Author: महेन्द्रनगर पोष्ट

जाजरकोट: भूकम्पले घरमा क्षति पुर्‍याएपछि त्रिपालमुनि बस्दै आएकी नलगाड नगरपालिका–८ तल्लोसिमाकी २५ वर्षीया शर्मिला चदाराको चिसोबाट मृत्यु भएको छ। उनी सुत्केरी भएको करिब महिना हुन लागेको जनाइएको छ। स्थानीय टेकबहादुर नेपालीले चदाराको सोमबार राति चिसोबाट मृत्यु भएकोे जानकारी दिए। नलगाड –८ का वडाध्यक्ष तेजबहादुर सिंहले भने, ‘घर बाहिर त्रिपालमुनि बस्दै आएकी चदाराको चिसोबाट मृत्यु भएको खबर आएको छ।’ चदाराले छोरीको जन्म दिएकी थिइन्। गत कात्तिक १७ गते राति जाजरकोटको रामीडाँडा केन्द्रविन्दु बनाएर ६ दशमलव ४ म्याग्निच्युटको भूकम्प जाँदा एक सय ५४ जनाको मृत्यु भएको छ भने तीन सय ४६ घाइते भएका थिए। भूकम्पबाट २६ हजार पाँच सय ५७ निजी घर…

Read More

गाजा : हमासको सैन्य शाखाले इस्लामिक आन्दोलनविरुद्ध इजरायलले गरेको आक्रमणका क्रममा उत्तरी ब्रिगेडका कमाण्डर अहमद अल–घान्डोर र अन्य तीन वरिष्ठ नेताको मृत्यु भएको जनाएको छ। इजेदिन अल–कासम ब्रिगेडले आइतबार एक विज्ञप्ति जारी गर्दै आफ्नो सैन्य परिषद्का सदस्य घान्डोर, अयमान सियाम र अन्य एक वरिष्ठ नेताको मृत्यु भएको जनाएको हो। यसैबीच इजरायल र हमासबीच युद्धविराम भएको आज तेस्रो दिन हो। कतारको मध्यस्थतामा इजरायल र हमासबीच चारदिने युद्धविराम गर्ने सहमति भएको हो। युद्धविरामको अवधि गत शुक्रबार बिहान ९स्थानीय समय० देखि सुरु भएको हो।

Read More

बैतडी: बैतडीको मेलौलीमा भगवती मन्दिरमा आज दिउसेडी मेला लाग्दै छ। मेलौली नगरपालिका –१ स्थित प्रसिद्ध मेलौली भगवती मन्दिरमा हिजोदे रतेडी लागेको मेला आज दिउसेडी मेला लाग्ने भएको हो। मेलौली नगरपालिकाले मेलाको अवशरमा आज पनि सार्वजनिक बिदा दिइएको छ। हरेक बर्ष कार्तिक शुक्ल चतुर्दशी र पूर्णिमाका दिन मेलौली भगवती मन्दिरमा मेला लाग्ने गर्दछ।

Read More

काठमाडौं : ७ अक्टोबरदेखि सुरु भएको इजराय-हमासबीच युद्ध केही समयका लागि रोकिएको छ। हमास समूहले इजरायलबाट नियन्त्रणमा लिएका बन्धकहरुलाई रिहा गरिएको छ। हमासले हालसम्म ५४ बन्धकलाई मुक्त गरेको छ। सिएनएनका अनुसार आइतबार हमासले थप १३ बन्धकलाई छोडेको छ। त्यसअघि शनिबार १७ जना र शुक्रबार २४ बन्धकलाई उसले रेडक्रसको जिम्मा लगाएको थियो। बन्धक बनाइएकाहरूमध्ये नेपालका विपिन जोशी पनि छन्। कञ्चनपुरको भीमदत्त नगरपालिका–३ का २३ वर्षीय विपिन सुदूरपश्चिम विश्वविद्यालयको कृषि तथा विज्ञान संकायमा अध्ययनकै क्रममा ‘लर्न एन्ड अर्न’ कार्यक्रमअन्तर्गत भदौमा इसराइल गएका थिए। हाल विपिन सम्पर्कसविहीन छन्। मंसिर ३ गते इसराइली सैनिकले सामाजिक सञ्जाल प्लेटफर्म एक्समा भिडिओ सार्वजनिक गरेको थियो। त्यसमा दुई…

Read More

डडेल्धुरा: सुदूरपश्चिम प्रदेशकै प्रसिद्ध शक्तिपीठ उग्रतारा भगवती मन्दिरमा हरेक वर्ष लाग्ने मेला ‘देहिजाँत’ भोलि गते लाग्ने भएको छ। हरेक वर्ष कार्तिक शुक्ल पूर्णिमाको रात (रतेडी) र दोस्रो दिन (दिउसेडी) मेला लाग्छ। आज रतेडी र भोलिदिउसेडी लाग्ने उग्रतारा क्षेत्र विकास समितिले जनाएको छ। उक्त अवसरमा जिल्लाको अमरगढी नगरपालिकाले भोलि स्थानीय बिदा दिएको छ। छचोडा, खनमडा, दुमडा र जिलोडा भ्राण (भण्डार) रहेको उग्रतारा भगवती मन्दिरमा यी चारवटै गाउँबाट रतेडी मेलामा बिहान ‘देउरो’ आएपछि ‘दिउसेडी’ मेला सुरु हुन्छ। डडेल्धुरा सदरमुकामबाट ४ किलोमिटर टाढा अमरगढी नगरपालिका–८ को सुन्दर डाँडामा अवस्थित महाशक्तिपीठ उग्रतारा भगवतीको मन्दिरमा लाग्ने मेलामा हजारौं दर्शनार्थी पूजा–आराधना गर्न पुग्छन्। देहिजातको रूपमा मानिने…

Read More

कञ्चनपुर : सहिद भीमदत्त पन्तको महेन्द्रनगरस्थित शालिकमा माल्यार्पण गरी ९८औँ जन्मजयन्ती हिजो मनाइएको छ । सहिद भीमदत्त पन्त स्मृति प्रतिष्ठानले भीम वाटिकामा रहेको शालिकमा माल्यार्पण गरी श्रद्धासुमन अर्पण गरिएको छ । प्रतिष्ठानका कार्यवाहक अध्यक्ष हरिप्रसाद जोशीले सहिद पन्तको शालिकमा तोडफोड गरी क्षति पुर्याउनेमाथि हदैसम्मको कारबाही हुनुपर्ने बताए । दलित, किसान, गरिबका नेता पन्तको शालिक तोडफोड गरी इतिहास मेटाउने परिपञ्च रचिएको उल्लेख गर्दै उनले त्यस्ता तत्व विरुद्ध एकजुट भएर उभिनुपर्ने बताए । प्रतिष्ठानका सचिव कर्णबहादुर चन्दले अमर सहिद पन्तले अनुसरण गरेको विचार अहिले पनि उत्तिकै सान्दर्भिक रहेको विचार व्यक्त गरे । शालिक तोडफोड गरेर सहिद पन्तको अपमान गरिएको उनले बताए ।…

Read More

काठमाडौं : सरकारले एकैपटक ७१ जना सहसचिवहरूको सरुवा गरेको छ। मन्त्रिपरिषदको ७ मंसिरमा बसेको बैठकको निर्णयअनुसार ७१ जना सहसचिवहरुको सरुवा भएको हो। सूची अनुसार सुदूरपश्चिममा कार्यरत तीन जना सचिवको पनि सरुवा भएको छ । भौतिक पूर्वाधार विकास मन्त्रालयका प्रदेश सचिव प्रेमदत्त भट्टको शहरी विकास मन्त्रालयमा सरुवा भएको छ । उनको ठाउँमा खानेपानी मन्त्रालयमा कार्यरत सुरत कुमार बम आउन लागेका छन् । यस्तै आन्तरिक मामिला तथा कानुन मन्त्रालयका सचिव वैकुण्ठ निधी शर्माको संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयमा सरुवा भएको छ । उनको ठाउँमा शर्माको सुरुवा भएको मन्त्रालयबाट शुशिल वैद्य आउन लागेका छन् । यस्तै सामाजिक विकास मन्त्रालयका सचिव ज्ञानप्रसाद ढकालको…

Read More

काठमाडौं : नेपाली कांग्रेसका प्रमुख सचेतक रमेश लेखक भारतमा सम्मानित भएका छन। लखनउ विश्वविद्यालयले विश्वविद्यालयबाट अध्ययन गरी काँग्रेसको प्रमुख सचेतक तथा राजनीतिको माध्यमबाट समाजमा योगदान पुर्‍याएको भन्दै उनलाई सम्मान गरेको हो। विश्वविद्यालयले लेखकसहित स्वदेश तथा विदेशमा समाजका विभिन्न ओहदामा रही विशिष्ट योगदान पुर्‍याएका ७ पूर्वविद्यार्थीहरुलाई विश्वविद्यालयको १०३ औ स्थापना दिवसको उपलक्ष्यमा सम्मान गरेको हो। लेखकले सन् १७८३ देखि १९८९ सम्म लखनउ विश्वविद्यालयबाट कानुनमा स्नातक र इतिहासमा स्नातकोत्तर अध्ययन गर्नुभएको थियो।

Read More

काठमाडौंः नेपाल सुपर लिग एनएसएलमा धनगढी एफसीले विरगञ्ज युनाईटेड एफसीलाई हराएको छ। आईतवार दशरथ रंगशालामा भएको खेलमा धनगढीले विरगञ्जमाथि २–१ को जित निकालेको हो। दुवै टिम प्रतियोगिताको पहिलो खेलमा मैदान उत्रिएका थिए, जसमा धनगढीले सुखद सुरुवात गर्यो। खेलको दोस्रो मिनेटमा फोडे फोफानाको गोलमा धनगढीले खेलमा अग्रता बनाएको थियो। पहिलो हाफको इन्जुरी समयमा पेनाल्टीमा गोल गर्दै बिरगञ्ज खेलमा फर्किएको थियो। बराबरीतर्फ उन्मुख खेलको अन्तिम मिनेटमा गोल निकाल्दै धनगढीले जित निकाल्न सफल रह्यो। अहमद हिजाजीले खेलको अन्तिम मिनेटमा गोल गर्दै धनगढीलाई शानदार जित दिलाए। साविक उपविजेता धनगढीले जितसहित दोस्रो सिजनको सुरुवात गरेको छ। धनगढीले तालिकामा ३ अंक जोेडेको छ। एनएसएलको नवप्रवेशी टिम विरगञ्जले…

Read More

काठमाडौँ : हाल देशमा पश्चिमी वायुको सामान्य प्रभाव रहेको छ ।  मौसम पूर्वानुमान महाशाखाका अनुसार  सोमबार सुदूरपश्चिम, कर्णाली, लुम्बिनी र गण्डकी प्रदेश लगायत बाँकी प्रदेशका पहाडी भू-भागमा  सामान्य बदली रही बाँकी भू-भागमा आंशिक बदली रहनेछ।  सुदूरपश्चिम, कर्णाली, लुम्बिनी र गण्डकी प्रदेश लगायत बाँकी प्रदेशका पहाडी भू-भागका एक-दुई स्थानमा हल्का वर्षाको सम्भावना रहेको छ। सुदूरपश्चिम, कर्णाली र गण्डकी प्रदेशका उच्च पहाडी तथा हिमाली भू-भागका थोरै स्थानहरूमा हल्कादेखि मध्यम हिमपातको साथै बाँकी उच्च पहाडी तथा हिमाली भू-भागका थोरै स्थानहरूमा हल्का हिमपातको सम्भावना रहेको छ।

Read More