ अँगालो मारेर नाचेको देख्न सकिन्छ। त्यो डान्सपार्टी पालिकाकै एक सामुदायिक वन समितिको भवनभित्र हलमा भएको खुलेको छ। उक्त भिडियो भाइरल भएपछि विभिन्न व्यक्तिले उनीमाथि प्रश्न सोझाएका छन्। उनले आफ्नो संस्कृतिको जर्गेना गर्नुको साटो त्यसरी ‘पिउँदिन भन्दाभन्दै पिलायो साथीले’ भन्ने गीतमा युवतीसँग मस्ती गर्नुले बद्नाम हुने काम गरेको स्थानीय पंकज चौधरीको भनाई छ। ‘नाच्नु नै छ भने सखिया नाच नाच्नुस, हुर्दुंग्वा नाच नाच्नुस, देउडा नाच्नुस। थुप्रै नाच छ्न् जसले हाम्रो संस्कृतिलाई विश्वसामु चिनाएको छ ।…

Read More

काठमाडौं : नेपालको चार दिने भ्रमणमा रहेका संयुक्त राष्ट्रसंघका महासचिव एन्टोनियो गुटेरेसले मंगलबार संघीय संसद्को संयुक्त सदनलाई सम्बोधन गर्दैछन्। प्रतिनिधिसभा र राष्ट्रियसभाको संयुक्त बैठकमा अपराह्न ४ बजे गुटेरेसले सम्बोधन गर्न लागेका हुन्। सभामुखको अध्यक्षतामा संयुक्त बैठक सञ्चालन हुने छ। बैठक सुरु भएसँगै महासचिव गुटेरेसले सम्बोधन गर्ने कार्यसूचि छ। गुटेरेसको सम्बोधन लगत्तै त्यही बैठकले महासचिव गुटेरेसलाई धन्यवाद ज्ञापन प्रस्ताव पारित गर्ने छ । सम्बोधनको संघीय संसद सचिवालयले नियमित बैठकहरुको जस्तै अभिलेख राखिने छ।

Read More

महेन्द्रनगर (कञ्चनपुर): विश्वमै दुर्लभ बाह्रसिङ्गेको झुण्ड देख्न पाइने कञ्चनपुरको शुक्लाफाँटा राष्ट्रिय निकुञ्जमा दसैँ तिहार लगायतका चाडपर्वमा अवलोकन भ्रमणका लागि आउने पर्यटकको सङ्ख्या वृद्धि हुँदै गएको छ। हरेक वर्ष वर्षाका केही महिना बन्द रहने शुक्लाफाँटा राष्ट्रिय निकुञ्जमा कात्तिक महिना सुरु भएसँगै आन्तरिक पर्यटक आउने क्रम बढ्दै गएको शुक्लाफाँटा राष्ट्रिय निकुञ्जले जनाएको छ। निकुञ्जका निमित्त कार्यालय प्रमुख प्रमोद यादवले कात्तिक महिनाको १२ गते आइतबारसम्म मात्रै शुक्लाफाँटामा चार सय १४ पर्यटकले अवलोकन भ्रमण गरेको जानकारी दिए। “यो महिनाको हालसम्म ३५ जीप सफारीभित्र भएको देखिन्छ,” यादवले भने, “कात्तिक महिना सुरु भएसँगै पर्यटक आउने क्रम बढ्दै गएको छ।” शुक्लाफाँटामा वन्यजन्तु हेर्न फागुनदेखि जेठसम्म उपयुक्त समय…

Read More

कञ्चनपुुर : कञ्चनपुरबाट लागुऔषध ब्राउनसुगरसहित एकजना पक्राउ परेका छन्। पुनर्वास नगरपालिका–११ शान्ती टोलका ४७ वर्षीय ऋषि राम कँडेललाई ब्राउनसुगर जस्तो देखिने पदार्थ १ सय ७० मिलिग्रामसहित सोमबार दिउँसो पक्राउ गरिएको प्रहरीले जनाएको छ । प्रहरीका अनुसार विशेष सूचनाको आधारमा सुदूरपश्चिम प्रदेश प्रहरी कार्यालय र प्रहरी चौकी परासनबाट खटिएको संयुक्त टोलीले कँडेललाई उक्त पदार्थसहित पक्राउ गरेको हो । उक्त विषयमा थप अनुसन्धान गरिरहेको प्रहरीले जनाएको छ।

Read More

बझाङ: बझाङको सदरमुकाम चैनपुरमा रहेको न्यू चैन मेडिकलले सरकारबाट प्रतिबन्धित तथा विशेषज्ञ डाक्टरको अनुमतिविना औषधी बिक्रीवितरण गर्ने गरेको खुलेको छ। आइतबार दिउँसो सुजन हेयर कटिङ पसलबाट लागुऔषध र पसल सञ्चालक पक्राउ गरेसँगै उक्त जानकारी प्रहरीले पाएको हो। सुजन हेयर कटिङ सेन्टरका सञ्चालक सुर्जन धामीले प्रहरीसँगको बयानका क्रममा चैन मेडिकलले ट्रामाडोल लगायतका लागुऔषध बिक्री वितरण गरिरहेको खुलेको प्रहरीले जनाएको छ। प्रहरीले उक्त बयानका आधारमा मेडिकलका सञ्चालक प्रविन मण्डललाई पनि पक्राउ गरेको छ। उनीमाथि अनुसन्धान गर्न जिल्ला अदालतबाट १० दिनको म्याद थप गरेर हिरासतमा राखेको प्रहरीले जनाएको छ। 

Read More

काठमाडौं: अर्जेन्टिनी तथा इन्टर मियामी फरवार्ड लियोनल मेस्सीले आठौं पटक ‘बालोन डि ओर अवार्ड’ जितेका छन्।  सोमबार राति पेरिसमा भएको अवार्ड समारोहमा ३६ वर्षीय मेस्सीले बालोन डि ओर जितेका हुन्। मेस्सीले पछिल्लो पटक कतारमा भएको विश्वकपको उपाधि जितेका थिए।  यसअघि मेस्सीले यसअघि सन् २००९, २०१०, २०११, २०१२, २०१५, २०१९ र २०२१ मा गरि सात पटक बालोन डि ओर जिती सकेका थिए। मेस्सीले म्यानचेष्टर सिटीका फरवार्ड एर्लिङ हालान्डलाई पछि पार्दै कीर्तिमानी बालोन डी ओर अवार्ड जितेका हुन्। यो प्रतिस्पर्धामा फ्रान्सका स्टार फरवार्ड केलियन एमबाप्पे तेस्रो भए।

Read More