Author: महेन्द्रनगर पोष्ट

काठमाडौँ: रामेछाप विमानस्थलमा तारा एयरका दुई पाइलटबीच कुटाकुट भएको छ। शुक्रबार बिहान ८ बजे तारा एयरको टुइनअटर विमान लुक्लाबाट रामेछाप विमानस्थलमा अवतरण गराएका वरिष्ठ क्याप्टेन सन्तोष साह र त्यही कम्पनीका अर्का क्याप्टेन सञ्जीव श्रेष्ठबीच कुटाकुट भएको हो। उनीहरूको रामेछाप विमानस्थलको एप्रोनमा कुटाकुट भएको बताइएको छ। घटनापछि क्याप्टेन साहले आफूलाई हातमा चोट लागेको र मन्थली बजारमा उपचार गर्न जान लागेको बताएका छन्। क्याप्टेन सञ्जीव श्रेष्ठ भने जहाज लिएर लुक्ला पुगेका छन्। उनलाई र उक्त जहाजलाई लुक्ला विमानस्थलमै ग्राउन्डेड गरिएको छ। कुटाकुटको कारण भने खुलेको छैन।

Read More

काठमाडौं : सर्वोच्च अदालतले कैद कट्टी गर्दा वा छोट्याउँदा पीडितको पनि सहमति लिन आदेश दिएको छ। योगराज ढकाल (रिगल) को कैद मिनाहा गर्ने राष्ट्रपतिको निर्णयविरुद्ध भारती शेर्पाले दायर गरेको रिटमा बिहीबार संक्षिप्त फैसला सुनाउँदै अदालतले यस्तो आदेश दिएको हो। ‘कैद कट्टी गर्ने/कम गर्ने, छोट्याउने वा मिनाहा दिनेजस्ता काम कारबाही र निर्णय गर्दा कानुनद्वारा निर्धारित प्रतिशतको सीमा बन्देजका अतिरिक्त पीडितको हक संरक्षित रहने गरी निजको सहमति मञ्जुरी समेत लिई, पीडितलाई सामाजिक पुनस्थापना र क्षतिपूर्तिसहितको न्याय प्राप्त भएको अवस्था सुनिश्चित गरी, यस अदालतको आदेश र प्रतिपादित सिद्धान्तहरुसहित कानुनमा उल्लेख भएका अन्य शर्तहरु समेतको समूचित रुपमा अनुशरण गरी तथा अवस्थाअनुसार सार्वजनिक हित, चासो…

Read More

काठमाडौं : सशस्त्र प्रहरी बलमा प्राविधिक समूह अन्तर्गत नयाँ भर्ना खुलेको छ। सञ्चार निर्देशनालयतर्फका प्राविधिक प्रहरी निरीक्षक, प्रहरी नायब निरीक्षक र प्रहरी सहायक निरीक्षक गरी ३५ जनाका लागि भर्ना खुलेको छ। यसैगरी सूचना प्रविधि निर्देशनालयतर्फको इन्जिनियरिङ उपसमूहमा प्रहरी निरीक्षक, प्रहरी नायव निरीक्षक र प्रहरी सहायक निरीक्षकमा जम्मा १६ जनामा भर्ना खुलेको छ।

Read More

काठमाडौं : गृह मन्त्रालयले ४० उपसचिवको सरुवाका साथै ११ जिल्लाका सिडिओ फेरेको छ। जसअनुसार बझाङका प्रमुख जिल्ला अधिकारीको पनि सरुवा भएको छ। बझाङका प्रमुख जिल्ला अधिकारी नारायण पाण्डेको सरुवा भएको छ। उनको ठाउँमा गृह मन्त्रालयमा कार्यरत सहसचीव विश्वामित्र कुइकेल आउने भएका छन्।

Read More

काठमाडौं : नेपाल प्रहरीमा प्राविधिक प्रहरी निरीक्षकदेखि प्राविधिक प्रहरी सहायक निरीक्षकसम्मको पदमा जागिर खुलेको छ। प्रहरी प्रधान कार्यालयले सूचना प्रकाशन गर्दै १२८ जनाका लागि आवेदन खुल्ला गरेको हो।

Read More

धनगढी: धनगढीको संजिवनी पोलिक्लिनिकलाई सट्याकसुटुक सेवा सञ्चालनको इजाजत दिइएको पाइएको छ। स्वास्थ्य कार्यालय कैलालीले संजिवनीलाई सट्याकसुटुक पोलिक्लिनिकको अनुमति प्रदान गरेको हो। इजाजतपत्रमा उल्लेख भएअनुसार संजिवनीले असोज १८ गते अनुमतिका लागि निवेदन दिएकोमा सोही महिनाको २१ गते नै सेवा सञ्चालन स्वीकृति दिइएको छ। जबकी त्यस अवधिमा स्वास्थ्य कार्यालयले पोलिक्लिनिकको अनुगमन तथा निरीक्षण गरेरमात्र अनुमती दिनुपर्ने हुन्छ। स्रोतका अनुसार धनगढी उपमहानगरपालिकाबाट अस्पताल सञ्चालनको अनुमति नपाएपछि सो संजिवनी अस्पतालले पोलिक्लिनिक चलाउन स्वास्थ्य कार्यालयमा निवेदन चढाएको थियो। निवेदनपछि स्वास्थ्य कार्यालय कैलालीबाट सरुवा भैसकेका तत्कालीन निमित्त हाकिम लालबहादुर धामीले सट्याकसुटुक स्वीकृति दिएका हुन्। आफैंले बझाङस्थित स्वास्थ्य कार्यालयमा सरुवा मागेका धामीले तत्कालीन अवस्थामा आफ्नो सरुवा भैसकेका…

Read More

धनगढीः कैलालीको धनगढीबाट लागुऔषध खैरो हेरोइनसहित बैतडीका युवक पक्राउ परेका छन्। धनगढी उपमहानगरपालिका–३ त्रिनगर व्यारेल नजिकबाट २४० मिलिग्राम खैरो हेरोइनसहित बैतडीको पाटन नगरपालिका(४ बस्ने २१ वर्षीय भरत महरा बिहीबार साँझ पक्राउ परेका हुन्। प्रहरी चौकी त्रिनगर कैलालीबाट खटिएको प्रहरी टोलीले चेकजाँच गर्दा महराको साथबाट लागुऔषध फेला पारी पक्राउ गरेको बताएको छ। यस सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको छ।

Read More

अछामः अरिङ्गालको टोकाइबाट अछाममा एक जनाको मृत्यु भएको छ भने एक जना घाइते भएका छन्। जिल्लाको पञ्देवल बिनायक नगरपालिका–८ बारालाका ३ वर्षीय शमिर जैशीको मृत्यु भएको भने सोहि ठाउँकी १८ वर्षीया राधा जैशी घाइते भएकी हुन्। अस्ति घर नजिकै घाँस काट्नेक्रममा अरिङ्गालले टोकेको थियो। शमिरलाई त्यहीको स्थानीय स्वास्थ्यचौकी बारालाले उपचार पश्चात अवस्था सामान्य रहेको भन्दै घर पठाएको थियो। शमिरको घरमै मृत्यु भएको हो। घाइते किशोरीलाई भने थप उपचारको लागि जिल्ला अस्पताल अछाममा पठाएको जिल्ला प्रहरी कार्यालय अछामले जनाएको छ।

Read More

काठमाडौंः गृह मन्त्रालयद्धारा ४० उपसचिवको सरुवाका साथै ११ जिल्लाका सिडिओ फेरिएका छन्। विश्वमित्र कुईकेललाई बझाङ, खिमराज भुषाललाई दैलेख, टोपेन्द्र केसीलाई मुगु, गणेश नेपालीलाई कालिकोट, वेदनिधि खनाललाई रसुवा, विनोद पोखरेललाई हुम्लाको सिडिओमा खटाइएको छ। त्यस्तै, मनाङमा सुवास लामिछाने, ताप्लेजुङमा हिरादेवी पौडेल, म्याग्दीमा कृष्ण प्रसाद शर्मा, सोलुखुम्बुमा खेवी पाण्डे खत्री र डोल्पामा तुलसी प्रसाद दाहाललाई सिडिओको जिम्मेवारी दिइएको छ। । List-cdos.docx-without-noDownload

Read More

काठमाडौँ : आईसीसी ट्वान्टी–२० विश्वकप एसिया छनोटको सेमिफाइनलमा आज युनाइटेड अरब इमिरेट्स (युएई) र नेपालबिच प्रतिस्पर्धा हुँदैछ। विश्वकप छनोटका लागि दुवै टिमलाई जित्नै पर्ने दबाब छ। नेपालले यसअघि पहिलो र अन्तिम पटक सन् २०१४ मा भएको ट्वान्टी–२० विश्वकप खेलेको थियो। त्यसयता विश्वकपका तीन संस्कण सम्पन्न भए पनि नेपालले छनोट चरण पार गर्न सकेको थिएन। यसअघि गत संस्करणका लागि भएको छनोटमा यूएई नै बाधक बनेपछि नेपालको सम्भावना समाप्त भएको थियो। सन् २०२२ को फेब्रुअरीमा ओमानमा भएको आईसीसी ट्वान्टी–२० विश्वकप क्वालिफायर ‘ए’ फाइनल पुग्ने दुई टिमले विश्वकप खेल्ने प्रावधान थियो। नेपाल समूह ‘बी’ को सबै खेल जित्दै विजेताको रूपमा सेमिफाइनल आएको थियो।…

Read More