धनगढी: रुसी सेनामा भर्ती भएर युक्रेन युद्धमा संलग्न बैतडीको मेलौली नगरपालिका – ९ का अर्जुनदत्त भट्टको मृत्यु भएको छ। डेढ वर्ष अघि रुसी सेनामा भर्ती हुन गएका उनको लडाइकै क्रममा मृत्यु भएको हो। उनी नेपाली सेनाबाट अवकाश पाएपछि डेढ वर्ष अघि रुस गएको उनको पारिवारिक श्रोतले जनाएको छ। परराष्ट्र मन्त्रालयले पनि पछिल्लो पटक भट्ट सहित २३ जनाको मृत्यु भएको पुष्टि गरेको छ। जसमा सुदूरपश्चिमबाट बैतडीका अर्जुनदत्त भट्ट, दार्चुलाका ललितसिंह डोबल सहित नवलपरासीका हेमकुमार मगर, सल्यानका ताराप्रकाश घर्ती, संखुवासभाका रामकृष्ण अधिकारी, कास्कीका गीतबहादुर घर्तीमगर, बागलुङका मख्खनबहादुर पुन रहेका छन्। यस्तै मकवानपुरका रामकुमार प्रधान, मोरङका रोनल मिश्र, प्युठानका भीमबहादुर घर्तीमगर, म्याग्दीका छमबहादुर…
Author: महेन्द्रनगर पोष्ट
काठमाडौं: नेपाल प्रहरीले आर्थिक मामिलासँग सम्बन्धित अपराधको अनुसन्धान गर्न ‘आर्थिक अपराध अनुसन्धान महाशाखा’ स्थापना गरेको छ। पछिल्लो समय विवादास्पद कारोबार, गैरकानूनी आर्थिक गतिविधि र आर्थिक अपराधका घटना बढ्दै गएपछि उक्त महाशाखा स्थापना गरिएको केन्द्रीय प्रहरी प्रवक्ता एसएसपी रमेश थापाले जानकारी दिए। हाललाई यो महाशाखा केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी) अन्तर्गत राखिएको छ। दरबन्दी र बजेट अझै अर्थ मन्त्रालयबाट स्वीकृत नभएकाले महाशाखा सीआईबी मातहत सञ्चालनमा आएको हो। प्रवक्ता थापाका अनुसार बजेट र दरबन्दी स्वीकृत भएसँगै असारभित्रै महाशाखाको छुट्टै कार्यालय सञ्चालनमा ल्याइनेछ। महाशाखाको नेतृत्व एसएसपी होविन्द्र बोगटीले गरेका छन्। सीआईबीका प्रवक्ता एसपी युवराज खड्काका अनुसार महाशाखाले हालैदेखि आफ्नो कार्यक्षेत्र अनुसारको अनुसन्धान गरिरहेको छ।…
धनगढीः कञ्चनपुरको पुनर्वास नगरपालिका–८ को सीमावर्ती क्षेत्रमा सशस्त्र प्रहरी बलको ‘बोर्डर आउट पोष्ट’ (बिओपी) नहुँदा सुरक्षा चुनौती बढेको छ। बिओपी नहुँदा सीमामा असुरक्षित महशुस गरेको स्थानीय सिद्धराज ओझाले बताए। नेपाल–भारतबीचको खुला सीमाको फाइदा उठाउँदै चोरी तस्करी हुने र लागु औषधको ओसार पसार वृद्धि भइरहेको स्थानीयको गुनासो छ। सीमापारीबाट आउने आपराधिक समूहले गोठमा बाँधेका गाई र भैँसी रातीको समयमा चोरेर लैजाने गरेको स्थानीयले बताए। ‘हामी सीमामा सचेत भएर बसेका छौँ’, ओझाले भने। उनले बिओपी स्थापनाका लागि बाटोसहित दश कठ्ठा जग्गा दान गर्नुभएको थियो। ‘सीमामा असुरक्षाको महशुस गरेर नै ‘बिओपी’ स्थापनाको आशा राखेर जग्गा दान गरेका थियौँ,’ उनले भने, ‘जग्गामा बिओपी…
धनगढी: कैलालीको धनगढी उपमहानगरपालिका–१ पशुपति टोलबाट १२ ग्राम २५० मिलिग्राम खैरो हेरोइनसहित दुई जना पक्राउ परेका छन्। शनिबार दिउँसो १ बजे वडा प्रहरी कार्यालय धनगढी र लागुऔषध नियन्त्रण ब्युरो शाखा कार्यालय धनगढीबाट खटिएको संयुक्त प्रहरी टोलीले उनीहरूलाई नियन्त्रणमा लिएको हो। पक्राउ पर्नेहरूमा भारत उत्तर प्रदेश घर भई हाल धनगढी उपमहानगरपालिका–१ मा बसोबास गर्दै आएका ४१ वर्षीय पप्पु खान र २९ वर्षीय मुजमिल्ल अन्सारी रहेका छन्। प्रहरीका अनुसार उनीहरूलाई नियन्त्रणमा लिई थप अनुसन्धान भइरहेको छ।
धनगढी: नागरिक उन्मुक्ति पार्टी (नाउपा) ले सुदूरपश्चिम प्रदेश संसदीय दलको बैठक बाेलाएकाे छ। रेशमलाल चौधरी संरक्षक रहेको नाउपाको प्रदेश संसदीय दलको कार्यालयमा दलकाे बैठक जारी छ। दलका नेता घनश्याम चौधरीले रिक्त रहेकाे प्रदेशकाे उद्योग पर्यटन वन तथा वातावरण मन्त्रीमा कसलाई पठाउने भन्नेबारे छलफल र निर्णय गर्न बैठक बाेलाइएकाे जानकारी दिए। उनकाअनुसार बैठकमा अन्य समसामयिक विषयमा समेत छलफल हुनेछ। तत्कालीन उद्योग, पर्यटन, वन तथा वातावरण मन्त्री लक्ष्मण किशोर चौधरीले आर्थिक लेनदेन सम्बन्धि विवादास्पद अडियो सार्वजनिक भएपछि पदबाट राजीनामा दिएका थिए। १६ चैतमा चाैधरीले पदबाट राजीनामा दिएपछि अहिले उक्त मन्त्रालय मुख्यमन्त्री कमलबहादुर शाहले आफैंसँग राखेका छन्। नाउपाले सर्वसम्मत रूपमा सरकारमा कसलाई पठाउने भन्नेबारे…
धनगढी: धनगढीका एक युवकको भारतमा स्कुटर दुर्घटना हुँदा मृत्यु भएको छ। धनगढी उपमहानगरपालिका–६ मटियारीका अभिषेक शाहीको भारतको पलिया जाँदै गर्दा स्कुटर दुर्घटनामा मृत्यु भएको हो। भारतको लखिमपुर जिल्लाको दुधुवा नेश्नल पार्क सडक खण्डमा स्कुटर अनियन्त्रित भएर दुघटना भएको प्रहरीले बताएको छ। उनको साथमा रहेका एक युवक घाइते भएका छन्। उनको घनगढीस्थित माया मेट्रो अस्पतालमा उपचार हुँदैछ।
काठमाडौं: कैलालीमा हाइसले मोटरसाइकललाई ठक्कर दिँदा एक जनाको मृत्यु भएको छ। सोमबार दिउँसो घोडाघोडी नगरपालिका–१ टनकपुरमा हाइसले मोटरसाइकललाई ठक्कर दिएको हो। दुर्घटनामा मोटरसाइकल चालक लम्कीचुहा नगरपालिका–१ का राजेश चौधरीको मृत्यु भएको छ। जिल्ला प्रहरी कार्यालय, कैलालीका डीएसपी राज कुमार सिंहका अनुसार भे १ ज १४७६ नम्बरको पिकअप हाइसले से ७ प ७३७२ नम्बरको मोटरसाइकललाई ठक्कर दिएको थियो। दुर्घटनामा गम्भीर घाइते भएका मोटरसाइकल चालक चौधरीको घोडाघोडी अस्पतालमा उपचारको क्रममा मृत्यु भएको हो। हाइस चालक फरार छन्। उनको खोजी भइरहेको प्रहरीले जनाएको छ।
डोटी: डोटी जिल्लाको आदर्श गाउँपालिका–४ मा भएको आपसी झगडामा दुई जना घाइते भएका छन् भने एक बोलेरो जिपमा तोडफोड र आगजनी भएको छ। जिल्ला प्रहरी कार्यालय डोटीका प्रवक्ता नवराज रावलका अनुसार आइतबार राति पौने ११ बजे सोही गाउँपालिका–४ निवासी अशोक रोकाया र सन्तोष भाटबीच विवाद हुँदै कुटपिटमा परिणत भएको हो। घटनाबारे ११ बजे प्रहरीलाई जानकारी प्राप्त भएपश्चात टोली घटनास्थल पुगेको थियो। घटनामा दुवै जना घाइते भएका छन्। त्यसक्रममा सुदूरपश्चिम प्रदेश ०१–००१ च ४११८ नम्बरको बोलेरो जिपमा तोडफोड तथा आगजनी भएको छ। आगजनीबाट गाडी पूर्ण रूपमा क्षतिग्रस्त भएको प्रहरीले जनाएको छ।
धनगढी: कैलालीको धनगढीमा चार्जिङमा राखेको स्कुटरमा आगलागी भएको छ। धनगढी उपमहानगरपालिका–४ रातोपुलमा सुपप्र ०१–००१ प ४९३६ नम्बरको स्कुटमा एक्कासी आगलागी भएको हो। स्कुटर शुक्ला पुस्तक भण्डारका सञ्चालक दीपककुमार शुक्लाको हो। शुक्लाका अनुसार पसल अगाडि चार्जिङमा राखेको स्कुटरमा आगलागी हुँदा स्कुटर जलेर नष्ट भएको छ। ‘एक्कासी आगलागी भएर दुई मिनेटमै स्कुटर जलेर नष्ट भएको छ,’ उनले भने। शुक्लाले उक्त इभी स्कुटर तीन वर्षअघि दुई लाख २० हजारमा खरिद गरेका थिए। यो घटनाले इलेक्ट्रिक स्कुटरको सुरक्षा सम्बन्धी गम्भीर प्रश्न उठाएको छ।
बैतडीः कैलालीमा मोटरसाइकलले ठक्कर दिँदा गम्भीर घाइते भएकी बैतडीकी ३० वर्षीया हरु साउँदको मृत्यु भएको छ। शिवनाथ गाउँपालिका–४ कुङेफाँटा घर भएकी साउँदलाई कैलालीको अत्तरियामा वैशाख २३ गते मोटरसाइकलले ठक्कर दिएको थियो। मोटरसाइकलको ठक्करबाट गम्भीर घाइते भएकी साउँदको उपचारका क्रममा मायामेट्रो अस्पताल धनगढीमा मृत्यु भएको स्थानीय दशरथ चाडले बताए। बच्चाहरुलाई पढाउनका लागि यही वैशाख २३ गते घरबाट अत्तरीया आएकी साउँदलाई सोही दिन साँझ मोटरसाइकलले ठक्कर दिएको थियो। मृतक साउँदका दुई छोरा रहेका छन्। मृतक साउँदका श्रीमान हिक्मत साउँद रोजगारीको सिलसिलामा साउदी अरबमा रहेको र आइतवार मात्रै नेपाल आइपुगेको चाडले बताए। साउँदलाई ठक्कर दिने मोटरसाइकल चालकलाई प्रहरीले सोही दिन नियन्त्रणमा लिएको थियो। बालबच्चा…