Author: महेन्द्रनगर पोष्ट

काठमाडौँ : उपप्रधानमन्त्री एवम् गृहमन्त्री नारायणकाजी श्रेष्ठको नेतृत्वमा मन्त्री र सांसदहरूसहितको टोली जाजरकोट र पश्चिम रुकुम गएको छ। भूकम्पपीडितको उद्धार, राहत र उपचार अवस्था बुझ्न भूकम्प प्रभावित क्षेत्र टोली सो ठाउँमा पुगेको हो । नेपाली सेनाको जहाजबाट सुर्खेत पुगी त्यहाँबाट हेलिकप्टरमार्फत प्रभावित क्षेत्रमा पुग्ने उक्त टोलीले राहतका रूपमा एक हजार ५० स्लिपिङ ब्याग, दुईसय दुई त्रिपाल र एकसय ब्ल्याङ्केट समेत वितरण गर्ने गृहमन्त्री श्रेष्ठको सचिवालयले जनाएको छ। टोलीमा उपप्रधानमन्त्री श्रेष्ठ, भौतिक पूर्वाधार तथा यातायातमन्त्री प्रकाश ज्वाला, स्वास्थ्यमन्त्री मोहनबहादुर बस्नेत, उर्जामन्त्री शक्ति बस्नेत, सांसद एवम् माओवादी केन्द्रका उपमहासचिव जनार्दन शर्मा लगायत छन्।

Read More

काठमाडौँ : पूर्व राज्यमन्त्री तथा एलए एजुकेशन गुप्रका संस्थापक उमेश श्रेष्ठले भूकम्पमा बाबुआमा दुवै गुमाउने छात्रछात्रालाई २ करोड रुपैयाँको छात्रवृत्ति उपलब्ध गराउने घोषणा गरेका छन् । जाजरकोट र रुकुम पश्चिममा गएको विनाशकारी भूकम्पमा परी बाबुआमाविहीन भएका १० जना छात्रछात्रालाई उच्च माध्यमिक तहसम्म आवासीय सुविधासहितको निःशुल्क शिक्षा प्रदान गरिने उनले जनाएका छन् । छात्रछात्रा ५र५ जनालाई एलए ग्रुप अन्तर्गतका शिक्षणसंस्थाबाट आवासीय सुविधा सहितको निःशुल्क शिक्षा प्रदान गरिने उनको भनाइ छ । ‘एलए एजुकेसन ग्रुपका संस्थापकद्वय हामी (उमेश श्रेष्ठ तथा विद्या लिम्बू) ले जाजरकोट र रूकुम पश्चिममा गएको विनाशकारी भूकम्पले जनधनको ठूलो क्षति पुर्‍याएकोप्रति गहिरो दुःख व्यक्त गर्दै उक्त विपत्तिमा आमाबाबु दुवैजना…

Read More

काठमाडौं : टी–२० विश्वकप छनोट खेलको फाइनलमा ओमानलाई नेपालले १८५ रनको लक्ष्य दिएको छ। टस जितेर पहिले ब्याटिङ रोजेको नेपालले निर्धारित २० ओभरमा ६ विकेट गुमाएर १८४ रन बनाएको छ। खेलमा कप्तान रोहित पौडेलले अर्धशतक पुरा गरेका छन्। उनले ३७ बलमा ५२ रन बनाए। करण केसीले ६ बलमा २० रन बनाए। यसअघि गुलशन झाको विष्फोटक ब्याटिङमा २५ बलमा ५५ बनाएर आउट भएका थिए। चौथो विकेट गुमेपछि क्रिजमा आएका उनले २० बलमा पाँच चौका र चार छक्का हानेका थिए। यसअघि ब्याट्सम्यान विवेक यादव १, कुशल मल्ल तीन रन बनाए। यसतै, कुशल भुर्तेल ३१,सन्दिप जोरा १०,आशिफ शेख ६ रन बनाएर आउट भए।…

Read More

काठमाडौँ : नेपाल सरकारले जाजरकोट भूकम्पमा परी मृत्यु भएका परिवारलाई रु दुई लाखका दरले राहत दिने निर्णय गरेको छ । सिंहदरबारमा आज बसेको मन्त्रिपरिषद् बैठकको निर्णय जानकारी गराउँदै नेपाल सरकारका प्रवक्ता एवं सञ्चार तथा सूचना प्रविधिमन्त्री रेखा शर्माले तत्काल राहतस्वरुप पहिलो चरणमा सो सहयोग उपलब्ध गराउने निर्णय भएको जानकारी दिइन् । यसैगरी जाजरकोट भूकम्पका कारण मृत्यु भएकाप्रति श्रद्धाञ्जली व्यक्त गर्दै राहत तथा उद्धारको कामलाई तीव्रता दिने र घाइतेको निःशुल्क उपचार गर्ने निर्णय भएको मन्त्री शर्माले जानकारी दिइन् । शुक्रबार राति जाजरकोट केन्द्रबिन्दु भई ६ दशमलव ४ रेक्टर स्केलको भूकम्प जाँदा जाजरकोट र रुकुमपश्चिम जिल्लामा एक सय ५७ जनाको निधन भएको…

Read More

काठमाडौँ : सशस्त्र प्रहरी बल नेपालले जाजरकोट र रुकुम पश्चिमका भूकम्प पीडितहरुका लागि तीन वटा डिजास्टर रेस्पोन्स सिस्टम कन्टेनरमा टेन्ट पठाएको छ । सशस्त्र प्रहरी सहायक निरीक्षक रामविश्वास यादवसहितको सुरक्षा फौज राजधानीबाट तीन वटा कन्टेनरमा १० हजार ७ सय थान टेन्ट लिएर पश्चिम रुकुमको लागि हिँडेको हो । उपत्यका स्थित सशस्त्र प्रहरी बल नेपाल नं. २० विपद् उद्धार उपत्यका गणमा रहेको ७ सय थान र नं. २२ गुहेश्वरी गणमा भक्तपुरमा रहेको १० हजार थान टेन्ट लिएर तीन वटा कन्टेनर पठाइएको हो । यसअघि भूकम्प पीडितहरुको लागि आवश्यक सामाग्रीसहित दाङ्गबाट पश्चिम रुकुम र सुर्खेतबाट जाजरकोटको लागि दुई वटा डिजास्टर रेस्पोन्स सिस्टम…

Read More

काठमाडौं : आईसीसी क्रिकेट विश्वकपमा आज उपाधि दाबेदार दुई टोली भारत र दक्षिण अफ्रिका प्रतिस्पर्धा गर्दैछन्। कोलकाताको इडेन गार्डेन मैदानमा खेल दिउँसो सवा २ बजे सुरु हुनेछ। भारत अंक तालिकाको शीर्षमा रहँदा दक्षिण अफ्रिका दोस्रो स्थानमा छ। दुवै टोली दुई खेल अगावै सेमिफाइनलमा पुगिसकेका छन्। भारतको १४ अंक छ भने दक्षिण अफ्रिकाको १२ अंक छ। आजको खेल जित्ने टोली शीर्ष स्थानमा रहनेछ। प्रतियोगितामा ७ खेल जितेको भारत एकमा मात्र अपराजित टोली हो। दक्षिण अफ्रिका ७ खेलमध्ये ६ मा जित हात पारेको छ।

Read More

काठमाडौं : टी–२० विश्वकप छनोट फाइनलमा नेपालले खराब सुरुवात गरेको छ । ओमानविरुद्धको फाइनल खेलमा नेपालले ७ ओभरमा दुवै ओपनरसहित ३ विकेट गुमाइसकेको छ । नेपाल अहिले ७.१ ओभरमा ३ विकेट गुमाएर ४९ रन बनाएर खेलिरहेको छ । नेपालका आशिफ शेख ६ रन, सन्दीप जोरा १० रन र कुशल भुर्तेल ३१ रन बनाएर आउट भए । अहिले कुशल मल्ल र रोहित पौडेल मैदानमा रहेका छन् ।

Read More

डडेल्धुरा : जिल्लाको परशुराम नगरपालिका वडा नम्बर ४ लटेरोडा कटालस्थित वडा कार्यालयमा तोडफोड गरि चोरी गर्ने दुई जना पक्राउ परेका छन। कार्तिक १५ गते रातीको समयमा कार्यालयको मुल गेटको ताला फुटाई नगद सहित सामाग्री चोरी गर्ने परशुराम नगरपालिका ४ कटाल घर भएका २३ बर्षिय नरेन्द्र नेगि र सोही ठाँउ बस्ने बर्ष १९ को हरि थापा पक्राउ परेका हुन्। २ जनाको समुहले कार्यालयको मुल ढोकामा रहेको सिसि क्यामेरासहित गेटको ताला फुटाएर संकलीत राजश्व वाफतको १३ हजार ८ रुपैया नगदसहित कार्यालयमा जडित सिसि टीभी क्यामेरा र क्यामेरा जडित मेन बक्स सिपियु समेत चोरीएको ईलाका प्रहरी कार्यालय जोगबुडामा प्रहरी निरीक्षक गगनसिह भाटले बताए।…

Read More

काठमाडौं : टी–२० विश्वकप छनोट अन्तर्गत फाइनल खेलमा नेपालको चौथो विकेट गुमेको छ। ब्याट्सम्यान कुशल मल्ल तीन रन बनाएर आउट भएका हुन्। यसअघि कुशल भुर्तेल ३१,सन्दिप जोरा १०,आशिफ शेख ६ रन बनाएर आउट भए। त्रिवि क्रिकेट मैदान कीर्तिपुरमा उपाधिका लागि नेपालले टस जितेर ब्याटिङ रोजेको थियो। नेपालले बलियो टोली युएईमाथि ८ विकेटको सहज जित निकाल्दै फाइनलमा प्रवेश गरेको हो भने ओमानले बहराइनलाई १० विकेटले हराउँदै नेपालसँगको भेट पक्का गरेको हो। नेपाललाई समूह चरणको अन्तिम खेलमा बेहोरेको हारको बदला लिँदै उपाधि जित्ने दाउमा छ। समूह चरणको खेलमा नेपाल ओमानसँग ५ रनले पराजित भएको थियो।

Read More

काठमाडौं : टी–२० विश्वकप छनोट फाइनलमा नेपालले सुरूवाती विकेट गुमाएको छ । युएइविरूद्धको खेलमा उत्कृष्ट ब्याटिङ गरेका आसिफ शेख बिलाल खानको बलमा आउट भएका छन् । टस जितेर पहिले ब्याटिङ रोजेको नेपालले तेस्रो ओभरको चौथो बलमा विकेट गुमाएको हो । आसिफले ६ बलमा ६ रन बनाए । उनले एक छक्का हानेका थिए । १५ रनको अवस्थामा पहिलो विकेट गएपछि तेस्रो नम्बरमा सन्दीप जोरा क्रिजमा आएका छन् ।

Read More