Author: महेन्द्रनगर पोष्ट

धनगढी : महिला मार्ने बाघ पक्रिएकै दिन शुक्रबार राति हिंस्रक जनावरले गोठका वस्तुभाउ खाएपछि कञ्चनपुरको दोधारा चाँदनीका स्थानीय थप त्रासमा परेका छन्। जिल्ला प्रहरी कार्यालय कञ्चनपुरका डीएसपी उमेश जोशीका अनुसार गएराति दोधारा चाँदनी नगरपालिका ३ जमुनाघाडीमा बाघजस्तै जनावरले तीन बाख्रा मारेको पाइएको हो। गत बिहीबार बिहान गाउँकी २६ वर्षीया हीरा शाहको ज्यान लिएर नजिककै उखुबारीमा लुकेको बाघ झन्डै २४ घण्टापछि शुक्रबार बिहान मात्र नियन्त्रणमा लिइएको थियो। नियन्त्रणमा लिइएको घाइते बाघ बर्दिया राष्ट्रिय निकुञ्जको रम्मापुर उद्धार केन्द्रमा राखिएको छ। त्यसको त्रास सेलाउन नपाउँदै त्यही उखुबारीनजिकै शुक्रबार राति फेरि बाघजस्तै जनावर देखेको स्थानीयले बताएका छन्। राति प्रहरीले घरबाहिर ननिस्किन सो क्षेत्रमा माइकिङ…

Read More

धनगढीः डडेल्धुराको अजयमेरू गाउँपालिका वडा नम्बर २ मटेल घर भएका पूर्व सहायक मन्त्री गणेशप्रसाद भट्टको निधन भएको छ। ८३ वर्षीय भट्टको काठमाडौंको बुढानिलकण्ठमा रहेको आफ्नै निवासमा शुक्रवार निधन भएको हो। भट्टको आज शनिवार पशुपति आर्यघाटमा अन्तिम संस्कार गरिने परिवार स्रोतले बताएको छ। बुवा धनिराम भट्ट र आमा राधादेवी भट्टको कोखबाट १९९८ सालमा जन्मेका भट्टले बिएसी सम्मको अध्ययन गरी पञ्चायतको राजनीतिमा लागेका थिए। २०३८ देखि २०४२ सम्म जिल्ला पञ्चायत डडेल्धुराको सभापति भएका भट्ट डडेल्धुराबाट २०४३ मा राष्ट्रिय पञ्चायत सदस्यमा निर्वाचित भएका थिए। राष्ट्रिय पञ्चायत सदस्य हुँदा सुकुम्बासी समस्या समाधान आयोगका अध्यक्ष भएर झापालगायत पूर्वी तराईमा बसोबासको काम सफलता पूर्वक सम्पन्न गरेका…

Read More

धनगढी : कञ्चनपुरको पुनर्वास जनता माध्यमिक विद्यालयमा नेपाल सरकारको नमुना विद्यालय विकास कार्यक्रम अन्तर्गत नवनिर्मित प्रशासनिक भवनको उद्घाटन सम्पन्न भएको छ। पुनर्वास नगरपालिकाका नगर प्रमुख तोय प्रसाद शर्माले उद्घाटन गरेका हुन् । सो भवन तीन तला र १२ कोठाको छ। उद्घाटन समारोहमा वडाध्यक्ष मित्र सिंह लामाले शैक्षिक सुधारका १० र २० वर्षीय योजनाहरु ल्याउनुपर्ने बताउँदै विद्यालयमा अनुशासनको महत्त्वमा जोड दिए। विद्यालय व्यवस्थापन समितिका अध्यक्ष जगत बहादुर सायरले नगरपालिका र नेपाल सरकारको सहयोगको प्रशंसा गरे। प्रविधिक रेखदेखमा बनेको भवनले विद्यालयको समग्र विकासमा योगदान दिने शिक्षा शाखा अधिकृत शिवराज भटृले बताए। प्रमुख अतिथि नगर प्रमुख शर्माले विद्यालयको शैक्षिक र भौतिक स्तर उकास्न…

Read More

काठमाडौं : महानगरीय ट्राफिक प्रहरी प्रभाग कालिमाटीका प्रमुख प्रशन्न चौधरीमाथि नाबालिकासँग सम्बन्ध राखेको गम्भीर आरोप लागेको छ । शुक्रबार १७ वर्षीया ती किशोरीसँग न्यूरोड क्षेत्रमा असामान्य अवस्था भेटिएपछि किशोरीका बुवाले चौधरीलाई प्रहरीमा बुझाएका थिए । प्रहरीसँगको बयानमा किशोरीले भने इन्स्पेक्टर चौधरीको बचाउ गरेकी छिन् । किशोरी चौधरीप्रति आकर्षित भएको जनाउँदै आफूलाई मन परेको तर अहिलेसम्म कुनै अन्य सम्बन्ध नरहेको पनि जनाएकी छिन् । किशोरी र इन्स्पेक्टरबीचको सम्बन्धमा शंका लागेपछि अभिभावकले पिछा गरेका थिए । घटना सार्वजनिक भएपछि महानगरिय ट्राफिक प्रहरी महाशाखाले छानबिन सुरु गरेको छ । ट्राफिक महाशाखा प्रमुख एसएसपी जीवन श्रेष्ठले नै घटनाबारे छानबिन गरिरहेको स्रोतले जनाएको छ ।…

Read More

धनगढी : डोटीमा सिकार खेल्ने क्रममा बन्दुकको गोली लागेर एक जनाको मृत्यु भएको छ । जिल्लाको पुर्विचौकी गाउँपालिका वडा नम्बर ६ गाँजरीका अन्दाजी ३० वर्षीय अमर थापाको सिकार खेल्ने क्रममा गोली लागेर मृत्यु भएको जिल्ला प्रहरी कार्यालय डोटीका सूचना अधिकारी, प्रहरी नायव उपरीक्षक भिमलाल भट्टराईले जानकारी दिएका छन् । सोही ठाउँको घोत्नेगडा सामुदायिक वनमा सिकार खेल्न गएका थापाको शुक्रवार बिहान करिब ११ बजेतिर गोली लागेर घटना स्थलमै ज्यान गएको प्रहरीले जनाएको छ ।

Read More

धनगढी: कञ्चनपुरको दोधारा चाँदनीमा फेरि देखियो अर्को बाघ देखिएको छ। आज (शुक्रबार) दोधारा चाँदनी नगरपालिका-२ मा फेरि अर्को बाघ देखिएको हो। यस अगाडि आज बिहानमात्रै दोधारा चाँदनी नगरपालिका-२ कै २६ वर्षीया हीरा शाहलाई मारेर उखुबारीमा पसेको हिंस्रक बाघलाई नियन्त्रणमा लिएको थियो। बिहीबार अपराह्न ४ बजेदेखि प्रयास गरिरहेको प्राविधिक टोली शुक्रबार बिहान बेहोस हुने सुई लगाएर बाघ समात्न सफल भएको हो। बेहोस गर्ने सुई लगाएर बाघ नियन्त्रणमा लिइएको थियो।अहिले सो बाघलाई उपचार गरेर शुक्लाफाटास्थित खोरमा राखिएको र उक्त बाघहरु भारतीय क्षेत्रबाट आएको हुनसक्ने अनुमान छ। 

Read More

धनगढी : काठमाडौँको सिनामंगलमा शुक्रबार दिउँसो मृत फेला परेका युवक र युवती नजिकका दाजुबहिनी भएको खुलेको छ। बाजुराको त्रिवेणी नगरपालिका ४ का २३ वर्षीय भरतबहादुर सार्की र सोही ठाउँकी १९/२० वर्षकी करिस्मा सार्की काठमाडौँ महानगरपालिका ९ शम्भुमार्गस्थित झर्ना गेस्टहाउसमा मृत फेला परेका छन्। गेस्टहाउसको कोठा नम्बर २०४ मा भित्रबाट ढोका बन्द गरेर बसेको र होटलका कर्मचारीले बोलाउँदा नआएपछि प्रहरीलाई खबर गरेका थिए। प्रहरीले ढोका फोडेर हेर्दा उनीहरू दुवै जना मृत फेला परेको काठमाडौँ प्रहरी परिसरका प्रवक्ता एसपी नवराज अधिकारीले बताए। करिस्मा घाँटी काटिएको अवस्थामा र भरत झुण्डिएको अवस्थामा मृत फेला परेका हुन्। प्रहरीले घटनास्थलको मुचुल्का सकेर शव पोस्टमार्टमका लागि त्रिवि…

Read More

धनगढी : सुदूरपश्चिम प्रदेशमा नयाँ सरकार गठनको लागि दुई दिन समय दिइएको छ । प्रदेश प्रमुख नजिर मियाँले यही आइतबार साँझ ५ बजेसम्म नयाँ सरकार गठन गर्न आह्वान गरेका हुन् । मुख्यमन्त्री दीर्घ सोडारीले आज राजीनामा दिएसँगै नयाँ सरकार गठनको लागि प्रदेश प्रमुख मियाँले संविधानको धारा १६८ को उपधारा २ बमोजिम सरकार गठनको लागि आह्वान गरेका छन् ।

Read More

धनगढी: धनगढीको इन्द्रेणी दोहोरीसाँझमा फेरि लफडा भएको छ। अस्ति राति दोहोरीसाँझमा लफडा भएको हो। सो लफडामा बझाङ घर भएका नेपाली काङ्ग्रेस निकट नेविसंघका नेतासमेत रहेका रमेश भाटको समूहले एक जनामाथि कुटपिट गरेको प्रहरीले जानकारी दिएको छ। कैलाली प्रहरी स्रोतका अनुसार अहिले सो कुटपिट काण्डमा भाट, उनका साथी पुस्कर बोहरा र इन्द्र बोहरालाई पक्राउ गरिएको छ। यस्तै कुटपिटमा संलग्न थप अन्यलाई पक्राउ गर्ने तयारी रहेको प्रहरीले बताएको छ। उनीहरुले राति मदिराको तालमा दोहोरीसाँझमा लफडा मच्चाएर इन्द्रेणीमा गीत गाउने भोजबहादुर महरालाई कुटेका थिए। स्रोतका अनुसार उनीहरूले गाउने क्रममा माइक थुत्न खोजेको र थुत्न नदिएपछि कुटपिट भएको थियो। त्यसपछि घाइते भएका महरालाई आइसियुमा…

Read More

धनगढी: सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री दीर्घ बहादुर सोडारीले राजीनामा दिएका छन्। २० असारमा अल्पमतमा परेका मुख्यमन्त्री सोडारीले आज विश्वासको मत लिन संसद् आह्वान गरेका थिए। उक्त संसद्मा सम्बोधन गरेर उनले राजीनामा दिएका हुन्। अहिले संसद्मा मार्ग प्रशस्त गरेको घोषणा गरेर मुख्यमन्त्री सोडारी राजीनामा पत्र बुझाउन प्रदेश प्रमुख कार्यालय पुगेका छन्। शुक्रबार प्रदेश सभाको बैठकलाई सम्बोधन गर्दै मुख्यमन्त्री सोडारीले विश्वासको मत पाउने सम्भावना नदेखिएको भन्दै राजीनामा घोषणा गरेका थिए। गत असार २० गते एमालेले सरकारको समर्थन फिर्ता लिएसँगै मुख्यमन्त्री सोडारी अल्पमतमा परेका थिए। उनले एमालेले समर्थन फिर्ता लिएको ३० औँ दिन विश्वासको मत लिने उदेश्यले प्रदेशसभा बैठक माग गरेका थिए। तर, बैठकमा…

Read More