Author: महेन्द्रनगर पोष्ट

अछाम: अछामको मंगलसेन नगरपालिकामा जीप दुर्घटना हुँदा एकजनाको मृत्यु भएको छ। मंगलसेन नगरपालिका- १३ बस्तीको बाँउबट्टामा जीप दुर्घटना हुँदा उनको मृत्यु भएको हो। दुर्घटनामा परि ज्यान गुमाउनेमा स्थानीय सुके भनेर चिनिने यातायात व्यवसायी दिनेश थापा रहेका छन। गाडीमा सवार अन्यको अवस्थाकोबारे थप विवरण आउन बाँकी छ। बस्तीबाट मंगलसैनतर्फ जाँदै गरेको उक्त जीप ब्रेक फेल भएर दुर्घटनामा परेको बताइएको छ।

Read More

काठमाडौं : प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले उपप्रधानमन्त्री एवं गृहमन्त्री नारायणकाजी श्रेष्ठको स्वास्थ्यवस्थाबारे जानकारी लिएका छन्। पुल्चोकस्थित मन्त्री निवासमा पुगेर प्रधानमन्त्री दाहालले आज उपप्रधानमन्त्री श्रेष्ठको स्वास्थ्य लाभको कामना गरेका हुन्। सो अवसरमा उनीहरुबीच समसामयिक विषयमा कुराकानी भएको उपप्रधानमन्त्री श्रेष्ठको निजी सचिवालयले जनाएको छ। उपप्रधानमन्त्री श्रेष्ठलाई हृदयाघात भएको थियो। उनी बेइजिङस्थित पेकिङ युनियन मेडिकल कलेज अस्पतालमा पाँच दिन उपचार गरेर आज स्वदेश फर्किएका हुन्।

Read More

बैतडी : बैतडीमा अज्ञात ब्यक्तिले एक पालिकाको ब्याक लोडर तोडफोड गरेको छ। जिल्लाको डिलाशैनी गाउँपालिका-६ को कार्यालय अगाडी राखिएको बा.प्र.०१–००४क १२१६ नम्बरको ब्याक लोडरमा गयराति अज्ञात व्यक्तिले तोडफोड गरेको हो । ब्याक लोडरको चारैतिरको सिसाहरु फुटाएको र म्यूजीक सिस्टम समेत गायव गरेको गाउँपालिका प्रवक्ता यज्ञराज भट्टले बताए। तोडफोड कसले गर्यो भन्ने बारे प्रहरीले अनुसन्धान गरिरहेको उनको भनाइ छ।

Read More

धनगढी : पृथ्वीराजमार्ग अन्तर्गत धादिङको गल्छी गाउँपालिका वडा ४ चिरौदीमा बुधवार तीन वटा गाडी एक आपसमा ठोक्किँदा १२ जना घाइते भएका छन् । धादिङबेसीबाट काठमाण्डौतर्फ जाँदै गरेको बा ३ ख ८३९५ नम्बरको बसले विपरीत दिशाबाट आउँदै गरेको बा ६० प ४८६९ नम्बरको मोटरसाइकललाई ठक्कर दिँदा मोटरसाकल उछिट्टिएर त्यही दिशातर्फ जाँदै गरेको बाग्मती प्रदेश ०१ – ०२८ च ९३३६ नम्बरको कारमा ठोक्किएर दुर्घटना भएको जिल्ला प्रहरी कार्यालय धादिङका सुचना अधिकारी प्रहरी नायब उपरीक्षक सन्तुलालप्रसाद जैसवालले जानकारी दिए। घाइतेमध्ये बा ६० प ४८६९ नम्बरको मोटरसाइकल चालक गल्छी गाउँपालिका वडा नम्बर ६ का २६ वर्षीय जितेन्द्र पाठक र उनकी श्रीमती २४ वर्षीया ज्योती पाठक…

Read More

काठमाडौं : रुसी सेनामा कार्यरत एक नेपाली युवकलाई युक्रेनी सेनाले नियन्त्रणमा लिएको छ। युक्रेनको गृहमन्त्रीका सल्लाहकार एन्टोन गरास्चेन्कोले एउटा भिडिओ शेयर गर्दै बर्दियाका विवेक खत्री नियन्त्रणमा रहेको जानकारी दिएका हुन्। गरास्चेन्कोले ट्वीटरमा शेयर गरेको भिडिओमा विवेकले आफू पैसा कमाउनका लागि रसियन सेनामा भर्ती भएको बताएका छन्। उनले आफूलाई एकजना साथीले रसियन सेनामा भर्ती हुन सल्लाह दिएको पनि बताएका छन्। हेर्नुहोस् भिडियो : https://twitter.com/Gerashchenko_en/status/1714955395037278371

Read More

बझाङः बझाङमा एक स्वाथ्यकर्मीमाथि हातपात भएको छ। हिजो मंगलबार जयपृथ्वी अस्पताल प्रालि चैनपुरको फार्मेसीमा कार्यरत एक स्वास्थ्यकर्मी (फार्मासिष्ट) माथि हातपात भएको हो। डाक्टरको सल्लाह विना औषधी दिन सकिन्न भनेपछि अस्पतालमा कार्यरत स्वास्थ्यकर्मी तथा फार्मासिष्ट मदन खड्कामाथि अभद्र व्यवहारसँगै कुटपिट भएको बताइएको छ। दसैैंको बिदाको दिनमा पनि नागरिकको स्वास्थ्य उपचारका लागि ड्युटिमा खटिएका स्वास्थ्यकर्मीमाथि कुटपिट भएको भन्दै जयपृथ्वी अस्पतालले प्रेस विज्ञप्तीसमेत जारी गरेको छ। जयपृथ्वी नगरपालिका–१० चैनपुका सुदिप सुनार लगायतका व्यक्तिले अस्पताल फार्मेसीभित्र प्रवेश गरि प्रिगावलिन, ट्रामाडोल र कफट्याव डि भन्ने औषधि माग्न खोज्दा इन्कार गरेपछि खड्कामाथि गाली गर्नुका साथै उहातपात गरेको अस्पतालले जारी गरेको विज्ञप्तीमा उल्लेख छ। हातपात गर्ने सोहि…

Read More

धनगढी : सुनसरीको कोशी गाउँपालिका– ४ कोशी कटानमा गए राति एक प्रहरी जवानले गोली हानेर आत्महत्या गरेका छन्। मृत्यु हुनेमा सप्तरी रूपनी नगरपालिका– २ घर भई कोशी गाउँपालिका– ४ कोशी कटानमा कार्यरत प्रहरी जवान अमितेश मण्डल रहेको जिल्ला प्रहरी कार्यालय सुनसरीले जनाएको छ। रातिको समयमा सुत्ने कोठामा कोही नभएको मौकामा पेस्तोलले टाउकोमा गोली हानेर आत्महत्या गरेको प्रहरीले जनाएको हो। घरायसी तनावका कारणले प्रहरी जवान मण्डलले गोली हानेर आत्महत्या गरेको जनाइएको छ।

Read More

लुम्बिनी: रूपन्देहीको कोटहीमाई गाउँपालिकामा दुर्गा मूर्ति विसर्जनका क्रममा मङ्गलबार दानव खोलामा डुबेर बेपत्ता भएका एकजनाको खोजी कार्य जारी रहेको प्रहरीले जानकारी दिएको छ । सो दुर्घटनामा परेर दुई जनाको मृत्यु भएको थियो भने एकजना हराएका थिए ।  कोटहीमाई गाउँपालिका–१ अमरगञ्जबाट मूर्ति विसर्जन गर्न दानव खोलामा गएका तीनै जना एकसाथ खोलामा डुबेको स्थानीयले बताएका छन् । सो दुर्घटनामा परेर हराइरहेका २० वर्षीय सन्तकुमार राजभरको खोजी कार्य भइरहेको र घटनास्थलमा नेपाल प्रहरी, सशस्त्र प्रहरी र नेपाली सेनाको टोली खोजीका लागि खटिएको जिल्ला प्रहरी कार्यालय रूपन्देहीले जनाएको छ ।

Read More

काठमाडौं : एभरेस्ट बैंकका अध्यक्ष विष्णुकृष्ण (बीके) श्रेष्ठको निधन भएको छ । ललितपुरको मेडिसिटी अस्पतालमा उपचाररत उनको निधन भएको हो । लामो समयदेखि बिमारी भएर उपचार गराइरहेका ९४ वर्षीय श्रेष्ठले लामो समयदेखि एभरेष्ट बैंकको अध्यक्षको जिम्मेवारी सम्हालिरहेका थिए ।

Read More

काठमाडौं : उपप्रधानमन्त्री एवम् गृहमन्त्री नारायणकाजी श्रेष्ठ स्वदेश फर्किएका छन् । चीनको बेइजिङबाट छेन्दु हुँदै आज बिहान ११:३० बजे उनी त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा अवतरण भएका हुन् । १७ र १८ अक्टोबरमा बेइजिङमा आयोजित तेस्रो बेल्ट एण्ड रोड फोरम फर इन्टरनेशनलको अपरेसन(बीआरएफ)मा सहभागी हुन चीन गएका श्रेष्ठलाई फोरम समापन लगत्तै हृदयाघात भएपछि आकस्मिक शल्यक्रिया गरिएको थियो।

Read More