Author: महेन्द्रनगर पोष्ट

काठमाडौँ : मेडिकल व्यवसायी दुर्गा प्रसाईंलाई प्रहरीको साइबर ब्यूरोले ‘केरकार’ गरेको छ ।  भोटाहिटीस्थित ब्युरोको कार्यालयमा केही कुरा बुझ्नुपर्ने भएको हुनाले प्रसाईंलाई बोलाइएको ब्यूरोको एसपी पशुपति रायले बताए। अराजक गतिविधि गरेको र सामाजिक संजालमा प्रमाण बिना प्रसाईँले बोलेका विषयमा अनुसन्धान अधिकृतहरुले प्रसाईँसँग सोधपुछ गरेका हुन्। सामाजिक संजालमा तथ्यहीन कुरा बोलेको र समाजलाई भड्काउन खोजेको आरोपमा उनीविरुद्ध ब्यूरोमा उजुरी दर्ता भएको प्रहरीको भनाइ छ।

Read More

कञ्चनपुर: हमासको नियन्त्रणमा रहेका कञ्चनपुरको भीमदत्त नगरपालिका–३ का विपिन जोशीको सकुशल उद्धारको माग गर्दै आइतबार महेन्द्रनगरमा प्रदर्शन गरिएको छ। विपिनका परिवारसँगै आफन्तले जोशीको रिहाइका लागि माग गर्दै कञ्चनपुरका प्रमुख जिल्ला अधिकारीमार्फत परराष्ट्र मन्त्रीलाई ज्ञापन पत्र बुझाएका छन्। विपिनका बुवा महानन्द जोशीले नेपाल सरकार, संयुक्त राष्ट्र संघ र मानव अधिकारवादी संघ संस्थाहरूले तत्काल छोराको उद्धार गर्नुपर्ने बताए। विपिनकी बहिनी पुष्पाले आफ्नो दाई बन्धक भएको ३० दिन भइसकेको अवस्थामा नेपाल सरकारलाई आग्रह गर्दै आफनो दाईलाई सकुशल घरमा आउने वातावरण मिलाई दिन आग्रह गरिन्। उनले भाईटीका आफनै दाईसँगै मनाउने वातावरण मिलाईदन सरकारलाई आग्रह गरिन्। प्रशासनमा पुगेर प्रमुख जिल्ला अधिकारीलाई ज्ञापनपत्र पनि बुझाइएको छ।…

Read More

काठमाडौँ : इजरायल घटनामा मारिएका सबै नेपालीको शव नेपाल आइपुगेको छ । गत असोज २० गते हमास समूहको आक्रमणमा परी १० जना नेपाली विद्यार्थी मारिएका थिए । मारिएका १० जनाकै शव नेपाल आइपुगेको परराष्ट्र मन्त्रालयले जनाएको छ । सल्यानको शारदा–३ का प्रेम भण्डारी, डोटीको लामिखाल–८ का पदम थापा र डोटीकै राजन फुलाराका शव आइपुगेको छ । उनीहरूको शवलाई नेपाली सेनाको हेलिकप्टरमार्फत सुर्खेत लगिएको परराष्ट्र मन्त्रालयले जनाएको छ । सुर्खेतबाट भण्डारीको शव दाङ र थापा तथा फुलाराको शव हेलिकप्टरमार्फत नै डोटी लगेर आफन्तलाई बुझाईनेछ । यसअघि बझाङको जयपृथ्वी–६ का गणेशकुमार नेपाली, दार्चुला मालिकार्जुन–४ का लोकेन्द्रसिंह धामी, दार्चुला लेकम–५ का दिपेशराज विष्ट,…

Read More

डडेलधुरा : डडेलधुराको अजयमेरु गाउँपालिकाले जाजरकोट र रुकुम पश्चिमका भूकम्प पीडितलाई राहतस्वरुप दुई लाख रुपैयाँ उपलब्ध गराउने निर्णय गरेको छ । गाउँपालिकाका अध्यक्ष उमेश प्रसाद भट्टले विज्ञप्ति जारी गर्दै जाजरकोट र रुकुम पश्चिम जिल्ला विपद् व्यवस्थापन समितिको राहत कोषमा एक–एक लाख रकम उपलब्ध गराउने निर्णय भएको जानकारी दिएका हुन् । ‘दुःखको यस घडीमा हाम्रो पालिकाबाट सद्भाव स्वरूप तत्काल राहतका लागि जाजरकोट र रुकुम पश्चिम जिल्ला विपद् व्यवस्थापन समितिको राहत कोषमा एक–एक लाख रकम उपलब्ध गराउने छौँ,’ विज्ञप्तिमा भनिएको छ । गाउँपालिकाले भूकम्पमा परी पुरिएकाहरूको खोज, उद्धार र घाइतेहरूको उपचार तथा राहत कार्यमा सक्रियताका साथ लाग्न पनि अपिल गरेको छ ।…

Read More

कञ्चनपुर : जाजरकोट र रुकुमपश्चिममा भूकम्पपीडितलाई स्वास्थ्य सामग्रीसहित सुदूरपश्चिम प्रदेशबाट चिकित्सक तथा स्वास्थ्यकर्मीको टोली खटिएको छ । भूकम्पपीडितका लागि सुदूरपश्चिम प्रदेश सरकारले शनिबार रू. एक करोड रकम सहयोगका साथै प्रभावित क्षेत्रमा २० जना चिकित्सकसहितको स्वास्थ्कर्मीको टोली खटाउने निर्णय गरेको थियो । सोही निर्णय अनुसार आज बिहान सुर्खेत पुगेर टोलीले कर्णाली प्रदेशका सामाजिक विकासमन्त्री खड्कबहादुर पोखरेललाई औषधि र स्वास्थ्य सामग्री हस्तान्तरण गरेको सुदूरपश्चिम स्वास्थ्य निर्देशनालयका विपद् सम्पर्क व्यक्ति हेमराज जोशीले जानकारी दिए । उनका अनुसार धनगढीस्थित सेती प्रादेशिक अस्पतालका वरिष्ठ अर्थोपेडिक डा। शिवराज पनेरुको नेतृत्वमा चार सदस्य स्वास्थ्यकर्मीको टोली खटिएको छ । “आज कर्णाली पुगेर मन्त्रीलाई रू। साढे तीन लाखभन्दा बढीको…

Read More

डोटी : डोटीको सायल गाउँपालिकाले जाजरकोट र रुकुम पश्चिमका भूकम्प पीडितलाई राहतस्वरुप दुई लाख रुपैयाँ उपलब्ध गराउने निर्णय गरेको छ । गाउँपालिकाका अध्यक्ष धर्मराज जोशीले विज्ञप्ति जारी गर्दै जाजरकोट र रुकुम पश्चिम जिल्ला विपद् व्यवस्थापन समितिको राहत कोषमा एक–एक लाख रकम उपलब्ध गराउने निर्णय भएको जानकारी दिएका हुन् । ‘दुःखको यस घडीमा हाम्रो पालिकाबाट सद्भाव स्वरुप तत्काल राहतका लागि जाजरकोट र रुकुम पश्चिम जिल्ला विपद् व्यवस्थापन समितिको राहत कोषमा एक–एक लाख रकम उपलब्ध गराउने छौं,’ विज्ञप्तिमा भनिएको छ । गाउँपालिकाले भूकम्पमा परी पुरिएकाहरुको खोज, उद्धार र घाइतेहरुको उपचार तथा राहत कार्यमा सक्रियताका साथ लाग्न पनि अपिल गरेको छ । यसअघि…

Read More

काठमाडौं : जाजरकोट र रुकुमपश्चिममा गत शुक्रबार राती गएको भूकम्पका कारण ठूलो मात्रामा भएको जनधनको क्षतिप्रति आईतबार विहान बसेको मन्त्रिपरिषद् बैठकले गहिरो दुःख व्यक्त गरेको छ । बैठकले भूकम्पमा परेकाहरुको खोज, उद्धारका साथै तत्काल राहत र घाइतेहरुको निःशुल्क उपचारमा प्राथमिकता दिने निर्णय गरेको छ भने भूकम्पबाट विस्थापित भएका परिवारलाई अस्थायी आवास, खाद्यान्न र सुरक्षा प्रबन्ध मिलाउने जनाएकाे छ । त्यस्तै बैठकले मृतक परिवारलाई तत्काल दुई लाख रुपैयाँका दरले राहत उपलब्ध गराउने र छिमेकीलगायत मित्र राष्ट्र र अन्तर्राष्ट्रिय संघसंस्थाबाट औपचारिकरुपमा प्रस्ताव भएको सहयोग स्वीकार गर्ने निर्णय पनि गरेकाे छ । यी हुन् मन्त्रिपरिषद् बैठकका १८ निर्णय १) संवत २०८० कार्तिक १७…

Read More

धनगढी: कैलालीमा माओवादीका एक नेता पक्राउ परेका छन्। नेकपा (माओवादी केन्द्र)का जानकी गाउँपालिका गाउँ कमिटी सचिव जयप्रकाश दहित ठगि गरेको आरोपमा पक्राउ परेका हुन्। मिलन कृषक समूह र हरियाली कृषक समूहका संयोजक दहित, मिलन कृषक समूहका रञ्जित चौधरी र हरियाली कृषक समूहका रघुनाथ चौधरीविरुद्ध २१ जना स्थानीयले प्रहरीमा उजुरी दिएका थिए। इलाका प्रहरी कार्यालय टीकापुरले दिएको जानकारी अनुसार प्रदेश सरकार कृषि मन्त्रालयबाट कृषि चम्फा ट्याक्टर, पावर टेलर अनुदानमा उपलब्ध गराइ दिने भनि जानकी गाउँपालिका किसानबाट करिब २५ लाख ३७ हजार र कृष्णपुर नगरपालिका कञ्चनपुरका किसानबाट केही रकम संकलन गरि ठगि गरेको आरोप छ। उनीविरुद्ध कैलाली जिल्ला अदालतबाट म्याद थप भई…

Read More

काठमाडौँ : उपप्रधानमन्त्री एवम् गृहमन्त्री नारायणकाजी श्रेष्ठको नेतृत्वमा मन्त्री र सांसदहरूसहितको टोली जाजरकोट र पश्चिम रुकुम गएको छ। भूकम्पपीडितको उद्धार, राहत र उपचार अवस्था बुझ्न भूकम्प प्रभावित क्षेत्र टोली सो ठाउँमा पुगेको हो । नेपाली सेनाको जहाजबाट सुर्खेत पुगी त्यहाँबाट हेलिकप्टरमार्फत प्रभावित क्षेत्रमा पुग्ने उक्त टोलीले राहतका रूपमा एक हजार ५० स्लिपिङ ब्याग, दुईसय दुई त्रिपाल र एकसय ब्ल्याङ्केट समेत वितरण गर्ने गृहमन्त्री श्रेष्ठको सचिवालयले जनाएको छ। टोलीमा उपप्रधानमन्त्री श्रेष्ठ, भौतिक पूर्वाधार तथा यातायातमन्त्री प्रकाश ज्वाला, स्वास्थ्यमन्त्री मोहनबहादुर बस्नेत, उर्जामन्त्री शक्ति बस्नेत, सांसद एवम् माओवादी केन्द्रका उपमहासचिव जनार्दन शर्मा लगायत छन्।

Read More

काठमाडौँ : पूर्व राज्यमन्त्री तथा एलए एजुकेशन गुप्रका संस्थापक उमेश श्रेष्ठले भूकम्पमा बाबुआमा दुवै गुमाउने छात्रछात्रालाई २ करोड रुपैयाँको छात्रवृत्ति उपलब्ध गराउने घोषणा गरेका छन् । जाजरकोट र रुकुम पश्चिममा गएको विनाशकारी भूकम्पमा परी बाबुआमाविहीन भएका १० जना छात्रछात्रालाई उच्च माध्यमिक तहसम्म आवासीय सुविधासहितको निःशुल्क शिक्षा प्रदान गरिने उनले जनाएका छन् । छात्रछात्रा ५र५ जनालाई एलए ग्रुप अन्तर्गतका शिक्षणसंस्थाबाट आवासीय सुविधा सहितको निःशुल्क शिक्षा प्रदान गरिने उनको भनाइ छ । ‘एलए एजुकेसन ग्रुपका संस्थापकद्वय हामी (उमेश श्रेष्ठ तथा विद्या लिम्बू) ले जाजरकोट र रूकुम पश्चिममा गएको विनाशकारी भूकम्पले जनधनको ठूलो क्षति पुर्‍याएकोप्रति गहिरो दुःख व्यक्त गर्दै उक्त विपत्तिमा आमाबाबु दुवैजना…

Read More