Author: महेन्द्रनगर पोष्ट

धनगढी : एमाले नेता भीम रावलले वर्तमान उपप्रधान तथा गृहमन्त्री रवि लामिछाने र शिक्षामन्त्री सुमना श्रेष्ठमाथि गम्भीर आरोप लगाएका छन् ।  उनले २ वटा राहदानी र विदेशीसँग विवाह गर्नेमाथि  अख्तियार दुरुपयोग अनुसन्धान आयोगले छानबिन गर्नु स्वागतयोग्य रहेको बताएका हुन् ।   गृहमन्त्री लामिछानेसँग दुई देशको नागरिकता र राहदानी भएको र पोल्याण्डका पत्रकारसँग विवाह गर्ने शिक्षामन्त्रीलगायत विदेशमा स्थायी बसोबास र रोजगारी अनुमति लिएर राज्यको उच्च ओदाहमा बस्नेहरूको बिगबिगी भएको बेला अख्तियारले छानबिन गर्नु स्वागतयोग्य भएको प्रतिक्रिया दिए ।  ‘दुई देशको नागरिकता र राहदानी भएका गृह मन्त्री र पोल्याण्डका पत्रकार पावेल स्काविन्स्किसँग विवाह गर्ने शिक्षामन्त्री लगायत विदेशमा स्थायी बसोबास र रोजगारी अनुमति लिएर…

Read More

काठमाडौं : जिल्ला अदालत काठमाडौंले वैवाहिक बलात्कार मुद्दामा निलम्बित न्यायाधीश भुवन गिरीलाई ७ वर्ष कैद र ३ लाख रुपैयाँ जरिवानाको आदेश दिएको छ । न्यायाधीश दुर्गाबहादुर भुसालको इजलासले सोमबार गिरीलाई कैद र जरिवानाको फैसला गरेको हो । गत जेठ १३ मा अदालतले दोषी ठहर गरे पनि सोमबार सजाय निर्धारण गरेको हो । गिरीविरुद्ध उनकै पत्नी आरती रावलले २०८० वैशाख १९ मा मुद्दा दायर गरेकी थिइन् । जिल्ला अदालत कपिलवस्तुमा न्यायाधीश रहेका गिरी मुद्दा दायरपछि निलम्बित भएका थिए । उनले गत वैशाख ३ मा जिल्ला अदालतमा आत्मसमर्पण गरेका थिए ।

Read More

काठमाडौँ : नेपाली राष्ट्रिय क्रिकेट टिमका कप्तान रोहितकुमार पौडेलले नेपाली टिममा स्पिनर सन्दीप लामिछाने जोडिनुले धेरै फाइदा हुने बताएका छन्। आईसीसी टी-२० विश्वकपअन्तर्गत आफ्नो दोस्रो खेलको पूर्वसन्ध्यामा आयोजित पत्रकार सम्मेलनमा उनले वेस्टइन्डिजको पिच स्पिनर बलरका लागि धेरै नै राम्रो रहेको र विकेटकर बलर लामिछाने टिममा भित्रएकाले लामिछानेको अनुभव र उत्कृष्टतामा नेपाललाई झनै खेल जित्ने अवसर हुने बताए। श्रीलंकालाई हराउने अवसर नेपालसामु रहेकाले सोहीअनुसार खेल्ने रणनीति बनाएको बताउँदै उनले १४० सम्मको स्कोर बनाउने टिमले जित हात पार्ने पनि बताए। ‘वेस्टइन्डिजको पिच एकदमै स्पिनरका लागि राम्रो छ। विकेटटेकर बलर एड भएको छ, अनुभव पनि छ, दाईको टी २० मा, अब राम्रो हुनेछ।…

Read More

काठमाडौं : गण्डकी प्रदेशको मन्त्रिपरिषद विस्तार भएको छ । नवनियुक्त मन्त्रीद्वय फणिन्द्र देवकोटा र राजीव गुरुङ (दीपक मनाङे)ले पद तथा गोपनीयताको शपथ ग्रहण गरेका छन् । देवकोटाले ऊर्जा, जलस्रोत तथा खानेपानी मन्त्रालय र मनाङेले भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयको जिम्मेवारी पाएका छन् । माओवादी चुनाव चिह्नबाट विजयी नेपाल समाजवादी पार्टीका सांसद फणिन्द्र देवकोटाले ह्वीप जारी भए पनि सुरेन्द्रराजलाई विश्वासको मत दिएका थिए । फणिन्द्र अहिले माओवादी कोटाबाटै संसदको सामाजिक विकास समिति सभापति छन् । माओवादी चुनाव चिह्नबाट चुनाव लडेर जितेका देवकोटाले आफू अलग्गै पार्टीको सांसद भएको बताउँदै आएका छन् । उनले फ्लोर क्रस गरेर मुख्यमन्त्री सुरेन्द्रराज पाण्डेलाई विश्वासको मत दिए…

Read More

धनगढी : नेपाली कांग्रेस सुदूरपश्चिम प्रदेश संसदीय दलका नेता कमल बहादुर शाहले प्रदेश सरकारले अनुपयुक्त नीति तथा कार्यक्रम आएको दाबी गरेका छन् । आज संसदीय दलको कार्यालयमा पत्रकार सम्मेलनको आयोजना गर्दै निर्वतमान मुख्यमन्त्री समेत रहेका शाहले नीति तथा कार्यक्रम गलत रहेको र उक्त नीति तथा कार्यक्रम अनुसारको बजेट आए प्रतिवाद गर्ने बताए। ‘यो नीति तथा कार्यक्रममा भएको धेरै कुरा बजेटमा आउनु हुँदैन । यसलाई सुधार गरेर लैजानु पर्छ ’ उनले भने, ‘नीति तथा कार्यक्रम अनुसारको बजेट आए हामी प्रतिवाद गर्छौ । ’उनले बजेटको रातो किताब हेरेर विरोधको शैली तय गरिने बताए । ‘हामीले व्यक्तिगत फर्मलाई पैसा नहाल्ने प्रयास गरेका थियौँ…

Read More

धनगढी : कैलालीको एक सुधार केन्द्रमा युवकको हत्या प्रकरणमा पक्राउ परेका १७ जनामध्ये १२ जना कारागार चलान भएका छन् । जिल्लाको घोडाघोडी नगरपालिका-४ भालुफाटामा रहेको नयाँ बाटो पुर्नस्थापना सुधार केन्द्रमा वैशाख २५ गते राति २५ वर्षीय सुनिल शाहीको हत्या भएको थियो । सोही प्रकरणमा अुसन्धानका लागि सुधार केन्द्रका सञ्चालक बल खत्री र सञ्चालक समिति अध्यक्ष होम तामाङसहितका १७ जनालाई इलाका प्रहरी कार्यालय सुखडले नियन्त्रणमा लिएको थियो । पक्राउ परेका १७ जनामध्य ७ जनालाई पुर्पक्षका लागि र ५ जना धरौटी बुझाउन नसकेर कारागार चलान भएका छ । सञ्चालक खत्रीसहित ३ जना भने धरौटीमा छुटेका छन् । यस्तै १ जनालाई आफन्तको जिम्मा…

Read More

धनगढी : नेकपा माओवादी केन्द्रको सुदूर पश्चिम प्रदेश सभाका संसदीय दलका नेता मान बहादुर धामीलाई कारबाही  हुने भएको छ । संसदीय दलमा निर्णय नै नगरी सरकारमा मन्त्री नियुक्तिका लागि सिफारिस गरेको भन्दै  संसदीय दलका नेता  धामीलाई अनुशासनको कारबाही गर्ने सोही दलका सदस्यहरुले बताएका छन् । संसदीय दलको बैठकमा छलफल र निर्णय नै नगरी मन्त्री नियुक्तिको सिफारिस गरिएको संसदीय दलका पाँच जना सदस्यको यसमा गम्भीर असहमती छ, नेकपा माओवादी केन्द्रका संसदीय दलका सदस्य शिवसिंह ओलीले भने, एकलौटी र आफूखुशी सिफारिस गर्ने संसदीय दलका नेता धामीमाथि अनुशासनको कारबाही हुन्छ । कारबाहीका लागि पार्टीका अध्यक्ष पुष्पकमल दाहाल र प्रदेश ईञ्चार्ज गिरिराजमणी पोखरेललाई आग्रह…

Read More

नयाँदिल्ली : भारतमा उपचाररत नेपाली कांग्रेसका नेता प्रकाशमान सिंहलाई भेटेर कांग्रेस केन्द्रीय सदस्य नैनसिंह महरले स्वास्थ्यवस्थाबारे बुझन भारत पुगेका छन्। महरसँगै कांग्रेस सन्दीप राना, सागर शाही र रामचन्द्र शाक्यलगायत नेताहरू पार्टीका तर्फबाट हस्पिटल पुगेर सोमबार सिंहको स्वास्थ्यवस्था अवस्थाबारे छलफल गरेको महरको सचिवालयका संयोजक सन्तोष खड्काले बताए। मूत्रप्रणालीमा समस्या देखिएपछि नेपाली चिकित्सकको सिफारिसमा सिंहको नयाँदिल्लीमा जेठ २१ मा अप्रेसन गरिएको थियो। उनको अवस्था सुधारोन्मुख छ। भारतको गुडगाउँस्थित फोर्टिस हस्पिटलमा उपचाररत छन । एक साता दिल्ली बसाइका क्रममा नेता महर नेपाली कांग्रेसका संस्थापक बिपी कोइरालाले सन् १९७६ मा स्थापना गरेको नेपाली जनसम्पर्क समिति भारतको ४८औं स्थापना दिवसका अवसरमा जनसम्पर्क समिति भारतले जुन १२…

Read More

काठमाडौँ : नन्दीकेशर बगैँचा परिसरमा रहेको नक्साल ढुङ्गेधारा (गाःहिटी)को निकास थुन्नेलाई काठमाडौं महानगरपालिकाले २ लाख जरिवाना तिराएको छ । जरिवानाबाट उठेको रकमले ढुङगेधाराको पुनरुत्थानकाे काम सुरु भएको छ । अहिले पानीको निकास खोलिएको छ । हिति संस्कृतिका बाधा पहिचान गर्ने क्रममा स्थानीयसँगको छलफल, स्थलगत र अभिलेखबाट पूर्वावस्थाको विश्लेषणबाट पानीको निकास दिइएको ३ वटा मुख्य समस्या महानगरले पहिचान गरेको थियो । वडाध्यक्ष भरतलाल श्रेष्ठका अनुसार प्राचीन स्मारक जोगाउन अहिले भएको कामले ढुङ्गेधाराको संरचनासँगै जल सम्पदाको पुनरुत्थान हुने छ । पानीको निकास दिइएको ठाउँमा ३ वटा घरले निकास थुनेको भेटिएको थियो । ‘स्थानीयले दिएको सूचनाका आधारमा निकास खोज्दा घरले थुनेको भेटिएपछि हरेकलाई…

Read More

पोखरा : एक करोड भन्दा बढी मूल्यका सामान चोरी गर्ने दुई युवक प्रहरी फन्दामा परेका छन् । पक्राउ पर्नेमा पोखरा महानगरपालिका वडा नं.२२ घर भई हाल मियाँपाटन बस्ने २१ वर्षीय नवीन नेपाली र गोरखा घर भई हाल पोखरा-४ गैह्रापाटन बस्ने २९ वर्षीय सुवास थापा मगर छन् । उनीहरु यसअघि विभिन्न आपराधिक क्रियाकलाप पनि संलग्न रहँदै आएको कास्की प्रहरीका सूचना अधिकारी प्रहरी निरीक्षक अविनाश दीप जिसीले जानकारी दिए । साथै उनीहरुले पाेखरामै श्रृंखलाबद्ध चोरी गरेका थिए । उनीहरुले पछिल्लो समय यही जेठ ११ गते राति पोखरा १७ घारीपाटनस्थित कृष्णजी पौडेलको घरबाट सुनका गरगहना ४२ तोला, मोवाइल, ल्यापटप, क्यामेराका साथै नगद तीन…

Read More