Author: महेन्द्रनगर पोष्ट

कञ्चनपुर: कञ्चनपुरमा २ लाख ५८ हजारसहित २८ जना जुवाडे पक्राउ परेका छन्। जिल्लाको भीमदत्त नगरपालिका-१७ बासखेडाका भीमबहादुर ठगुन्नाको घरबाट उनीहरू पक्राउ परेका हुन्। सोमबार राति उनीहरूलाई २ लाख ५८ हजार ६ सय ९४ रुपैँयासहित पक्राउ गरिएको जिल्ला प्रहरीका कार्यालय, कञ्चनपुरका प्रहरी नायब उपरीक्षक प्रकाश डाँगीले बताए। पक्राउ पर्नेमा भीमदत्त नगरपालिका वडा नम्बर १८ का इन्द्र पाठक, वडा नम्बर १०का रमेश टमटा, सोही वडाका अमृत कठायत, वडा नम्बर ९ का गणेश महता, वडा नम्बर १० का कोलाल सिँह ठकुराठी, वडा नम्बर १६ का भुवन ठगुन्ना, वडा नम्बर १७ का रोहित पाल, वडा नम्बर ९ का भवनि सिँह बुढा पक्राउ परेका छन्।…

Read More

काठमाडौं : सरकारले सामाजिक सञ्जाल टिकटक बन्द गर्ने निर्णय गरे पनि इन्टरनेट सेवा प्रदायक संस्थाले सरकारको सो निर्णय मानेका छैनन् । मन्त्रिपरिषद् बैठकले सोमबार टिकटक बन्द गर्ने निर्णय गरेपछि नेपाल दूरसञ्चार प्राधिकरणले सोमबारै पत्र लेखेर इन्टरनेट सेवा प्रदायकलाई टिकटक बन्द गर्न भनेको थियो । प्राधिकरणले सबै इन्टरनेट सेवा प्रदायक र मोबाइल सेवा प्रदायकलाई टिकटक बन्द गर्न निर्देशन दिइसकेको भएपनि केही सेवा प्रदायकको नेटवर्कबाट टिकटकमा पहुँच पुगिरहेको र टिकटक प्रयोग भइरहेको भन्दै तत्काल निर्देशन कार्यान्वयन गरी जानकारी गराउन आग्रह गरेको छ । विज्ञप्तिमा भनिएको छ,’प्राधिकरणको निर्देशन/आदेशको पालना गर्नु सेवा प्रदायकको कर्तव्य हुने र सेवा प्रदायकले त्यस्तो निर्देशन/आदेशको पालना नगर्दा दूरसञ्चार ऐन,…

Read More

महेन्द्रनगर : कञ्चनपुर प्रहरीले जुवा खेल्ने ४२ जनालाई पक्राउ गरेको छ। प्रहरीले जिल्लाका विभिन्न स्थानबाट उनीहरुलाई पक्राउ गरेको हो। सोमबार राति २ बजे विशेष सुराकीको आधारमा भीमदत्त नगरपालिका–१७ बाँसखेडास्थित भीमबहादुर ठगुन्नाको घरमा जुवा तास खेलिरहेका २८ जनालाई नगदसहित पक्राउ गरिएको हो। जिल्ला प्रहरी कार्यालयका प्रमुख प्रहरी उपरीक्षक कमल थापाले आजसम्ममा जुवा खेल्ने ४२ जनालाई पक्राउ गरी रु तीन लाख पाँच हजार भन्दा बढी नगद रकमसमेत बरामद गरिएको जानकारी दिए। जिल्लाको बाँसखेडाबाट २८ जनासहित जुवा खालबाट रु दुई लाख ५८ हजार नगद बरामद गरिएको छ। त्यसैगरी भीमदत्त नगरपालिका–१६ मझगाउँबाट रु २५ हजार नगद, तास र ६ जनालाई पक्राउ गरिएको प्रहरी उपरीक्षक…

Read More

काठमाडौं: काठमाडौंमा जुवाको खालबाट हाइप्रोफाइल व्यक्तिहरूसहित २२ जना पक्राउ परेका छन् । पक्राउ पर्नेमा गैरआवासीय नेपाली संघमा आवद्ध दुई जना अभियन्तासमेत छन् । राजधानीको ठूलो भर्‍याङ क्षेत्रबाट पक्राउ परेका उनीहरूको साथबाट ४ लाख ९२ हजार नगदसमेत बरामद भएको जिल्ला प्रहरी परिसर काठमाडौंका एक अधिकारीले जानकारी दिए । हाइप्रोफाइल व्यक्तिहरू पक्राउ परेकाले उनीहरूलाई छाड्न तीव्र दबाब आइरहेको प्रहरी अधिकारीको भनाइ छ ।

Read More

धनगढी : भाइटीकाका दिन भोलि पश्चिमी वायुको सामान्य प्रभावले देशका केही स्थानमा आंशिकदेखि सामान्य बदली रही उच्च पहाडी तथा हिमाली क्षेत्रमा हल्का हिमपातको सम्भावना रहेको जल तथा मौसम विज्ञान विभाग, मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । महाशाखाका मौसमविद् प्रतिभा मानन्धरका अनुसार अहिले देशको पहाडी भू–भागमा आंशिक देखि सामान्य बदली रही बाँकी भू–भागको मौसम आंशिकदेखि सामान्यतया सफा छ । कोशी, बागमती र गण्डकी प्रदेशका उच्च पहाडी तथा हिमाली भू–भागका एक–दुई स्थानमा हल्का हिमपातको सम्भावना छ । ‘आज र भोलि देशभरको मौसम सामान्यतया सफा रहने देखिन्छ । पहाडी भेगमा आंशिक बदली र कोशी, बागमती र गण्डकी प्रदेशका हिमाली भू–भागका थोरै स्थानमा हल्का…

Read More

डडेल्धुरा : डडेल्धुरामा चरेससहित एक जना पक्राउ परेका छन्। पक्राउ पर्नेमा जिल्लाको अमरगढी नगरपालिका-४ माथिल्लो खलंगाका ३५ वर्षीया सुरेश सिलाधर रहेका छन्। शंकास्पद रुपमा पैदल हिँडिरहेको अवस्थामा उनको शरीर खान तलासी गर्दा चरेस फेला पारेकाे जिल्ला प्रहरी कार्यालय डडेल्धुराका सूचना अधिकारी तथा इन्सपेक्टर कुसुम नायकले जानकारी दिए। उनकाअनुसार प्लाष्टिकसहित दुईसय ग्राम र प्लाष्टिक हटाई शुद्ध तौल गर्दा एकसय ८० ग्राम लागु औषध फेला पार्नुका साथै उनको साथबाट भिभो कम्पनीको स्क्रिन टच मोबाइल एक थान र तीन हजार रूपैयाँ समेत बरामद गरिएको छ।

Read More

अछाम :अछाममा जुवा खेलिरहेका १६ जनालाई प्रहरीले पक्राउ गरेको छ । उनीहरु जिल्लाको ओलीगाउँ र बिनायकबाट पक्राउ परेका हुन् । जुवाको खालबाट नगद ८६ हजार ८९० रुपैयाँ पनि बरामद गरिएको छ ।  जिल्ला प्रहरी कार्यालय अछामका प्रमुख प्रहरी नायव उपरीक्षक सन्तोष पाठकका अनुसार मंगलसेन नगरपालिका-९ बस्ने कमल रावलको घरमा जुवा खेलिरहेको अवस्थामा सोमबार राति १ बजे ७ जनालाई नियत्रणमा लिइएको थियो । उनीहरुबाट नगद ५० हजार ७९० रुपैयाँ बरामद गरिएको हो । पक्राउ पर्नेहरुमा घरधनी रावल सहित स्थानीय राजेन्द्र रावल, हिक्मत रावल, कमान सिंह ओड, प्रकाश रावल, केशर रावल र एकराज रावल रहेका छन् । यसैगरी अछामकै पञ्चदेवल बिनायक नगरपालिका-३ कागतोला…

Read More

डडेल्धुरा : डडेल्धुरामा ११ जना जुवाडे पक्राउ परेका छन्। गएराति अमरगढी नगरपालिका-१ मौरोडास्थित धर्मराज जोशीको जस्ता पाताले छाएको बाँझो कच्ची घरबाट जुवाडे पक्राउ परेका हुन्। रूपैया पैसाको हारजित हुने गरी केही व्यक्तीहरू जुवा तास खेली रहेका छन भन्ने बिशेष सूचनाको आधारमा उनीहरूलाई पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय डडेल्धुराका सूचना अधिकारी तथा इन्सपेक्टर कुसुम नायकले जानकारी दिए। नायकका अनुसार पक्राउ पर्नेमा जिल्ला डडेल्धुरा अमरगढी नगरपालिका-१ मौरडा बस्ने ४३ वर्षीय ओमप्रकाश जोशी, ६० वर्षीय गणेश चुनारा, २९ वर्षीय पूर्णबहादुर दमाई, ६१ वर्षीय उद्धब सार्की, ४० वर्षीय मनोजदत्त भट्ट र ३३ वर्षीय प्रकाश केसी रहेका छन्। त्यस्तै सोही ठाउँका ४२ वर्षीय तेजबहादुर ऐर,…

Read More

काठमाडौं : प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले अन्तर्राष्ट्रियस्तरमा सबैभन्दा लोकतन्त्रिक र विकसित देशले टिकटक बन्द गरेका छन्। अन्तर्राष्ट्रियस्तरमा सबैभन्दा लोकतन्त्रिक र विकसित देशले कस्तो मान्यता अपनाएका छन् भन्ने कुराको अध्ययन गरेर टिकटक बन्द गरेको उनले बताएका हुन्। भक्तपुरमा आज नेपाल संवत ११४४ का अवसरमा आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै उनले यस्तो प्रष्टीकरण दिएका हुन्। मन्त्रिपरिषद्को सोमबारको बैठकले टिकटकमाथि प्रतिबन्ध लगाउने निर्णय गरेको थियो। समाजमा विसंगति, विकृति, अराजकता फैलाउने खालका प्रवृत्तिलाई नियन्त्रण गर्न सत्तापक्ष र प्रमुख प्रतिपक्ष एक ठाउँमा उभिएर यो निर्णय गरिएको उनको भनाइ छ।

Read More

सुर्खेत : जाजरकोट भूकम्पमा घाइते भई नेपालगञ्जस्थित भेरी अस्पतालमा उपचारका लागि ल्याइएका ४८ बिरामी निको भएर घर फर्किएका छन् । अब भूकम्पमा परी घाइते भएका जाजरकोट र रुकुम पश्चिमका छ जना बिरामीमात्र भेरी अस्पतालमा उपचाररत रहेको जिल्ला आपत्कालीन कार्य सञ्चालन केन्द्र बाँकेका स्रोत व्यक्ति नरेश श्रेष्ठले जानकारी दिए । ‘सबैजसो बिरामी निको भएर घर फर्किसक्नुभएको छ, अब भेरीमा शल्यक्रिया गरिएका छ बिरामीमात्रै हुनुहुन्छ’, उनले भने, ‘उहाँहरूको स्वास्थ्य अवस्था सामान्य भएका कारण अस्पतालको ‘पेइङ वार्ड’मा राखेर उपचार भइरहेको छ ।’ भूकम्पमा परी घाइते भएर उपचारका लागि भेरीमा आएका बिरामीलाई अस्पतालभित्र अलग्गै ‘डिजास्टर वार्ड’ तयार पारिएको थियो । बिरामी निको भएर घर फर्किएपछि उक्त…

Read More