Author: महेन्द्रनगर पोष्ट

कैलालीमा तीन जना फरार प्रतिवादी पक्राउ परेका छन्। फैसला कार्यान्वयनको शिलशिलामा जिल्ला अदालत कैलालीको बिभिन्न मितिको फैसलाले कैद सजाय तथा जरिवाना ठहर भई फरार रहेका तीन जनालाई पक्राउ गरिएको हो। लागूऔषध मुद्दामा १० महिना ९ दिन कैद सजाय र पाँच हजार जरिवाना तोकिएका धनगढी उपमहानगरपालिका वडा नम्बर १ बस्ने ५२ वर्षीय लक्ष्मीप्रसाद गुरागाईलाई पक्राउ गरिएको छ। यस्तै वन मुद्दामा १३ हजार एक सय ५० जरिवाना तोकिएका धनगढी उपमहानगरपालिका वडा नम्बर २ सन्तोषीटोल बस्ने ४६ वर्षीय लालसिंह ऐर र चोरी मुद्दामा २० हजार जरिवाना तोकिएका घोडाघोडी नगरपालिका वडा नम्बर ११ का २५ वर्षीय रमेश कठरियालाई पक्राउ गरिएको छ।

Read More

धनगढीः कञ्चनपुरमा एक लाख बढी रुपैयाँसहित १२ जुवाडे पक्राउ परेका छन्। जिल्लाको भीमदत्त नगरपालिका वडा नम्बर १४ बनकट्टीस्थित अमरसिंह कुवँरको बाझो कुखुरा फर्म भित्र जुवातास खेलिरहेको सूचना प्रहरीले पाएको थियो। सूचनापछि सोही ठाउँ पुगेको प्रहरी टोलीले ३६ वर्षीय राजेन्द्र खातीसहित १२ जनालाई पक्राउ गरेको कञ्चनपुर प्रहरीले जनाएको छ। उनीहरुको साथबाट एक लाख ६ हजार चार सय ७० रुपैयाँ बरामद गरिएको छ।

Read More

धनगढीः डडेल्धुरा जोड्ने राजमार्ग हो, भीमदत्त राजमार्ग। सुदूरपश्चिमका सात पहाडी जिल्लालाई जोड्ने वैकल्पिक सडक नभएकाले भीमदत्त राजमार्गलाई पहाडी जिल्लाको लाइफलाइन मानिन्छ। तर, त्यही लाइफलाइन सडकको भने‍ बिजोक छ । एक सय ३५ किलोमिटर लामो राजमार्गको अधिकांश क्षेत्र क्षतिग्रस्त छ। राजमार्गको ६९ किलोमिटर खण्ड कैलाली तथा डोटी र डडेल्धुरामा ३३÷३३ किलोमिटर पर्छ। डोटी र डडेल्धुरा खण्डको अवस्था सबैभन्दा दयनीय रहेको सवारी चालक रमेश अवस्थी बताउँछन्। ‘डडेल्धुरा खण्डको हगुल्टे लेक क्षेत्रमा त सडक कच्चीभन्दा पनि दयनीय छ,’ अवस्थीले भने, ‘सडकको अवस्था ठीक हुँदा डडेल्धुरादेखि धनगढी पुग्न साढे तीन घण्टा समय लाग्ने गरेको थियो। अहिले पाँच घण्टामा पनि पुग्न मुस्किल हुन्छ।’ हगुल्टे लेक…

Read More

धनगढीः कैलालीको गेटास्थित सहिद दशरथ चन्द राष्ट्रिय स्वास्थ्य विज्ञान विश्वविद्यालय सञ्चालनको विधेयक अघि बढाउन विश्वविद्यालय स्थापनार्थ सङ्घर्ष समितिले माग गरेको छ। सङ्घर्ष समितिले शिक्षा, स्वास्थ्य तथा प्रविधि समितिका सभापति अमर थापालाई राष्ट्रिय सभाबाट स्वीकृत भएको विधेयक प्रतिनिधिसभाबाट पास गराउन माग गर्दै ज्ञापन पत्र बुझाएको छ। संघीय मन्त्रिपरिषद्ले २०७९ माघ २९ गते गेटामा राष्ट्रिय स्वास्थ्य विज्ञान विश्वविद्यालय सञ्चालन गर्ने नीतिगत निर्णय गरेको थियो। गेटामा शिक्षा मन्त्रालयले झन्डै ६ अर्बका भौतिक संरचनाहरू निर्माण गरेको छ। तर, सरकारले निर्णय गरेको दुई वर्ष हुँदा पनि प्रतिनिधि सभाले ऐन तयार परेको छैन। राष्ट्रिय सभाबाट पारित भई प्रतिनिधि सभामा थन्केर बसेको विधेयक यथाशक्य पास गराउन भन्दै…

Read More

धनगढीः नेपाल–भारत गौरीफन्टा नाकामा आवागमन सहज बनाइएको छ। बेलुका ८ बजेबाट दुवै देशतर्फको भन्सार कार्यालय बन्द हुँदै आएकोमा चाडपर्वलक्षित गरी आवागमन सहज बनाइएको हो। भारतमा भन्सार लाग्ने मालवस्तु साथमा नभएका नेपाली नागरिकलाई तोकिएको समयपछि पनि आउन दिने दुवै देशका सुरक्षाकर्मीको गौरीफन्टामा बसेको समन्वयात्मक बैठकले निर्णय गरेको छ। ८ बजेपछि भन्सार कार्यालय बन्द गरेर आवागमन रोक्दा चाडपर्व मनाउन स्वदेश फर्किने नेपालीलाई समस्या भएको थियो। भारतको विभिन्न सहरबाट फर्किनेलाई समस्या नहोस् भनेर सहजीकरण गर्ने र जुनसुकै समयमा आउन दिने सहमति भएको सशस्त्र प्रहरी बल नेपाल नम्बर ३४ गण हेडक्वाटर कैलालीका गणपति सशस्त्र प्रहरी उपरीक्षक दलबहादुर पाण्डेयले बताए। “बाटोमा ढिलाइलगायत यावत् कुराले नेपालीहरू…

Read More

धनगढीः प्रत्येक वर्ष आश्विन शुक्ल प्रतिपदादेखि सुरु हुने बडादसैँ सुरु भएको छ। आश्विन शुक्ल पूर्णिमासम्म १५ दिन धुमधामसँग मनाउने बडादसैँको पहिलो दिन आज घरघरमा विधिपूर्वक दियो, कलश र गणेश स्थापनासहित घटस्थापना गरिन्छ। पूजाकोठा वा दसैँघरमा वैदिक विधिपूर्वक शक्तिकी अधिष्ठात्री देवी दुर्गाको आह्वान गरी पूजा आरम्भ हुन्छ। आज बिहानै नित्य कर्म समाप्त गरी नजिकको नदी वा चोखो स्थलबाट बालुवा वा माटो ल्याई गाईको गोबरले लिपपोत गरिएको पूजाकोठा अथवा दसैँघरमा विधिपूर्वक राखेर त्यसमाथि यव अर्थात् जौँ रोप्ने गरिन्छ। यस कार्यलाई जमरा राख्ने पनि भनिन्छ। यव अङ्कुर दुर्गादेवीको प्रिय वस्तु भएकाले आज यव रोपण गरी दुर्गालाई चढाएर विजयादशमीको दिन टीका प्रसादसँगै समृद्धिको प्रतीक…

Read More

धनगढी: सुदूरपश्चिम प्रदेश प्रहरीका प्रमुख तथा डीआईजी रविन्द्र केसीले चाडपर्व लक्षित सुरक्षा व्यवस्था प्रवन्ध मिलाउन निर्देशन दिएका छन्। आज (बिहीबार) उनले कैलालीका सीमानाकाको निरीक्षण गर्दै तस्करी नियन्त्रण तथा सुरक्षा व्यवस्था कडा पार्न निर्देशन दिएका हुन्। सो कार्यक्रममा केसीले सिमावर्ती क्षेत्रमा कार्यरत प्रहरी कार्यालयका कार्यालय प्रमुख लगायत अन्य प्रहरी कर्मचारीहरूलाई पनि निर्देशन दिएका थिए। केसीले चाडपर्वमा हुने कालोबजारी, तस्करी, लागूऔषध नियन्त्रण एवं दुर्घटना र शान्ति सुरक्षाको व्यवस्थापनका लागि पनि खटिन निर्देशन दिएका थिए। डीआईजी केसी पछिल्लो समय तस्करी नियन्त्रण तथा अवैध क्रियाकलाप नियन्त्रणमा निर्मम बनेका थिए।

Read More

काठमाडौँ: नेकपा माओवादी केन्द्रका सांसद जनार्दन शर्माले प्रस्तावित प्रधानन्यायाधीश प्रकाशमानसिंह राउतलाई आन्दोलनबाट अदालत किन प्रभावित हुन्छ भन्दै प्रश्न गरेका छन्।  बुधबारको संसदीय सुनुवाइ समितिको बैठकमा सांसद शर्माले सर्वोच्च अदालतको झ्यालबाट जुलुस हेरेर पनि फैसला हुने गरेको बताएका हुन्।  उनले भने– बाटो बिस्तार भइरहेको अवस्थामा अदालतले निर्णय गरेपछि रोकिएर अलपत्र परेको छ, यस्ता कुरामा अदालतको ध्यान किन पुग्दैन ? आन्दोलनबाट प्रभावित भएर फैसला हुने गरेको अवस्था छ। सर्वोच्चको झ्यालबाट हेर्ने र जुलुस हेरेर पनि फैसला हुने गरेको छ।  सांसद शर्माले तल्लो तहका नागरिकलाई आफ्नो तहका प्रमाणहरू बनाउन गाह्रो रहेको भन्दै   कागजी प्रमाणलाई मात्रै हेर्दा धेरै अन्याय भएको उल्लेख गरे। उनले यसलाई…

Read More

सुरेश जोशी, काठमाडौं: लागूऔषध नियन्त्रण व्युरो शाखा कार्यालय महेन्द्रनगरले ठूलो अपरेसनलाई सफलतापूर्वक पूर्णता दिएको छ। आज (बुधबार) व्युरोका प्रहरी सिनियर सब-इन्सपेक्टर (वरिष्ठ सई) केशब जोशी नेतृत्वको टोलीले ठूलो अपरेसनलाई पूर्णता दिएको हो। प्रहरीका अनुसार जोशीको टोलीले सुदूरपश्चिमबाट गएर ठूलो मात्रामा खैरो हिरोईनसहित २ जनालाई पक्राउ गरेको हो। टोलीले उनीहरूलाई बाँके जिल्लाको नेपालगञ्ज उपमहानगरपालिका २० स्थित एरपोर्ट नजिकै पक्राउ गरेको हो। पक्राउ पर्नेमा बैराहिज जिल्ला रुपेडिया स्टेशन रोड उत्तर प्रदेश भारत बस्ने ३३ वर्षीय राहुल शुक्ला र बर्दियाको गेरूवा गाउँपालिका ५ घरभई हाल नेपालगञ्ज उपमहानगरपालिका-२० एरपोर्ट बस्ने ४१ वर्षीय बालचन्द्र कामी रहेका छन्। जोशी कमाण्डको टोलीले उनीहरूको साथबाट प्लाष्टिकसहित १०२ ग्राम…

Read More

सुरेश जोशी, महेन्द्रनगर: सुदूरपश्चिमसँग नाका जोडिएको भारतीय क्षेत्र बनबासाको थानाध्यक्ष फेरबदल गरिएका छन्। यस अगाडिका उपनिरीक्षक (एसआई) लक्ष्मण सिंह जगवाणको सरुवा भएपछि नयाँ उपनिरीक्षक पठाइएको हो। अहिले एसआई सुरेन्द्र सिंह खडायतलाई बनबासा पठाइएको छ। उनी यस अगाडि एण्टी ह्युमन ट्राफिकिङ युनिटमा थिए। अहिले उनको स्थानमा जगवाण गएका छन्। अन्य को कहाँ ? (नामसहित)

Read More