Author: महेन्द्रनगर पोष्ट

बैतडी : बैतडीमा १८ वर्षीया किशोरीलाई जबरजस्ती करणी गरेको अभियोगमा एक जना किशोर पक्राउ परेका छन्। पञ्चेश्वर गाउँपालिका-४ लडागाउँ बस्ने १८ वर्षीय किशोरलाई आइतबार राति प्रहरीले पक्राउ गरेको हो। किशोरले गत असार २७ गते राति र भदौ २३ गते राति ती किशोरीलाई आफ्नै घरमा ल्याई जबरजस्ती करणी गरेको भन्ने उजुरीको आधारमा ईलाका प्रहरी कार्यालय तस्वदेहीबाट खटिएको प्रहरीले उनलाई पक्राउ गरेको जानकारी दिएको छ। यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ।

Read More

बैतडी :  बैतडीको पाटनमा आइतबार देखि सुरु भएको तेस्रो संस्करणको पाटन प्रिमियर लिग (पिपिएल)मा तीन खेल हुने छन्। पहिलो खेलमा टिम क्वालिटी कैलपाल, दशरथचन्द प्रतिष्ठान दोस्रोमा भुमेश्वर युवा क्लब र सहस्त्र लिङ्ग क्रिकेट क्लब र तेस्रोमा मेलौली नगरपालिका एवं ग्वाल्लेक क्रिकेट क्लब आमनेसामने हुनेछन्। १७ टोली सहभागी प्रतियोगिताको विजेताले रु एक लाख ११ हजार एक सय ११ र द्वितीय हुने टिमले रु ५५ हजार पाँच सय नगदसहित ट्रफी पदक र प्रमाणपत्र प्राप्त गर्नेछन्।

Read More

काठमाडौ : टी–२० विश्वकप छनोटमा सिंगापुरविरुद्ध नेपालका कुशल भुर्तेतले अर्धशतक प्रहार गरेका छन् । सिंगापुरले दिएको १४६ रनको लक्ष्य पछ्याउने क्रममा भुर्तेतलले २६ बलमा अर्धशतक प्रहार गरेका हुन् । यस यस क्रममा उनले २ छक्का र ६ चौका प्रहार गरेका छन् भुर्तेललाई अर्का ओपनर आशिफ शेखले २० रन बनाएर साथ दिइरहेका छन् । यो समाचार तयार पार्दासम्म नेपालले ७ ओभरमा विकेट नगुमाई ७२ रन जोडेको छ । ८ टोली सहभागी प्रतियोगितामा नेपाल समूह ‘ए’मा छ । यो समूहमा नेपालसँगै सिंगापुर, मलेसिया र ओमान छन् । यस्तै, समूह ‘बी’मा युनाइटेड अरब इमिरेट्स (यूएई), बहराइन, हङकङ र कुवेत छन् । प्रत्येक समूहबाट शीर्ष…

Read More

तनहुँ : तनहुँमा अरिङ्गालले टोकेर एक जना युवकको मृत्यु भएको छ। भानु नगरपालिका–७ स्थित जंगलमा अरिङ्गाल पोल्ने क्रममा घाइते भएका ती युवकको उपचारको क्रममा मृत्यु भएको जिल्ला प्रहरी कार्यालय तनहुँले जनाएको हो। प्रहरी नायब उपरीक्षक मोहनबहादुर खाँणका अनुसार भानु नगरपालिका–४ फलाखेत बस्ने २४ वर्षीय धनबहादुर तामाङ र सोही ठाउँ बस्ने ३२ वर्षीय राजकुमार तामाङ अरिङ्गालले टोकेर घाइते भएका थिए। दुवै जनालाई लक्ष्मी अस्पताल डुम्रेमा प्राथमिक उपचारपछि थप उपचारका लागि चितवन मेडिकल कलेज चितवनमा पठाइएको थियो। घाइतेमध्ये राजकुमार तामाङको सोमबार बिहान उपचारको क्रममा मृत्यु भएको हो। अर्का घाइते धनबहादुर तामाङको सोही अस्पतालमा उपचार भइरहेको छ।

Read More

मुगु : मुगुस्थित छायाँनाथ रारा नगरपालिका– ६ मन्दु गाउँमा सामूहिक हत्या भएको चार दिनपछि प्रहरिले एक जना शंकास्पद व्यक्तिलाई नियन्त्रणमा लिएको छ। आइतबार दिउँसो अन्दाजी १२ बजेको समयमा जिल्ला सदरमुकाम गमगढीस्थित बिच बजार (नगरपालिका जाने बाटो) बाट प्रहरीले शंकास्पत ती व्यक्तिलाई नियन्त्रणमा लिएको हो। प्रहरिले नियन्त्रणमा लिएका ती व्यक्तिबारे विस्तृत सूचना भने गोप्य राखेको छ। हत्या अनुशन्धानका लागि ११ गते नै जुम्ला, कोहलपुर र कर्णाली प्रदेश प्रहरी कार्यालयबाट विशेष अनुसन्धान टोली मुगु पुगेर अनुसन्धान गरिरहेको थियो। आइतबार बिहान हत्यारा नजिक प्रहरी पुगिसकेको प्रहरी नायब उपरिक्षक विरेन्द्र थापाले बताएका थिए। शंकास्पद र अनुसन्धानले नजिक पुर्याएको एक जना व्यक्तिलाई प्रहरीले नियन्त्रणमा लिएको…

Read More

दाङ: दाङमा प्रहरीले पक्राउ गरेको एक व्यक्ति फरार भएका छन्। मोबाइल चोरेको भन्दै तीन दिनअघि प्रहरीले पक्राउ गरेका दाङ घोराहीका विवेक नेपाली शौचालय जान्छु भन्दै भागेका हुन्। उनी स्वास्थ्य परीक्षण गर्न राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठानमा लगेका बेला भागेको जिल्ला प्रहरी प्रमुख एसपी रामबहादुर केसीले जानकारी दिए। उनको अहिले खोजी भइरहेको एसपी केसीले बताए।

Read More

काठमाडौँ: आइसिसी ट्वान्टी २० विश्वकप एसिया छनोटअन्र्गत आज भइरहेको उद्घाटन खेलमा नेपालले सिङ्गापुरविरुद्ध पहिला फिल्डिङ गरिरहेको छ। कीर्तिपुरस्थित त्रिभुवन विश्वविद्यालयको क्रिकेट क्रिकेट मैदानमा अहिले भएको टसमा सिङ्गापुरका कप्तान अरित्र दत्तले टस जितेर पहिला ब्याटिङ गर्ने निर्णय लिएका थिए। तर, सिंगापुरले लगातार विकेट गुमाउन पुगेको छ। सिंगापुरले ११  ओभरमा  ७५ रन जोड्दा आफ्ना ५ विकेट गुमाएको हो। उसका लागि सर्वाधिक रन बनाएका रोहन रङ्गराजा ४६ रनमा आउट भएपछि क्रिजमा आएका अमर्त्या कउल पनि शुन्य रनमा आउट भए।दशौं ओभरमा पूर्वकप्तान सन्दीप लामिछानेले पाचौं विकेट लिएका हुन्। लामिछानेले १०।२ ओभर जनक प्रकाशलाई आउट गरेका छन्। त्यसअघि सिंगापुरका सुरेन्द्र चनद्रमोहन सन्दीप लामिछानेको बलमा ६…

Read More

कञ्चनपुरः कञ्चनपुरको हल्दुखालस्थित एक जुवाखालबाट आठ जना पक्राउ परेका छन्। भीमदत्त नगरपालिका–७ हल्दुखाल स्थित खोला किनारमा जुवातास खेलिरहेको अवस्थामा भीमदत्त नगरपालिका–६ ऐंठपुरका ४० वर्षीये पारस भट्टसहित ८ जनालाई आईतबार राति प्रहरीले पक्राउ गरेको हो। विशेष सूचनाको आधारमा जिल्ला प्रहरी कार्यालय कञ्चनपुरबाट खटिएको प्रहरीले उनीहरूलाई १ लाख १४ हजार १ सय १० रुपैँया नगद, १ गड्डी तास, मोटरसाईकल ६ थान र स्कुटी १ थानसहित उनीहरुलाई पक्राउ गरेको बताएको छ। यस सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको प्रहरी नायव उपरीक्षक तथा सूचना अधिकारी प्रकाश डाँगीले जानकारी दिए।

Read More

कैलाली: डाक्टर अमृत राज जैशीले आफूले अवैध डेन्टल केयर सञ्चालन नगरेको बताएका छन्। महेन्द्रपोष्टले शनिवार ‘सेतीका डाक्टरको धनगढीमै अवैध संजिवनी डेन्टल !’ शिर्षकमा प्रकाशित गरेको समाचारको खण्डन गर्दै उनले आफू हाल सेती प्रादेशिक अस्पतालमा र्कारत नरहेको तथा संजिवनी डेन्टल आफ्नो नभएको दाबी गरेका हुन्। उनले उक्त डेन्टर केयर धनगढी संजिवनी पोलिक्लिनिकले सञ्चालन गरिरहेको र आफू त्यहाँ कर्मचारीको रुपमा काम गर्ने बताएका छन्। यस्तो छ उनले पठाएको खण्डन: श्रीमान सम्पादक ज्यूमहेन्द्रनगर पोष्ट विषय :– समाचार खण्डन गरि सम्प्रेषण गर्नेबारे । उपरोक्त विषयका सम्बन्धमा म डा अमृत राज जैशीको बारेमा हिजो तपाइको अनलाइन पत्रिकामार्फत सम्प्रेषण भएको मसँग सम्बन्धित समाचार पूर्णतह भ्रमपुर्ण र…

Read More

अछाम: अछाममा जीप दुर्घटना भएको छ। सोमबार बिहान जिल्लाको चौरपाटी गाउँपालिका–१ स्थित बिउनी भन्ने स्थानमा से१ज ४९० नम्बर जीप दुर्घटनामा परेको हो। गैरिलेक बजारबाट खान्डाँडातर्फ यात्रु ल्याउन जाने क्रममा जीप दुर्घटनामा परेको प्रहरी चौकी सिउँडीले जनाएको छ। जीपमा चालक धनबहादुर थापा मात्रै रहेको बुझिएको छ। उनी सामान्य घाइते भएको प्रहरीले जनाएको छ। जीप सडकबाट करिब १५० मिटर तल खसेको थियो।

Read More