काठमाडौँ : सरकारले नेपाल र मलेसिया सरकारका परराष्ट्र मन्त्रालयहरूबीच द्विपक्षीय परामर्श संयन्त्र स्थापना गर्ने निर्णय गरेको छ । मंगलबार बसेको मन्त्रिपरिषद् बैठकले नेपाल र मलेसिया सरकारका परराष्ट्र मन्त्रालयहरूबीच द्विपक्षीय परामर्श संयन्त्र स्थापना गर्ने निर्णय गरेको सञ्चार तथा सूचनाप्रविधिमन्त्री रेखा शर्माले जानकारी दिइन् । cabinet-17Download
Author: महेन्द्रनगर पोष्ट
धनगढीः सुदूरपश्चिम प्रदेशको बझाङमा भुईँचालो आएको २४ घण्टा नहुँदै १६८ पाराकम्प गएका छन्। भूकम्प मापन केन्द्र सुर्खेतले बझाङका विभिन्न ठाउँ केन्द्रबिन्दु भएर भूकम्प र परकम्प जाने क्रम जारी रहेको जनाएको छ। मंगलबार दिउँसो २ बजेर ४० मिनेटमा बझाङको तालकोट केन्द्रबिन्दु भएर पाँच दशमलव तीन म्याग्निटिउडको भूकम्प गएको थियो। त्यसपछि ३ बजेर ६ मिनेटमा चैनपुर आसपास केन्द्र बिन्दु बनाएर भूकम्प गएको थियो। केन्द्रकाअनुसार बझाङका विभिन्न ठाउँ केन्द्रबिन्दु भएर मङ्गलवारदेखि बुधबार दिउसोसम्म १६८ पराकम्प गएका छन्। जसमा चार रेक्टर स्केल माथिका ११ वटा पराकम्प गएका छन्।
काडमाडौंः प्रधानमन्त्री कार्यालय सिंहदरबारमा राष्ट्रिय सुरक्षा परिषद्को बैठक बसेको छ। प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डको अध्यक्षतामा भर्खरै बैठक थालिएको जनाइएको छ। बैठकमा उपप्रधान तथा रक्षामन्त्री पूर्णबहादुर खड्का, अर्थमन्त्री डा प्रकाशशरण महत, परराष्ट्रमन्त्री एनपी साउदको उपस्थिति पनि छ। त्यसैगरी, प्रधानसेनापति प्रभुराम शर्मा, प्रधानमन्त्रीका सुरक्षा सल्लाहकार शंकरदास बैरागी, मुख्य सचिव बैकुण्ठ अर्याललगायत पनि बैठकमा सहभागी छन्। प्रधानमन्त्री अध्यक्ष रहने सुरक्षा परिषदमा रक्षामन्त्री,गृहमन्त्री, परराष्ट्रमन्त्री, अर्थमन्त्री, मुख्य सचिव र प्रधानसेनापति सदस्य रहने व्यवस्था छ।
धनगढीः ५५ वर्षीय कमलप्रसाद तिमिल्सेना नेकपा (एमाले) सुदूरपश्चिम कमिटीको उपाध्यक्ष हुन्। २०४४ सालदेखि अनेरास्ववियु, तत्कालिन प्रजातान्त्रिक युवा संघको केन्द्रीय सचिवालय, एमालेको जिल्ला कमिटी सदस्य (२०४७), २०६६ मा एमालेको जिल्ला अध्यक्ष, अञ्चल कमिटी सदस्य हुँदै तिमिल्सेना अहिले प्रदेश कमिटीका उपाध्यक्ष छन्। तिमिल्सेनाले आफू प्रदेश कमिटीको बहालवाला उपाध्यक्ष भएकोले अध्यक्षको स्वभाविकरुपमा दावेदार भएको बताएका छन्। प्रस्तुत छ नेता तिमिल्सेनासँग असोज २१ र २२ गते हुने प्रदेश अधिवेशनका सन्दर्भमा गरिएको कुराकानीको सारसंक्षेप। तपाई एमालेको पहिलो प्रदेश अधिवेशनको अध्यक्षको उम्मेदवार हुने चर्चा छ ? के के छन् तपाईका ऐजेण्डा ? म उपाध्यक्ष भएर प्रदेशको कामको अनुभव समेत सम्हालिसकेकोले स्वभाविकरुपमा प्रदेश अध्यक्षको दावेदार हो। पार्टीलाई…
जीवन बिष्ट, धनगढीः धनगढीमा रहेको कृषि सामाग्री कम्पनी लिमिटेडको सटरमा व्यवसाय सञ्चालन गरिरहेका व्यापारीहरूले लामो समयदेखि भाडा रकम बुझाएका छैनन्। कम्पनीको प्रादेशिक कार्यालय रहेको भवनका १७ सटरबाट १ करोड ५४ लाख ८८ हजार १ सय ७२ रुपैयाँ उठाउन बाँकी छ। भाडा बुझाउन पटक–पटक ताकेता गर्दा पनि व्यापारीहरूले रकम नबुझाएको प्रादेशिक कार्यालय धनगढी प्रमुख नवलसिंह बोगटीले जानकारी दिए। ‘भाडा तिर्न आग्रह गर्दा गर्दै हामी हैरान भइसकेका छौँ। उहाँहरूको सजिलोको लागी हामीले बैैंकिङ र नगद दुवै भुक्तानीको व्यवस्था मिलाएको छौँ। एकै पटक तिर्न गाह्रो भए रकम घटाउँदै जानुस् समेत भनेका थियौँ तर उहाँहरूले बेवास्ता गरिरहनू भएको छ,’कार्यालय प्रमुख बोगटीले भने। सटर भाडा…
काठमाडौं : रिगल भनिने योगराज ढकालको कैद मिनाहविरुद्ध अनसन थालेकी भारती मानन्धर सर्वोच्च अदालत परिसरमै ढलेकी छन् । कैद मिनाह गर्ने राष्ट्रपतिको निर्णयविरुद्ध दिएको रिटको तारेख लिन उनी सर्वोच्च पुगेकी थिइन् । तारेख बुझेर फर्किने क्रममा उनी अदालत परिसरमै ढलेकी हुन् । उनलाई प्रहरीले उठाएर केहीबेर बेञ्चमा राखेपछि अस्पताल पठाएको छ । श्रीमान चेतन मानन्धरको हत्यामा दोषी ठहर भएका रिगलको कैद मिनाह भएपछि उनी न्याय माग्दै काठमाडौं आएकी छिन् । उनले बुधबारदेखि माइतीघर मण्डलामा दुई घन्टे रिले अनसन समेत थालेकी छिन् ।
धनगढीः सरकारले कैलालीमा सहिद दशरथ चन्द राष्ट्रिय स्वास्थ्य विज्ञान विश्वविद्यालय सञ्चालनका लागि विधेयक अघि बढाएको छ । मंगलबार बसेको मन्त्रिपरिषद् बैठकले स्वास्थ्य क्षेत्रको अध्ययन–अनुसन्धानलगायत उद्देश्य समेटिएको करिब ६ सय शय्याको स्वास्थ्य विज्ञान विश्वविद्यालयसम्बन्धी विधेयक स्वीकृत गरेका हो। विधेयक अब संसद्मा पेस हुन बाटो खुलेको छ । कानुन बनेपछि विश्वविद्यालय सञ्चालनमा आउनेछ । यसअघि गेटा मेडिकल कलेज बनाउने भनिए पनि सरकारले ०७९ माघमा स्वास्थ्य विज्ञान विश्वविद्यालय बनाउने निर्णय गरेको थियो । त्यसका लागि गेटामा पाँच अर्ब लागतमा अस्पताल, कलेज, प्रशासनिक र होस्टेलका लागि २७ वटा भवनको निर्माण सम्पन्न भइसकेको छ । कानुनी बाटो तयार भइसकेपछि सुदूरपश्चिममै पहिलोपटक विश्वविद्यालय सञ्चालनमा ल्याइनेछ । यस किसिमको विश्वविद्यालय सञ्चालनका लागि ०५६…
काठमाडौंः बाढीले सेनाका केही सवारीसाधन पनि बगाएको छ भने सिक्किमलाई पश्चिम बंगालसँग जोड्ने मेल्लीमा अवस्थित हाइवेको केही भागसमेत डुबेको छ। सिक्किमको राजधानी गान्तोकबाट करिब ३० किलोमिटर टाढा रहेको सिङ्ताम सहरको इन्द्रेणी पुल पनि बाढीले बगाएको छ। बाढीले बगाएको सेनाका गाडी सिङ्ताम नजिकै रहेको बर्दाङमा पार्किङमा रहेको बताइएको छ। सिङ्ताङमा क्लाउड ब्रस्ट भएसँगै बाढीको चेतावनी जारी गरिएको छ। कुनै क्षेत्रमा करिब एक घण्टामा १०० मिलिमिटरभन्दा बढी पानी परेको अवस्थालाई क्लाउड ब्रस्ट भनिन्छ र बाढी आउँछ।
धनगढी: कञ्चनपुरमा नेपालपारि भारतबाट आएका एक नागरिकलाई नेपाली नै प्रमाणित गरेको पाइएको छ। जिल्लाको पुनर्वास नगरपालिका-८ को कार्यालयले यस्तो गरेको पाइएको हो। स्रोतका अनुसार वडाध्यक्षले कानुनविपरीत पारिका भारतीय नागरिकलाई नेपालमै जन्मिएको प्रमाणित गरिदिएका हुन्। ३ मार्च २०२३ मा पुनर्वास ८ का वडाध्यक्ष राना श्रवणले भारतीय नागरिक बालमुर्गन किटप्पालाई नेपालको अस्थायी बासिन्दा भन्दै ३ अप्रिल १९८० मा पुनर्वास नगरपालिका-८ मै जन्मिएको प्रमाणित गरेका हुन्। बालमुर्गन भारतको मदुराईका स्थायी बासिन्दा रहेको बताइन्छ। उनको भारतीय आधारकार्ड पनि रहेको भेटिएको छ। भर्ना नम्वर ००१३–७९००६–०००१६ मा बालमुर्गनको भारतीय आधार कार्डको ८७२३२१६९१५२८ नम्बर देख्न सकिन्छ। बालमुर्गन नागर्जुन र बिमलाको छोरा भएकोसमेत सो अभिलेखमा उल्लेख्य गरिएको छ।…
कैलाली : मंगलबार दिउँसो बझाङको तलकोट केन्द्र बनाएर गएको भुकम्पबाट प्रभावित भएकाहरुलाई सुदूरपश्चिम प्रदेश सरकारले क्षतिपूर्ति र राहतको व्यवस्था गर्ने भएको छ । आज मुख्यमन्त्री तथा मन्त्री परिषद् कार्यालयमा बसेको सरोकारवालाहरुको बैठकमा सरकारले खाद्यान्न, उपचारदेखि क्षतिपूर्ति सम्मको व्यवस्था गर्ने जनाएको हो । भूकम्प पीडितलाई खाद्यान्न उपलब्ध गराउने र क्षतिपूर्ति दिने र सम्पुर्ण उपचार खर्च सरकारले व्यहोर्ने निर्णय भएको उद्योग पर्यटन तथा तथा वातावरण मन्त्री रमेश धामीले बताए । भुकम्पले पुर्याको क्षतीको निषयमा सुदूरपश्चिमप्रदेश मुख्यमन्त्री तथा मन्त्री परिषद्को कार्यालयमा मुख्यमन्त्री, मन्त्रीसहित सुरुक्षाकर्मी, रेडक्रस, युएन एजेन्सी सहितको बैठक बसेको हो । बैठकमा सभामुख भिम भण्डारी पनि उपस्थित थिए ।