Author: महेन्द्रनगर पोष्ट

धनगढीः कञ्चनपुरबाट पाँच लाख ६६ हजार चार सय मूल्य बराबरको सामान बरामद गरिएको छ। जिल्ला प्रहरी कार्यालय कञ्चनपुरका अनुसार सोमवार राति उक्त मूल्य बराबरको भन्सार दलीको सामान बरामद गरिएको हो। जिल्ला प्रहरी कार्यालय कञ्चनपुरका सूचना अधिकारी पुस्कर राज पन्तका अनुसार गोप्य सूचनाका आधारमा भीमदत्त नगरपालिका वडा नम्बर ११ तीनताराबाट भन्सार छलीका चप्पल, कपडा, तौलिया, बिडी, माला, धोती, सुट ल गाएतका विभिन्न सामान बरामद गरिएको हो। प्रहरीले भन्सार छलीको सामान भन्सार कार्यालय गड्डाचौकीमा बुझाएको छ।

Read More

बैतडी: नेपाल कम्युनिष्ट पार्टी नेकपा माओवादी केन्द्रका स्थायी समिति सदस्य एवं सुुदूरपश्चिम प्रदेश सभा संसदीय दलका नेता खगराज भट्टले स्थायी राजधानी गोदावरी नै हुने बताएका छन् । प्रेस सेन्टर नेपाल बैतडीले मंगलबार सदरमुकाममा आयोजना गरेको पत्रकार सम्मेलनमा नेता भट्टले सार्ने चर्चा चलेपनि सुदूरपश्चिम प्रदेशको राजधानी कैलालीको गोदावरी नै हुने बताएका हुन् । गत प्रदेश सभाले गोदावरीलाई स्थायी राजधानी बनाउने र अस्थायी राजधानी धनगडीमा राख्ने निर्णय गरेकाले अहिलेको सभाले निर्ण नगर्दा सम्म गोदावरी नै प्रस्तावित राजधानीको रुपमा रहेको उनको भनाई छ ।‘राजधानी गोदावरी नै हो, अहिलेको सभाले अर्को निर्णय नगर्दा सम्म गोदावरी प्रस्तावित राजधानीको रुपमा छ, प्रदेश सभाले नयाँ राजधानी राख्न…

Read More

धनगढी: मंगलबार दिउँसो गएको भूकम्पमा बझाङमा ११ जना घाइते भएका छन् । घाईते हुनेहरुमा जयपृथ्वी नगरपालिका-११ की ७ वर्षीय सलिना जोशीको बाया खुट्टाको तिर्घा भाँचिएको छ । सोही वडा की प्रमिला जोशीको बायाँ हातको पाखुरा भाँचिएको छ । उनीहरु दुवै जनाको अवस्था खतरामुक्त रहेको अस्पतालले जनाएको छ । अन्य सामान्य घाईते हुनेहरुमा खप्तडछान्ना गाउँपालिका-७ की १८ वर्षीय सुनिता रोकाया, जयपृथ्वी नगरपालिका-७ का ३ वर्षीय ,नितिक बोहारा, १६ वर्षीय यलिसा बम्म, मष्टा गाउँपालिका-३ की १५ वर्षीय आँसु सार्की, सोहि गाउँपालिका-१ की १३ वर्षीय, सविता रोकाया, ३६ वर्षीय, शान्ती देवी थापा, दुर्गाथली गाउँपालिका -६ का २३ वर्षीय अम्मर जाग्री, तालकोट गाउँपालिका -३…

Read More

काठमाडौं : नेपाल प्रहरी प्रधान कार्यालयले ठूलो संख्यामा कर्मचारीको सरुवा गरेको छ । मुख्यालयले एकै पटक पाँच हजार नौ सय ३८ जना प्रहरी जवानको सरुवा गरेको हो । सरुवा गरिएका प्रहरी जवानहरुले कात्तिक महिनाको तलब र भत्ता सरुवा भएकै दरबन्दीबाट पाउने कार्यालयले जनाएको छ ।

Read More

काठमाडौं : वैदेशिक शिक्षा आर्जन गर्ने विधार्थीहरूको लागि लक्षित गरेर स्थापना भएको ‘ग्लोबल डायस्पोरा एजुकेसन कन्सल्टेन्सी प्रालि’को सद्भावना दूत (ब्रान्ड एम्बास्डर) मा अभिनेता प्रकाश शाह अनुबन्धित भएका छन् । ग्लोबल डायस्पोरा र शाहबीच एक वर्षको लागि ब्राण्ड एम्बास्डरमा सम्झौता भएको हो । यो कम्पनिले जापान, अष्ट्रेलिया, युके, युएसए, क्यानडा लगायतका देशमा अध्ययन गर्न चाहने विधार्थीहरूको लागि काम गर्दै आएको छ । शाहले अबको एक वर्षको अवधिभित्र उक्त कम्पनिको बजार प्रवर्धनको काम गर्नेछन् । ‘उज्जल भविष्यको कामनासहित वैदेशिक शिक्षाको लागि जान चाहने विधार्थीहरूलाई सहि सल्लाह र मार्ग निर्देश गर्ने मेरो जिम्मेवारी रहनेछ’, शाहले भने । यसअघि विभिन्न दर्जनबढि उत्पादनहरूको ब्राण्डिङमा जोडिइसकेका…

Read More

बैतडी : बैतडीको डिलाशैनी गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत रञ्जय पटेलको आठ दिनमै सरुवा भएको छ । पालिकामा हाजिर भएको आठ दिनमै पटेलको सर्लाहीको धनकौल गाउँपालिका सरुवा भएको हो । हाजिर भएको आठ दिनमै प्रमुख प्रशासकीय अधिकृत पटेलेको सरुवा भएको गाउँपालिकाका प्रवक्ता यज्ञ राज भट्टले जानकारी दिए । पटेल डिलाशैनी गाउँपालिकाको प्रमुख प्रशासकीय अधिकृतको रुपमा असोज ८ गते हाजिर भएका थिए । मन्त्रालयले पटेललाई डिलाशैनी गाउँपालिकाको प्रमुख प्रशासकीय अधिकृतको रुपमा गत भदौमा खटाएपनि उनि असोज ८ गते देखि कार्यालयमा हाजिर भएका थिए ।

Read More

बझाङ : बझाङमा भूकम्पपछि आएको पहिरोमा परेर एक जनाको मृत्यु भएको छ । जयपृथ्वी नगरपालिका-११ स्थित ओखरमा एक जनाको मृत्यु भएको हो । मृत्यु हुनेमा करिव ४० वर्षीय गुनमति धामी रहेको प्रहरीको भनाइ छ । त्यस्तै, भूकम्पमा परी एक दर्जन मानिस घाइते भएको प्रहरीले जनाएको छ । भूकम्पका कारण पहिरो खस्दा जयपृथ्वी राजमार्ग ठाउँ–ठाउँमा अवरुद्ध भएको छ भने दर्जनौँ भौतिक संरचना भत्किएको जनाइएको छ ।

Read More

धनगढी : कैलालीको धनगढी उपमहानगरपालिकामा एक डेरी सञ्चालकमाथि सामुहिक आक्रमण भएको छ। धनगढी-५ स्थित जाईंमा रहेको रमाइलो डेरीका सञ्चालक कुशल धामीमाथि ४ जनाले चिर्पट हानेको जिल्ला प्रहरी कार्यालय कैलालीका डिएसपी कुलदिप चन्दले बताए। चिर्पट हानेर फरार भएका उनीहरुको खोजी कार्य भइरहेको डिएसपी चन्दले बताए। आपसी विवादका कारण धामीमाथि आक्रमण भएको हुनसक्ने खुलेको प्रहरीले जनाएको छ।

Read More

धनगढी: मंगलबार दिउँसो गएको भूकम्पमा बझाङमा छ जना घाइते भएका छन् । जिल्ला प्रहरी कार्यालयका अनुसार सत्यवादी मावि भोपुरका चार विद्यार्थीसहित केदार स्युँ र खप्तडछान्ना गाउँपालिकाका एक–एक जना घाइते भएका हुन् । उनीहरूको जिल्ला अस्पतालमा उपचार भइरहेको जिल्ला प्रहरी कार्यालयका निरीक्षक दिपेश चौधरीले जानकारी दिए । भूकम्पपछि थलारा मावि खोलीमा अध्ययनरत विद्यार्थीहरू भागदौड गर्ने क्रममा बेहोस भएको स्थनीयले बताएका छन् । त्यस्तै, एउटा बाख्रो मरेको जानकारी गराइएको छ । भूकम्पका कारण पहिरो खस्दा जयपृथ्वी राजमार्ग ठाउँ–ठाउँमा अवरुद्ध हुँदा सवारी आवागमन प्रभावित भएको छ । थप क्षतीको विवरण आउन अझै बाँकी रहेको प्रहरीले जनाएको छ । मंगलबार दिउँसो २ बजेर ४० मिनेटदेखि…

Read More

डडेल्धुरा: नेकपा (माओवादी केन्द्र) अमरगढी नगर कमिटी अध्यक्ष यादवप्रसाद ओझाले पार्टी परित्यागको घोषणा गरेका छन्। मंगलबार एक प्रेस विज्ञप्ति जारी गर्दै उनले लामो समयदेखि सक्रिय सदस्य हुँदै नगरकमिटी अध्यक्षको रूपमा काम गरिरहेको पार्टी छाडेको घोषणा गरेका हुन्। अध्यक्ष ओझाले विविध व्यक्तिगत कारणवश माओवादी केन्द्रको नगरकमिटी अध्यक्ष पदबाट र पार्टी साधारण सदस्यसमेत नरहने गरी मंगलबारदेखि नै पार्टी परित्याग गरेको विज्ञप्तिमार्फत् जनाएका छन्। यस्तो छ प्रेस विज्ञप्ति

Read More