Author: महेन्द्रनगर पोष्ट

काठमाडौँ: चीनका पूर्व प्रधानमन्त्री ली खछ्याङको आज बिहान सांघाईमा निधन भएको छ। चिनियाँ कम्युनिस्ट पार्टीको १७औँ, १८औँ र १९औँ केन्द्रीय समितिका राजनीतिक ब्यूरोका स्थायी समितिका सदस्यसमेत रहेका लीको हृदयाघातका कारण निधन भएको हो ।  उनको ६८ वर्षको उमेरमा निधन भएको हो ।

Read More

काठमाडौँ । हाल नेपालको पश्चिमी भूभागमा पश्चिमी वायुको आंशिक प्रभाव रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ। जसको प्रभावले देशको पहाडी भूभागमा आंशिक बदली तथा बाँकी भूभागमा मौसम सामान्यतया सफा रहेको छ। आज दिउँसो देशको पहाडी भूभागमा आंशिक बदली तथा बाँकी भूभागमा मौसम सामान्यतया सफा रहनेछ। देशका पहाडी भूभागका एक(दुई स्थानमा चट्याङ्गसहित हल्का वर्षाको सम्भावना रहेको छ। देशको उच्च पहाडी तथा हिमाली भूभागका एक–दुई स्थानमा हल्का हिमपातको सम्भावना रहेको छ। राति भने देशको पहाडी भूभागमा आंशिक बदली तथा बाँकी भूभागमा मौसम सामान्यतया सफा रहने महाशाखाले जनाएको छ।

Read More

सुर्खेत: ढोग (दर्शन) नगरेको भन्दै कुटपिट गर्ने दुई जनालाई सल्यान प्रहरीले पक्राउ गरेको छ। पक्राउ पर्नेमा सल्यान बागचाैर नगरपालिका- ७ स्यालागाउँका २५ वर्षीय केशर ओली र २३ वर्षीय सन्तोष ओली रहेका छन्। उनीहरूले ४ कार्तिकमा गाउँको उपकार आधारभूत विद्यालयको खेल मैदानमा गाउँकै २० वर्षीय घनश्याम ओलीलाई कुटपिट गरेका थिए। सल्यानका प्रहरी प्रमुख नवीन कार्कीका अनुसार मैदानमा सहभागी केशरले घनश्यामलाई ‘ए भाइ तेरो दाइलाई ढोग गर’ भनेका थिए। केशरले खुट्टामा नै ढोग गर्न लगाएपछि घनश्यामले ‘मैले किन तपाईँलाई ढोग्नु ढोग्दिनँ’ भन्ने जवाफ दिएका थिए। त्यसपछि केशर र घनश्यामबिच हात हालाहाल भएको थियो। त्यसपछि केशर र सन्तोष मिलेर घनश्यामलाई कुटपिट गरेका थिए।…

Read More

धनगढी: धनगढीमा लापसे गरेका एक युवक समातिएका छन्। आज बिहीबार ट्राफिक प्रहरीले लागुऔषध सेवन परीक्षण गर्दा उनलाई समातेको हो। प्रहरीका अनुसार जिल्लाको गोदावरी नगरपालिका वडा न.०५ गेटास्थित मोहना अत्तरिया छ लेन सडक खण्डमा दैनिक चेकजाँचका क्रममा लागुऔषध परीक्षण किटको प्रयोग गरी सवारी साधन चेकजाँच गर्दा सु.प.प्र.०१-००९ प ४१५७ नम्बरको स्कुटर चालक गोदावारी-५ गेटा बस्ने वर्ष २३ को रोषन रैका समातिएका हुन्। उनलाई लागु पदार्थ सेवन पोजेटिभ देखिएको नियन्त्रणमा लिई आवश्यक अनुसन्धान तथा कारबाहीका लागि जिप्रका कैलाली पठाईएको छ।

Read More

काठमाडौं : मनाङ एयरको हेलिकोप्टर दुर्घटनामा परी निधन भएका वरिष्ठ क्याप्टेन प्रकाशकुमार सेढाईंको आज पशुपति आर्यघाटमा दाहसंस्कार गरिएको छ ।   गत असोज २७ गते सोलुखुम्बुको लुक्ला विमानस्थलबाट लोबुचका लागि उडेको हेलिकोप्टर अवतरणका क्रममा गम्भीर घाइते भएका क्याप्टेन सेढाईंको भारतको मुम्बईस्थित नेसनल बर्न सेन्टरमा उपचारका क्रममा मङ्गलबार निधन भएको थियो । क्याप्टेन सेढाईंको पार्थिव शरीर आजै काठमाडौँ ल्याइएको मृतकका मामा एवं पूर्वजलस्रोत राज्यमन्त्री ठाकुरप्रसाद शर्माले जानकारी दिए । दुर्घटनामा घाइते सेढाईंको काठमाडौँमा उपचार हुन नसकेपछि भारत लगिएको थियो ।

Read More

कञ्चनपुर: कञ्चनपुरको भीमदत्तनगरस्थित महेन्द्रनगर बजारमा बस्दैआएका भोका बाँदरको भोक जनावरप्रेमी युवाको समूह आइ केयर युले मेटाउँदै आएको छ । जङ्गल जान बिर्सेर सहरमा खानाको खोजीमा भौंतारिने बाँदरलाई सो समूहले विगत चार पाँच वर्षदेखि खाना खुवाउँदै आएको हो। आफ्नो प्राकृतिक बासस्थानमा नगइ सहरमा भौतारिने बाँदरलाई हप्ताको दुई तीन दिन केरालगायत अन्य फलफूल खुवाउने गरेको समूहमा आबद्ध विष्णुप्रसाद पनेरुले जानकारी दिए। बाँदरलाई फलफूलका लागि कहिलेकाँही केही मनकारीले सहयोग गर्ने गरेको र धेरैजसो समय आफ्नै खर्चबाट फलफूल खुवाउने गरेको उनले बताए।

Read More

धनगढी : सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री कमलबहादुर शाहले प्रदेश प्रमुख देवराज जोशीबाट आज टीका ग्रहण गरेका छन्। दसैंको टीका लगाउने तेस्रो दिनमा प्रदेश प्रमुखले मुख्यमन्त्री शाहलाई टीका र जमरा लगाइदिएका हुन्। कोजाग्रत पूर्णिमासम्म मान्यजनबाट टीका लगाउने आशीर्वाद लिने चलन छ।

Read More

धनगढी : अवैध लागुऔषधसहित ६ जनालाई नेपाल प्रहरीले पक्राउ गरेको छ। प्रहरीले खैरो हेरोइनसहित तीन जना, ब्राउन सुगरसहित दुई जना र ब्राउन सुगर जस्तो देखिने पदार्थसहित एक जनालाई विभिन्न स्थानबाट पक्राउ परेको हो। कैलाली, धनगढी उपमहानगरपालिका-१२ जुगेडा बस्ने २८ वर्षीय राकेश भट्ट, सोही उपमहानगरपालिका-७ मनेहरा बस्ने ३४ वर्षीय अमिर खाती र २३ वर्षीय नरेश थापा ३९० मिलिग्राम खैरो हेरोइनसहित बुधबार राति पक्राउ परेका हुन्। अस्थायी प्रहरी पोस्ट जुगेडाबाट खटिएको प्रहरीले उनीहरूलाई पक्राउ गरेको हो। यसैगरी कैलाली, धनगढी उपमहानगरपालिका-९ बङग्राकटानबाट ७२० मिलिग्राम ब्राउन सुगरसहित धनगढी उपमहानगरपालिका-७ मनेहरा बस्ने २१ वर्षीय नरेश राना र सोही उपमहानगरपालिका-१७ पथरिया बस्ने १९ वर्षीय हितेश रानालाई…

Read More

रूकुम पश्चिम : प्रधानमन्त्री तथा नेकपा (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहालले वर्तमान सत्ता गठबन्धन टुटाएर सरकार ढाल्न अनेक कसरत भइरहेको बताएका छन् । रूकुम पश्चिमको बाँफिकोट गाउँपालिका ६ मग्मामा बिहीबार आयोजित एक कार्यक्रममा प्रधानमन्त्त्रीले यस्तो दाबी गरेका हुन् । कसले त्यस्तो षडयन्त्र गरिरहेको छ भन्ने उल्लेख नगरी प्रधानमन्त्री दाहालले अनेकन षड्यन्त्र चिरेर सरकारअघि बढ्ने पनि बताए । उनले कांग्रेससँगको गठबन्धन र सरकारले पाँच वर्ष पूरा गर्ने विश्वास समेत दिलाए । बाँफिकोट ६ मा आयोजित सहिद स्मृति मेलाको उद्घाटन गर्दै उनले आफ्नो नेतृत्वमा भ्रष्टाचारविरूद्धको अभियान जोडतोडका साथ अघि बढेको पनि प्रधानमन्त्री दाहालको भनाइ थियो । ‘अहिले अघि बढाइएको भ्रष्टाचार विरोधी अभियान कुनैपनि हालतमा रोकिन्न,’…

Read More

धनगढी : दुर्गा मूर्ति विसर्जनका क्रममा नदीमा डुबेर बेपत्ता भएका युवकको शव फेला परेको छ। रूपन्देहीको मर्चवारमा मंगलबार दुर्गा मूर्ति विसर्जन गर्न गएका तीनमध्ये दुई जनाको ज्यान गएको थियो भने एक जना बेपत्ता भएका थिए। रूपन्देहीको कोटहीमाई गाउँपालिका वडा नम्बर १ र ५ को सिमानामा रहेको तिनाउ र दानव नदी सीमाको मुहानमा डुबेर कोटहीमाई– १ का २० वर्षीय युवा सन्तकुमार राजभर बेपत्ता भएका थिए। राजभरको शव बिहीबार भेटिएको हो।

Read More