Author: महेन्द्रनगर पोष्ट

बर्दिया : बर्दियामा बाघको आक्रमणबाट एक महिलाको ज्यान गएको छ । मधुवन नगरपालिका–५, शक्तिपुरकी २८ वर्षीया सिर्जना भनिने गायत्री डाँगीको बाघको आक्रमणबाट मृत्यु भएको हो । चिरौटे सामुदायिक वनमा बाख्रा चराउन गएको बेलामा उनलाई बाघले आक्रमण गरेको जिल्ला प्रहरी कार्यालय बर्दियाका प्रमुख प्रहरी उपरीक्षक सुधिरराज शाहीले जानकारी दिए । बाख्रा चराउन गएकी उनी दिउँसो साढे २ बजे बेपत्ता भएकोमा साढे ३ बजे शव फेला परेको प्रहरीले जनाएको छ । मृतकको शव पोष्टमार्टमका लागि बर्दिया अस्पतालमा राखिएको छ ।

Read More

सुर्खेत : भारतमा सवारी दुर्घटनामा परी सुर्खेतको चौकुने गाउँपालिकाका एकै परिवारका ५ जनाको मृत्यु भएको छ । शुक्रबार भारतको कर्नाटक राज्यस्थित गुलबर्गा सहरको अजलपुर तलुकामा सडक दुर्घटनामा परी दुई बालकसहित एकै परिवारका पाँचजनाको मृत्यु भएको हो । मृत्यु हुनेमा चौकुने गाउँपालिका-७ अमलटाकुराका २७ वर्षीय रतन नेवार, उनकी श्रीमती २५ वर्षीया अस्मिता नेवार, छोराहरू ५ वर्षका मिलन र डेढ वर्षका धड्कन नेवार र भाइबुहारी सुस्मिता नेवार रहेको चौकुने गाउँपालिकाका अध्यक्ष खड्क विश्वकर्माले जानकारी दिए । उनीहरू चढेको मोटरसाइकललाई पछाडिबाट मालबाहक ट्रकले ठक्कर दिएको जानकारी भन्ने खबर पाएको अध्यक्षले बताए । आफन्तले शव बुझ्ने तयारी गरेको उनले बताए । सिजनको परिवार रोजगारीका…

Read More

काठमाडौँ : सरकारले मन्त्रिपरिषद् बैठकका निर्णय सार्वजनिक गरेको छ । बिहीबार बसेको मन्त्रिपरिषद् बैठकका १८ निर्णय सार्वजनिक गरिएको हो । यस्ता छन् मन्त्रिपरिषद् बैठकका निर्णयहरू:

Read More

डडेल्धुराः गायक तथा संगीतकार शिवम भण्डारीको आवाजमा पहिलो गीत सार्वजनिक भएको छ। शुक्रबार सदिक्षा फिल्मस् युटूब च्यानलबाट ‘कोसौं दूर’ बोलको गीत सार्वजनिक भएको हो। गीतमा शव्द, संगित र स्वर शिवम आफ्नैको रहेको छ भने संगीत संयोजन किरण कँडेलले गरेका छन्। संजीव रावल ‘सिमसिम’ को निर्देशनमा रहेको उक्त म्युजिकल फिल्ममा दिवश नाथ, सविना धामी, सुवाश बोम्जन, बोन्दिता धामी, शिवम भण्डारी, धनिराम गिरी र भीमबहादुर पाण्डेयलगाएतका कलाकारको अभिनय छ। गीतको भिडियोमा राजनीतिक दलको झुठो आश्वासनमा फसेर युवाहरू विदेशीएको र गाउँमा मलामीसमेत नपाएको कारुणिक कथालाई समेटिएको छ। शिवम डडेल्धुराको अमरगढी नगरपालिका–२ डबरबाटामा जन्मिएका हुन्। उनले शास्त्रिय संगितमा स्नातक गरेका छन्। बिभिन्न ‘रियालिटी शो’मा…

Read More

काठमाडौँ : सरकारले राष्ट्रपति रामचन्द्र पौडेलको फ्रान्स, जर्मनी र इटाली भ्रमण स्वीकृत गरेको छ । हिजो (बिहीवार) बसेको मन्त्रिपरिषद् बैठकको निर्णय आज शुक्रवार सुनाउँदै सरकारकी प्रवक्ता एवम् सञ्चार तथा सूचना प्रविधिमन्त्री रेखा शर्माले यसबारेमा जानकारी गराएकी हुन् । राष्ट्रपति पौडेल फ्रान्सको पेरिसमा आयोजना हुने पेरिस पिस फोरममा भाग लिन र त्यसपछि जर्मनी र इटालीको भ्रमण गर्न कात्तिक २२ गते काठमाडौँबाट प्रस्थान गरी मङ्सिर १ गते स्वदेश फिर्ता हुने गरी भ्रमण कार्यक्रम स्वीकृत गर्ने निर्णय भएको प्रवक्ता शर्माले बताइन् ।

Read More

काठमाडौँ : नेकपा एमालेका नेता महेश बस्नेतले एमालेजस्तो शुद्ध पार्टी कुनै नभएको दाबी गरेका छन् । राष्ट्रिय युवा सङ्घको केन्द्रीय कमिटी बैठकलाई सम्बोधन गर्दै गठबन्धनले एमाले नेताहरूलाई जेल हाल्न धेरै प्रयास गरेपनि सम्भव नभएको बताए । उनले भने, ‘यती काण्ड, ओम्नी काण्ड, ७० करोड काण्ड, गिरिबन्धु काण्ड हाम्रो अध्यक्षले चुनौतीका साथ भन्नुभएको छ यी सबै काण्डको छानबिन गर, नेकपा एमाले तुलनात्मक रूपमा सबैभन्दा शुद्ध पार्टी हो, बेस्ट पार्टी हो । गठबन्धन एमालेका नेताहरूलाई जेल हाल्नको लागि परिकल्पनाका साथ लागेको छ, कसैलाई पनि केही गर्न सक्ने हिम्मत छैन ।’ विपक्षीहरूले केही नपाएर कम्बोडियाको टेलिकममा ओलीको लगानी छ भन्दै भ्रम फैलाएको उनले…

Read More

काठमाडौं : नेपाल १० वर्षपछि टी–२० विश्वकप क्रिकेटमा छनोट भएको छ । शुक्रबार काठमाडौंको मूलपानी मैदानमा संयुक्त अरब इमिरेट्स (युएई) लाई ८ विकेटले हराउँदै नेपाल सन् २०२४ को जुनमा अमेरिका र वेष्ट इन्डिजमा हुने टी–२० विश्वकपमा छनोट भएको हो । यसअघि नेपालले सन् २०१४ मा बंगलादेशमा भएको टी–२० विश्वक खेलेको थियो । काठमाडौंमा भएको छनोट खेलबाट ओमान पनि विश्वकपमा छनोट भएको छ । मूलपानी मैदानमा युएईले दिएको १३५ रनको लक्ष्य पछ्याउने क्रममा नेपालका आशिफ शेखले सर्वाधिक ६३ रन बनाए । त्यस्तै गुल्सन झाले २२, कुशल भुर्तेलले ११ रन जोडे। पहिले ब्याटिङ गरेको युएईलाई मध्यम स्कोरमा रोक्न नेपालका कुशल मल्लले महत्वपूर्ण…

Read More

बाँके: सर्वोच्च अदालतको आदेशपछि नेपालगञ्जबाट पक्राउ परेका योगराज ढकाल ‘रिगल’ लाई थप सजाय भुक्तानका लागि जिल्ला अदालत बाँके पठाइएको छ। रिगललाई सर्वोच्च अदालतले आदेश गरेको उनको बाँकी रहेको ११ बर्ष ११ महिना ५ दिनको कैद सजाय भुक्तान गर्नका लागि शुक्रबार कारागार कार्यालय नेपालगञ्ज पठाइएको हो। सर्वोच्च अदालतको आदेशपछि बिहीबार पक्राउ परेका रिगललाई प्रहरीले शुक्रबार अदालतमा पेश गरेको थियो। जिल्ला अदालत बाँकेले रिगललाई जिल्ला कारागार पठाएको हो। कैदी पूर्जीसहित रिगललाई कारागार चलान गरिएको छ। रिगल गत असोज ३ गते संविधान दिवसका दिन जेलबाट छुटेका थिए। सरकारको सिफारिसमा उनलाई राष्ट्रपतिले कैद मिनाहा गरिदिएका थिए। उनको कैद मिनाविरूद्ध सर्वोच्चमा रिट परेको थियो। रिगलले…

Read More

धनगढी : सुदूरपश्चिम प्रदेश प्रहरीले गुनासो गर्न मिल्ने क्युआर सार्वजनिक गरेको छ। आज एक कार्यक्रमकाबीच गुनासो गर्न मिल्ने क्युआर सार्वजनिक गरिएको सुदूरपश्चिम प्रदेश प्रहरीका प्रमुख डिआइजी भरतबहादुर बोहराले बताए। डिआइजी बाहेराले क्युआर कोड मार्फत प्रहरी सेवा प्रतिको सन्तुष्टि, गुनासो, पिरमार्का तथा सुझाव सोझै जिल्ला प्रहरी प्रमुख समक्ष पुग्ने सजिलो माध्यम बनाएको बताए। ‘प्रहरीले प्रदान गर्ने प्रहरी सेवाको सम्बन्धमा कुनै गुनासो, पिरमार्का वा कैफियत भएका सोझै सम्बन्धित जिल्ला प्रहरी प्रमुख समक्ष सेवाग्राहीले आफ्नो भनाइ राख्न तथा सम्पर्क गर्ने क्युआर लागु गरिएको हो,’ उनले भने, ‘यसबाट सेवाग्राहीले प्रत्यक्षरुपमा आफ्नो गुनासोहरु राख्न सक्छन्।’ परम्परागत उजुरी पेटिकाले गुनासा व्यवस्थापन प्रभावकारी नभएकाले प्रविधिमार्फत उजुरी तथा…

Read More

काठमाडौं : नेपाललाई छैठौं सफलता मिलेको छ। सन्दिप लामिछानेले बासिल हमिदको विकेट लिएका हुन्। हमिदले ३ बलमा १ रन बनाए। लामिछानेले यसअघि आशिफ खानको विकेट लिएका थिए। खानले १४ बलमा १३ रन बनाए। रोहित पौडेलले अली नसीरकोविकेट लिएका हुन्। नसीरले ७ बलमा ४ रन बनाए। कुशल मल्लले अलिशान शराफुको विकेट लिएका हुन्। शराफुले १४ बलमा १६ रन बनाए। युएईका आक्रामक ब्याटर कप्तान मुहम्मद वासिम २६ रन बनाएर आउट भएका छन्। उनको विकेट सोमपाल कामीले लिएका हुन्। १६ बल खेलेका उनले ३ चौका र २ छक्का प्रहार गरे। टी९२० विश्वकपको एसिया क्वालिफार्यसअन्तर्गत मुलपानीमा भइरहेको युएईविरुद्धको सेमिफाइनलमा यसअघि नेपालले खालिद साहलाई रनआउट…

Read More