Author: महेन्द्रनगर पोष्ट

गोदावरी : राष्ट्रिय तथ्याङ्क कार्यालयले राष्ट्रिय कृषि गणना, २०७८ को सुदूरपश्चिम प्रदेशस्तरीय नतिजा सार्वजनिक गरेको छ । धनगढीमा आज आयोजित नतिजा सार्वजनिक कार्यक्रममा कृषि गणना, २०७८ अनुसार सुदूरपश्चिममा चार लाख ५७ हजार सात ५६ किसान परिवारले एक लाख ९२ हजार आठ सय ८५ हेक्टरमा कृषिकार्य गरेको जानकारी दिइएको छ । नेपालमा कुल सिञ्चित क्षेत्रफल ५४ दशमलव पाँच प्रतिशत देखिएकामा सुदूरपश्चिममा ६० प्रतिशत सिँचाइ सुविधा उपलब्ध भएको जनाइएको छ । नेपालमा सिँचाइ सुविधा लिएका परिवार ७० प्रतिशत देखिएकामा सुदूरपश्चिममा ७६ प्रतिशत परिवारले सो सुविधा पाएको राष्ट्रिय तथ्याङ्क कार्यालयका निर्देशक बद्रीकुमार कार्कीले बताए । सुदूरपश्चिममा धान एक लाख आठ हजार आठ सय,…

Read More

डडेल्धुरा : होटल व्यवसायी महासंघ सुदूरपश्चिमको अध्यक्षमा रमेशप्रसाद जोशी चयन भएका छन् । डडेल्धुराको होटल मेघा क्लासिकका संचालक जोशी कंचनपुरका परमानन्द भण्डारीलाई पराजित गर्दै अध्यक्षमा चयन भएका हुन् । जोशीली २४ मत पाए भने भण्डारीले १७ मत पाए । यस्तै डडेल्धुरामा आज भएको महासंघको प्रथम प्रदेश अधिवेशनबाट उपाध्यक्षमा रामचन्द्र रेग्मी, महासचिवमा तेजबहादुर बोहरा, कोषाध्यक्ष ज्ञानेन्द्रबहादुर सिह सर्वसम्मत चयन भएका छन् । यस्तै सदस्यमा विष्णा बोहरा, सीता चौधरी, पुजा रावल, मनिषा खत्री, ज्ञानबहादुर चौधरी, सन्तोष नाथ, भिम देउवा, दिपकबहादुर रावर र नरेन्द्रबहादुर चन्द चयन भएका छन् ।यसअघि महासघका निवर्तमान अध्यक्ष दिपकबहादुर खड्काको अध्यक्षता र प्रदेशसभा सदस्य सरस्वती खड्काको प्रमुख आतिथ्यतामा प्रथम…

Read More

कन्चनपुर : कन्चनपुरमा ट्याक्टरले किच्दा एक बालकको मृत भएको छ । हिजो बेदकोट नागरपालिका –६ दैजी लालपुर भित्री सडकखण्डमा ट्याक्टरले कुल्चिदा ६ वर्षीय बालक लब चन्दको मृत्यु भएको हो । बालकको मृत्युपछि स्थानीयले शव सडकमै राखेर राजमार्ग अबरुद्ध पारेका थिए । तर मृतक बालकका परिवारलाई राहत क्षतिपूर्तिबारे आवश्यक काराबाही अगाडि बढाउने सहमतिपछि राजमार्ग सुचारु भएको जिल्ला प्रहरी कार्यालय कन्चनपुरले जनाएको छ । प्रहरीले से १त ८९३० नम्बरको ट्याक्टरले र चालक बेदकोट नगरपालिका -१० बस्ने राम बहदुर खुनालाई नियन्त्रणमा लिएको जनाएको छ ।

Read More

धनगढी : कैलालीमा पहिलोपटक पारलैंगिक विवाह दर्ता भएको छ। जिल्लाको कैलारी गाउँपालिका ८ का प्रकाश चौधरी र दाङ तुलसीपुर उपमहानगरपालिका– १ का मनिला न्यौपानेको विवाह दर्ता भएको हो। विवाह गरेको ४ वर्षपछि उनीहरुको विवाह कैलारी गाउँपालिकामा दर्ता भएको हो। यहि पुुस ६ गते मात्रै उनीहरुको विवाह दर्ता भएको हो। पारलैंगिक विवाह गर्न पाउने कानुन हुँदा पनि अहिले सम्म कैलालीमा पारलैंगिक विवाह दर्ता भएको थिएन। शनिवार धनगढीमा पत्रकार सम्मेलनको आयोजना गर्दै पहिलोपटक पारलैंगिक विवाह दर्ता निलहिरा समाजका अध्यक्ष पिंकी गुरुङले बताइन्। समलिङ्गी विवाहका रूपमा प्रकाश र मनिलाको विवाहलाई नेपालमा दोस्रो भनिए पनि ट्रान्स जेन्डरको जोडीका रूपमा उनीहरूको पहिलो विवाह दर्ता भएको…

Read More

काठमाडौँ : हाल नेपालमा पश्चिमी वायुको आंशिक प्रभाव  रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ।जसको प्रभावले हाल देशको पहाडी भूभागमा आंशिक बदली रहेको छ।  आज दिउँसो कोशी, बागमती र गण्डकी प्रदेशको पहाडी भूभागमा आंशिक बदली रही बाँकी भूभागमा मौसम सामान्यतया सफा रहनेछ। कोशी र गण्डकी प्रदेशको उच्च पहाडी तथा हिमाली भूभागको एक–दुई स्थानमा हल्का हिमपातको सम्भावना रहेको छ । आज राति भने कोशी, कर्णाली र सुदूरपश्चिम प्रदेशको पहाडी भूभागमा आंशिक बदली रही बाँकी भूभागमा मौसम सामान्यतया सफा रहनेछ। 

Read More

बझाङः जिल्लाको केदारस्यु गाउपालिका–१ रायलमा रहेको निर्माणाधिन बर्थिङ सेन्टरको भवनलाई स्थानियले घाँस राख्ने गोठ बनाएका छन्। पालिकाकाे कनाडा, डुडिल, सिम, बगाल, चौडाला, पाडेचौर, रायल र पथुडाका स्थानियहरुलाई लक्षित गरि दुई वर्ष अघि वर्थिङ सेन्टर निमार्णको काम सुरु गरिएको थियो। तर भवन निमार्णको काम अलपत्र परेपछि स्थानियले अहिले घाँस राख्ने ठाँउ बनाएका हुन्। वर्थिङ सेन्टरको निमार्ण कार्य अपुरो भएपछि उक्त क्षेत्रका स्थानियले रायल प्राथमिक स्वास्थ्य केन्द्र देउरा जानुपर्ने बाध्यता रहेको छ। गाँउपालिका अध्यक्ष गणेश बोहराले सामाजिक विकास मन्त्रालय बाट बजेट विनियोन भई आएको र स्वास्थ्य कार्यालय मार्फत भवन निमार्णको काम तत्काल अगाडी बढाई सञ्चालनमा ल्याउने तयारी भइरहेको बताए।

Read More

पिथौरागढ : सुदूरपश्चिम प्रदेशका निवर्तमान मुख्यमन्त्री राजेन्द्रसिंह रावलले नेपाल–भारतको लोकसाहित्य र इतिहास साझा रहेको बताएका छन् । भारतको पीथौरागढमा आज आयोजित भारत–नेपाल अन्तर्राष्ट्रिय काव्योत्सवमा उनले दुवै देशको लोकसाहित्य र इतिहास साझा रहेको बताए । “हाम्रा गाथा, सगुन, मेला तथा देवता समान छन्”, रावलले भने, “दुवै देशका लेखकले साझा मञ्च बनाइ इतिहास र साहित्यको क्षेत्रमा काम गर्नुपर्ने आवश्यकता छ ।”, उनले नेपाल र भारत वर्तमान राजनीतिक सीमाका आधारमा दुई देश स्वतन्त्र भएको यद्यपी दुवै देशको इतिहास एकअर्का विना अधुरो रहेको बताए । शनिबारदेखि सुरु भएको काव्योत्सबमा नेपाली साहित्यकारका तीन कृति विमोचन गरिएको छ । उनले साहित्यकार कैलाश पाण्डेयको कविता सङ्ग्रह एकलव्यको…

Read More

कञ्चनपुर : शुक्लाफाँटा नगरपालिका–५ गर्जमुनीस्थित शिवशङ्कर माध्यमिक विद्यालयमा सञ्चालन हुँदै आएको बौद्धिक अपाङ्गता स्रोत कक्षा आर्थिक अभावमा सञ्चालन हुँदै आएको छ । छुट्टै कक्षाकोठा नहुँदा बौद्धिक अपाङ्गता भएका बाललिकालाई छात्राबासको बरण्डामा राखेर पढाउनुपर्ने अवस्था छ । राष्ट्रपति शैक्षिक कार्यक्रममार्फत आव २०७९/८० मा निर्माण भएको दुईकोठे भवनमा बालबालिकालाई बस्न छात्राबासको व्यवस्था गरिएको छ । भवन अपाङ्गमैत्री नहुँदा बालबालिकालाई समस्या रहेको छ । छात्राबास रहेको भवनको वरिपरि घेरबार नहुँदा विद्यार्थी बाहिर भाग्ने डरसमेत उत्तिकै रहेको विद्यालयका स्रोत शिक्षक बलदेव भट्टले बताए । “बाहिरका अपरिचित व्यक्ति पनि भित्र प्रवेश गर्न सक्छन्”, उनले भने, “विद्यार्थी बाहिर गएर हराउने सम्भावना पनि छ, नगर प्रमुख अनुगमनमा…

Read More

काठमाडौँ : परराष्ट्रमन्त्री नारायणप्रकाश साउदले प्रजातन्त्र पुनःस्थापनापछि नेपाली पत्रकारिता क्षेत्रमा क्रान्तिकारी परिवर्तन आएको बताएका छन् । काठमाडौँमा आयोजित एक कार्यक्रममा बोल्दै ‘समुन्नत नेपाल निर्माणमा सञ्चारमाध्यमको भूमिका’ विषयको गोष्ठीमा उनले २०४७ सालदेखि नेपाली पत्रकारिता क्षेत्रमा ठूलो परिवर्तन आएको बताए । “प्रजातन्त्र पुनःस्थापनापछि नेपाली पत्रकारिता संस्थागत भएको छ, प्रजातान्त्रिक मुलुकमा पत्रकारितालाई चौथो अङ्गका रुपमा राज्यले मान्यता दिएको छ”, परराष्ट्रमन्त्रीले भने । उनले संविधान जारी गरेपछि तीनै तहको निर्वाचन गरेर सरकार लोकतन्त्रलाई सुदृढ तुल्याउन क्रियाशील भएको बताए । उनले जलवायु परिवर्तनको मुद्दा र शान्ति प्रक्रियालाई टुङ्गो पुर्‍याएको विषयमा नेपालले विश्वसँग स्पष्ट ढङ्गले कुरा गरेको स्पष्ट पारे । फरक प्रसङ्गमा परराष्ट्रमन्त्रीले आतंकवादी समूह हमासको…

Read More

टीकापुर : सुदूरपश्चिम र लुम्बिनी प्रदेशको सीमामा रहेको कर्णाली नदीका कारण बढ्दै गएको सीमा विवाद हटाउन दुवै प्रदेशका मुख्यमन्त्रीबीच छलफल भएको छ । छलफलपछि सीमा विवाद, कर्णाली नदीको नदीजन्य वस्तुको उपभोग संरक्षणमा उत्पन्न समस्या समाधान गर्न दुवै प्रदेशका मुख्य सचिव र संवाद समूहका वरिष्ठ सहजकर्तासहित तीन सदस्य टोली गठन भएको छ । टोलीले आगामी फागुन १२ गतेभित्र विज्ञ टोली गठन गर्न कार्यक्षेत्रगत शर्तनामा ‘टिओआर’ बनाएर दुवै प्रदेशका मुख्यमन्त्रीलाई बुझाउने सहमति भएको छ । बर्दियाको ठाकुरद्वारामा भएको छलफलमा दुवै प्रदेशका मुख्यसचिव, वन वातावरण र भूमि सुधारमन्त्री तथा प्रदेश सांसदको उपस्थिति थियो । यसैगरी छलफलमा दुवै प्रदेशका कैलाली टीकापुर, लम्कीचुहा नगरपालिका र…

Read More