Author: महेन्द्रनगर पोष्ट

काठमाडौं : चालु आर्थिक वर्षको पाँच महिनाको अवधिमा १६ हजार बढी कालोसूचीमा परेका छन् । नेपाल उद्योग परिसंघ ९सीएनआई० ले पहिलो त्रैमासिकमा उद्योगहरुको अवस्थाबारे गरेको अध्ययन रिपोर्टअनुसार पाँच महिनामा १६ हजार ४६० वटा कालोसूचीमा परेको देखाएको हो । परिसंघका अध्यक्ष राजेश अग्रवालले चालु आर्थिक वर्षको पाँच महिनाको अवधिमा कालोसूचीमा पर्नेको संख्या उच्च रहेको बताए । आर्थिक वर्ष २०७८र७९ मा १२ हजार ८८९ वटा र आव २०७९र८० मा २६ हजार ८६० व्यक्ति तथा कम्पनी कालोसूचीमा परेको जानकारी दिए । यो वर्षको पाँच महिनाको अवधिमै १६ हजार ४६० व्यक्ति तथा कम्पनी कालोसूचीमा परेका छन् । कतिपय कम्पनीहरु कालोसूचीमा रहेको र कतिपय कालोसूचीबाट…

Read More

धनगढी: कैलालीमा सशस्त्रले चौतारी निर्माण थालेको छ। जिल्लाको टीकापुर नगरपालिका(७ मा सार्वजनिक चौतारी निर्माणको कार्य शुभारम्भ भएको हो। नगरपालिकाको आयोजनामा सोमबार एक कार्यक्रमकाबीच सीमावासीसंग सशस्त्र प्रहरी कार्यक्रमको अवधारणा अन्तर्गत सशस्त्र प्रहरी बल, नेपाल र समुदाय बीचको साझेदारीमा सार्वजनिक चौतारी निर्माणको शुभारम्भ गरिएको हो। नगरपालिका प्रमुख रामलाल डगौरा थारुको प्रमुख आथित्यतामा चौतारी निर्माणको सुभारम्भ गरिएको बताइएको छ। कार्यक्रममा सशस्त्र प्रहरी बल, नेपाल नं. ७ बैद्यनाथ बाहिनी मुख्यालय कैलालीका बाहिनीपति सशस्त्र प्रहरी नायब महानिरीक्षक कुमार न्यौपाने, सशस्त्र प्रहरी बल, नेपाल नं.३४ गणका गणपती सशस्त्र प्रहरी उपरिक्षक रामहरी अधिकारी, वडाअध्यक्ष लगायत जनप्रतिनिधी, भद्रभलादमी, पत्रकार, समाजसेबी, बुद्दिजिवी तथा स्थानिय सीमावासीहरुको सहभागिता रहेको थियो।

Read More

काठमाडौँ : वरिष्ठ पत्रकार गोकुलप्रसाद पोखरेलको ८७ वर्षको उमेरमा त्रिभुवन विश्वविद्यालय, शिक्षण अस्पतालमा आज निधन भएको छ । राष्ट्रिय मानव अधिकार आयोगका पूर्व सदस्य, नेपाल प्रेस इन्स्टिच्युट (एनपीआई) का संस्थापक महासचिव र दुई कार्यकाल अध्यक्ष भएका पोखरेल गोरखापत्र दैनिकका पूर्वसम्पादक र ‘मुना’ बाल मासिक (बालपत्रिका) का संस्थापक प्रधानसम्पादक पनि थिए । गोरखापत्र संस्थानको राष्ट्रिय पत्रकारिता पुरस्कार प्राप्त पोखरेल पछिल्लो समयमा फोक्सोसम्बन्धी समस्याबाट पीडित थिए । एनपीआईका कार्यसमिति सदस्य कपिल काफ्लेका अनुसार पोखरेलको आज बिहान १०ः३० बजे निधन भएको हो । उनले पोखरेल नेपाली पत्रकारिताका धरोहर रहेको बताए । पोखरेलका छोरा अष्ट्रेलियाबाट आएपछि पार्थिव शरीरलाई मङ्गलबार बिहान अन्त्येष्टि गरिने जनाइएको छ…

Read More

कैलाली : नेकपा माओवादी केन्द्रले थालेको ३ महिने रूपान्तरण अभियान सम्पन्न भएको छ । पार्टी सुदृढीकरण तथा नयाँ ऊर्जाका लागि माओवादी केन्द्रले थालेको ३ महिने रूपान्तरण अभियान अन्तर्गत सोमबार घोडाघोडीमा सम्पन्न भएको हो । पार्टीका केन्द्रीय सदस्य तथा रूपान्तरण अभियानका कैलाली इन्चार्ज टेकेन्द्र भट्टको प्रमुख आथित्यतामा भएको अभियान समापन समारोहमा विभिन्न संस्कृति झल्कने झाँकी प्रस्तुत गरिएको थियो । कार्यक्रममा बोल्दै प्रमुख अतिथि भट्टले संविधानको रक्षा तथा समृद्ध नेपालको परिकल्पना माओवादीको नेतृत्वमा मात्र सम्भव रहेको बताए । रूपान्तरण अभियानका घोडाघोडी इन्चार्ज तथा माओवादी केन्द्रकी केन्द्रीय सदस्य विमला सिंहले घोडाघोडी माओवादीको आधार भूमि र बलियो क्षेत्र रहेको जिकिर गर्दै यहाँका जनताले हरेक…

Read More

डडेल्धुरा : नेपाल विद्यार्थी संघ डडेल्धुराले ४८औं राष्ट्रिय एकता तथा मेलमिलाप दिवस मनाएको छ। मेलमिलाप दिवसको अवसरमा नेविसंघ डडेल्धुराले सोमबार निर्माण व्यवसायी संघको हलमा वर्तमान परिवेश र राष्ट्रिय मेलमिलाप विषयक विचार गोष्ठी पनि गरेको हो। कार्यक्रममा जिल्लास्थित अन्य राजनीतिक दलका नेताहरूलाई पनि आमन्त्रण गरिएको थियो। कार्यक्रममा नेविसंघ डडेल्धुराका अध्यक्ष पवन ऐरले सदैव एकआपसमा मेलमिलाप हुनु पर्ने बताए। उनले विभिन्न सरकारी तथा गैरसरकारी संघ संस्थाका कर्मचारी डडेल्धुरा कर्मभूमी बनाएर आउने र भ्रष्टाचारमा लिप्त हुने गरेको आरोप लगाए। जिल्लामा हुने भ्रष्टाचार रोक्न जिल्लास्थित सबै राजनीतिक दलले एक हुनु पर्नेमा उनले जोड दिए। कांग्रेसका संस्थापक विश्वेश्वरप्रसाद कोइरालालगायतका नेताहरु भारतमा लामो निर्वासन अन्त्य गरी…

Read More

धनगढी : स्वास्थ्य तथा जनसंख्यामन्त्री मोहनबहादुर बस्नेतले नेपाल दूरसञ्चार प्राधिकरणका लागि टेरामक्स उपकरण खरिद प्रक्रियामा आफू सामेल नभएको बताएका छन् । प्रेस युनियनले सोमबार धनगढीमा गरेको पत्रकार सम्मेलनमा उनले आफू सञ्चारमन्त्री भएका वेला एनसेलको कर छली रोक्न टेरामक्स खरिद गर्ने नीतिगत निर्णय गरेको, तर खरिद प्रक्रियामा आफू सामेल नभएको बताएका हुन् । उनले भने, ‘कल बाइपासबाट हुने कर छली उपकरण खरिद गरेर रोक्न सकिने राय पाएपछि उपकरण खरिद गर्ने निर्णय गरिएको हो। उनले थप भने, ‘खरिद प्रक्रियामा कमी–कमजोरी भएको हुन सक्छ, त्यो मभन्दा पछि हो। ठेक्का प्रक्रियामा गलत गरेको छ भने ज–जसले गरेको छ कारबाही होला।’ टेरामक्सको टेन्डर प्रक्रिया ठीक…

Read More

कैलाली : स्वास्थ्य तथा जनसङ्ख्या मन्त्री मोहन बस्नेतले गेटामा तत्काल विश्व विद्यालय बनाउने भन्दा पनि सय शय्याको अस्पताललाई जोड दिनु पर्ने बताएका छन् । सोमबार धनगढीमा प्रेस युनियनले आयोजना गरेको पत्रकार सम्मेलन बोल्दै उनले अहिले विश्व विद्यालय वा प्रतिष्ठानको लागि हतार गर्नु पर्ने बेला नभएको जिकिर गरे । पहिले चरणमा सय शय्याको अस्पताललाई बलियो बनाउने त्यसपछि तीन सय शय्याको अस्पताल सुरु गर्ने त्यसपछि मात्रै विश्व विद्यालय वा प्रतिष्ठान तर्फ जानु पर्नेमा जोड दिए । ‘सबै भन्दा पहिले एक सय बेडको अस्पताल चलाउन लाग्नु पर्छ । हामीले १४१ दरबन्दी पठाइसकेका छौँ । त्यो अनुसार अस्पताल बलियो बनाएपछि हुन्छ अहिले विश्वविद्यालय भन्दा…

Read More

धनगढी : नेकपा एमाले संसदीय दलका नेता राजेन्द्रसिंह रावलले सुदूरपश्चिम सरकार उल्टो बाटोमा हिँडिरहेको बताएका छन् । प्रदेश सभाको एक वर्ष पुरा भएको अवसरमा पत्रकार सम्मेलनको आयोजना गर्दै नेता रावलले प्रदेश सरकार प्रति खरो टिप्पणी गर्दै यस्तो बताएका हुन् । नेता रावलले भने, ‘अहिले सरकार उल्टो बाटोमा हिँडिरहेको छ, सरुवाको नाममा सरकारले कर्मचारीहरूलाई त्रसित गराएको छ ।’ संसदीय समितिले अहिले सम्म पनि सभापति पाउन नसकेको भन्दै उनले सरकार गैर जिम्मेवार भएको बताए । ‘अहिले पनि ज्येष्ठताको आधारमा काम चलाऊ काम भइरहेको छ’ उनले भने, ‘संसदीय अध्यास भएका छैन । संसदीय मर्यादामा काम भएको छैन । ’ गठबन्धनको सरकार बहुमतको धङधङीमा…

Read More

बाँके : बाँकेको एक विद्यालयका प्रधानाध्यापक र विद्यालय व्यवस्थापन समिति अध्यक्षविरुद्ध भ्रष्टाचार मुद्दा दायर भएको छ । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले नरैनापुर गाउँपालिका–२ मा सञ्चालित मदरसा दारुल उलूम अमजदिया बरकातियाका प्रधानाध्यापक कलिम अहमद जोलाह र विद्यालय व्यवस्थापन समितिका अध्यक्ष बदरुददुजा खाँ विरुद्ध आज भ्रष्टाचार मुद्दा दायर गरेको हो । उनीहरुमाथि तलबभत्ता, छात्रवृत्ति, निःशुल्क पाठ्यपुस्तकलगायत शीर्षकमा निकासा भएको १८ लाख तीन हजार सात सय ४१ रुपैयाँ हिनामिना गरेको आरोप लागेको छ । साविक जिल्ला शिक्षा कार्यालय बाँकेबाट निकासा भएको उक्त रकम सम्बन्धित शीर्षकमा खर्च नगरी हिनामिना गरेको आयोगले जनाएको छ । आर्थिक वर्ष २०७०/०७१ देखि २०७४/०७५ सम्म शिक्षकको तलबभत्ता, छात्रवृत्ति, निःशुल्क…

Read More

काठमाडौँ : श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयका प्रवक्ता राजिव पोखरेलको दस्तखत किर्ते गरी इपिएस कोरियाबारे भ्रामक सूचना भएको छ । उच्च अदालत पाटनको आदेश बमोजिम सिप बिल्डिङ क्षेत्रका आवेदकहरूको लागि १३ हजार ५८ जनाको कोटा छुट्टाइएको भन्दै प्रवक्ताको दस्तखत किर्ते गरी भ्रामक सूचना सार्वजनिक भएको हो । आफ्नो दस्तखत किर्ते गरेर भ्रामक सूचना सार्वजनिक भएको भन्दै प्रवक्ता पोखरेलले सामाजिक सञ्जालमा राखिने गलत सूचना बारे सजक हुन आग्रह गरेका छन् । इपिएस कोरियाबारे विवाद चर्किरहेका बेला सामाजिक सञ्जालमा भ्रामक सूचना सार्वजनिक भएको हो । ‘मिति २०८०।०९।१५ मा यस मन्त्रालयका सहसचिव श्री राजिव पोखरेलको दस्तखत किर्ते गरी इपिएस कोरिया शाखाबाट उच्च…

Read More