Author: महेन्द्रनगर पोष्ट

काठमाडौं : नापी कार्यालय झापाका सर्वेक्षक देवनारायण ठाकुर घुससहित पक्राउ परेका छन् । जग्गा कित्ताकाट गरेवापत सेवाग्राहीसँग घुस मागेको आरोपमा अख्तियार दुरुपयोग अनुसन्धान आयोगले उनीसहित बिचौलिया उमेश यादवलाई पनि समातेको हो । आयोगको इटहरीबाट खटिएको टोलीले उनीहरुलाई सेवाग्राहीबाट ७० हजार नगद र ५५ हजारको चेक गरी एक लाख २५ हजार घुस लिइसकेको अवस्थामा झापाको चन्द्रगढीबाट आज नियन्त्रणमा लिएको जनाइएको छ । यस सम्बन्धमा थप अनुसन्धान भइरहेको अख्तियारले जनाएको छ ।

Read More

काठमाडौं : काठमाडौंबाट झापातर्फ जाँदै गरेको हायस दुर्घटनामा परेको छ । बागमती प्रदेश ०१–००४क २०७६ नम्बरको हायस उदयपुरको अधेरीमा दुर्घटनामा परेको हो । हायसको पछाडितर्फको बायाँ साइडको टायर खुस्केपछि अनियन्त्रित भई सडक छेउको रुखमा ठोक्किएको हो । दुर्घटनामा १८ जना घाइते भएका छन् । घाइते हुनेमा इलामको सूर्योदय नगरपालिका वडा नम्बर ९ की ४० वर्षीया रेणुका गौतम, उनको १५ वर्षीय छोरा अनुपम आचार्य, झापाको शिवसताक्षी नगरपालिका वडा नम्बर १ का ३० वर्षीय निर्देश भट्टराई, १४ वर्षीया निकिता भट्टराई, सुनसरीको बराहक्षेत्र नगरपालिका वडा नम्बर ५ का ३९ वर्षीय भीमकुमार खत्री रहेका छन् । त्यस्तै, झापाको मेची नगरपालिकाकी ३९ वर्षीया भारती कार्की,…

Read More

कञ्चनपुर: कञ्चनपुरको बेलौरीमा चट्याङ लागेर दुई जना घाइते भएका छन् । आज बेलौरी नगरपालिका-२ टेडुवा बस्ने ५५ वर्षीय फुतिया चौधरी र उनकी छोरी २१ वर्षीय पुष्पा चौधरीमाथि चट्याङ पर्दा घाइते भएका हुन् । खेतमा काम गरिरहेको अवस्थामा चट्याङ पर्दा दुबै आमा, छोरी घाइते भएको इलाका प्रहरी कार्यालय बेलौरीका प्रहरी निरीक्षक गौरीप्रसाद बजगाइले बताए । दुबैको अहिले धनगढीस्थित निसर्ग अस्पतालमा उपचार भैरहेको प्रहरीले जनाएको छ । घाइते दुबैलाई पहिले बेलौरीस्थित श्रीपुर प्राथमिक स्वास्थ्य केन्द्रमा लगिएको थियो । त्यहा उपचार सम्भव नभए पछि उनलाई थप उपचारका लागी धनगढी लगिएको हो ।

Read More

धनगढी : प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डलाई कैलालीमा कालोझण्डा देखाइएको छ। सोमबार दिउँसो कैलालीको मसुरीयामा प्रधानमन्त्री दाहाललाई क्रान्तिकारी कम्युनिष्ट पार्टी नेपाल र क्रान्तिकारी युवा संगठन नेपालले कालोझण्डा देखाएका हुन्। प्रधानमन्त्री दाहाल कैलालीको लम्कीमा माओवादीका सुदूरपश्चिम उपाध्यक्ष कृष्ण बडुवालको श्रद्धाञ्जली सभालगायत विभिन्न कार्यक्रमका लागि सुदूरपश्चिम गएका थिए।

Read More

काठमाडौं : परराष्ट्रमन्त्री एनपी साउदले सुदूरपश्चिम प्रदेश सम्भावनाको दृष्टिकोणले भरिपूर्ण भए पनि बजेटको अभाव भएको बताएका छन्। सुदूरपश्चिम पत्रकार समाज, काठमाडौंले सोमबार काठमाडौंमा आयोजना गरेको दशैं, तिहार, छठ तथा नेपाल संवत् विशेष शुभकामना आदान–प्रदान तथा भेटघाट कार्यक्रममा बोल्दै मन्त्री साउदले सुदूरपश्चिममा भएका विविध सम्भावनाहरुको प्रचार–प्रसार तथा विकासका लागि बजेटको अभाव भएको बताएका हुन्। अब तीनै तहका सरकारले पूर्वाधार निर्माणमा ध्यान दिनुपर्ने उनको भनाइ छ। उनले पहिले सुदूरपश्चिमबाट काठमाडौं आउन धेरै सकस बेहोर्नुपर्ने भए पनि अहिले विभिन्न नदीमा पुल निर्माण हुँदा धेरै सहज भएको धारणा राखे। उनले राज्यले सुदूरपश्चिमलाई हेर्न दृष्टिकोण पनि बदल्न आवश्यक रहेको धारणा राखे। ‘देशको कुनै पनि ठाउँ…

Read More

काडमाडौं : नेपाल विद्युत प्राधिकरणले यो वर्षपनि ‘डबल ए प्लस’ क्रेडिट रेटिङ पाएको छ । इक्रा नेपाल लिमिटेडले प्राधिकरणलाई ‘इक्रा एनपी डबल ए प्लस’ स्तरको रेटिङ दिएको छ । प्राधिकरणको वित्तिय अवस्था, सम्पत्ति, व्यवसायिक क्षमता, सञ्चालन प्रभावकारितामा प्रभाव पार्ने आन्तरिक तथा वाह्य वातावरणाीय तत्वलगायतको विश्लेषण गरेर इक्राले रेटिङ प्रदान गरेको बताइएको छ । ‘डबल ए प्लस’ रेटिङ प्राप्त गर्ने संस्थाको वित्तिय तथा आर्थिक दायित्व समयमै वहन गर्नसक्ने उच्च क्षमता सुरक्षित रहन्छ । त्यस्तै, संस्थासँगको वित्तिय कारोबारमा ज्यादै न्यून ऋण भुक्तानी जोखिम हुन्छ । विद्युत उत्पादन, प्रसारण र वितरणलाई सक्षम, भरपर्दो र सर्वसुलभ गरी विद्युत आपूर्तिको समुचित व्यवस्था गर्न सरकारको पूर्ण…

Read More

धनगढी: प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले इजरायल बेपत्ता भएका विपिन जोशीको खोजी कार्य तीव्र रहेको बताएका छन् । कैलालीको चौमालास्थित गौरीगङ्गा नगरपालिकाको नवनिर्मित भवन उद्घाटन गर्दै प्रधानमन्त्रीले ‘प्रचण्ड’ले इजरायल लगायत वरिपरिका देशमा पनि विपिनको खोजी भइरहेको बताएका हुन् । । प्यालेस्टाइन विद्रोही समूह हमासको आक्रमणमा परी १० नेपालीको मृत्यु भएको थियो । त्यस क्रममा बेपत्ता भएका कन्चनपुर भिमदत्त ३ का जोशी अहिलेसम्म सम्पर्कविहीन छन् । प्रधानमन्त्री ‘प्रचण्ड’ले अहिले इजरायलमा मात्र नभई हमास आबद्ध देशहरुम पनि खोजी भइरहेको बताए । ‘वरिपरिका सबै देशहरू र हमाससँग सम्बन्धित देशमा पनि खोजी भइरहेको छ पहल भइरहेको छ’, प्रधानमन्त्री ‘प्रचण्ड’ले भने, ‘मलाई विश्वास छ चाँडै उहाँ…

Read More

धनगढी : नेपाल कम्युनिस्ट पार्टीका महासचिव नेत्रविक्रम चन्द विप्लवले देशको जिम्मा माओवादीले लिनुपर्ने बताएका छन् । सोमबार समाजवादी मोर्चाले सुदूरपश्चिमको धनगढीमा आयोजित सन्देशसभामा बोल्दै उनले माओवादीबाहेक अन्यले जिम्मा लिन नसक्ने जिकिर गरे । ‘देशलाई दुःख परेको छ । जनतालाई दुःख परेको छ । पहिले पनि युद्धबाट माओवादीले जवाफ दिएको छ’, उनले भने, ‘अहिले पनि देशको जिम्मा माओवादीले नै लिनुपर्छ । कम्युनिस्टहरूले लिनुपर्छ । समाजवादी मोर्चाले लिनुपर्छ । समस्या पर्दा काँध थाप्ने भनेको माओवादीले हो । कम्युनिस्टहरूले हो ।’ अहिले देशको राजनीति जटिल मोडमा पुगेको भन्दै आफूहरूले सचेतापूर्वक जिम्मा लिएर जवाफ दिने उनले जिकिर गरे ।

Read More

कठमाडाै‌ : ललितपुरको अन्नपूर्ण प्राकृतिक अस्पतालले इजरायलबाट फर्केका नेपालीलाई एक महिना निःशुल्क मनोवैज्ञानिक परामर्श सेवा दिने भएको छ । ‘मेन्टल हेल्थ म्याटस्’ भन्ने हेतुका साथ युद्धग्रस्त क्षेत्रबाट फर्किएका नेपालीहरूलाई सहयोग गर्नका लागि अस्तालले एक महिने निःशुल्क प्राकृतिक उपचार तथा मनोपरामर्श दिने भएको हो । ‘प्रत्यक्ष युद्ध देखेर नेपाल फर्किएका विद्यार्थीको मानसपटलमा त्यसको गहिरो प्रभाव परेको हुन सक्ने भएका कारण उनीहरूका लागि निःशुल्क उपचार सेवा दिन लागिएको अस्पतालका सञ्चालक तथा मेडिकल डाइरेक्टर डा. स्कन्द डाँगीले बताएका छन् । त्यसका लागि न्युरोसाइक्र्याटिस्ट डा. प्रदीप पाण्डे, प्राकृतिक चिकित्सक तथा योग विशेषज्ञ डा. स्कन्द डाँगी, आयुर्वेद चिकित्सक डा. रमेश पौडेल, योग थेरापिस्ट सविन महर्जन,…

Read More

काठमाडौँ : भारतको नागपुरमा हाइ पर्फमेन्स क्याम्प सकेर नेपाली राष्ट्रिय क्रिकेट टिम आज सोमबार स्वदेश फर्कने भएको छ । टी–२० विश्वकप एसिया क्षेत्र छनोटको तयारीमा रहेको नेपाली टोलीले भारतको नागपुरमा राजस्थान रोयल्सको एकेडेमीमा क्याम्प राखेको थियो । नेपालको टिम दिल्ली एयरपोर्ट हुँदै नेपाल आइपुग्ने नेपाल क्रिकेट सङ्घ क्यानले जनाएको छ । नेपाली टोलीले कात्तिक १ गतेबाट हङकङ र युएईसँग त्रिकोणात्मक सिरिज खेल्नेछ । कात्तिक १३ गतेबाट हुने एसियन क्षेत्र छनोट अघि नेपालले तयारी स्वरूप त्रिकोणात्मक सिरिज खेल्न लागेको हो ।

Read More