Author: महेन्द्रनगर पोष्ट

काठमाडौँ : भाटभटेनी सुपरमार्केटका सञ्चालक मीनबहादुर गुरुङले भूकम्प पीडितका लागि सहयोग हस्तान्तरण गरेका छन्। उनले प्रधानमन्त्री राहत कोषमा १ करोड ११ लाख ११ हजार १ सय ११ रुपैयाँ सहयोग हस्तान्तरण गरेका हुन्। सोमबार प्रधानमन्त्री निवास पुगेर गुरुङ दम्पतीले आफूले घोषणा गरेको रकम बराबरको चेक प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ लाई हस्तान्तरण गरे। शुक्रबार राति गएको भूकम्पबाट जाजरकोट र रुकुम पश्चिममा जनधनको क्षति भएपछि गुरुङले उक्त सहयोगको घोषणा गरेका थिए। निजी क्षेत्रबाट प्रधानमन्त्रीलाई ठुलो राहत रकम हस्तान्तरण गर्ने उनी पहिलो हुन्।

Read More

अछामः अछाममा भालुको आक्रामणबाट एक बालिका घाइते भएकी छिन्। जिल्लाको ढकारी गाउँपालिका–३ अनारीगाउँस्थित जंगलमा घाँस काट्ने क्रममा सोही गाउँकी १५ वर्षीया बालिका दिलाकुमारी बुढालाई आइतवार जंगली भालुले आक्रामण गरि घाइते बनाएको जिल्ला प्रहरी कार्यालय अछामले जनाएको छ। घाइते बालिकाको स्थानीय अस्पतालमा सामान्य उपचारपछि थप उपचारका लागि धनगढी पठाइएको प्रहरीले बताएको छ।

Read More

डडेल्धुरा : डडेल्धुरा सदरमुकामका घरधनीले मुआब्जा पाएको महिनौं पुगे पनि सडक क्षेत्रमा पर्ने संरचना भत्काउन अटेरी गरेपछि अमरगढी नगरपालिकाले आजदेखि डोजर चलाउने भएको छ। सडकको क्षेत्राधिकारभित्रै पर्ने भौतिक संरचना र जग्गाको मुआब्जा व्यक्तिलाई वितरण गरिए पनि सडकको क्षेत्राधिकार खाली नगरिएका कारण आजदेखि सडकको क्षेत्राधिकार खाली गर्न नगरपालिकाले डोजर चलाउने भएको हो। त्यसका लागि अमरगढी नगरपालिका वडा नम्बर ५ का अध्यक्ष टंकबहादुर क्षेत्रीलाई संयोजक तोकिएको नगरपालिकाले जनाएको छ। आजदेखि बसपार्कबाट सडक क्षेत्र खाली गर्न सुरु गरिने बताइएको छ। अमरगढी नगरपालिकाले वडा कार्यालय र नगरपालिकाले पटकपटक आग्रह गर्दा पनि बेवास्ता भएको भन्दै अन्तिम पटकका लागि संरचना हटाउन सूचना जारी गरिएको थियो। १३…

Read More

काठमाडौं: गत असोज १६ गते बझाङ केन्द्रबिन्दु बनाएर दुईपटक भूकम्प गएको थियो। पहिलोपटक २ बजेट ४० मिनेटमा जिल्लाको तलकोट केन्द्रबिन्दु बनाएर ५.३ र दोस्रोपटक चैनपुर आसपासको क्षेत्रलाई केन्द्रबिन्दु बनाएर ६.३ रेक्टर स्केलको भूकम्प गएको थियोे। सोही भूकम्पमा परेर बझाङमा एकजनाको मृत्यु भयो भने, सुदूरपश्चिमभर २७ जना घाइते भए। यस्तै भूकम्पले बझाङ, बाजुरा, अछाम र बैतडीमा ७६ वटा निजी घर पूर्ण रूपमा भत्किएको प्रदेश प्रहरी कार्यालय धनगढीले जनाएको छ। यस्तै ३०१ घरमा आंशिक क्षति पुगेको बताइएको छ। भूकम्पपछि असोज १९ गते दलबलसहित बझाङ पुगेर प्रधानमन्त्री पुष्पकमल दाहालले भूकम्प पीडितहरुलाई तत्काल अस्थायी आवास निर्माण गर्न प्रतिपरिवार ५० हजार रुपैयाँ उपलब्ध गराउने घोषणा…

Read More

धनगढीः कैलालीको गौरीगंगा नगरपालिका-२ को एक गोठमा आगलागी भएको छ। नगरपालिकाको-२ नम्बर वडा स्थित कृष्ण टोलमा आइतवार गोठमा आगलागी भएको इलाका प्रहरी कार्यालय चौमालाले जनाएको छ। दुई तले २ कोठे गोठमा अचानक आगलागी हुँदा गोठ जलेर पूर्ण रुपमा नष्ट भएको प्रहरीले बताएको छ। गोठमा भएका २ पशुसमेत जलेर घाइते भएका छन्। 

Read More

कैलाली: कैलालीको घोडाघोडी नगरपालिकामा जुवातास खेलिरहेको अवस्थामा चार जना पक्राउ परेका छन्। पक्राउ पर्नेमा ४२ वर्षीय हेम कार्की, ४१ वर्षीय जितमान चौधरी, ४२ वर्षीय योगेन्द्र ऐर र ३८ वर्षीय कृष्ण चौधरी रहेका छन्। वडा नम्बर १ सुन्दरपुरमा तास खेलिरहेको भन्ने सूचनाको आधारमा इलाका प्रहरी कार्यालय सुखडबाट प्रहरी निरीक्षक पुष्कर सिंह ऐरीको कमान्डमा खटिएको प्रहरी टोलीले उनीहरूलाई मध्यराति करिब २ बजे पक्राउ गरेको हो। उनीहरूको साथबाट ६३ हजार २ सय ५० रुपैयाँ र १ गड्डी तास समेत बरामद गरेको इलाका प्रहरी कार्यालय सुखडका प्रमुख प्रहरी नायव उपरीक्षक वीरेन्द्र वीर विश्वकर्माले जानकारी दिए।

Read More

धनगढी : कैलालीको मोहन्याल गाउँपालिकाले भूकम्प पीडितलाई साढे १३ लाख रुपैयाँ सहयोग दिने भएको छ। जाजरकोट जिल्लालाई केन्द्र बिन्दु बनाएर गएको भूकम्पका कारण ठूलो धनजनको क्षति भएको घटना प्रति दुःख व्यक्त गर्दै सो गाउँपालिकाले राहत स्वरुप साढे १३ लाख रुपैयाँ सहयोग गर्ने निर्णय गरेको हो। गाउँपालिका अध्यक्ष देवीदत्त उपाध्यायका अनुसार गाउँपालिकाले जनप्रतिनिधि, कर्मचारी र शिक्षकको मासिक तलब सुविधाबाट सहयोग गर्ने भएको हो। जनप्रतिनिधिले आफ्नो १० दिनको, अधिकृत स्तरको कर्मचारीले ५ दिनको र सहायक तथा सहयोगी कर्मचारीले आफ्नो ३ दिन बराबरको र माध्यमिक तहका शिक्षकहरुले ५ दिनको र अन्य तहको शिक्षकहरुले ३ दिन बराबरको पारिश्रमिक भूकम्प पीडितहरुलाई दिने भएका हुन्।

Read More

काठमाडौं । अवैध मोबाइल नियन्त्रण गर्ने उद्देश्यसाथ बारम्बार सञ्चालनको घोषणा गरिएको ‘मोबाइल डिभाइस म्यानेजमेन्ट सिस्टम (एमडिएमएस) अन्ततः सोमबारदेखि लागु हुने भएको छ । नेपाल दूरसञ्चार प्राधिकरणले पहिलो चरणमा प्रणालीमा दर्ता नभएका केही मोबाइलको नेटवर्क लक गरेर यो प्रणाली कार्यान्वयनमा ल्याउने भएको हो। गत वर्ष असोज १ देखि परीक्षणका रूपमा सञ्चालनमा ल्याइएको यो प्रणालीलाई प्राधिकरणले त्यसको एक वर्षपछि सञ्चालन गर्न लागेको हो । प्रणालीमा दर्ता नभएका मोबाइलको नेटवर्क लक गर्न सेवाप्रदायकलाई जानकारी गराइसकिएको प्राधिकरणका अध्यक्ष पुरुषोत्तम खनालले जानकारी दिए । “पहिलो चरणमा ‘हाइएन्ड’ मोबाइल लक गर्ने गरी सेवाप्रदायकलाई निर्देशन दिएका छौँ,” उनले भने । उनका अनुसार अबदेखि हरेक दिन दर्ता नभएका…

Read More

काठमाडौँ : हाल नेपालमा पश्चिमी वायुको आंशिक प्रभाव रहेको छ। मौसम पूर्वानुमान महाशाखाका अनुसार सोमबार देशको पहाडी भू-भागमा आंशिक बदली रही बाँकी भू-भागको मौसम सामान्यतया सफा रहनेछ।  देशको पहाडी भू-भागका एक-दुई स्थानहरूमा मेघ गर्जन र चट्याङसहित हल्का वर्षा र उच्च पहाडी तथा हिमाली भू-भागका एक-दुई स्थानमा हल्का हिमपातको सम्भावना रहेको छ। भोलि मंगलबार पनि देशको पहाडी भू-भागका एक-दुई स्थानहरूमा मेघ गर्जन/चट्याङसहित हल्का वर्षा र उच्च पहाडी तथा हिमाली भू-भागका एक-दुई स्थानमा हल्का हिमपातको सम्भावना रहेको छ।

Read More

काठमाडौं : भूपू आर्मी कुट्ने प्रहरी प्रभाग, गोंगबुका प्रहरी निरीक्षक दिनेश गुरुङमाथि छानबिन सुरु भएको छ। एक सेवाग्राहीलाई निर्घात कुटपिट गरेको आरोपमा उनीमाथि छानबिन सुरु भएको हो। गत १६ कात्तिकमा उनले नुवाकोट घर भई बानियाटार बस्ने भूपू आर्मी कर्णबहादुर अधिकारीलाई पाइपले कुटेका हुन्। अधिकारी लेनदेनसम्बन्धी विवादमा उजुरी लिएर प्रभाग गएका थिए। उनको मुकुन्द थपलियासँग लेनदेन विवाद थियो। सो दिन छलफलका लागि प्रहरी कार्यालयमा बोलाइएको थियो। थपलिया नआएपछि अधिकारीले प्रहरी कार्यालयबाटै फोन गरी गालीगलौज गरेका थिए। प्रहरी कार्यालयमा जथाभाबी बोलेको भन्दै प्रभागका प्रमुख इन्स्पेक्टर गुरुङले उनले कुटेका हुन्। अधिकारी घाइते भएका छन्। पछि माफी मागेर अधिकारी श्रीमतीसहित त्यहाँबाट निस्किएका थिए। कुटपिटबाट…

Read More