Author: महेन्द्रनगर पोष्ट

धनगढी: कैलालीको धनगढीमा प्रहरीका श्रीमतीका लागि सिलाइ कटाई तालिम सुरु भएको छ। सुदूरपश्चिम प्रदेश प्रहरी कार्यालयमा श्रीमती संघले तीन महिने तालिमको आयोजना गरेको हो। नेपाल प्रहरी, श्रीमती संघ, सुदूरपश्चिमले २४ महिलालाई तीन महिने सिलाइ कटाई तालिम दिन सुरु गरेको नेपाल प्रहरी, श्रीमती संघकी सदस्यसमेत रहेकी प्रशिक्षक गीता देवी थलालले जानकारी दिइन्। थलालकाअनुसार धनगढीमा उनीहरूलाई आत्मनिर्भर बनाउन तालिम दिन थालिएको हो। तीन महिने सिलाइ कटाई तालिममा २४ जना महिला सहभागी छन् जसमा १२ महिलालाई थलाल र १२ महिलालाई हिरा कठरियाले तालिन दिन थालेका हुन्।

Read More

कञ्चनपुर: विपन्न अवस्थाका व्यक्तिहरूको आयआर्जनमा वृद्धि गर्नका लागि कृषि ज्ञान केन्द्र कञ्चनपुरले विभिन्न बालीको मिनी किट वितरण कार्य अगाडि बढाएको छ। केन्द्रको आर्थिक वर्ष २०८०-८१ को स्वीकृत कार्यक्रमअनुसार विपन्न लक्षित वर्गलाई मिनी किट वितरण गर्न लागेको हो। कृषि ज्ञान केन्द्रका प्राविधिक सहायक जनकबहादुर सिंहका अनुसार कृष्णपुर नगरपालिका, शुक्लाफाँटा नगरपालिकाका विपन्न वर्गको आर्थिकसँगै पोषणमा सुधार ल्याउने उद्देश्यले च्याउ, मकै, धान र तरकारीको बीउ वितरण भइरहेको छ। ‘च्याउ पाँच सय, गहुँ एक हजार पाँच सय, मकै पाँच सय, धान एक हजार मिनी किट वितरण गर्ने लक्ष्य राखेका छौँ’, प्राविधिक सिंहले भने, ‘कृष्णपुरको वडा नं ५ स्थित मुक्त कमैया शिविर र शुक्लाफाँटा नगरपालिकाको वडा नं…

Read More

बाजुरा : नेपाली काँग्रेसका महामन्त्री विश्वप्रकाश शर्माले अहिले सरकार फेरबदलको कुरा नभएको बताएका छन्। नेपाल प्रेस युनियन बाजुरा शाखाले मंगलबार आयोजना गरेको पत्रकार सम्मेलनमा महामन्त्री शर्माले सरकारको फेरबदलको गठबन्धन र पार्टीमा समेत कुनै कुरा नभएको बताएका हुन्। उनले अहिले सरकार फेरबदलको कुरामा जताततै टिप्पणी भइरहेको तर गठबन्धन र नेपाली काँग्रेस पार्टीमा यस बिषयमा कुनै कुरा नभएको स्पष्ट पारे। पार्टीबाट पठाएका मन्त्रीको कमी कमजोरीलाई आलोचना गर्ने र सकारात्मक कामको प्रशंसा गर्ने काम पनि पार्टीबाट नै हुनुपर्ने महामन्त्री शर्माको धारणा थियो। निर्वाचनपछि सरकार बनेर देशमा परिवर्तन भइरहेको उनको दाबी छ। उनले भने, ´मिसन ८४ को चिन्ता हैन ८१, ८२, ८३ कस्तो बनाउने…

Read More

काठमाडौं :  सामाजिक सञ्जाल टिकटक बन्द गर्ने सरकारको निर्णयविरुद्ध रिटको सुनुवाइ सर्वोच्च अदालतका न्यायाधीशद्वय सुस्मालता माथेमा र विनोद शर्माको संयुक्त इजलासमा पेशी तोकिएको छ। यसअघि मंसिर ५ गते न्यायाधीश विनोद शर्माको इजलासले टिकटक बन्दको सन्दर्भमा सरकारका नाममा कारण देखाउ आदेश जारी गरेको थियो। अदालतको आदेश बमोजिम सरकारले लिखित जवाफ पेस गरेकाले आजबाट सो मुद्दामा नियमित सुनुवाइ हुन लागेको हो। गत कात्तिक २७ गते बसेको मन्त्रिपरिषद बैठकले समाजिक सञ्जाल टिकटक बन्द गर्ने निर्णय गरेको थियो। टिकटकमाथिको प्रतिबन्धविरुद्ध वरिष्ठ अधिवक्ता दिनेश त्रिपाठी, अधिवक्ताहरू अनन्तराज लुँइटेल, सुनिलरञ्जन सिंह, भद्रप्रसाद नेपाल, अञ्जन धिताल, यज्ञमणि न्यौपाने लगायतले छुट्टाछुट्टै रिट दायर गरेका थिए।

Read More

काठमाडौं : जिल्ला अदालत काठमाडौंले ३५ दिने पक्राउ पुर्जी जारी गरेपछि नेकपाका महासचिव नेत्रविक्रम चन्द ‘विप्लव’ले संघर्षका कार्यक्रम घोषणा गरेका छन्। काठमाडौं जिल्ला अदालतले २०७६ साल पुसको मुद्दा ब्युँताएर सोमबार पक्राउ पुर्जी जारी गरिएको विप्लवको ठहर छ। ‘नेपाल कम्युनिस्ट पार्टीका महासचिव विप्लव सी, प्रवक्ता, प्रकाण्ड सी पीवीएम माइला सी लगायतका नाममा पक्राउ पुर्जी जारी गरेको छ। अदालतको उक्त कार्य २०७७ साल फागुन २१ गते सम्पन्न ३ बुँदे सहमतिको ठाडो उल्लङ्घन मात्र हैन देशका समस्यालाई शान्तिपूर्ण तरिकाले निकास दिन भइरहेका गम्भीर पहलमाथिको विध्वंसात्मक हमला पनि हो। राज्यको जिम्मेवार निकाय अदालतमा बसको न्यायाधीशले प्रदर्शन गरेको यस्तो गैरकानूनी, असभ्य एवं अराजक कार्यको पार्टी घोर…

Read More

काठमाडौं : भाउ बढेर अहिलेसम्मकै उच्च तोलाको एक लाख २१ हजार ६ सय रुपैयाँ पुगेको सुनको भाउ आज घटेको छ। तोलामा दुई हजार ४ सय रुपैयाँले घटेर आज तोलाको एक लाख १९ हजार २ सय रुपैयामा झरेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ। शुक्रवार सुनको भाउ तोलाको एक लाख १९ हजार रहेकोमा आइतवार एक हजार ८ सय रुपैयाँले बढेको थियो। त्यस्तै हिजो पनि ८ सय रुपैयाँले बढेर रेकर्ड बनाएको थियो। आज चाँदीको भाउ पनि घटेको छ। तोलामा ४५ रुपैयाँले घटेर चाँदी आज एक हजार ५ सय रुपैयाँ झरेको महासंघले जनाएको छ।

Read More

काठमाडौं : घरबाट बेपत्ता भएको चार दिनपछि सामुदायिक स्वास्थ्य एकाइ  उनापानीमा कार्यरत अहेव अङ्ग फडेरा मृतावस्थामा फेला  परेका छन्। हुम्लाको सर्केगाड गाउँपालिका-३ उनापानी गाउँका अन्दाजी ५२ वर्षीय फडेराको घरभन्दा आधा घण्टा टाढाको दूरी रहेको पुदाले चौरको भिरबाट लडेर मृत्यु भएको हुनसक्ने आफन्तको भनाइ छ। फडेरा गत शुक्रबारदेखि वेपत्ता भएको जनाउँदै आफन्तले खोजी तीव्र पारेका थिए। आफन्तले उनीलाई सोमबार दिउँसोे मृतावस्थामा फेला परेका हुन्। मृतक फडेराको घाँटीमा गम्भीर चोट लागेको जनाइएको छ। जिल्ला प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्षक रवीन्द्र खनालले भने, ‘घटनाको विस्तृत जानकारी अझै आउन सकेको छैन। घटनाको थप विवरण बुझ्न र मुचुल्का गर्नका लागि सर्केगाड प्रहरी चौकीको टोली घटनास्थलमा पुगेको छ।’ मुचुल्कापछि…

Read More

काठमाडौं : नेकपा एमाले निकट विद्यार्थी सङ्गठन अनेरास्ववियुले लैनचौरस्थित दूरसञ्चार सेवा प्रदायक कम्पनी एनसेलको कार्यालय अगाडि विरोध प्रदर्शन गरेको छ। एनसेलको शेयर खरिदबिक्रीमा भएको चलखेलविरुद्ध अनेरास्ववियुले प्रदर्शन गरेको हो। प्रदर्शनमा सहभागीहरूले ‘बाइकट एनसेल, एनसेलको आयव्यय सार्वजनिक गर, नो ट्याक्स नो सिम, रिजेक्ट एनसेल’लेखिएका प्लेकार्ड बोकेका छन्। एनसेलको ८० प्रतिशत शेयर सस्तो मुल्यमा बिक्री भएको थियो। झन्डै २ खर्वको एनसेल सात अरबमा बेचिएको थियो। आज एनसेलको सर्वोच्च अदालतमा पुँजीगत लाभकरसम्बन्धी मुद्दाको सुनुवाइ समेत हुँदैछ।

Read More

काठमाडौं : सार्वजनिक खरिद अनुगमन कार्यालयले सम्झौताअनुसार काम नगर्ने विभिन्न पाँच वटा निर्माण व्यवसायी र आपूर्तिकर्ता कम्पनीलाई कालोसूचीमा राखेको छ। सार्वजनिक खरिद ऐन २०६३ को दफा ६ को उपदफा (१) बमोजिम पाँचवटा निर्माण व्यवसायीरआपूर्तिकर्ताहरूलाई कालोसूचीमा राखिएको हो। कालोसूचीमा राखिएको अवधिभर ती कम्पनीले सार्वजनिक निकायको कुनै पनि खरिद कारबाहीमा भाग लिन पाउनेछैनन्। कार्यालयले यसअघि गएको १५ गते १४ वटा निर्माण कम्पनी र आपूर्तिकर्तालाई कालोसूचीमा राखेको थियो।

Read More

काठमाडौं: सामाजिक सञ्जाल टिकटकमा प्रतिबन्ध लगाउने सरकारको निर्णयविरुद्ध सर्वोच्च अदालतमा दायर रिटमा आजबाट सुनुवाइ हुने भएको छ। टिकटक प्रतिबन्ध लगाउने सरकारको निर्णयमा न्यायाधीश विनोद शर्माको इजलासले सबै रिटको एकसाथ प्रारम्भिक सुनुवाइ गर्दै सरकारका नाममा कारण देखाउ आदेश जारी गरेको हो। न्यायाधीश शर्माको इजलासले मंसिर १५ भित्र टिकटक बन्द गर्नुको कारणसहितको लिखित जवाफ पेस गर्न आदेश गरेको समयसिमा सकिए पछि मंगलबारबाट सुनवाइ शुरू गर्न लागेको हो।

Read More