Author: महेन्द्रनगर पोष्ट

काठमाडौँ : नेपाल प्रहरीको साइबर ब्युरोले साम्प्रदायिकता भड्काउने सामग्री प्रकाशन/प्रसारण नगर्न आग्रह गरेको छ । पछिल्लो समय विभिन्न ठाउँमा जातीय र धार्मिक द्वन्द्व भड्कने स्थिति बनेपछि ब्युरोले सचेत गराएको हो । अटेर गरेर त्यस्ता गतिविधि गर्नेलाई कानूनी कारबाहीको दायरामा ल्याइने ब्युरोले जनाएको छ । बुधबार एक विज्ञप्ति जारी गर्दै ब्युरोले सामाजिक सञ्जाल र अनलाइन माध्यमको दुरुपयोग गरी जातीय, धार्मिक सद्भावमा खलल पुर्‍याउन गतिविधि नगर्न र राष्ट्रिय एकतामा आँच आउने तथ्यहीन सामग्री प्रकाशन/प्रसारण नगर्न अनुरोध गरेको छ ।

Read More

काठमाडौँ : पक्षघातका भएका माओवादी केन्द्रका केन्द्रीय सचिव एवं सुदूरपश्चिम इन्चार्ज डिलाराम आचार्यको स्वास्थ्य अवस्था खतरामुक्त रहेको चिकित्सकले जानकारी दिएका छन् । आचार्यमा मुटुसम्बन्धी पुरानो समस्या भएकाले न्युरो र मुटुसम्बन्धी एकसाथ उपचार भइरहेको कार्यकारी निर्देशक सन्तोष पौडेलले जानकारी दिए । तीन महिने विशेष रूपान्तरण अभियान अन्तर्गत मङ्गलवार अछामको साँफेबगर पुगेका आचार्यको बुधवार बिहान पक्षघात भएको थियो । अछामको बयलपाटा अस्पतालमा उपचार सम्भव नभएपछि उनलाई सेनाको हेलिकप्टरमा नेपालगन्जको कोहलपुर ल्याइएको थियो । आचार्यलाई सामान्य अवस्थामा फर्किने भने समय लाग्ने पौडेलले बताए ।

Read More

काठमाडौँ : मंगलबार बझाङ केन्द्रबिन्दु बनाएर गएको भूकम्प, त्यसबाट भएको क्षति र सरकारको कार्ययोजनाबारे छलफल गर्न प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणको बैठक बोलाएका छन् । बिहीबार बिहान प्रधानमन्त्रीले बोलाएको बैठकमा भूकम्पबाट भएको क्षति, राहत, पुनर्स्थापना लगायतका विषयमा छलफल हुनेछ। बैठक बस्नुपूर्व बुधबार दिउँसो प्रधानमन्त्रीले बझाङ जिल्लाका जनप्रतिनिधि र राजनीतिक दलका नेताहरू बोलाएर भूकम्पको क्षति र त्यसपछिको वस्तुस्थितिबारे जानकारी लिएका छन् ।

Read More

काठमाडौँ : सरकारले नेपाल र मलेसिया सरकारका परराष्ट्र मन्त्रालयहरूबीच द्विपक्षीय परामर्श संयन्त्र स्थापना गर्ने निर्णय गरेको छ । मंगलबार बसेको मन्त्रिपरिषद् बैठकले नेपाल र मलेसिया सरकारका परराष्ट्र मन्त्रालयहरूबीच द्विपक्षीय परामर्श संयन्त्र स्थापना गर्ने निर्णय गरेको सञ्चार तथा सूचनाप्रविधिमन्त्री रेखा शर्माले जानकारी दिइन् । cabinet-17Download

Read More

धनगढीः सुदूरपश्चिम प्रदेशको बझाङमा भुईँचालो आएको २४ घण्टा नहुँदै १६८ पाराकम्प गएका छन्। भूकम्प मापन केन्द्र सुर्खेतले बझाङका विभिन्न ठाउँ केन्द्रबिन्दु भएर भूकम्प र परकम्प जाने क्रम जारी रहेको जनाएको छ। मंगलबार दिउँसो २ बजेर ४० मिनेटमा बझाङको तालकोट केन्द्रबिन्दु भएर पाँच दशमलव तीन म्याग्निटिउडको भूकम्प गएको थियो। त्यसपछि ३ बजेर ६ मिनेटमा चैनपुर आसपास केन्द्र बिन्दु बनाएर भूकम्प गएको थियो। केन्द्रकाअनुसार बझाङका विभिन्न ठाउँ केन्द्रबिन्दु भएर मङ्गलवारदेखि बुधबार दिउसोसम्म १६८ पराकम्प गएका छन्। जसमा चार रेक्टर स्केल माथिका ११ वटा पराकम्प गएका छन्।

Read More

काडमाडौंः प्रधानमन्त्री कार्यालय सिंहदरबारमा राष्ट्रिय सुरक्षा परिषद्को बैठक बसेको छ। प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डको अध्यक्षतामा भर्खरै बैठक थालिएको जनाइएको छ। बैठकमा उपप्रधान तथा रक्षामन्त्री पूर्णबहादुर खड्का, अर्थमन्त्री डा प्रकाशशरण महत, परराष्ट्रमन्त्री एनपी साउदको उपस्थिति पनि छ। त्यसैगरी, प्रधानसेनापति प्रभुराम शर्मा, प्रधानमन्त्रीका सुरक्षा सल्लाहकार शंकरदास बैरागी, मुख्य सचिव बैकुण्ठ अर्याललगायत पनि बैठकमा सहभागी छन्। प्रधानमन्त्री अध्यक्ष रहने सुरक्षा परिषदमा रक्षामन्त्री,गृहमन्त्री, परराष्ट्रमन्त्री, अर्थमन्त्री, मुख्य सचिव र प्रधानसेनापति सदस्य रहने व्यवस्था छ।

Read More

धनगढीः ५५ वर्षीय कमलप्रसाद तिमिल्सेना नेकपा (एमाले) सुदूरपश्चिम कमिटीको उपाध्यक्ष हुन्। २०४४ सालदेखि अनेरास्ववियु, तत्कालिन प्रजातान्त्रिक युवा संघको केन्द्रीय सचिवालय, एमालेको जिल्ला कमिटी सदस्य (२०४७), २०६६ मा एमालेको जिल्ला अध्यक्ष, अञ्चल कमिटी सदस्य हुँदै तिमिल्सेना अहिले प्रदेश कमिटीका उपाध्यक्ष छन्। तिमिल्सेनाले आफू प्रदेश कमिटीको बहालवाला उपाध्यक्ष भएकोले अध्यक्षको स्वभाविकरुपमा दावेदार भएको बताएका छन्। प्रस्तुत छ नेता तिमिल्सेनासँग असोज २१ र २२ गते हुने प्रदेश अधिवेशनका सन्दर्भमा गरिएको कुराकानीको सारसंक्षेप। तपाई एमालेको पहिलो प्रदेश अधिवेशनको अध्यक्षको उम्मेदवार हुने चर्चा छ ? के के छन् तपाईका ऐजेण्डा ? म उपाध्यक्ष भएर प्रदेशको कामको अनुभव समेत सम्हालिसकेकोले स्वभाविकरुपमा प्रदेश अध्यक्षको दावेदार हो। पार्टीलाई…

Read More

जीवन बिष्ट, धनगढीः धनगढीमा रहेको कृषि सामाग्री कम्पनी लिमिटेडको सटरमा व्यवसाय सञ्चालन गरिरहेका व्यापारीहरूले लामो समयदेखि भाडा रकम बुझाएका छैनन्। कम्पनीको प्रादेशिक कार्यालय रहेको भवनका १७ सटरबाट १ करोड ५४ लाख ८८ हजार १ सय ७२ रुपैयाँ उठाउन बाँकी छ। भाडा बुझाउन पटक–पटक ताकेता गर्दा पनि व्यापारीहरूले रकम नबुझाएको प्रादेशिक कार्यालय धनगढी प्रमुख नवलसिंह बोगटीले जानकारी दिए। ‘भाडा तिर्न आग्रह गर्दा गर्दै हामी हैरान भइसकेका छौँ। उहाँहरूको सजिलोको लागी हामीले बैैंकिङ र नगद दुवै भुक्तानीको व्यवस्था मिलाएको छौँ। एकै पटक तिर्न गाह्रो भए रकम घटाउँदै जानुस् समेत भनेका थियौँ तर उहाँहरूले बेवास्ता गरिरहनू भएको छ,’कार्यालय प्रमुख बोगटीले भने। सटर भाडा…

Read More

काठमाडौं : रिगल भनिने योगराज ढकालको कैद मिनाहविरुद्ध अनसन थालेकी भारती मानन्धर सर्वोच्च अदालत परिसरमै ढलेकी छन् । कैद मिनाह गर्ने राष्ट्रपतिको निर्णयविरुद्ध दिएको रिटको तारेख लिन उनी सर्वोच्च पुगेकी थिइन् । तारेख बुझेर फर्किने क्रममा उनी अदालत परिसरमै ढलेकी हुन् । उनलाई प्रहरीले उठाएर केहीबेर बेञ्चमा राखेपछि अस्पताल पठाएको छ । श्रीमान चेतन मानन्धरको हत्यामा दोषी ठहर भएका रिगलको कैद मिनाह भएपछि उनी न्याय माग्दै काठमाडौं आएकी छिन् । उनले बुधबारदेखि माइतीघर मण्डलामा दुई घन्टे रिले अनसन समेत थालेकी छिन् ।

Read More

धनगढीः सरकारले कैलालीमा सहिद दशरथ चन्द राष्ट्रिय स्वास्थ्य विज्ञान विश्वविद्यालय सञ्चालनका लागि विधेयक अघि बढाएको छ । मंगलबार बसेको मन्त्रिपरिषद् बैठकले स्वास्थ्य क्षेत्रको अध्ययन–अनुसन्धानलगायत उद्देश्य समेटिएको करिब ६ सय शय्याको स्वास्थ्य विज्ञान विश्वविद्यालयसम्बन्धी विधेयक स्वीकृत गरेका हो। विधेयक अब संसद्मा पेस हुन बाटो खुलेको छ । कानुन बनेपछि विश्वविद्यालय सञ्चालनमा आउनेछ । यसअघि गेटा मेडिकल कलेज बनाउने भनिए पनि सरकारले ०७९ माघमा स्वास्थ्य विज्ञान विश्वविद्यालय बनाउने निर्णय गरेको थियो । त्यसका लागि गेटामा पाँच अर्ब लागतमा अस्पताल, कलेज, प्रशासनिक र होस्टेलका लागि २७ वटा भवनको निर्माण सम्पन्न भइसकेको छ । कानुनी बाटो तयार भइसकेपछि सुदूरपश्चिममै पहिलोपटक विश्वविद्यालय सञ्चालनमा ल्याइनेछ । यस किसिमको विश्वविद्यालय सञ्चालनका लागि ०५६…

Read More