Author: महेन्द्रनगर पोष्ट

बझाङ : बझाङमा जन्ती बोकेको जिप दुर्घटना भएको छ । शुक्रबार दिउसो छविसपाथीभेरा गाँउपालिकाबाट जन्ती लिई सुर्मा गाँउपालिका फकिदै गरेको १६ जना सवार सु.प.प्र०४००१ ज ००१९ नम्बरको जिप दुर्घटनामा परेको हो । जिप छविसपाथीभेरा गाँउपालिका वडा नं ५ खतेडाकमा अनियन्त्रित भएर दुर्घटनामा परेको हो । कच्ची सडक र क्षमता भन्दा बढी यात्रु बोकेका कारण अनियन्त्रीत भई पल्टेको हुन सक्ने जिल्ला प्रहरी कार्यालय बझाङका प्रवक्ता प्रहरी निरीक्षक दिपेश चौधरीले जानकारी दिए। घाइते हुनेमा सुर्मा गाँउपालिका ५ का ३० बर्षिया खगेन्द्र जेठारा र सोहि ठाँउका १७ बर्षिया समु बोहरा रहेका छन् । जेठाराको टाउकोमा चोट लागेर बेहोस अवस्थामा रहेका छन भने बोहराको…

Read More

कञ्चनपुर : कञ्चनपुरको महेन्द्रनगरस्थित भीम वाटिका (स्थानीय पार्क) मा भीमदत्त पन्तको शालिक तोडफोड गर्ने दुई जनालाई प्रहरीले पक्राउ गरेको छ। पन्तको शालिक तोडफोड गर्ने दुई जना आन्दोलनकारीलाई पक्राउ गरिएको कञ्चनपुर प्रहरीले जनाएको छ। तर, उनीहरूको नाम खुल्न भने बाँकी रहेको छ। महेन्द्रनगरमा राप्रपाको उग्र आन्दोलन, नाम मेटाएर सालिक तोडियो राप्रपाले राज संस्था पुनःस्थापना अभियान अन्र्तगत प्रदर्शनमा सहभागीले वाटिकामा प्रवेश गरी पन्तको शालिक तोडफोड गरेका थिए। तोडफोडबाट शालिकको कम्मर मुनिको भागमा क्षति पुगेको छ। सुरक्षाकर्मीले दुई राउण्ड अश्रुग्याँस प्रहार गरी शालिक तोडफोड रोकेका छन्। सुरक्षाकर्मीले अश्रुग्याँस प्रहार गरी उनीहरुलाई तितरवितर गरेको थियो।

Read More

कञ्चनपुर : राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)का कार्यकर्ताले महेन्द्रनगरस्थित भीम वाटिका (स्थानीय पार्क) मा भीमदत्त पन्तको शालिक तोडफोड गरेका छन्। राप्रपाले राज संस्था पुनःस्थापना अभियान अन्र्तगत प्रदर्शनमा सहभागीले वाटिकामा प्रवेश गरी पन्तको शालिक तोडफोड गरेका हुन्। त्यसपछि उनीहरुले पार्क वाहिर प्रवेशद्वारमा पेन्ट लगाएर भीम वाटिकाको नाम मेटाई दिएका छन्। राप्रपाको कार्यालयबाट प्रदर्शन सुरु गरी बजार क्षेत्र परिक्रमण गरी मदनचोकमा समापन गर्ने कार्यक्रम राखिएको भए प्रदर्शनमा सहभागी क्याम्पस रोडमा पार्क आएका हुन्। उनीहरु पन्तको शालिन तोडफोड र प्रवेशद्वारमा भीम वाटिकाको नाममा पेन्ट लगाएर मेटाएका छन्। भीमदत्त पन्त स्मृति प्रतिष्ठानले केही वर्ष अघि पन्तको शालिक स्थापना गरेपछि भीम वाटिका नामाकरण गरिएको थियो। तोडफोडबाट…

Read More

काठमाडौं : भक्तपुरस्थित निवासमा सुरक्षाकर्मीले आफूलाई सीमित राखेपछि मेडिकल व्यवसायी दुर्गा प्रसाईंले सर्वोच्च अदालतमा शुक्रबार बन्दी प्रत्यक्षीकरणको रिट निवेदन दर्ता गराएका छन्। वरिष्ठ अधिवक्ता डा. सुरेन्द्र भण्डारीले प्रसाईंको पक्षबाट सर्वोच्च अदालतमा रिट निवेदन दर्ता गराएका हुन्। उक्त रिट निवेदनमाथि आइतबार सुनुवाइ हुने भएको छ।

Read More

काठमाडौं : रामेछापको मन्थली नगरपालिका–३ का तत्कालीन वडासचिव शिव कुमार महतोविरुद्ध आफू जिवितै हुँदै आफ्नो मृत्युको दर्ताको प्रमाणपत्र बनाएर श्रीमतीलाई एकल महिला भत्ता खुवाएको आरोप लागेको छ। अख्तियार दुरुपयोग अनुसन्धान आयोगका प्रवक्ता भोला दाहालका अनुसार महतोले निर्मला खत्रीसँगको मिलेमतोमा खत्रीको जिवित श्रीमानको मृत्यु भएको भनी बद्नियतपूर्वक एकल महिलाको सामाजिक सुरक्षा भत्ताको परिचय पत्र बनाएको आरोप लागेको छ। उहाँका अनुसार गलत लिखित तयार पारी नेपाल सरकारलाई ४५ हजार २२० रुपियाँ हानीनोक्सानी पु¥याएको आरोपमा भ्रष्टाचार निवारण ऐन, २०५९ बमोजिम बिगो असुलउपर हुन मागदाबी लिइ शुक्रबार विशेष अदालत काठमाडौंमा आरोेपपत्र दायर भएको आयोगले जनाएको छ।

Read More

काठमाडौं : त्रिभुवन विश्वविद्यालयका उपप्राध्यापक प्रेम चलाउनेले ढिलै भए पनि आंशिक न्याय पाएको प्रतिक्रिया दिएका छन्। काठमाडौँ जिल्ला अदालतले उनीमाथि कुटपिट गर्ने ६ जनालाई २ वर्ष कैद गरी २८ लाख क्षतिपूर्ति भराउने फैसला गरेपछि उपप्राध्यापक चलाउनेले यो प्रतिक्रिया दिएका हुन्। उनले न्यायको संघर्षका क्रममा साथ दिने अधिवक्ता, अभियन्ता, सञ्चारजगत्, प्राज्ञिक जगत सबैलाई धन्यवाद दिँदै सामाजिक सञ्जालमा लेखेका छन्, ‘ढिलै भए पनि मैले आंशिक न्याय पाएको छु। यो म एक्लैले केही गर्न सक्दैनथेँ। धेरैजना मित्रहरू यो उपलब्धिका असली हकदार हुनुहुन्छ। प्रिय पत्रकार साथीहरू, मेरा अधिवक्ता मित्रहरू, सडक संघर्षमा होमिने साथीहरू, माइतीघर मोर्चा, प्राज्ञिक जगत्, मेरा सहकर्मी मित्रहरू, प्यारा विद्यार्थी, देश विदेशबाट…

Read More

काठमाडौं : संसदीय सुनुवाई समितिले सर्वोच्च अदालतका लागि प्रस्तावित ६ जना न्यायाधीशविरुद्ध उजुरी आह्वान गरेको छ। न्यायापरिषदको मंसिर ५ को निर्णयअनुसार सर्वोच्च अदालतका लागि ६ जना न्यायाधीशको नाम सिफारिस गरिएको थियो। सिंहदरबारमा शुक्रबार बसेको संसदीय सुनुवाइ समितिको बैठकले प्रस्तावित न्यायाधीशहरू विरुद्ध उजुरी दिन सर्वसाधारणका लागि आह्वान गरेको हो। उजुरी आह्वान गरिएका प्रस्तावित न्यायाधीशहरूमा शारङ्गा सुवेदी, अब्दुल अजिज मुसलमान, महेश शर्मा पौडेल, टेकप्रसाद ढुङ्गाना, सुनिल कुमार पोखरेल र बालकृष्ण ढकाल छन्। समितिका सभापति पशुपति शम्शेर जबराले संसदीय सुनुवाइको कार्यविधिअनुसार उजुरी दिन १० दिनको सूचना जारी गर्ने निर्णय गरिएको जानकारी दिए। सूचना प्रकाशित भएको मितिले १० दिनभित्र स्पष्ट आधार खोली मर्यादित भाषामा…

Read More

काठमाडौं: राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष राजेन्द्र लिङ्देनले शान्तिपूर्ण विरोध प्रदर्शनमा सहभागीहरुलाई सरकारले धरपकड गर्नु मौलिक हकविपरीत कार्य भएको बताएका छन्। प्रहरीले शुक्रबार दुर्गा प्रसाईँका समर्थकहरुलाई तीनकुनेमा प्रदर्शन गर्न खोज्दा पक्राउ गरेपछि लिङ्देनले आपत्ति जनाएका हुन्। साथै प्रसाईंलाई नजरबन्दमा राखिएको लिङ्देनको आरोप छ। ‘शान्तिपूर्ण ढङ्गले हिँडडुल गर्न, भेला हुन र विरोध प्रदर्शन गर्न पाउने जनताको मौलिक हक विपरीत आज काठमाडौंमा भइरहेको धरपकड र नजरबन्द जस्ता घटनाहरु अलोकतान्त्रिक तथा जनताको मौलिक हक विरुद्धका काम हुन्,’ उनले भने, ‘धरपकड र कुनै पनि प्रकारको दमनले समस्याको समाधान निस्कनन्। सरकारले आफूलाई तत्काल सच्याओस्।’

Read More

काठमाडौं : परराष्ट्रमन्त्री एनपी साउदसँग कतारका विदेश राज्यमन्त्री सुल्तान बिन साद अल-मुखैरीले भेट गरेका छन्। नेपालको दुई दिने भ्रमणमा बिहीबार काठमाडौँ आइपुगेका अल–मुखैरीले साउदलाई शुक्रबार मन्त्रालयमा भेट गरेका हुन्। मन्त्रालयका अनुसार भेटमा परराष्ट्रमन्त्री साउदले हमासको नियन्त्रणमा रहेका नेपाली विद्यार्थी विपिन जोशीको रिहाईका लागि पहल गरिदिन आग्रह गरेका छन्। विद्रोही हमासले रिहाइ गर्न लागिएको भनिएका ५० जनाको समूहसँगै जोशीको रिहाई गराइदिन विशेष अनुरोध गरिएको मन्त्री साउदका प्रमुख स्वकीय सचिव दिपकराज जोशीले जानकारी दिए। जवाफमा कतारका विदेश राज्यमन्त्रीले जोशीको रिहाईका लागि यथाशीघ्र सहयोग गर्ने आश्वासन दिएका छन्।

Read More

काठमाडौं : मेडिकल व्यवसायी दुर्गा प्रसाईंको आह्वानमा आन्दोलनका लागि तीनकुनेमा पुगेकाहरूलाई प्रहरीले नियन्त्रणमा लिन थालेको छ। प्रसाईंले शुक्रबारदेखि तीनकुने क्षेत्रमा आन्दोलन गर्ने तयारी गरेका थिए। जिल्ला प्रशासन कार्यालय काठमाडौंले तीनकुने क्षेत्रमा आन्दोलनका लागि प्रसाईंले अनुमति नलिएको बताएको छ। प्रहरीले ‘शंकास्पद’ लागेका व्यक्तिहरूलाई मात्रै नियन्त्रणमा लिइएको बताएको छ। प्रसाईंले प्रदर्शन स्थल घोषणा गरेको काठमाडौँको तीनकुनेबाट अहिलेसम्म २६ जनालाई पक्राउ गरिएको जिल्ला प्रहरी परिसर काठमाडौंले जनाएको छ। तीनकुनेबाट पक्राउ पर्नेमा राप्रपामा आवद्ध पशुपति कठायत, श्याम तिमल्सिना र आङनिमा शेर्पासहित २६ जना छन्। पक्राउ पर्नेमा बिनिता थापा, देवेन्द्र थापा, मिना शाही ठकुरी, क्षितिज तिमिल्सिना, नरबहादुर सिलवाल, नवराज अधिकारी, तेज नारायण कँडेल, कौशल आचार्य,…

Read More