Author: महेन्द्रनगर पोष्ट

डडेल्धुराः डडेल्धुराको अमरगढी नगरपालिका–२ बिरखमस्थित आधारभुत स्वास्थ्य केन्द्रमा निःशुल्क दन्त शिविर आयोजना गरिएको छ। डडेल्धुरा जेसीजले जेसीज सप्ताह कार्यक्रम अन्र्तगत बुधबार आधारभुत स्वास्थ्य केन्द्र बिरखममा निःशुल्क दन्त शिविर आयोजना गरेको हो। डडेल्धुरा जेसीजको आयोजना, शिखर डेन्टल केयरको सहयोग तथा आधारभुत स्वास्थ्य केन्द्र, बिरखमको सहकार्यमा निःशुल्क दन्त शिविर आयोजना गरिएको जेसीज वर्ष २०२३ का अध्यक्ष भोजराज अवस्थीले जानकारी दिए। उनले निःशुल्क दन्त शिविरबाट ३४ जना दाँत तथा गीजा सम्बन्धि समस्या भएका बिरामीहरुले सेवा लिएको बताए।

Read More

बारा : कलैयास्थित बाल एकता बोडिङ्ग स्कुलका सञ्चालक रुपेश सर्राफको हत्यामा आठ जना व्यक्ति प्रत्यक्ष संलग्न रहेकामध्ये प्रहरीले पाँच जनालाई पक्राउ गरी सार्वजनिक गरेको छ। कलैया भरतचोक नजिकै सोमबार दिउँसो निजी विद्यालयका सञ्चालक सर्राफको हत्यामा संलग्न ५ जनालाई बुधबार बारा प्रहरीले सार्वजनिक गरेको हो। पक्राउ पर्नेहरूमा कलैया उपमहानगर पालिका २ बस्ने राधा गुप्ता, जाबेर अख्तर, चन्दन यादव, रियाज अन्सारी र अभिनव कुमार सिंह रहेकोे प्रहरी उपरीक्षक सुरेश काफ्लेले जानकारी दिए। मुख्य अभियुक्त एवम् योजनाकार मनोज गुप्ता भने, भारतमा फरार रहेको प्रहरीले जनाएको छ। जिल्ला प्रहरी कार्यालय बाराका प्रहरी उपरीक्षक सुरेशप्रसाद काफले अनुसार सर्राफ हत्या प्रकरण एक महिलाको रिसइवीका कारण हुन…

Read More

काठमाडौं : सिम्रिक हेलिकप्टरका अध्यक्ष क्याप्टेन रामेश्वर थापा हवाई यात्रुको जीवनमाथि खेलिरहेका छन्। यात्रुलाई नै असुरक्षित हुनेगरी दर्जनौँ पार्ट्सको म्याद सकिँदा समेत उनले चार सय घण्टा म्याद थप्नका लागि प्राधिकरणको हवाई सुरक्षा निर्देशनालय र महानिर्देशकलाई दबाब दिएका हुन्। नियामकमाथि लगातार धावा बोल्दै अनुचित निर्णय गराउँदै आएका सिम्रिकका अध्यक्ष थापाले पुनः हवाई सुरक्षामै असर पर्ने निर्णय गराउन दबाब दिइरहेका हुन्। सिम्रिकसँग अहिले २ वटा बेल र २ वटा एएस ३५० हेलिकप्टर रहेका छन्। दुईवटा हेलिकप्टरको अहिले दर्जनौँ पार्ट्सको म्याद सकिएको छ। तर, सिम्रिक हेलिकप्टरका अध्यक्ष थापाले नागरिक उड्डयन प्राधिकरणलाई दुई हेलिकप्टरको पार्ट्सको म्याद दुई/दुई सय गरी ४ सय घण्टा म्याद थप्न…

Read More

धनगढीः सिन्धुपाल्चोकको चौतारा साँगाचोकगढी नगरपालिका–१४ स्थित इन्द्रावती नदी किनारमा रहेको झ्याडीस्थित माझी बस्तीमा ५३ घर छन्। त्यो बस्ती २०७२ सालको भूकम्पले तहसनहस बनाएको थियो। त्यसपछि त्यहाँ ५३ घर बनाइएका हुन्। तर, अहिले ती घरहरु र घरबासीहरु भने सकसमा परेका छन्। ऋण लिँदा बैंकसँग गरेको सम्झौता अनुसार स्वेताश्री फाउन्डेसनले किस्ता नतिरेपछि सकस भएको हो। धनगढी घर भएकी अभिनेत्री श्वेता खड्काले समाजसेवाको नाममा त्यहाँ माझीहरूको घर बनाइदिएको दाबी गरेकी थिइन्। उनले बैंकबाट ऋण लिएर घर बनाएको दाबी गरेकी थिइन्। तत्कालीन लक्ष्मी बैंक चौतारा शाखाबाट प्रतिघर चार लाख रुपैयाँ थप ऋण लिइएको थियो। पुनर्निर्माण प्राधिकरणले दिएको जनही तीन लाख र बैंकको समेत गरी…

Read More

काठमाडौं : इजरायलले गाजामा गरिरहेको भूमिगत आक्रमणका क्रममा ११ जना इजरायली सैनिकको ज्यान गएको छ। प्यालेस्टिनी विद्रोही समूह हमासलाई लक्षित गरेर यसअघि हवाई आक्रमण गरिरहेको इजरायलले केही दिनदेखि भूमिगत आक्रमण गरिरहेको छ। हमाससँगको दोहोरो भिडन्तका क्रममा हिजो मङ्गलवार ११ जना सैनिकको ज्यान गएको इजरायली रक्षा मन्त्रालयलाई उद्धृत गर्दै बीबीसीले जनाएको छ। मारिएका सैनिकको उमेर १९ देखि २४ वर्ष बीचको रहेको छ। यही अक्टोबर ७ मा हमासले इजरायलमा गरेको आक्रमणयता मारिने इजरायली सैनिकको सङ्ख्या ३ सय २६ जना पुगेको छ। इजरायलमा सैनिकसहित झन्डै १४ सय जनाको ज्यान गएको छ भने इजरायलको आक्रमणमा परेर गाजामा झन्डै ९ हजार जना मारिएका छन्। हमासको…

Read More

बझाङ: बझाङमा भीरबाट लडेर एक महिला घाइते भएकी छन्। जिल्लाको साइपाल गाउँपालिका–३ की २६ वर्षीया रमा बोहरा घर नजिकै घाँस काट्ने क्रममा भिरबाट लडेर घाइते भएकी हुन्। उनलाई अहिले घटनास्थलबाट उनको घर पु¥याइएको जिल्ला प्रहरी कार्यालय बझाङका प्रहरी नायव उपरीक्षक भरतबहादुर शाहले बताए। घाइते रमालाई गाउँपालिकाले खर्च व्यहोर्ने गरी नेपाली सेनाको हेलिकोप्टरबाट उपचारका लागि काठमाडौँ लैजाने तयारी भइरहेको छ।

Read More

धनगढीः नेपाली सेनाका सिपाहीको कुटाइबाट एकको ज्यान गएको छ। सेनाका सिपाही विजयबहादुर बस्नेतको कुटपिटबाट एक जनाको मृत्यु भएको हो। विजयबहादुर श्री महावीर शौर्य गण (रेञ्जर) मा कार्यरत ब्याच नम्बर २७८१६४ का सिपाही हुन्। बस्नेतले विजया दशमीको दिन मादक पदार्थ सेवन गरी स्थानीय ३० वर्षीय हिक्मतबहादुर बुढासँग विवाद गरेका थिए। विवाद बढ्दै गएपछि उनको कुटपिटबाट बुढा गम्भीर घाइते भएका थिए। त्यसपछि जिल्ला प्रहरी कार्यालय, दैलेखले उनलाई कुटपिटको आरोपमा कात्तिक ८ गते पक्राउ गरेको थियो। दैलेख जिल्ला अदालतबाट १० दिनको म्याद लिई अनुसन्धान भइरहँदा घाइतेको भने उपचारको क्रममा मृत्यु भएको छ। सुर्खेत अस्पतालमा उपचाररत उनको कात्तिक १० गते निधन भएको जनाइएको छ।…

Read More

बैतडी: बैतडीमा एक युवक मृत फेला परेका छन्। जिल्लाको दशरथचन्द नगरपालिका–२ सुन्दरखालीका अन्दाजी २३ वर्षीय चक्रराम लावड झुण्डिएको अवस्थामा मृत फेला परेका हुन्। दशरथचन्द नगरपालिका–२ सुन्दरखाली घर भएका उनी दशरथचन्द नगरपालिका २ कै थलालगाउँका स्थानीय दानसिंह थलालको गोठमा मृत फेला परेका जिल्ला प्रहरी कार्यालयका प्रवक्ता प्रहरी निरीक्षक योगेश खत्रीले बताए। बालुवा राखेको गोठमा गएर उनले ढोका लगाएर पासो लगाएको अवस्थामा फेला परेका हुन्। घटनाका बिषयमा थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालयले जनाएको छ।

Read More

काठमाडौँ : काठमाडौँको गोठाटारमा प्रहरीले गोली चलाएर लागुऔषध कारोबारीलाई पक्राउ गरेको हो। भारतको पश्चिम बंगाल घर भएका मोहम्मद करिमलाई गोली हानेर नियन्त्रणमा लिइएको उपत्यका अपराध अनुसन्धान कार्यालयका एसपी रवीन्द्र रेग्मीले बताए। मोहम्मद करिमको साथबाट प्रहरीले एकथान पेस्तोल बरामद गरेको छ । त्यस्तै उनको साथबाट २ सय ग्राम खैरो हेरोइन जस्तो पदार्थ र तराजु फेला परेको छ। प्रहरीले चलाएको एक राउण्ड गोली करिमको खुट्टामा लागेको एसपी रेग्मीले जानकारी दिए।

Read More

काठमाडौं: नेपाली बजारमा आज सुनचाँदीको भाउ घटेको छ। नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज छापावाल सुनको भाउ तोलामा एक हजार रूपैयाँले घटेको हो। मंगलबार प्रतितोला १ लाख १६ हजार रुपैयाँमा कारोबार भएको सुन आज १ लाख १५ हजार रुपैयाँमा कारोवार भइरहेको छ। साथै तेजाबी सुन प्रतितोला १ लाख १४ हजार ४ सय ५० रुपैयाँमा कारोबार भइरहेको छ। त्यसैगरी आज चाँदीको भाउ पनि घटेको छ। मंगलबार १ हजार ४ सय २० रूपैयाँमा कारोवार भएको चाँदी आज १ हजार ३ सय ८५ रूपैयाँमा कारोवार भइरहेको महासंघले जनाएको छ।

Read More