Author: महेन्द्रनगर पोष्ट

कञ्चनपुरः कञ्चनपुरबाट झण्डै चार लाख मूल्य बराबरका अबैध सामान प्रहरीले बरामद गरेको छ। जिल्लाको भीमदत्त नगरपालिका–४ र वडा नम्बर ६ बाट अबैध सामान जफत गरिएको प्रहरीले जनाएको छ। तीन लाख ७९ हजार नौ सय मुल्य बराबरका कपडा, बिजुलीका सामान र भाडा वर्तन बरामद गरिएको कञ्चनपुर प्रहरीले जनाएको छ।

Read More

कञ्चनपुरः कञ्चनपुरबाट लागुऔषधसहित चार जना युवा पक्राउ परेका छन्। जिल्लाको अस्थायी प्रहरी पोष्ट झोलुङ्गे पुलबाट खटिएको प्रहरी टोलीले लागुऔषधसहित चार जना युवालाई पक्राउ गरेको हो। दोधारा–चाँदनी नगरपालिका–२ का २१ वर्षीय पवन धामी, भीमदत्त नगरपालिका–१० गड्डाचौकीका २३ वर्षीय कुस कार्कीलाई १ दशमलव शून्य ७ ग्राम लागुऔषधसहित प्रहरीले पक्राउ गरेको छ। त्यस्तै दोधारा–चाँदनी नगरपालिका–२ का १९ वर्षीय सन्तोष सार्की र वडा नम्बर २ का १८ वर्षीय कमल सुनारलाई पनि लागुऔषधसहित पक्राउ गरिएको हो। दुबै जनालाई शून्य दशमलव १० मिलिग्राम लागुऔषधसहित पक्राउ गरिएको प्रहरीले जनाएको छ।

Read More

ढोरपाटन (बागलुङ) : गाउँ सहरमा दसैँ छाइसकेको छ । धेरैलाई दसैँ ‘सपिङ’ गर्न भ्याइनभ्याइ छ । तर कालीगण्डकी किनारमा बालुवा चाल्ने मजदुरलाई दसैँ आएको आभाष छैन । दसैँले गाउँ रमाइरहेका बेलामा यहाँका मजदुर भने त्यो रमाइलोको साक्षी बन्न नपाएको अवस्था छ । “यसपालि दसैँ यतै बित्ने भयो”, कास्की मादी गाउँपालिकाकी मिना दर्जीले भनिन्, “पैसा नभई दसैँ कसरी मनाउनु ।” पिठ्युँमा सात महिने छोरी बोकेर दिनभर बालुवा उठाउने मिनालाई दसैँमा पनि बिहान बेलुकाको छाक टार्नेमै चिन्ता छ । त्यसैले यस वर्षको दसैँ कालीगण्डकी किनारमै बित्ने उनको भनाइ छ । मिनालगायतका धेरै मुजदुर पनि यति बेला कालीगण्डकी किनारमा काम गर्नै व्यस्त छन्…

Read More

काठमाडौँ : भोजपुरमा ७ वर्षीया बालिकाको बलात्कारपछि हत्या भएको छ। शनिबार बिहान भोजपुरको आमचोक गाउँपालिका-६ टेङलुङछुकस्थित जङ्गलको गुफामा पानीमुनी ७ वर्षीया नाबालिकाको शव फेला परेको भोजपुर प्रहरीले जनाएको छ । ती बालिकामाथि बलात्कारपछि हत्या गरेको आरोपमा प्रहरीले स्थानीय २१ वर्षीय दिपचन्द्र राईलाई पक्राउ गरेको छ। प्रहरीका अनुसार नाबालिका बिहीबार साँझ अन्दाजी ६ बजेदेखि हराइरहेकी थिइन्। परिवारले छोरी खेलिरहेको बेला हराएको भन्दै प्रहरीलाई खबर गरेका थिए। बिहीबारदेखि प्रहरीले बालिकाको खोजी सुरु गरेको थियो। अन्तिमपटक तिनै अभियुक्तसँग बालिकाको भेट भएको प्रहरीको अनुसन्धानमा खुलेको थियो। नियन्त्रणपछि सोधपुछ गर्दा अभियुक्तले घटना स्वीकार गरेको प्रहरीले जानकारी दिएको छ। अभियुक्तले दिएको जानकारीका आधारमा प्रहरीले गुफाबाट बालिकाको…

Read More

डडेल्धुराः डडेल्धुरा अस्पतालका बिरामीलाई फलफूल वितरण गरिएको छ। नेपाल विद्यार्थी संघ (नेविसंघ) डडेल्धुराले दसैंको अवसरमा डडेल्धुरा अस्पतालमा उपचाररत बिरामी, उनीहरुका कुरुवा र कर्मचारीलाई फलफूल वितरण गरेको हो। बिरामीको शिघ्र स्वास्थ्य लाभको कामना गर्दै फलफूल वितरण गरिएको नेपाली विद्यार्थी संघ डडेल्धुराका अध्यक्ष पवन ऐरले जानकारी दिए । उनका अनुसार अस्पतालमा ५० जनालाई फलफूल वितरण गरिएको हो। ‘नेपाली काँग्रेसले दसैँ, तिहार, नेपाल सम्वत र छठ पर्वको अवसरमा देशव्यापी विभिन्न कार्यक्रम गर्दै आएको छ,’ उनले भने, ‘डडेल्धुरामा हामीले बिरामीलाई फलफूल वितरण गरेका हौं । त्योसंगै शुभकामना आदानप्रदान पनि गरिएको छ ।’

Read More

धनगढी: सुदूरपश्चिम प्रदेश सरकार र नेपाल उद्योग वाणिज्य महासंघबीच लगानी प्रवर्द्धन र विकासका गतिविधि सञ्चालनका लागि सहकार्य गर्ने विषयमा समझदारी भएको छ । शनिबार महासंघमा आयोजित एक कार्यक्रममा सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री कमलबहादुर शाह र महासंघका अध्यक्ष चन्द्रप्रसाद ढकालले सझदारीपत्रमा हस्ताक्षर गरे । समझदारीअनुसार प्रदेश सरकार र महासंघले सुदूरपश्चिम प्रदेशमा लगानी प्रवर्द्धन गर्न र प्रदेशको आर्थिक विकास एवम् समृद्धिमा योगदान पुर्‍याउन सहकार्य गर्ने प्रतिबद्धता जनाइएको छ । सोहीअनुसार प्रदेश सरकार र महासंघको संयुक्त आयोजनामा आगामी २०८० साल फागुन २३ र २४ गते सुदूरपश्चिम लगानी तथा विकास सम्मेलन आयोजना गरिनेछ । उक्त सम्मेलन सफल पार्न महासंघको सम्पूर्ण संयन्त्रले काम गर्ने महासंघ अध्यक्ष…

Read More

डडेल्धुराः डडेल्धुराको अमरगढी नगरपालिकामा सम्पन्न टोल स्तरीय वडा कप भलिबलको उपाधि आयोजक बैजनाथ महिला कृषि समूह ‘ए’ ले हात पारेको छ। शनिबार भएको फाइनल खेलमा सिद्धनाथ युवा क्लब चिरकिट्टेलाई ३–१ ले हराउँदै आयोजकले उपाधि हात पारेको हो। उपाधिसँगै आयोजकले नगद १२ हजार एक रूपैयाँसहित ट्रफि हात पार्न सफल भयो भने सिद्धनाथ युवा क्लबले सात हजार एक रूपैयाँमा चित्त बुझायो। यस्तै किङ्स सोल्परीले शिखर सहकारीलाई पराजित गर्दे तृतीय स्थान हासिल गर्न सफल भयो। किङ्स सोल्परीले चार हजार एक रूपैयाँ पुरस्कार प्राप्त गर्यो। अमरगढी नगरपालिका–२ र ३ को काँडे कोटमा बैजनाथ कृषि समूहको आयोजना र अमरगढी नगरपालिका वडा नम्बर २ र ३…

Read More

बैतडीः बैतडीमा विषादी सेवनबाट एक जनाको मृत्यु भएको छ। जिल्लाको शिवनाथ गाउँपालिका–२ मडै गाउँका ५५ वर्षीय गंगा सिंह मडैको तरकारीमा प्रयोग हुने विषादी सेवनबाट मृत्यु भएको हो। मडैले शुक्रबार राति साढे ८ बजे विषादी सेवन गरेको जिल्ला प्रहरी कार्यालय बैतडीका प्रहरी प्रवक्ता एवं प्रहरी निरीक्षक योगेश खत्रीले जानकारी दिए। विषादी सेवनबाट बिरामी भएका उनलाई वडाकै नागार्जुन क्लिनिकमा लगिएको थियो। अवस्था सामान्य भएर क्लिनिकबाट घर गएका मडैलाई आज १२ बजे फेरी बिरामी भएर थप उपचारका लागि डडेल्धुरा लैजाने क्रममा शिवनाथको बोगडा भन्ने ठाउँमा मृत्यु भएको प्रहरी प्रवक्ता खत्रीले बताए। घटना बारे थप अनुसन्धान भैरहेको प्रहरीले जनाएको छ।

Read More

डडेल्धुरा : डडेल्धुरा अस्पतालले करार सेवामा चिकित्सक भर्ना गर्न फेरि प्रक्रिया अगाडि बढाएको छ । पहिलोपटक खोलेको विज्ञापनमा दरखास्त दिएका कोही पनि परीक्षामा सहभागी नभएपछि दोस्रोपटक विज्ञापन गरेर चिकित्सक भर्ना प्रक्रिया अगाडि बढाइएको हो । अस्पतालले १४ जना डाक्टर भर्ना गर्नका लागि आवेदन माग गरेको हो । १२ जना नवौं तहका विशेषज्ञ र २ जना मेडिकल अधिकृतका लागि आवेदन खोलिएको अस्पताल प्रशासनले जनाएको छ । स्वास्थ्य मन्त्रालयबाट स्विकृत दरबन्दी रिक्त रहेको र अस्पताल विकास समितिको साउन २२ गतेको निर्णयअनुसार करार सेवामा चिकित्सक भर्ना गर्न आवेदन खोलिएको जनाइएको छ । इच्छुकलाई १५ दिनभित्र आवेदन दिन आग्रह गरिएको छ भने छनोट अन्तर्वार्ताका…

Read More

बाजुरा: बाजुराको सदरमुकाम जोड्ने साँफे–मार्तडी राजमार्गमा पर्ने जडांगा नजिकै शनिबार दिउँसो ट्याक्टर दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ। मृत्यु हुनेमा बडीमालिका नगरपालिका–६ जडांगाका अन्दाजी ३७ वर्षीय बहादुर दानी रहेको जिल्ला प्रहरी कार्यालय बाजुराले जनाएको छ। एम के कन्ट्रक्सनको कम्पनीमा कार्यरत कर्मचारी दानीले चलाएको सु प्रप्र ०१ ००२ त ६८२६ ट्याक्टर अनियन्त्रित भइ सडकबाट २० मिटर तल खसेर दानीको घटनास्थलमै मृत्यु भएको जिल्ला प्रहरी कार्यालय बाजुराका प्रहरी नायव उपरिक्षक कविन्द्रसिंह बोहराले जानकारी दिए। उनले दिएको जानकारी अनुसार ट्याक्टर चालक दानीले मदिरा सेवन गरेकोले ट्याक्टर अनियन्त्रित भइ दुर्घटना भएको बताए।

Read More