Author: महेन्द्रनगर पोष्ट

कञ्चनपुरः कञ्चनपुरमा लागुऔषधसहित एक जना पक्राउ परेका छन्। जिल्लाको भीमदत्त नगरपालिका–९ ब्रह्मदेब बजारबाट १.३७ ग्राम लागुऔषध खैरो हेरोइनसहित भीमदत्त नगरपालिका-१० का २४ वर्षीय प्रमल नाथ शुक्रवार साँझ पक्राउ परेका हुन्। इलाका प्रहरी कार्यालय ब्रह्मदेबबाट खटिएको प्रहरी टोलीले चेकजाँच गर्दा नाथले प्रयोग गरेको हेलमेटभित्र लुकाई राखेको अवस्थामा लागुऔषध फेला पारी पक्राउ गरेको बताएको छ। मोटरसाइकलसहित नाथलाई नियन्त्रणमा लिएर थप अनुसन्धान गरिरहेको प्रहरीले बताएको छ।

Read More

काठमाडौं : यसपालिको दशैँ घमाइलो हुने भएको छ । दशैँको टीकासम्म खासै पानी पर्ने सम्भावना नरहेको मौसमविद् प्रतिभा मानन्धरले जानकारी दिए । उनका अनुसार आजदेखि टीकाको दिन मङ्गलवारसम्मकै मौसम सामान्यतया सफा हुने देखिएको छ । तर, यसबीचमा पहाडी क्षेत्रका केही ठाउँमा फाट्टफुट्ट पानी पर्ने अनुमान छ । आज केही ठाउँमा दिउँसो बादल लागे पनि पानी पर्ने सम्भावना नरहेको मौसमविद् मानन्धरले बताए । त्यस्तै बिहान बेलुका चिसो भए पनि दिउँसो भने गर्मी नै छ ।

Read More

काठमाडौँ : रुसी सेनामा भर्ना भएका सन्दीप थपलियाको मृत्यु भएको छ। रुसी सेनामा भर्ना भएर युक्रेनविरुद्धको लडाइमा संलग्न भएका उनी युक्रेनी सेनाको ट्र्यापमा परेका थिए। उनले नेपालमा रहेको बहिनीलाई फोन गरेर आफूलाई जङ्गलतिर लिएर गइरहेको जानकारी गराएका थिए। त्यसपछि उनी सम्पर्कमा आएनन्। जुलाई १४ मा रसीयाबाट उनको मृत्यु भएर शव गाडेको सन्देश आएको द न्युयोर्क टाइम्समा प्रकाशित समाचारमा उल्लेख छ।

Read More

काठमाडौं: आश्विन शुक्ल पक्षको सप्तमी तिथि अर्थात् आज महासप्तमी। बोलीचालीको भाषामा यो दिनलाई फूलपाती भनिन्छ। महासप्तमीको बिहान वा दिउँसो दशैँघर वा शक्तिपीठमा फूलपाती भित्र्याइन्छ। यसलाई संस्कृत भाषामा नवपत्रिका भनिन्छ। केरा, दारिम, धान, हरिद्रा, मानक, कचु, बेल, अशोक र जयन्ती गरी नौ प्रकारका वनस्पतिलाई नवपत्रिका भनिन्छ। तर सबै वनस्पति नपाइएको अवस्थामा उखु, अदुवा तथा अन्य फूलका पत्र पनि फूलपातीमा प्रयोग गरेको पाइन्छ। यी नौवटा वनस्पति भित्र्याई नवदुर्गालाई स्नान गराई प्रत्येक पत्रमा देवीहरूको पूजा गरिन्छ। यो अवसरमा काठमाडौंको हनुमानढोका दरबार, गोरखा दरबारलगायत स्थानमा समेत विशेष कार्यक्रमका साथ फूलपाती भित्र्याउने गरिन्छ। गोरखा दरबारबाट ल्याएको फूलपाती हनुमानढोकामा भित्र्याउने परम्परा अहिले पनि कायम छ। फूलपातीकै अवसरमा सैनिक…

Read More

काठमाडौँ । हाल नेपालमा पश्चिमी वायुको आंशिक प्रभाव रहेको छ। मौसम पूर्वानुमान महाशाखाका अनुसार शनिबार देशको पहाडी भू-भागमा आंशिकदेखि सामान्य बदली र बाँकी भू-भागमा मौसम सामान्यतया सफा रहनेछ। कोशी प्रदेश, बागमती प्रदेश र गण्डकी प्रदेशको पहाडी भू-भागका एक-दुई स्थानमा मेघ गर्जन र चट्याङसहित हल्का वर्षाको सम्भावना रहेको छ।

Read More

काठमाडौं : हमासको आक्रमणमा परी मृत्यु भएका १० नेपालीमध्ये चार जानाको शव पर्सि आइतबार नेपाल ल्याइने भएको छ । तेलअविवस्थित नेपाली दूताबासका अनुसार सम्पूर्ण कानुनी प्रक्रिया पुरा गरेर ४ जनाको शज भोलि दिउँसो १ः२५ बजेको फ्लाइ दुबईको उडानबाट नेपाल पठाउन लागिएको हो । मृतक १० मध्ये नारायणप्रसाद न्यौपाने, लोकेन्द्रसिंह धामी, दिपेशराज बिस्ट र शिष चौधरीको शव नेपाल ल्याइन लागिएको हो । फ्लाइट डिटेलअनुसार पर्सि बिहान काठमाडौं आइपुग्नेछ । ‘अन्य शव पहिचानको काम भइरहेको छ’, नेपाली दूताबासले शुक्रबार वक्तव्यमार्फत भनेको छ । सम्पर्कबिहीन रहेका विपिन जोशीको खोजी भइरहेको पनि दूताबासले जनाएको छ ।

Read More

बझाङः बझाङमा भएको जिप दुर्घटनामा परी घाइते भएका एक जनाको मृत्यु भएको छ। जिल्लाको छबिसपाथिभेरा गाउँपालिका–७ खोरीमा भएको जिप दुर्घटनाका घाइते सोही वडाको बुड्खोरीका २५ वर्षीय रमेश महत (इनार) को मृत्यु भएको हो। भाँडे बजारबाट बुड्खोरी जाँदै गरेको सुदूरपश्चिम प्रदेश ०१००१ ज १२६६ नम्बरको जिप ब्रेक फेल भएर खोरी र नौराको बीच सडकमा दुर्घटना हुँदा ६ जना घाइते भएका थिए। दुर्घटनामा परी घाइते भएका महतको उपचारका लागि जिल्ला अस्पताल लैजाने क्रममा बाटोमै मृत्यु भएको जिल्ला प्रहरी कार्यालय बझाङले जनाएको छ। दुर्घटनामा छबिसपाथिभेरा गाउँपालिका–७ बुड्खोरीका मृतक रमेश महतसहित रामबहादुर धामी, अशोक धामी, सन्तोष धामी, प्रकाश धामी र निरन धामी घाइते भएका…

Read More

काठमाडौं : पूर्वराजा ज्ञानेन्द्र शाहले दसैँको शुभकामना दिँदै देशको दुरवस्थाप्रति चिन्ता प्रकट गरेका छन् । अग्रगतिका नाममा ल्याइएको परिवर्तनले देशलाई राम्रो नगरेको उनको निष्कर्ष छ । आज जारी गरेको शुभकामना सन्देशमा पूर्वराजाले भनेका छन्, ‘डेढ दशकको अवधिमा जनता उतिविधि उत्साहमा छैनन्, हर्षित छैनन् । हामीले नजिकबाट नियालेर हेर्दा र बुझ्दा जनता अति नै निराश र हताशमा छन् । लोकहित र अग्रगतिको नाममा भनेर आएको परिवर्तनले न राम्रो गर्‍यो न त सुधार आयो । हाम्रो देश झन् झन् खराबीतिर गयो भन्ने आम जनगुनासो सुनिन्छ ।’ जनताले खोजेको र रोजेको सही पात्रबाट जनहितमा गतिलो काम अघि बढ्न पाउनुपर्नेमा उनले जोड दिएका छन्…

Read More

अछाम : हिन्दुहरूको महान् चाड दसैँ नजिकिँदै गर्दा अछाममा दसैँको चहलपहल बढ्दै गएको छ । कामको सिलसिलामा विदेश गएका नेपालीहरू घर फर्किन थालेका हुन् । अहिले सहर बजारमा भन्दा गाउँघरतिर चहलपहल बढ्दो छ । दसैँ नजिकिँदै गर्दा अहिले गाउँ-गाउँमा पिङ हाल्ने र धेरै पछि भेट भएकाहरू साथीभाइ दाजुभाइ, दिदी बहिनी दुःख सुख साटिरहेका छन् ।

Read More

डडेल्धुरा : आलिताल गाउँपालिकामा अटो दुर्घटनामा घाइते भएकालाई धनगढी रेफर गरिएको छ। दुर्घटनामा परि घाइते भएका आलिताल गाउँपालिका-५ घर भएका ४७ वर्षकी लक्ष्मी ताम्राकार र उनकी छोरी २२ वर्षीया मिना ताम्राकारलाई धनगढी रेफर गरिएको हो। अटो गोदामदेखि आलिताल- ५ बहिरिसैन तर्फ जाँदै गर्दा दुर्घटना भएको थियो। प्रहरीका अनुसार आलिताल गाउँपालिका जाने सडकमा सुपप्र ०२००१ह१७४० नम्बरको दुर्घटना भएको थियो। घटना बारे प्रहरीले अनुसन्धान गरिरहेको छ।

Read More