Author: महेन्द्रनगर पोष्ट

अहमदावाद : भारतको पश्चिमी राज्य गुजरातमा आइतबार बेमौसमी भीषण आँधीसँगै परेको चट्याङका कारण कम्तीमा १८ जनाको मृत्यु भएको अधिकारीहरूले बताएका छन् । जाडो याममा गुजरातमा यति ठूलो आँधीबेहरी आउने अपेक्षा गरिएको थिएन । भीषण वर्षाले धेरैलाई तर्साएको छ । भारतमा हरेक वर्ष बाढी र चट्याङका कारण दर्जनौँ मानिसको मृत्यु हुने गरेको भए तापनि वैज्ञानिकहरूले बढ्दो विश्वव्यापी तापक्रम वृद्धिले अकल्पनीय मौसमी घटनाहरू निम्त्याइरहेको बताएका छन् । भारी वर्षाका कारण कम्तीमा २० जनाको मृत्यु भएको र तीमध्ये १८ जना चट्याङका कारण मृत्यु भएको गुजरात राज्यका अधिकारीहरूले आइतबार एक विज्ञप्ति जारी गरी जानकारी दिएका छन् । वर्षा र चट्याङका कारण कम्तीमा ४० वटा…

Read More

काठमाडौँ : एक महिलाले युकेको नागरिक भएको बताउँदै विहे गरेर लैजाने लोभ देखाएर ठगी गरेको पाइएको छ। सामाजिक सञ्जालको दुरुपयोग गर्दै उनले प्रलोभनमा पारी ३ लाख ३० हजार बढी ठगी गरेको पाइएको प्रहरीको साइबर व्यूरोले जनाएको छ । यसरी ठगी गर्नेमा पाँचथर फिदिम नगरपालिका ११ घर भई हाल झापा बस्ने ३४ वर्षकी कमला मिश्र रहेको प्रहरीले जनाएको छ। उनले युकेको नागरिक हुँ, विवाह भएको छैन भनी जन्मदिनको उपलक्ष्यमा आइफोन, लुगा, ब्याग, सुनका घडी तथा ७० हजार डलर पठाइदिन्छु, डेलिभरीले सम्पर्क गरेपछि मैले पठाएको गिफ्ट सामानहरु लिनु भनि म्यासेज लेखेर फोटोसमेत पठाई रकम ठगी गरेको पाइएको ब्यूरोले जनाएको छ। ठगिएपछि पीडितले…

Read More

काठमाडौं : प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले एक हप्ताभित्र सुकुम्वासी समस्या हल हुने दाबी गरेका छन् । सोमबार पार्टी केन्द्रीय कार्यालय पेरिसडाँडामा वेबसाइट सार्वजनिककरण कार्यक्रमलाई सम्बोधन गर्दै उनले सुकुम्वासी समस्या समाधानका लागि क्याबिनेटले ऐन संशोधन गर्ने निर्णय गरेको बताए । उनले भने, ‘हेर्नुहोला सुकुम्वासी, अव्यवस्थित बसोबासको समस्या हल गर्न ऐन नै संशोधन गरिन्छ । वन ऐन २०२९ ले विकास नै रोकिने अवस्था छ । मान्छे मरेपनि रुख काट्न नपाइने छ । एउटा विद्यालयमा रुख ढलेर एक विद्यार्थीको मृत्यु भएछ । त्यो रुख वनमा परेकाले काट्न पाएका रहेनछन् । कस्ता खालका कानुन रहेछ । विकास, जनतनाभन्दा पनि अन्य कुनै कुरालाई महत्त्व दिने…

Read More

काठमाडौं : भारत सरकारको सहयोगमा निर्माण गरिएको कपिलवस्तुको बुद्धभूमि नगरपालिकास्थित गौतमबुद्ध माध्यमिक विद्यालयको भवन उद्घाटन गरिएको छ । ‘नेपाल–भारत विकास सहकार्य’ अन्तर्गत भारत सरकारको रु तीन करोड ३२ लाख तीन हजार सहयोगमा निर्माण गरिएको विद्यालयको भवन नेपालस्थित भारतीय राजदूतावासका उप–प्रमुख प्रसन्न श्रीवास्तव, जिल्ला समन्वय समिति कपिलवस्तुका प्रमुख बाबुराम आचार्य र बुद्धभूमि नगरपालिकाका प्रमुख केशवकुमार श्रेष्ठले उद्घाटन गरेका हुन् । भारत सरकारको अनुदान विद्यालय तथा प्रयोगशाला भवन निर्माण र फर्निचर एवम् प्रयोगशाला उपकरण खरिदमा उपयोग गरिएको नेपालस्थित भारतीय दूतावासले जनाएको छ । नेपाल र भारत सरकारबीच भएको सम्झौता अन्तर्गत पहिले साना विकास परियोजना नामले परिचित यस परियोजनालाई उच्च प्रभाव सामुदायिक विकास…

Read More

बैतडी: बैतडीमा चितुवाको आक्रमणबाट एकजना घाइते भएका छन्। जिल्लाको दशरथचन्द नगरपालिका –२ देहीमाण्डौं ज्वाँकट्टेका ४५ वर्षीय मानसिंह धामी चितुवाको आक्रमणबाट घाइते भएका हुन्। सोमबार बिहान ११ बजेतिर घर नजिकैको खरफागलामा बाख्रा चराइरहेका धामीमाथि चितुवाले आक्रमण गरेको हो। चितुवाको आक्रमणबाट घाइते भएका धामीको दाँया हातमा चोट रहेको छ। उनको जिल्ला अस्पताल बैतडीमा उपचार गरिएको स्थानीय कृष्णबहादुर बोहराले बताए।

Read More

बझाङ : बझाङको खप्तडछान्ना गाउँपालिकामा प्रहरीले ठूलो परिमाणमा गाँजासहित तीन जनालाई पक्राउ गरेको छ। आइतबार साँझ ५ बजे जिल्ला प्रहरी कार्यालय बझाङबाट खटिएको प्रहरी टोलीले घर खानतलासी गर्ने क्रममा लागुऔषध (गाँजा)सहित तीन जनालाई पक्राउ गरेको हो। प्रकाउ पर्नेमा खप्तडछान्ना गाउँपालिका–७ गोरखाली बस्ने ६४ वर्षीय खडक खड्का, गोरखाको अजिरकोट गाउँपालिका–२ खरिकोट बस्ने ३८ वर्षीय सन्तोष गुरुङ र पर्साको सुकौली पटेर्वा गाउँपालिका–९ लक्ष्मीपुर बस्ने ५५ वर्षीय राम बहादुर गुरुङ रहेका छन्। उनीहरुको साथबाट गाँजाको दाना र धुलो गरी ९१ केजी, ५ सय १५ ग्राम र गाँजा बनाउन प्रयोग गरिने सामान सहित प्रकाउ गरेको जिल्ला प्रहरी कार्यालय बझाङका डिएसपी भरत शाहले बताए। नियन्त्रणमा…

Read More

कञ्चनपुर : कञ्चनपुरको लालझाडी गाउँपालिकाका इन्जिनियर रामप्रसाद अवस्थी कुटिएका छन्। इन्जिनियर अवस्थीलाई सोमबार दिउँसो कन्दकला कन्स्ट्रक्सन प्रालिका सञ्चालक भीमबहादुर रानाले कुटपिट गरेका हुन्। रानाको कम्पनीले गत आर्थिक वर्ष ०७९/०८० मा कञ्ज गाउँमा एक किलोमिटर कालोपत्रे गर्ने ठेक्का पाएको थियो। उक्त ठेक्कामा गुणस्तरको विषयलाई लिएर प्रश्न गर्दा आफूलाई फिल्डमै बोलाएर रानाले कुटपिट गरेका इन्जिनियर अवस्थीले बताए। निर्माण व्यवसायी रानाले भने कुटपिट गरेको विषयलाई अस्वीकार गरेका छन्। उनले योजनाको सुरुवाती चरणदेखि नै इन्जिनियर अवस्थीले आफूलाई दुःख दिएको र सोही विषयको छलफलका क्रममा सामान्य धकेलाधकेल मात्रै भएको बताए। इन्जिनियर अवस्थीले घुस नपाएपछि दुःख दिएकै कारण तनावको अवस्था सिर्जना भएको निर्माण व्यवसायी रानाको भनाइ…

Read More

काठमाडौं : इल्यान्डमा एक व्यक्तिले आफ्नै विवाहमा बेहुलीसहित चार जनालाई गोली हानेका छन्। थाइल्यान्डका पूर्वसैनिक तथा पौडी खेलाडी २९ वर्षीय चतुरोङ सुक्सुकले आफ्नो विवाहमा आफैँलाई गोली हान्नुअघि दुलही ४४ वर्षीया कञ्चना पचुन्थुक र अरू तीन जनालाई गोली हानेका प्रहरीलाई उद्धृत गर्दै बीबीसी हिन्दीले जनाएको छ। विवाह समारोह चलिरहेका बेला समारोह छोडेर निस्किएका बेहुला केहीबेरमा बन्दुक लिएर आई गोली चलाएका बीबीसीको खबरमा उल्लेख छ । गोली लागेका सबैको ज्यान गएको प्रहरीले जनाएको छ। गोली चलाउनुको कारण भने खुलेको छैन। चतुरोङले गएको वर्ष इन्डोनेसियामा भएको एसियन पारा गेम्स पौडीमा रजत पदक जितेका थिए।

Read More

काठमाडौं : दुर्गा प्रसाईंको नेतृत्वमा सोमबार गौशालामा भएको प्रदर्शनमा सहभागी विवादास्पद धर्मगुरु आचार्य श्रीनिवास पक्राउ परेका छन्। प्रसाईं नेतृत्वमा भएको आन्दोलनमा आफ्ना समर्थकसहित गौशाला पुगेका उनी पक्राउ परेका हुन्। गेरुवस्त्रमा त्रिसुलसहित आएर उग्र अभिव्यक्तिसँगै सडक अबरुद्ध पार्न खोजेपछि प्रहरीले लगत्तै उनलाई पक्राउ गरेको जिल्ला प्रहरी परिसर, काठमाडौंका प्रमुख एसएसपी भुपेन्द्र खत्रीले जानकारी दिए। प्रसाईंले ७ मंसिरमा बल्खुमा शक्ति प्रदर्शन गरेका थिए। त्यसक्रममा उनले धार्मिक अतिवादी समूहहरुलाई समेत बोलाएका थिए। विवादास्पद धर्मगुरु आचार्य श्रीनिवासले पटकपटक धर्मको विषयमा उत्तेजक अभिव्यक्ति दिँदै आएका व्यक्ति हुन्। प्रसाईंको नेतृत्वमा सोमबार गौशालामा प्रदर्शन भएको छ। विभिन्न धार्मिक संगठनका व्यक्तिहरु समेतको उपस्थितिमा भएको आन्दोलनमा प्रदर्शनकारीले तोडफोड र…

Read More

दार्चुला : दार्चुलामा दुईओटा बस एकआपसमा ठोक्किएका छन्। सोमबार दिउँसो महाकाली राजमार्ग अन्तर्गत मालिकार्जुन गाउँपालिका –८ थप्तोली भन्ने ठाउँमा बसहरु एकआपसमा ठोकिएका हुन्। दुई बस एकआपसमा ठोक्किँदा बसहरुमा क्षति भएको भएपनि मानवीय क्षति नभएको जिल्ला प्रहरी कार्यालय दार्चुलाले जनाएको छ। दार्चुला सदरमुकामबाट महेन्द्रनगरका लागि छुटेको पवनदुत यातायातको सुपप्र ०२००१ ख ११४७ नम्बरको बस र मालिकार्जुनबाट दार्चुला सदरमुकामका लागि छुटेको सुपप्र ०१००१ ख २३९३ नम्बरको नगर बस एकआपसमा ठोक्किएका हुन्। महाकाली नगरपालिकाको नगर बस मालिकार्जुन जात्राका लागि खटिएका सुरक्षाकर्मी बोकेर सदरमुकामतर्फ गइरहेको थियो। दुवै बस एकआपसमा ठोक्किँदा बसहरुमा क्षति पुगेको जिल्ला प्रहरी कार्यालयका प्रवक्ता प्रहरी निरीक्षक ज्ञानेन्द्रबहादुर सिंहले जानकारी दिए। एकआपसमा…

Read More