Author: महेन्द्रनगर पोष्ट

बझाङः बझाङमा भिरबाट लडेर घाइते भएकी महिलाको मृत्यु भएको छ। लडेर घाइते भएकी बुंगल नगरपालिका–१० दौंडकी २२ वर्षीया सिता बागलाई उपचारको लागि डडेल्धुरा ल्याउँदै गर्दा बिच बाटोमै मृत्यु भएको जिल्ला प्रहरी कार्यालय बझाङले जनाएको छ। उनी शनिवार बर्म खोली भन्ने जंगलमा घास काट्ने क्रममा भिरबाट लडेर घाइते भएकी थिइन्।

Read More

दार्चुलाः दार्चुलामा करेन्ट लागेर एक महिला घाइते भएकी छिन्। जिल्लाको मार्मा गाउँपालिका–४ बसन्त टोलकी ३६ वर्षीया गोपा धामी घाइते भएकी हुन्। उनलाई डाले घाँस काट्ने क्रममा विद्युतको सर्विस लाइनमा छुन गई करेन्ट लागेको हो। घाइते धामीलाई स्थानीय अस्पतालमा सामान्य उपचारपछि धनगढी लगिएको जिल्ला प्रहरी कार्यालय दार्चुलाले जनाएको छ।

Read More

धनगढीः कैलालीमा एक गोठमा आगलागी भएको छ। जिल्लाको लम्कीचुहा नगरपालिका–८ बचैलाका लछीराम विष्टको गोठमा आज दिउँसो आगलागी भएको हो। गोठ र नजिकैको परालमा आगलागी हुदा करिब ६ लाख बराबरको क्षती भएको छ। आगलागीबाट मानवीय तथा पशुचौपायामा भने केहि क्षेती नपुगेको कैलाली प्रहरीले जनाएको छ।

Read More

काठमाडौँ : प्रधानमन्त्री एवं माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले अभिनेत्री एवं नागरिक उन्मुक्ति पार्टीकी पूर्व नेतृ एलिजा गौतमलाई सक्रिय रूपमा अघि बढ्न सुझाव दिएका छन् । शनिबार प्रधानमन्त्रीको सरकारी निवास बालुवाटार पुगेकी गौतमलाई प्रचण्डले युवा पुस्ता निष्क्रिय भएर बस्न नहुने बताउँदै राजनीतिमा सक्रियताका साथ अघि बढ्न सुझाव दिएको भेटपछि गौतमले जानकारी दिइन् । झन्डै १ घण्टा भएको कुराकानीमा प्रचण्डले समसामयिक राजनीतिक विषयमा कुराकानी गर्दै राजनीतिमा अघि बढ्न प्रचण्डले आफूलाई प्रेरित गरेको उनले बताइन् । उनले प्रधानमन्त्रीको भनाई उद्धृत गर्दै भनिन्–‘तपाईंजस्तो युवा मान्छे निस्क्रिय बस्नु हुँदैन, राजनीतिमा अघि बढ्नुपर्छ यसरी चुप लागेर बस्नु हुँदैन । अगाडि बढेर देशका लागि केही…

Read More

काठमाडौँ : पूर्वप्रधानमन्त्री तथा एमालेका अध्यक्ष केपी शर्मा ओलीले लोकतान्त्रिक गणतन्त्र चिट्ठा परेर नभई लडेर ल्याएको भन्दै कुनै व्यक्ति र परिवार मुलुकका जनताभन्दा माथि हुने व्यवस्था स्वीकार्न नसकिने बताएका छन् । उनले नेपालमा अस्थिरता ल्याउने षड्यन्त्र भइरहेको पनि बताएका छन् । नेपाल संवत ११४४ को अवसरमा एमाले काठमाडौंले शनिबार आयोजना गरेको कार्यक्रममा प्रमुख प्रतिपक्षी दलका नेता ओलीले सचेत जनताले पश्चगमनमा नजाने बताए । ‘हामी ढुंगे युगतिर फर्किन सकिँदैन । जन्मिँदै कोही राजा हुने, जनताभन्दा ठूलो व्यक्ति र परिवार हुने कुरा सचेत जनताले स्वीकार्न सक्दैन, नयाँ पिँढीले स्वीकार्न सक्दैन,’ उनले भने, ‘लोकतान्त्रिक गणतन्त्र चिट्ठा परेर ल्याएको होइन, लडेर ल्याएको हो ।…

Read More

जाजरकोट : जाजरकोट भूकम्पबाट क्षति भएका सरकारी तथा सार्वजनिक संरचनाको निर्माण प्रदेश सरकारले गर्ने भएको छ । सरकारी कार्यालय, विद्यालय, प्रहरी कार्यालय, खानेपानी, सिँचाइ आयोजनामा भएको क्षति प्रदेश सरकारले निर्माण गर्ने कार्ययोजनाका साथ नियमित छलफलमा रहेको आर्थिक मामिला तथा योजनामन्त्री वेदराज सिंहले जानकारी दिए । भूकम्पले सबैभन्दा जाजरकोट र रुकुमपश्चिममा क्षति पुर्‍याएको छ । भूकम्पले कर्णालीका ५४ वटा प्रहरी कार्यालयमा क्षति पुगेको छ । जिल्ला प्रहरी कार्यालयदेखि अस्थायी प्रहरीचौकीसम्म भूकम्पले क्षति बनाएको कर्णाली प्रहरी प्रमुख प्रहरी नायब महानिरीक्षक भीमप्रसाद ढकालले जानकारी दिए । जाजरकोटमा ३३, रुकुमपश्चिममा १२, सल्यानमा तीन, जुम्लामा चार वटा, कालीकोटमा दुई वटा प्रहरी भवनमा क्षति पुगेको प्रमुख…

Read More

पोखरा : मादक पदार्थ सेवन गरी प्रहरीलाई हातपात गर्ने नेपाल कांग्रेस बागलुङ क्षेत्र नम्बर १ (ख) का सभापति दल बहादुर श्रीषसहित २ जना पक्राउ परेका छन् । बिहीबार राती बागलुङ जैमिनी नगरपालिका १ कुश्मिसेरा बजारमा मादक पदार्थ सेवन गरी ड्युटीमा खटिएका प्रहरी कर्मचारीलाई अभद्र व्यवहार (हातपात) गर्ने ४० वर्षिय श्रीष र ३५ वर्षिय निर्मल रानालाई बागलुङ प्रहरीले पक्राउ गरेको हो । मादक पदार्थ सेवन गरी होहल्ला गरिरहेको अवस्थामा ड्युटीमा खटिएको प्रहरी टोलीले सम्झाई बुझाई गर्दा डियुटीमा खटिएका प्रहरी अभद्र व्यवहार गरेकाले उनीहरुलाई पक्राउ गरिएको बागलुङका डिएसपी मदन केसीले जानकारी दिए । सार्वजनिक हित, स्वास्थ्य, सुरक्षा, सुविधा तथा नैतिकताविरुद्धको कसुरमा मुद्दा…

Read More

विराटनगर : कोशी प्रदेश सभाले प्रतिस्थापन बजेट विधेयक सर्वसम्मत पारित गरेको छ । बैठकमा ‘कोशी प्रदेश आर्थिक अध्यादेश, २०८०’ लाई प्रतिस्थापन गर्न बनेको ‘कोशी प्रदेश सरकारको अर्थसम्बन्धी प्रस्तावलाई कार्यान्वयन गर्न बनेको विधेयक, २०८०’ र ‘कोशी प्रदेश विनियोजन अध्यादेश, २०८०’ लाई प्रतिस्थापन गर्न बनेको ‘आर्थिक वर्ष २०८०/८१ को सेवा र कार्यका लागि प्रदेश सञ्चित कोषबाट केही रकम विनियोजन र खर्च गर्ने सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयक, २०८०’ आज सर्वसम्मत पारित भएको हो । सो प्रस्ताव मुख्यमन्त्री केदार कार्कीले प्रदेश सभा नियावली, २०७४ को (पहिलो संशोधनसमेत) नियम ९३ को उपनियम १ बमोजिम सदनमा पेस गरेका थिए । सो प्रस्तावलाई उपसभामुख सिर्जना दनुवारले…

Read More

काठमाडौँ : उदयपुरमा विद्यार्थी बोकेको स्कुल बस दुर्घटना हुँदा तीन जनाको मृत्यु भएको छ भने ३६ जना घाइते भएका छन्। त्रियुगा नगरपालिका-५ देउरीमा रहेको अन्नपूर्ण सेकेन्डरी स्कुलका विद्यार्थी बोकेको बस शनिबार दुर्घटनामा परेको हो। मदन भण्डारी लोकमार्गको उदयपुरगढी गाउँपालिका– ७ जोगीटोल अँधेरी खण्डमा प्र १०५००१ ख ००४४ नम्वरको बस दुर्घटना हुँदा चालक ४० वर्षीय भिखन चौधरी, सात वर्षीया सन्ध्या चौधरी र ६ वर्षीय बिकास चौधरीको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय उदयपुरका प्रवक्ता एवं प्रहरी नायव उपरीक्षक हरिनन्दन चौधरीले बताए। चौधरीका अनुसार दुर्घटना स्थलबाट उद्धार गरी घाइतेहरूलाई जिल्ला अस्पताल गाईघाट ल्याइएको छ। उनले भने, ‘मृतक र घाइतेको विवरण सङ्कलन भइरहेको छ,…

Read More

काठमाडौं : व्यवस्था परिवर्तन गर्न भन्दै काठमाडौं केन्द्रित आन्दोलन गरिरहेका मेडिकल व्यवसायी दुर्गा प्रसाईंले आफ्नो आन्दोलनमा सहभागी हुन काठमाडौंका मेयर बालेन शाहलाई आग्रह गरेका छन्। शनिवार काठमाडौंको सिफलमा आयोजित कार्यक्रममा प्रसाईंले कार्यकारी प्रधानमन्त्री बनाउने भन्दै आन्दोलनमा साथ दिन आग्रह गरेका हुन्। ‘बालेनजीलाई पनि फेसबूकमा मात्र लेख्ने होइन, दुर्गा प्रसाईंसँग आएर उभिनुस् मुलुक बनाउने हो भने’, प्रसाईंले भने, ‘तपाईँलाई मन पराए भने कार्यकारी प्रधानमन्त्री बनन्नुस् मलाई चाहिँदैन। आउनुस् पहिला यी महिलाका आखाका आशु पुछौं। तपाईँ पनि सिराहा सप्तरीतिरको हो, यी महिला पनि त्यतैका हुन्।’​ प्रशासनले तीनकुनेमा प्रदर्शन गर्न रोक लगाएपछि उनले पशुपति मन्दिर नजिकैको सिफल चौरमा आन्दोलन गरेका थिए। बिहीवारको प्रदर्शनमा उल्लेख्य सहभागिता रहे…

Read More