Author: महेन्द्रनगर पोष्ट

काठमाडौँ : अस्ट्रेलिया र भारतबिच जारी क्रिकेट विश्वकपको फाइनलमा भारतले पाँचौ विकेट गुमाएको छ। पाँचौ विकेटका रूपमा भारतले रबिन्द्र जडेजालाई गुमाएको हो। जडेजा जोश हेजलवुडको बलमा आउट भए उनले २२ बल को सामना गर्दै ९ रन बनाए। भारतले चौथो विकेटका रुपमा विराट कोहलीलाई गुमाएको थियो। प्याट कमिन्सको बलमा कोहली आउट भएका हुन्। उनले ६३ बलमा ५४ रन बनाए। यसअघि श्रेयश अय्यर चार रन बनाएर आउट भएका थिए। यस अगाडि रोहित शर्मा ३१ बलमा ४७ रन लिएर आउट भएका थिए। शुभमन गिल आउट भएका थिए। आईसीसी एक दिवसीय विश्वकप २०२३ को फाइनल टस जितेको अष्ट्रेलियाले बलिङ रोजेको थियो। फाइनलसम्म पुग्दा भारत…

Read More

धनगढी : रूकुम पूर्वमा आज भूकम्प गएको छ। आइतबार दिउँसो २ बजेर ५९ मिनेटमा ४.३ म्याग्निच्युडको भूकम्प गएको राष्ट्रिय भूकम्प मापन तथा अनुसन्धान केन्द्रले जनाएको छ। यसअघि गत कात्तिक १७ गते जाजरकोट केन्द्र भएर ६.४ म्याग्निच्युडको भूकम्प जाँदा जनधनको क्षति भएको थियो। त्यसपछि पनि पटकपटक परकम्प गइरहेको छ।

Read More

धनगढी : दार्चुलाको लेकम गाउँपालिका–२ स्थित सरस्वती आधारभुत विद्यालयमा कार्यरत प्रधानाध्यापक अनिरुद्र भट्ट हराएको तीन महिनासम्म कुनै अत्तोपत्तो लागेको छैन। उनी बेपत्ताको घटना रहस्यमय बन्दै गएको छ। भट्टको लेकम गाउँपालिका–२ स्थित सुँगरखाली स्थायी घर हो। स्थानीयका अनुसार उनलाई विद्यालय प्रशासन सञ्चालन सम्बन्धि कार्य सन्तोषजनक नरहेको भनी स्थानीय जनप्रतिनिधिहरुले पटकपटक दबाब दिने र तनाव उत्पन्न गराउने गरेका थिए। तर, प्रअ भट्ट भने आफूमाथि राजनीतिक आस्थाको आधारमा प्रतिशोधपूर्ण व्यवहार गरिएको बताउदै आएका थिए। यसैबीच, भट्टको खोजी कार्य गरेको भएपनि अहिलेसम्म अज्ञात नै रहेको जिल्ला प्रहरी कार्यालय दार्चुलाका प्रहरी नायब उपरीक्षक शिवबहादुर सिंहले बताए। ‘उहाँको घर ठेगाना र सम्भावित क्षेत्रमा खोजिएको हो। अहिलेसम्म…

Read More

काठमाडौँ : अस्ट्रेलिया र भारतबिच जारी क्रिकेट विश्वकपको फाइनलमा भारतले चौथो विकेट गुमाएको छ। चौथो विकेटका रूपमा भारत विराट कोहलीलाई गुमाएको हो। प्याट कमिन्सको बलमा कोहली आउट भएका हुन्। उनले ६३ बलमा ५४ रन बनाए। यसअघि श्रेयश अय्यर चार रन बनाएर आउट भएका थिए। यस अगाडि रोहित शर्मा ३१ बलमा ४७ रन लिएर आउट भएका थिए। शुभमन गिल आउट भएका थिए। आईसीसी एक दिवसीय विश्वकप २०२३ को फाइनल टस जितेको अष्ट्रेलियाले बलिङ रोजेको थियो। फाइनलसम्म पुग्दा भारत अपराजित रहेको छ। भारतले सन् १९८३ र २०११ मा उपाधी जितेको थियो। भारत २००३ को फाइनलमा अष्ट्रेलियासँग हारेको थियो। अष्ट्रेलियाले १९८७,१९९९,२००३,२००७ र २०११…

Read More

बैतडी : बैतडीमा एक जना पुरूष मृत फेला परेका छन्। जिल्लाको दशरथचन्द नगरपालिका–५ कुमालीका अन्दाजी ४५ वर्षीय नरेश जोशी आइतबार मृत अवस्थामा फेला परेका हुन्। घरबाट कार्तिक ३० गते देखि बेपत्ता रहेका जोशी आइतबार बिहान दशरथचन्द नगरपालिका–५ कै मुल्यभिटा भन्ने भीरमा मृत फेला परेका जिल्ला प्रहरी कार्यलय बैतडीका प्रबक्ता प्रहरी निरिक्षक खेमबिक्रम केसीले बताए। घटनाका बिषयमा थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

Read More

रौतहट: सशस्त्र प्रहरी बल नेपालले रौतहटबाट ४ थान अत्याधुनिक हतियार बरामद गरेक छ। इन्टेलिजेन्स ब्युरोले रौतहटस्थित यमुनामाइ नगरपालिका–३ स्थित एक घरबाट आइतबार दिउँसो एमएम पेस्तोल ३ नाल, त्यसमा लाग्ने गोली १३ गोटा, म्याग्जिन ६ वटा तथा एयर गन १ नाल समेत बरामद भएको सशस्त्र प्रहरी बलका सह प्रवक्ता डीएसपी शैलेन्द्र थापाले जानकारी दिए। सो घरमा हतियार लुकाएर राखिएको भन्ने विशेष सूचनाको आधारमा ब्युरोले आइतबार दिउँसो सो घरमा खानतलासी गरेको थियो। बरामद हतियार मध्ये २ नाल पेस्तोल मेड इन यूएसए र एक नाल मेड इन इन्डिया लेखिएको छ। हतियार सहित मोबाइलको सोमकार्ड, मोबाइल, दशेख एजाज अहमदको नाममा जारी गरिएको नागरिकता समेत…

Read More

काठमाडौं : नेकपा माओवादी केन्द्र र नेपाल समाजवादी पार्टीबीच एकता प्रक्रियालाई थप गति दिइने भएको छ। माओवादी केन्द्रको पार्टी कार्यालय पेरिसडाँडामा आज बसेको दुई दलको वार्ता टोलीको संयुक्त बैठकले एकता प्रक्रियालाई अगाडि बढाउने सहमति गरेका हुन्। बैठकको सुरुमा एकता वार्ता समितिको विगतको गतिविधिबारे रिपोर्टिङ गरिएको संयुक्त रूपमा जारी विज्ञप्तिमा भनिएको छ। बैठकमा पार्टी एकताका लागि दुवै पार्टी केन्द्रलाई पार्टी एकता संयोजन समिति गठन गर्न सुझाव दिने भएको छ। समितिले दुवै पार्टीले उठाइरहेका वैचारिक र नीतिगत विषयमा छलफल गरी सहमतिका आधारमा अगाडि बढ्ने सहमति गरेका छन्। त्यस्तै, पार्टीको विधान, नाम, सङ्गठनात्मक संरचना, चुनाव चिन्हलगायतका विषयमा एकता समितिले सहमति गरेअनुरूप अगाडि बढ्ने…

Read More

काठमाडौं : भारतमा जारी आईसीसी एक दिवसीय विश्वकप २०२३ को फाइनल खेलमा घरेलु टोलीले टस हारेको छ। अष्ट्रेलियाका कप्तान प्याट कमिन्सले गुजरातको अहमदावादस्थित नरेन्द्र मोदी रङ्गशालामा टस जितेर पहिला बलिङ गर्ने निर्णय गरेका छन्। खेल दिउँसो सवा २ बजे सुरू हुनेछ। एक दिवसीय विश्वकपमा मात्र यी दुई १३ पटक आमनेसामने भइसकेका छन्। जसमा अष्ट्रेलियाले ८ र भारतले ५ खेल जित्दा फाइनलमा यी दुईबीच भेट हुन लागेको यो दोस्रो पटक हो। यसअघि सन् २००३ मा दक्षिण अफ्रिकामा भएको फाइनलमा अष्ट्रेलियाले भारतलाई डिएल मेथडमा ४८ रनले हराएको थियो। हालसम्म विश्वकपका १३ खेल भएका छन्। अस्ट्रेलियाले पाँच पटक विश्वकपको उपाधि जित्दा भारतले दुई…

Read More

बझाङ : बझाङस्थित सेती नदीमा बगिरहेकी एक बालिकाको उद्दार गरिएको छ। आज बिहान ९.३० बजे जयपृथ्वी नगरपालिका–३ पडेशकी ११ वर्षीया अमिसा ओखेडालाई वडा प्रहरी र स्थानीयले उद्दार गरेको हो। पडेशबाट पुजाको लागि जल लिन आएकी अमिसा पानी भर्ने क्रममा ढुङ्गाबाट चिप्लिएर बगेकी थिइन। उनी बगेको केही तल नदीको बीचमा अड्किएको अवस्थामा स्‍थानीयले देखेका थिए। उनलाई वडा प्रहरी कार्यालय चैनपुरबाट प्रहरी सहायक निरिक्षक हरिशराज पन्तको कमाण्डमा खटिएको ५ जनाको प्रहरी टोली र स्थानीय मानिसहरुले नदीबाट सकुसल उद्दार गरी आफन्तको जिम्मा लगाएका पठाएको र उनको अवस्था सामान्य रहेको प्रहरीले जनाएको छ।

Read More

काठमाडौं : नेपाली राष्ट्रिय गीत ‘यो नेपाली शीर उचाली…’ नेपालमा मात्र होइन, नेपाली भाषी बसोबास गर्ने विश्वका धेरै देशमा चर्चित छ। नेपाली राष्ट्रियताको भावना बोकेको यो गीतमा बलिउड अभिनेता विक्की कौशलले पनि नृत्य प्रस्तुत गरेका छन्। विक्कीले आफ्नो आगामी फिल्म ‘साम बहादुर’का लागि उक्त गीतमा नृत्य प्रस्तुत गरेका हुन्। लखनउमा भएको छायाङ्कनमा विक्कीले उक्त गीतमा खुकुरी नाच गरेका हुन्। भारतीय सेनाको गोर्खा रेजिमेन्टका कार्यक्रमहरुमा बजाइने यो गीत विक्कीको फिल्म ‘साम बहादुर’मा पनि समावेश गरिएको छ। फिल्म ‘साम बहादुर’ भारतीय सेनाको गोर्खा रेजिमेन्टका पहिलो प्रमुख साम मनेकसवाको जीवनीमा आधारित छ। लखनउमा भएको फिल्मको छायाङ्कनका क्रममा विक्कीले गीतमा खुकुरी नाच प्रस्तुत गरेका…

Read More