Author: महेन्द्रनगर पोष्ट

काठमाडौं: नेपाल प्रहरी प्रधान कार्यालय नक्सालले सम्पर्कमा नरहेका २६ जना कर्मचारीलाई हाजिर हुन आउन अनुरोध गरेको छ। कार्यालय आज सूचना जारी गर्दै आफूखुसी गैरहाजिर रहेको र खोजतलास गराउँदा तथा प्रहरी नियमावली २०७१ को नियम ११५ को देहाय (२) बमोजिम प्रक्रिया पूरा गरी सूचना टाँस भइसक्दा समेत उनीहरू कार्यालयको सम्पर्कमा नआएको कार्यालयले जनाएको छ। गैरहाजिर हुने सुदूरपश्चिमका पाँच जना रहेका छन्। कंचनपुर घर भएका सन्दीप कामी, दार्चुला घर भएका अरविन्द सिंह धामी, बैतडी घर भएका सुमन सिंह, बाजुराका दिपेश सुनार र कैलालीका रविन चौधरी सम्पर्कविहिन रहेको कार्यालयले जनाएको छ। सूचना प्रकाशित भएको सात दिनभित्र आफू गैरहाजिर  रहनुको कारणसहित उपस्थित हुन भनेको…

Read More

काठमाडौं  : पुस महिनाभित्र ४ हजार ५ सय शिक्षक दरबन्दी खुला हुने भएको छ । शिक्षक सेवा आयोगले त्यसको लागि प्रक्रिया अघि बढाइसकेको जनाएको छ । शिक्षा तथा मानव स्रोत विकास केन्द्रले ५ दिनअघि चैतसम्ममा देशैभरका शिक्षकको रिक्त हुने दरबन्दी सार्वजनिक गरेपछि आयोगले दरबन्दी खोल्ने तयारी गरेको हो । आयोगका प्रशासकीय प्रमुख कमलप्रसाद पोखरेलले केन्द्रले आयोगलाई विवरण बुझाएपछि विज्ञापन खोल्ने जानकारी दिए । उनले भने– ‘विवरण आएपछि आरक्षणको लागि प्रतिशत छुट्टयाएर विज्ञापन खोल्नेछौं । आयोगले ढिलोमा पुस मसान्तसम्ममा विज्ञापन खोल्ने तयारी गरेको हो ।’ शिक्षा तथा मानवस्रोत विकास केन्द्रका महानिर्देशक दीपक शर्माले केन्द्रको नियमित प्रक्रियाअन्तर्गत देशैभरका जिल्ला शिक्षा समन्वय इकाईले…

Read More

काठमाडौँ : हाल देशमा पश्चिमी वायुको आंशिक प्रभाव रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । जसको प्रभावले हाल  सुदूरपश्चिम, कर्णाली र लुम्बिनी प्रदेश लगायत देशका पहाडी भूभागमा आंशिक बदली रही बाँकी भूभागको मौसम सामान्यतया सफा रहेको छ। आज दिउँसो सुदूरपश्चिम र कर्णाली प्रदेशको पहाडी भू-भागमा आंशिक देखि सामान्य बदली रही बाँकी पहाडी भूभागमा आंशिक बदली र तराई भूभागमा आंशिक बदली  रहनेछ। देशका उच्च पहाडी तथा हिमाली भूभागका एक–दुई स्थानमा हल्का हिमपातको सम्भावना रहेको छ। राति भने सुदूरपश्चिम, कर्णाली र गण्डकी प्रदेश पहाडी भूभागमा आंशिकदेखि सामान्य बदली रहनेछ। देशका उच्च पहाडी तथा हिमाली भूभागका एक–दुई स्थानमा हल्का हिमपातको सम्भावना रहेको छ।

Read More

धनगढी : धनगढीको संगम बचत तथा ऋण सहकारी संस्था लिमिटेड धनगढीको ११ औँ वार्षिक साधारण सभा सम्पन्न भएको छ । शनिवार एक कार्यक्रमकाबिच धनगढीको ओम प्यालेसमा आयोजना गरिएको वार्षिक साधारण सभा सम्पन्न भएको हो। यस पटकको साधारण सभामा शेयर सदस्य भन्दा अन्य अतिथिलाई आमन्त्रण नगरिएका कारण भाषण भन्दा छलफल बढी भएको सहभागीहरूले बताएका छन् । संगम सहकारीले प्रत्येक वर्ष सदस्य सङ्ख्या वृद्धि गर्दै लगेका छ । संगम बचत तथा ऋण सहकारी संस्था धनगढीका अध्यक्ष मनमोहन विष्टले संस्थाले सदस्यको सङ्ख्या वृद्धि सँगै वित्तीय स्रोतमा पनि सकारात्मक परिवर्तन गरेको जानकारी दिए । उनका अनुसार आर्थिक वर्ष २०७९/८० मा मात्रै ४ सय ५३…

Read More

बैतडी : बैतडी–दार्चुला जोड्ने कर्कले पुल भासिएको छ। दार्चुलाको शैल्यशिखर नगरपालिका–३ कर्कले र बैतडीको डिलाशैनी गाउँपालिका-रुद्रेश्वर जोड्ने चमेलिया नदीमाथिको बेलिब्रीज भासिएको हो। केही दिनअघि उक्त पुलको दार्चुलातर्फको मुख्य पिलर भएको ठाउँमा पूरै जमिन भासिएको सवारी चालकहरूले बताएका छन्। पहिरोले पुलको मुख्य पिलर तलतिरको जमिन भासिएपछि दुर्घटनाको जोखिम बढेको छ। दुर्घटनाको जोखिम बढेसँगै पुलमा ठूला गाडी आवागमनमा रोक लगाइएको ट्रक चालक शेरसिंह कार्कीले बताए। उक्त पुल भएर बैतडीको रुद्रेश्वर, सिमार, गण्न्ना लगायतका क्षेत्रमा पुगिन्छ भने दार्चुलाको चमेलिया जलविद्युत् आयोजना, बिटुले, मार्मा, अपि हिमालको मकिरागाडसम्म आवतजावत गर्ने सवारीसाधन यसै पुल भएर गुड्ने गरेका थिए। पुलको तलतिरको जमिन भासिएकाले दुर्घटनाको जोखिम बढेको हो।…

Read More

काठमाडौं : त्रिभुवन विमानस्थलबाट भारतको नयाँ दिल्लीका लागि उडेको विमान पुनस् काठमाडौं फर्काइएको छ । प्राविधिक समस्या देखिएपछि नारायणघाटमाथिको आकाशबाट विमान डाइभर्ट गरिएको विमानस्थलका प्रवक्ता सुभाष झाले बताए । एआई २१६ उडानको उक्त विमानमा १२५ जना यात्रु थिए । काठमाडौंबाट साँझको ७ बजेर २ मिनेटमा उडेको विमान ७ बजेर ३२ मिनेटमा आकस्मिक ल्याण्ड गरिएको हो । आज उडान नहुने भएपछि यात्रुहरूलाई होटलमा लगिएको छ ।

Read More

धनगढीः कैलालीका दुई पसलमा प्रहरीले छापा मारेको छ। दुबै पसलबाट प्रहरीले ६ लाख ४१ हजारभन्दा बढी मूल्यका अवैध सामान जफत गरेको छ। जिल्ला प्रहरी कार्यालय कैलालीबाट खटिएको सादा पोसाकको प्रहरी टोलीले गौरीगङ्गा नगरपालिका–८ बढैपुर स्थित डिल्लीराम आचार्यले सञ्चालन गरेको म्याक्स जनरल स्टोर र गोविन्द शर्माले सञ्चालन गरेको बेरोजगार किराना पसलबाट अवैध सामान बरामद भएको हो।

Read More

बझाङः बझाङमा भिरबाट लडेर घाइते भएकी महिलाको मृत्यु भएको छ। लडेर घाइते भएकी बुंगल नगरपालिका–१० दौंडकी २२ वर्षीया सिता बागलाई उपचारको लागि डडेल्धुरा ल्याउँदै गर्दा बिच बाटोमै मृत्यु भएको जिल्ला प्रहरी कार्यालय बझाङले जनाएको छ। उनी शनिवार बर्म खोली भन्ने जंगलमा घास काट्ने क्रममा भिरबाट लडेर घाइते भएकी थिइन्।

Read More

दार्चुलाः दार्चुलामा करेन्ट लागेर एक महिला घाइते भएकी छिन्। जिल्लाको मार्मा गाउँपालिका–४ बसन्त टोलकी ३६ वर्षीया गोपा धामी घाइते भएकी हुन्। उनलाई डाले घाँस काट्ने क्रममा विद्युतको सर्विस लाइनमा छुन गई करेन्ट लागेको हो। घाइते धामीलाई स्थानीय अस्पतालमा सामान्य उपचारपछि धनगढी लगिएको जिल्ला प्रहरी कार्यालय दार्चुलाले जनाएको छ।

Read More

धनगढीः कैलालीमा एक गोठमा आगलागी भएको छ। जिल्लाको लम्कीचुहा नगरपालिका–८ बचैलाका लछीराम विष्टको गोठमा आज दिउँसो आगलागी भएको हो। गोठ र नजिकैको परालमा आगलागी हुदा करिब ६ लाख बराबरको क्षती भएको छ। आगलागीबाट मानवीय तथा पशुचौपायामा भने केहि क्षेती नपुगेको कैलाली प्रहरीले जनाएको छ।

Read More